Saturday, May 7, 2016

दरबार हत्याकान्डबारे पारस र हिमानीको बयान

१४ वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्‍यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। उनीहरुले घटनाबारे छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित सभामुख तारानाथ रानाभाट सदस्य भएको उच्चस्तरीय आयोगलाई के बयान दिएका थिए? धेरैले बिर्सिसके होलान्। पढ्नुस् पारस र हिमानीको बयान।
Nepal-prince-Paras-Shah
श्री ५ शाहज्यादा पारस वीर विक्रम शाह
समितिः सरकार, राजदरवारमा भएको १९ गते जुन पारिवारिक जमघट थियो, त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो । त्यसबाट सरकारले के नजर गरिबक्स्यो, के अनुभव गरिबक्स्यो, त्यो सबै जानकारी भएको सुनेको कुराहरु चाहीँ हामीलाई प्राप्त भएमा रिपोर्ट दिन सजिलो पर्ने थियो ?

जवाफः अब, हामी पुग्यौं त्यहाँ त्यस्तै अन्दाजी साढे ७ भन्दा अलि ढिलो पुग्यौं । हामी त्यही …. ७ ।४० तिर पुग्यौं, सबै जना आइसकेको थियो । मुमा, म, बहिनी, हिमानी र हामी अलि ढिलो पुग्यौं । ७ ।४० तिर पुग्यौं, पुग्दाखेरी अ… युवराजाधिराज अलिकति ककटेल ज्यूनार भैसक्या जस्तो थियो । अनि के खाने–मैले कोक मात्र खाने विचार गरेँ ।
ए कोकमात्र खाने ! म त ह्विस्की खाएर बसेको छु हुकुम भयो । त्यो बेलासम्म ठिक्कै होइबक्सन्थ्यो, एकदमै लागेको जस्तो गरिबक्सी राखेकोथ्यो । अ ….. कुरा गर्दाखेरी के भो भन्दाखेरी हैन यहि विवाहको कुरा भइ राखेको छ। मेरो, मुमासँग पनि कुरा गरें । आफूमुमासँग पनि कुरा गरें अनि, दुवै जनाले हुन्न भन्नु भयो । अब आइतवार बुबासँग कुरा गर्छु हुकुम भयो । त्यति कुरा भइ राखेको थियो, त्यत्ति हुँदा हुँदै आठ बज्यो । सबै जनालाई ड्रिंक्स सिंक्स टक्राइबक्स्यो ।
आठ बज्यो आफूमुमा, मुमा बडामहारानी सवारी होइबक्स्यो, फेरी सरकारबाटै सवारी चलाइबक्सेका, फेरी …… ड्रिंक्स दिइबक्स्यो, अनि यस्तै साढे आठतिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सक्याएर सवारी होइबक्स्यो, त्यो बेलामा दाइ हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो त्यही कोठामा होइबक्सन्थ्यो । एकदमै लागेको जस्तो ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो, त्यही भुइमा नै सुकला भयो, म, गोरख, निराजन र राजिव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठूलो बुबा सवारी होइबक्स्यो, अब यसो यस्तो कति छ …… छ माथि सवारी चलाउँछौं भनेर हामी चार जना भएर माथि खोपीमा सवारी चलायौं, त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइन । गद्दीको मुन्तिर सानो ओछ्यान छ नि त्यहीं नै सुताएर गयौं हामीले ।
करीब साढे आठ, जस्तो भाथ्यो, साढे आठ त्यस्तै ३१।३२, आठ ३१ ।३२ होला। हामी तल आयौं। वत्तिसत्ति निभाएर तल आयौं । तल आएपछि अब महाराजाधिराजको भित्रै, मुमा बडामहारानी सरकार जहाँ राज होइबक्सेकोथ्यो त्यहीं नै हेलेन शाहसँग मिटिङ्ग भइ राखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएन, वाहिर कुरेर बसिराखेको थिएँ, त्यहाँ भित्रको मिटिङ्ग आधा घण्टा जति चल्यो होला, मेक्सीमम आधा घण्टाजति चल्यो होला । त्यसपछि हामी दर्शन गरेर यता आयौं । महाराजाधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो, त्यही कोठामा सवारी भयो । भर्खर ड्रिंक्स लिई बक्सेको थियो, महाराजाधिराज सरकारले ।
हामीले चियर्स पनि गरेको छैनौं, भर्खर ड्रिक्स लिई बक्सेको थियो, यसै बीचमा अब हामीचाँही एतापट्टी कुनामा थियौं हजुर, देखिएन युवराजधिराज सवारी भएको । अ….. हामीले युवराजधिराज सवारी भएको देखेनौं, हामी कुनामा थियौं । मैले त यो ….. …….. ……………….
समितिः कुना भनेको त्यो बडामहारानी सरकार राज भएको कुर्सितिर कि?
जवाफः होइन क्यारेमवोर्ड छ नि ।
समितिः क्यारेमवोर्ड यो?
जवाफः क्यारमबोर्ड, क्यारमबोर्ड छ नि ।
समितिः त्यो वारको पछाडि ?
जवाफः हो, बारको पछाडि त्यो …… कुनामा हामी बस्ने कुना त्यही हो । हामी Youngs हरुको, अब त्याहाँ उताबाट चुरोट सुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरै जस्तो बस्ने त्यही कुनामा हो । अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइन, मैले सवारी भएको भनेको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ग ग¥यो, त्यत्ति ३ राउण्ड जति फायर भएको छ । पहिले सवारी हुने वित्तिकै ३ फाएर भएको छ । एउटा माथि छ, एउटा सिधा छ । त्यसरी दागि बक्सदाखेरी एउटा सिधै गएको छ, एउटा माथि गएको छ । ३ राउण्ड जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरी ३ राउण्ड जस्तो लाग्छ फर्स्ट मैं त्यो पनि आवाज ।
महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो ड्याङ्ग ड्याङ्ग एउटा यस्तोमा एउटा यस्तोमा । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँगसँगै । दुइजना कुदेर गयौं । डा. राजीव चाही महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर, मलाई चाहीं अधिराजकुमारी शोभाले जानै दिन बक्सेन, तिमी त्यहीं बस हिड्ने होइन, हुकुम भयो। त्यही नै मैले पछाडी फर्केर बहिनीहरु सबै जनालाई ढल्नलाई सुत तिमिहरु यहाँ भने । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबैजनालाई राखें । उता दुई जना सिनियर मेम्वरहरु पनि महेशकुमार र रवी शम्शेर दुवै जना पनि मेरै छेउमा थियो । दुवै जनालाई पनि मैले लाइन क्रोसियरमा राखें ।
यत्तिमै यत्ति हुँदा हुँदै युवराजधिराज सरकार, फेरि फर्केर सवारी भयो । मैले देखेको चाहीं हजुर, महाराजाधिराजलाई हानिबक्सेको देखें । धिरेन्द्र सरकारलाई हानी बक्सेको देखें, बाबा enough, you done enough damage भनेर second time फर्केर जाँदाखेरी, धीरेन्द्र सरकारले के हुकुम भयो भने you done damage हुकुम भयो । त्यति हुकुम हुँदाखेरी ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा होकी दुइटा त्यो पनि धीरेन्द्र सरकारलाई, राम्रो सँग सम्झन सकेको छैन । ढलिबक्स्यो । धीरेन्द्र सरकार ढलिबक्स्यो, ढलिबक्से वित्तिकै त त्यसपछि त अरुहरु मान्छेहरु त one after another को ढल्यो को ढल्यो त्यसपछि राम्रोसँग भन्न सक्दिन । म पछाडि फर्केर बहिनीहरु सुताउन थाली सकेको थिए, अं…… मैले ढलिबक्सेको देखेको महाराजाधिराज ढलिबक्सेको देखें यता, कुमार खड्ग ढलिबक्सेको थियो, उता कुमार गोरख ढलेको देखें।
त्यो चाही फर्स्ट मै ठूलो बुबा सँगसँगै ३ जना ढलेको छ। त्यो First Automatic weapon MP-5 को फाएरले ३ जना ढलेको छ । वाहिर सवारी भयो, फेरी फर्केर सवारी भयो, त्यसपछि त्यो सानो weaponMP-5 automatic त्यो फालिबक्स्यो, त्यो weapon महाराजाधिराज सरकारले टिपिबक्स्यो । त्यो weapon टिपिबक्सेको थियो । अधिराजकुमारी शोभा सवारी भएर त्यो weapon लिई बक्स्यो, म्यागजिन पनि झिकिबक्स्यो । त्यही भइमा राख्दीबक्स्यो त्यो । अब के भन्ठानी बक्स्यो भने त्यही एउटा मात्र होला भन्दठानी बक्सेछ । दाइले चाही अरु पनि बोकिबस्केको मैले पनि देखेको हो । अरु तीनवटा बोकिबस्केको थियो, चारवटा थियो weapon । एउटा चाहीने बन्दुक लेफ्ट साइडमा थियो ह्यान्ड गन। ह्यान्ड गन चाहीँ लेफ्ट साइडमा थियो । दाहिने वगलिमाः MP5 थियो । भिरिबक्सेको Shot Gun र एम १६, त्यो Automatic हो । भ्यार्रर गरेर ठूलो बुबालाई हानीबक्स्यो, कान्छो बुबालाई पनि हानी बक्स्यो, यता खड्ग विक्रम ढलिबक्स्यो उता गोरख ढल्यो । त्यो first attack मै कता कता दागेर वाहिर सवारी भयो । त्यसछि हामी त कुनैमा थियौं । वाहिरपट्टी के भयो मैले त देखिन फेरी भित्र सवारी भयो । सवारी भएर ठूलो बुबालाई ………………

समितिः समयको त्यस्तो कुनै ग्याप लामो ग्याप त हैन ?
जवाफः छैन, एक मिनेट पनि छैन, ३० सेकेण्ड होला म्याक्सिमम्, म्याक्सिमम् भए ३० सेकेण्ड, भित्र बाहिर भित्र वाहिर गरिबक्स्यो । सवारी भयो ठूलो चाही बन्दुक एम १६ एम १६ ले पहिले नै ठूलो बुबाको माथमा हानिबक्स्यो, सट त्यस पछि यता सवारी भयो, खड्ग फुपाजु ढलिबक्स्यो, कुमार खड्ग त्यो वारको ठ्याक्कै तल ढलिबक्स्यो ।

…………. हजुर, उतापट्टी गोरख, ठूलो बुबा बीचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो, …… श्रुति, त्यसपछि श्रुति मैले आएको देखिन, गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखें । त्यो गएको बेलामा उताबाट फर्कि बस्क्यो, युवराजाधिराज सवारी भयो, यतापट्टी ढली राखेको थियो हजुर, पहिला कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो । तिमिलाई के भयो तिमीलाई के भयो भनेर सवारी भई माथि पट्टी सुतिबक्स्यो, खड्ग फुपाज्यूको माथि ढलेर कवर गरिबक्स्यो । युवराजधिराज सवारी भयो ड्याङ्ग ड्याङ्ग point blank ड्याङ्ग ड्याङ्ग ड्याङ्ग यस्तो घारीबाट देखेको त्यही देखेको । त्यो भएको म यताको कुनाको मेचमा त्यो वारको मूनिबाट त्यो चाही राम्रो सँग देखेको हो मैले । ड्याङ्ग हानी बक्स्यो । त्यो गोली आएर यतापट्टी कार्पेटमा लागेछ ।
भएर आएर मेचको यतापट्टी काठमा लागेर मेरो साइडमा महेश कुमारलाई राखेको थिएँ मैले, त्यो गोली उछिट्टिएर गएर उसको यस्तोमा लागेको हो । त्यो चाही लागेको उसलाई । अब त्यस पछि फेरी वाहिर सवारी भएको हो कि म राम्रो सँग सम्झन सकिन, वाहिर सवारी भएको जस्तो लाग्दछ, दुईतिन चोटी गरिबक्स्यो भित्र, वाहिर, Third time सवारी हुँदा चाही यता … अ… शाहज्यादी जयन्ती दिदी, केतकी अ… श्रुति ३ जनालाई हानी बक्स्यो । श्रुती Third time ‘। अनि बाहिर सवारी भयो युवराज सरकार चाही मैले त्यसपछि, यता कुनामा सवारी भयो, त्यो अग्लो मेच जस्तो छ नि हजुर, त्यो, कुनामा सवारी भयो, त्यसपछि डाइरेक्ट नजरमा हामी प¥यौ ……. के गरिबक्स्या हजुर ….. हामी ….. के गरिबक्स्या please …… गई बक्स्योस भनेर त्यो विन्ति जाहेर गरें मैले । नत्र भए सवै जनालाई हानेको भए म थिएँ, महेश मेरो पछाडि थियो, रवी उतापट्टी ठ्याक्कै वारको मुनि रवि थियो । अ…… महेशको पछाडि मेरो वहिनी छ । पछाडी मेरो वाइफ थियो, मेरो वाइफ पछाडि मेरो ३ जना वहिनीहरु मैले राखेको थिएँ । लुकाएर राखेको थिएँ । एउटा वहिनी चाँही त्यो सोफा जस्तो छ त्यसको पछाडि राखेको थिएँ ।

एकदमै कभर गरेर राखेको थिए मैले । मैले चाही दाइसँग के गरिबक्स्या हामी यस्तो यहाँ त हामी मात्र छौं please …. one by one सबैलाई हेरेर छोडेर बाहिर लागिबक्स्यो, त्यसपछि थाहा भयो हामीलाई हानी बक्सेन भनेर । म उठेर गएँ । त्यहाँ अरु मान्छे ढलिराखेको थियो । के के भाछ भनेर मैले कान्छो बुवाका गएँ । पारस मेरो खुट्टा चलाउन मैले खुट्टै चलेन अं. …… मेरा खुट्टा खुम्च्याउन सक्दिन खुट्टा चलाई देउ । अलिकति चलाएँ, फिल गर्न सकिबक्सेन ।
त्यसपछि यता केटाकेटीलाई हेर भन्नु भयो, मैले त मेरो मुमा ढलेको पनि देखेको छैन । मुमा पनि देखेको छैन, यता अधिराजकुमारी शान्ति पनि देखेको छैन, उता उता …… वडामहारानी सरकार निराजनको त वाहिरै कुरा भयो मैले त्यति देखेकै छैन । अनि त्यो बेलामा हेर्दा खेरी मुमा भर्खर उठि बक्सिराथ्यो, ढली बक्सेको । मूमा तल होइसिन्थ्यो । अधिराजकुमारी शान्ति माथि होइसिन्थ्यो । मुमाले चाही घचडेर उठिबक्सेको देखें । म जभउि गरेर उठाएँ मुमालाई । …… मठिक छैन, म ठिक छैन भन्नु भयो, माथबाटपनि रगत आइराखेको यस्तो समातेर बसिबक्स्याथ्यो । माथको रगत चाहिने अधिराजकुमारी शान्तिको रगत रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिए पहिला ।
अधिराजकुमारीको रगत रहेछ । त्यतिगरे पछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो, माथ पनि चेक गरें मैले, केही पनि छैन । त्यसपछि म दौडेर गएर यता मुमा वडामहारानी सरकारकाँ गएँ । वाहिर पनि मैले त फायरिङ्ग सुनेको थिएँ । मैले त उता भन्ठाने, मूमा वडामहारानी सरकरको खोपिमा भन्ठानें । दौडेर त्यहाँ गए त्यहाँ त केही पनि भएको छैन । त्यहाँ यस्तो यस्तो भयो भनेर जाहेर गरें, त्यो बेलासम्म फायरिङ्ग सकिसकेको थियो, म जाँदा मुमा वडामहारानी सरकार ……
समितिः मुमा वडामहारानी सरकार भनेको उता सानो बैठकमा …
जवाफः उता सानो बैठक, वाहिर पट्टीको । त्यहाँ होइबक्सन्थ्यो । त्याहाँ जाँदासम्म firing बन्द भएको थियो । जब म मान्छेहरुलाई हेर्न गएको थिए त्यो वेलासम्म कोही फायरिङ्ग भइ राखेको थियो । वाहिर ….. त्यो चौरमा फायरिङ्ग भइ राखको थियो । लास्ट भएकै चौरमा हो । त्यसमा पनि के भयो म केही भन्न सक्दिन । मैले देखेको होइन । कसलाई हानिबक्स्यो, त्यहाँ कसरी घटना भयो, त्यो पहिला कसलाई हानिबक्स्यो, पछि कसलाई हानीबक्स्यो मलाई थाहा छैन । मैले त मुमालाई लागेको देखेको होइन, अहिले कुरा सुन्दाखेरी वाहिरबाट हानीबक्सेको मुमालाई पछाडी दुइटा वाहिरबाट हानीबक्सेको मात्र सुनें । त्यो मलाई थाहा छैन मैले नदेखेको कुरा म भन्न सक्दिन । मैले देखेको कुराचाही यति हो । म पनि त्यसपछि मान्छेहरुलाई हेरें, सवैजना ढली राखेको छन् । खुट्टा चलाई देउ भन्नु भयो । पाउ चलाएँ, सिधै हेर्न सकिदैन यता केतकी फुपुलाई हेर भन्नु भयो, कान्छो बुबाुले । म खुट्टा पनि चलाउन सक्दिन म हेल्प भन्दा धेरै त्यो जाहेर गरें । दौडेर आपूmमुमा कहाँ गएँ मुमावडामहारानी सरकारकाँ ३ जना होइबक्सन्थ्यो, त्यहाँ केही पनि भएको छैन । बाहिर दौडेर ए.डि.सी.हरुलाई भित्र ल्याएँ । त्यो ए.डि.सी.हरु वाहिर गयो, वाहिर जाँदाखेरी ….. हरु ठ्याक्क आइराखेको थियो ।

म वाहिर पुग्नु र ADC हरु आइपुग्न almost सेम टाइम थियो । अनि त्याहाँ बाहिर गएर के भने यो भित्र मरेको मान्छे पनि छ घाइते मान्छेहरु पनि छ । मरेको मान्छेहरुलाई छाडदेउ । घाइते मान्छेहरुलाई दौडाइहाल पहिला, भित्र लगें घाइते मान्छेहरु सबै जना पहिला उठाएर यलभ दथ यलभ सबै जनालाई जो जो पहिला गए जो जो हाल्न सकें पठाएथें, ५—६ मर्डरहरु थिए । जो जो आए हाल्दै पठाउँदै थिएँ । अब दाइ, बडामहारानी सरकार र भाइलाई भेटाउन, गएको तिमीहरु खोज भनेर ३ जना । दाइको एडिसी दौडेर आयो he shot himself, he shot himself भन्दै आयो।
त्यसपछि भाइ कहाँ भन्दा भाइलाई पनि हानिबक्स्यो । ठूलोमुमा खोइ, ठूलो मुमालाई पनि डाउन, सबै जना डाउन ठुलोमुमाको chance नै छैन भनेर उनीहरुले मलाई भन्यो । मैले देखेको होइन, ठुलोमुमाको चान्स छैन, दाइचाही ऐया ऐया गरेर लडीबक्स्याथ्यो, माथमा लागेको थियो । ल हाल भनेर दाइ र भाइलाई चाही मैले सँगै हालेर दाइको एडिसीले हाल्यो, म अगाडी बसे, पछाडि एकजना ड्राइभरले दाइलाई समाइराथ्यो र भाइलाई समोतेको थियो पछाडी अर्को एक जना थियो । दुइजना चाही म र दुईजना एडिसी अर्को एक जना ड्राइभर भएर अस्पताल पु¥याको । त्यतिवेला महाराजाधिराज सरकारको सवारी चलाइसकेको थियो । ………. सबैभन्दा पहिला त सुन्दर भन्ने एडिसी छ, त्यो गर्दा उ आयो, उता उताबाट घुमेर आयो त्यहाँ त फायरिङ्ग भइ राखेको थियो । उसले अरु मान्छे ल्याउन सकेन, उताबाट वाहिर घुमेर फायरिङ्ग भइ राखेको थियो, उता ढोकाको शिशा फुटाएर मैले आउ भन्दिए । यो फुटाएर भित्र आएर ठूलो बुबा महाराजाधिराज सरकारलाई लग्यो, महाराजाधिराज सरकारलाई पहिला लगेको हो ।
यो राजीव कहाँ थ्यो के थ्यो, राजीव गएको पनि देखेको छैन, हजुर, म पछाडि गर्दै थिए यता मान्छेहरु हेर्दै थिएँ, राजीव गएको मैले देखेको होइन, सबभन्दा पहलिा चाही महाराजाधिराज सरकारलाई लिएर गएको । त्यसपछि चाहीं म गएर मान्छेहरुलाई हेर्न गएको । ए.डि.सी. हरुलाई मैले नै बोलाएर त्यो शिशा ढोका फुटालेर महाराजाधिराज सरकारको सवारी चलाएँ । मैले देखेको त यत्ति नै हो ।
समितिः सरकारले कति weapon use भएको देखिबक्स्यो ?
जवाफः मलाई जहाँसम्म लाग्दछ एउटा एम १६ यूज भएको छ । Glock यूज भएको छ । चारवटा यूज भएको छ । मैले त्यो 12 bore फायर गरेको देखेको छैन । त्यसको फाएर देखेको होइन मैले । अरुचाहीं फायर भएको देखेको छु मैले । यो एम १६ फायर भएको देखेको हुँ ।

समितिः युवराजधिराजको कसरी ? ।
जवाफः मैले सुने अनुसार दाइले आफूलाई हानिवक्स्यो, ब्रिजमा हानिवक्सेको ।

समितिः– यसको पछाडि के यस्तो कारण ?
जवाफः– यो विवाहकै हो हजूर । मलाई जहाँसम्म लाग्छ, विवाहकै हो । यो शुरु भएको पोहोर गएको जन्मोत्सवमा शुरु भएको कुरा हो । पार्टी भएपछि पार्टी भएको त्यही ठाउँमै त्यही ठाउँमा भएको कुरा हो । त्यहीं नै हामी आएर कुरा गर्दाखेरी जो जो against अघि जो जो ] with अब भाई र म ] with जहिले पनि वीथ । दाइको त हामी जे जे हुकुम हुन्छ त्यही गर्ने मान्छे । भाई र म ] with थियौं । अब राजिव त डा. ] with भयो, श्रुती, गोरखहरु र अरु बहिनीहरु against थियो विवाहकोमा । मेन कुरा यही नै जस्तो लाग्दछ । मेन कुरा यही हो जस्तो लाग्दछ ।

समितिः– तर त्यो दिन त्यहाँ त्यो कुरा चल्यो कि चलेन ?
जवाफः– म संग कुरा गरिवक्स्या छैन । मैले अघि तपाईलाई भनेको जस्तो म जाने बित्तिकै के मर्जीभयो भने मलाई मूमासंग पनि कुरा गरें, आफु मुमासंग पनि कुरा गरें, नहुने भयो । अब म बुबासंग आइतबार दर्शन पाउँछु, त्यो बेला कुरा गर्छु, त्यत्ति मात्र हुकुम भाथ्यो मलाई ।

समितिः– राम्रो मुड थियो ?
जवाफः– लागेको जस्तो भएको थियो । एकदमै राम्रो थियो मूढ । त्यस्तो होला भन्ने केही सोचेकै थिएनौं हामीले । एकदमै जोक गरी बक्सेको जस्तो सबैलाई हँसाइवक्सेको थियो, त्यहाँ तल होइवक्सँदासम्म त ।

समितिः– सरकार माथि कसले पु¥याएको ?
जवाफः– हजूर । हामी चारजनाले पु¥याएको । हामी चारजना, एकजनाले कहाँ सक्नु !

समितिः– बोकेरै लगिवक्स्यो ?
जवाफः– दुईजना साइडमा म पछाडि यसरी उचालेर गोरख र भाइले, अं…. राजीव र भाइले दुईजना साइडमा मैले पछाडी समाएर माथि लग्यौं । गोरख होइन, गोरख पछि पछि आउँदै थियो । माथि ……

समितिः– तल सुताइवक्स्यो ?
जवाफः– तल, मेन गद्दीमा त सुताएनौं । तल सुतायौं । मैले भाईलाई भनेको वेपनहरु झिक लैजाऊ, अप्ठ्यारो हुन्छ झिक । ….. पर्दैन होला …..

समितिः– त्यो कोठाबाट ?
जवाफः– कोठाबाट । माथिको कोठाबाट । जुन मेन गद्दी थियो, त्यो गद्दी भन्दा तल अर्को एउटा बेड … ऊ ….. ग्राउण्ड बेड जस्तो त्यहाँ सुताएर हामी तल आएको ।

जवाफः– वेपन्सहरु ?
जवाफः– वेपन्स अब त्यो, त्यस्तो त बोकिवक्सेको छैन । एमपी ५ र मैले देखेको छैन कहाँ थियो । अँ, …… अनि एम १६ चाहिनी त्यो तखताहरु छ नि, जाने बित्तिकै तखताहरु जस्तो छ ।

समितिः– त्यसमा कार्टिजहरु पनि निस्किराखेको थियो ?
जवाफः– हो, त्यो तखतामा छ । त्यो होला … अँ…. बटृाभित्रै बक्स भित्र नै थियो । त्यो तखतामा नै देखेको थिएँ मैले । त्यो चाहीं एम १६ चाहिनी । …… पनि म चिन्छु हजूर जहिले पनि चलाईवक्सिराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र ?

समितिः– अरु सरकारलाई सम्झिनुपर्ने त्यस्तो केही बाँकी ?
जवाफः– म अब सम्झें भनेदेखि, म त्यही सम्झन खोजिरहेको छु । त्यो यस्तो छिटो भैद्याथ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । अब सक्नेजति गरेको हो । बचाउन खोजेको हो मान्छेलाई । त्यही पनि अरु पनि बचाउन सक्थें कि जस्तो लाग्छ । आफूलाई अहिले, सोंच्दाखेरी । जे जति गरें त्यो कम भयो जस्तो लाग्छ आफूलाई।

समितिः हस् त ।
himani
श्री ५ शाहज्यादी हिमानी राज्यलक्ष्मी देवी शाह

समितिः– त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवारी भएको भन्ने कुरा आइराखेको छ । लिष्ट प्राप्त ग¥यौं । अब सरकारलाई के कति सम्झना छ ? डिटेलमा पाउन पाएदेखि हामीलाई रिपोर्टको लागि सजिलो पर्छ ।
जवाफः– डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन । तर सुरुदेखिन् पहिला हामी गएको आफुमुमा सवारी भयो ८ बजे । त्यसपछि ठूलो बुबा सवारी हुँदाखेरी अलि अगाडि समय त मलाई थाहा छैन ठूलो बुबा सवारी हुनु भन्दा पहिले crown prince लाई निराजन सरकार, पारश, राजीव ज्वाई, गोरख बोकेर खोपीमा सवारी चलाको । पछि महाराजाधिराज सवारी भएको एकै ड्याङ्ग आवाज आयो । अनि ……… अनि त्यसपछि ……. कान्छो बुबा अगाडि सर्नुभयो……..
कान्छा वुवा लाई हानी बक्स्यो अनि ….. कुनातिर यसो सायड परेर लुकेर वसिराखेका थियौं अनि त्यसपछि चुप लागेर बस्यौं …… त्यसपछि फेरी आएर परर पर्र बन्दुक पड्केको सुनेको …………… त्यत्ति नै
समितिः यसमा, अतिरिक्त जानकारी सरकारलाई छ, छैन ? अनि आफ्नो चाही ?
जवाफः हामीतिर पनि बन्दुक तेस्र्याइ रहनु भएको थियो ।

समितिः सरकारहरु चाही उतापट्टी राज होइबक्सेको होला, वारको उतापट्टी?
जवाफः डाइनिङ्ग रुम जाने डोर छ नि त्यसैको एतापट्टी एउटा कर्नर छ, त्यसमा हामी ।

समितिः कहाँनेर ?
जवाफः यतापट्टी चाहिने यतापट्टी साइडमा म थिए ……….. ।

समितिः अनि त्यो बगैचाका कुरा ?
जवाफः बन्दुकहरु पड्केको मात्र सुनें ……….. ।

समितिः धन्यवाद ।
Copied from mysansar.com 

संभ्रान्त परिवारमा जन्मिएकी जेनी मार्क्स, जसलाई अभावले गलाउन सकेन (सङ्क्षिप्त जीवनी)

साम्यवादका प्रवर्तक तथा महान दार्शनिक कार्ल माक्र्सकी  जीवनसङ्गीनी जेनी वोन वेस्टाफालेनको जन्म जर्मनीको राइन प्रान्तको सल्ज्वेडलको एक सभ्रान्त परिवारमा १२ फेब्रुवरी, १८१४ मा भएको थियो ।
जेनीको जन्मपछि उनको बुवाको ट्रिरमा सरुवा भयो । त्यहाँ उनको माक्र्स परिवार संग परिचय भयो । बालिका जेनी आफ्ना अरु स्कुले साथीसँगै कार्ल माक्र्ससँग खेल्ने गर्थिन । बाल्यकालदेखिको प्रेम जेनी २१ बर्षकी र माक्र्स १७ बर्षको हुदा परिपक्व प्रेममा परिणत भयो ।
जसको परिणमस्वरुप उनीहरुले सन १८३५ को गर्मी याममा विवाह गरे  तर उक्त सम्बन्ध अभिजात वर्गका जेनीका माता पिताहरुका लागि अस्वीकार्य हुने सम्भावना थियो । त्यसकारण उनीहरुले यस विवाहलाई तत्काल स्वीकार गरेनन । जेनीले कार्ल माक्र्ससँग विवाह गरेपछि उनको जीवनले नयाँ मोड लियो ।
आफुले २१ बर्षसम्म बिताएको जीवनशैली भन्दा नितान्त फरक तर लक्ष्यप्रति अविचल अनि कठिनाई र अभावहरुले भरिएको जीवन उनले सुरुआत गरेकी थिइन । विवाह पश्चात उनीहरु राइन नदीको बाटो भएर अक्टोबरमा पेरिस पुगे । उनीहरु पेरिस पुगेपछि माक्र्सले पत्रिका निकाल्न सुरु गरे । १ मे १८४४ मा जेनीले उनकी जेठी छोरी जेनीलाई जन्म दिइन ।
marx
त्यसबेला पत्रिकाको अवस्था पनि राम्रो थिएन । त्यसैले उनीहरुको आर्थिक स्थिति ज्यादै कमजोर थियो । यसैबीच १८४५को शुरुमा उनीहरु बसेको घरमा अचानक प्रहरी आएर माक्र्सलाई २४ घन्टाभित्र पेरिस छोड्नु पर्ने भन्ने प्रसियाली सरकारको आदेश सुनाएर गयो । तर जेनीले पेरिस छोड्नु पर्ने कुरा त्यहाँ उल्लेख थिएन । जेनीले त्यो कठिन पलमा आफ्ना घरायसी सामानहरु बेचेर केही पैसा जम्मा गरिन । त्यो पैसाले त्यहाँबाट उनीहरु ब्रसेल्स गए । ब्रसेल्सको बसाइमा एक रात २ जना मानिसहरु उनीहरु बसेको घर भित्र पसेर कार्ल माक्र्सलाई सोधपुछका लागि भनी प्रहरी कार्यलयमा लगे ।
त्यही रात माक्र्सलाई छुटाउन प्रयासरत रहँदा जेनीलाई पनि प्रहरीले गिरफ्तार ग¥यो । र यौन व्यावशायी, पाकेटमार आइमाईहरु राखिएको हिरासतमा उनीलाई सँगै राख्यो । त्यहीं उनले एक पुरानो जीगोर नामका साथीलाई पनि भेटिन । उनका साथी जिगोरले तल हेर्न ईसारा गरे । जेनी झ्याल नजिक गएर हेर्दा कार्ल माक्र्सलाई सैनिकहरुले कडा सुरक्षा दिएर अन्तै लगेको देखिन । केही बेरको सोधपुछपछि पनि प्रहरीले जेनीबाट केही हात पार्न सकेन र अन्त्यमा उनलाई हिरासतबाट मुक्त ग¥यो ।
त्यसपछि माक्र्सको परिवार जहाँ गयो । त्यहाँबाट लखेटियो । उनीहरु १८४५ मा पेरिसबाट, १८४८ मा ब्रसेल्सबाट, १८४९मा क्योलनबाट र अगस्ट १९४९मा फेरी पेरिसबाट धपाइएका थिए । एक पटक त जेनी गर्भवती भएको बेलामा पनि उनीहरु निर्वासित हुनु परेको थियो । बसाइँ सर्न कैयौं पटक त उनीहरुसँग पैसा नै थिएन । यस्तो अवस्थामा पनि बाध्य भएर गर्भवती पत्नी र बच्चालाई छोडेर माक्र्स २६ अगस्टको दिन लन्डन पुगे ।
एक पछि अर्को निर्वासनका कहिल्यै नटुङ्गिने श्रृङ्खलाहरु र खस्कदो आर्थिक अवस्थाले पनि माक्र्सलाई कहिल्यै विचलित गर्न सकेन ।सभ्याता र ज्ञानले सम्पन्न, साहित्य र कलाकी ज्ञाता जेनी माक्र्सले सन १८७५–१८७७मा जर्मन प्रजातन्त्रवादी अखवार (प््राmयाङ्कफर्ट जेटुङ एण्ड हेन्डल्सब्लाट)मा साहित्यिक आलोचना सम्बन्धि लेखमाला प्रकाशित गरिन । त्यसमा उनले लण्डनको थिएटर जीवनबारे प्रकाश पारिन । शेक्सपियरका नाटकहरुमा मुख्य नायकको भुमिका प्रस्तुत गर्ने कलाकार हेनरी इरभिङ्कको उत्कृष्ट अभिनयबारे लेखिन र ब्रिटिश बुर्जुवा दर्शकहरुको अभिरुचीको हाँसो उडाइन ।जेनी माक्र्सले रुस लगायत देसहरुमा मजदुर तथा क्रान्तिकारी  आन्दोलनका गतिविधिबारे निगरानी राखेकी थिइन र त्यस आन्दोलनमा आफु सक्दो योगदान पनि पु¥याएकी थिइन ।
आफ्नी सत्यनिष्ठ जीवनसङ्गीनी तथा संघर्षमा निःस्वार्थ सहभागिप्रति माक्र्सले ‘पूँजी’को दोस्रो र तेस्रो खण्ड समर्पित गर्ने मनशाय राखेका थिए भन्ने एङ्गेल्सका भनाई रहेको छ । हुन त सर्वहारावर्गको मुक्ति संघर्षमा जेनी माक्र्सको योगदान बाह्य संसारको लागि विशेष छैन तर एङ्गेल्सले उनलाई पनि ‘सर्वहारावर्गको  समाजवादको  पुरानो योद्धादलमा नै गणना गरेका थिए ।
तीक्ष्ण विवेकशील मस्तिष्क, राजनैतिक विनम्रता, स्फुर्ति जोसिलो चरित्र, आफ्नो श्रीमानले सम्पूर्ण जीवन बलिदान गरेको महान कार्यप्रति बफादारी र आत्मत्याग, यी सबै कुराहरुले परिपूर्ण जेनी माक्र्सबाट फेडरिक एङ्गेल्स ज्यादै प्रभावित थिए । त्यसैले त उनले जेनीलाई ‘उत्कृष्ट आत्मा भएको नारी’ भनेका थिए ।
जेनी फोक्सोको निमोनियाको कारण लामो समयसम्म विरामी भएर ओछ्यानबाट उठ्न नसक्ने भइन । उता माक्र्सलाई पनि कलेजोको क्यान्सर भएको थियो । डाक्टरहरुले उनको जीवन खतरामा भएको कुरा बताएका थिए । अर्को कोठामा आफ्नी पत्नी मृत्यु शैयामा संघर्षरत रहँदा माक्र्स पनि रोगी थिए । सन १८८१ काे डिसेम्बर २ का दिन लण्डनमा जेनी  स्वार्गवास भइन । तर रोगले जीर्ण भएका माक्र्स आफ्नी प्यारी जेनीको अन्त्यष्टिमा पनि सहभागी हुन सकेनन ।

पानीको मुहान नै सुकेपछि काकाकुल बन्यो कर्णाली

खडेरीले पानीका मुहान सुके, रारा पनि आधा मिटर घट्यो
सिमकोट (हुम्ला): श्रीनगर ७ की जाँचु थापाले कर्णालीको पानी खान सुरु गरेको ३ महिना भयो। हुम्लाको तराई भनेर चिनिने तुम्च तलतणीमा बस्दै आएकी थापाले पुस्तौंदेखि प्रयोग गरेको कनेउरीको मुहान सुकेपछि एक घन्टा लगाएर कर्णालीबाट पिठ्यूँमा बोकेको पानीले घर चलाएकी छन्।
गत वर्षसम्म तलतणीका दुई गाउँलाई खान पुगेको उक्त मुहानको पानीले आसपासका खेतमा समेत सिँचाइ गर्न पुग्ने गरेको उनको अनुभव छ। खडेरीले तुम्चको खोलाबाहेकका अधिकांश मुहान सुकेको जानकारी जैर ९ तुम्चका उब्जन मल्लले दिए। उनका अनुसार पाखोमा भएका लेकदेखि औल (बेसी) सम्मका सबै गरी ५ वटा मुहान तुम्चमा मात्रै सुकेका छन्। लामो समय वर्षा नभएकाले खोलाको पानीसमेत यो वर्ष निकै सुकेको छ।
 
तुम्चका तीनवटा जिउला (खेतको फाँट) मा सिँचाइ गर्ने बणखोलाको पानी पनि यो वर्ष आधाभन्दा बढी सुकेको स्थानीय नन्द फडेराले बताए। उनले भने, 'गएका वर्षमा गहुँमा पानी हाल्ने काम फागुन अन्त्यसम्म सकेर पानी खोलामा फाल्ने गरिन्थ्यो। 
 
यो वर्ष गहुँलाई नै सिँचाइ गर्न नपुगेर स्थानीयबीच दिनहुँजसो झगडा भैरहेको छ।' लामो समयको चर्को खडेरीले मैला र मदना गाविसमा मात्रै झन्डै १५ वटा मुहान सुकेको मैलाकी यांजुम रोकायाले बताइन्।
 
गाउँमा भएको खानेपानीको मुहान सुकेपछि मैलाको काँडागाउँ जिमानामा १ गाग्री पानी ल्याउन २ घन्टा पैदल हिँड्नुपर्ने स्थानीय मोतीलाल रिठाल बताउँछन्। उनी भन्छन्, 'गत मंसिरदेखि पानी सुकेपछि घरमा खानेपानी ल्याउन एकजनालाई दिनभरि नै जिम्मा दिने गरिएको छ।'
 
हुम्लाको उत्तरी क्षेत्रमा समेत पानीका मुहान सुकेका छन्। मुचु गाविसको यारीमा खानेपानीको मुहान सुकेपछि स्थानीयलाई खानेपानीको निकै समस्या भएको छ। यारीमा २ किलोमिटर टाढाबाट ल्याएको खानेपानीको मुहान यस वर्ष सुकेपछि एक घन्टाको दूरीमा रहेको झिमझिम खोलाबाट घोडा र झोवामा पानीका ग्यालेन बोकेर काम चलाउने गरेको स्थानीय नाम्ग्याल लामाले बताए। 
 
बुटी लामाका अनुसार मुचुकै तुमकोटमा समेत खानेपानीको मुहान सुकेपछि खोलाको पानी खानुपरेको छ। गाउँमा प्रायः खानेपानीका मुहान सुकेपछि पशुबस्तुलाई समेत पानी खुवाउन निकै समस्या भएको छ।
 
श्रीनगर ६ को घम्कमा भएको मुहान सुकेपछि ६, ७ र ८ का बासिन्दालाई खानेपानीको समस्या भएको जानकारी पूर्वगाविस अध्यक्ष दीपबहादुर महताराले दिए। उनका अनुसार श्रीनगरका साँग्र, मैचे, भुजपानी, बाउढुंगा, कलखिउ छहरा गरी झन्डै १५ वटा मुहान मंसिरयता मात्रै सुकेका छन्।
 
जैर गाविसका राक्स्या, तली पुन्यारा, कुई पुन्यारो, लुमको अमुन्दा खोलालगायत ८ वटा मुहान माघ महिनायता सुकेको जानकारी स्थानीय डिलबहादुर कार्कीले दिए। उनका अनुसार पानीका मुहान सुकेपछि मानिस र पशुबस्तुलाई कसरी पानी खुवाउने भन्ने चिन्ता भएको छ। मुहान सुकेपछि जिल्ला सदरमुकाम सिमकोटमै पानीको समस्या दिनानुदिन बढ्दै गएको छ।
 
पुरानो खानेपानीको मुहान सुकेर निकै कम भएकाले बुराउँसे खोलाबाट ल्याइएको नयाँ मुहानले पनि नपुगेपछि सिमकोट बजारमा पानी वितरण चुनौतीपूर्ण बन्दै गएको सिमकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष कर्ण भण्डारीले बताए। हरेक गाउँमा पानीका मुहान सुकेपछि यो वर्ष हुम्ला कर्णालीको बहावसमेत घटेको छ। 
 
आफूले थाहा पाएदेखि अहिलेसम्म यो वर्ष जति हुम्ला कर्णालीको पानी कहिल्यै घटेको नदेखेको सर्किडेउ रिपका जसबहादुर महताराले बताए।जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्तिसमेत रहेका महताराका अनुसार हुम्ला कर्णालीको पानी सुकेपछि अहिले रिपको बिउबार तलीको खोंच हिँडेरै पार गर्न सकिन्छ। स्थानीय युवा माछा मार्ने झरिउला (पासो) थाप्न जाँदा हिँडेरै हुम्ला कर्णाली वारपार गरिरहेका छन्।
 
डोल्पामा पनि मूल सुके
 
खडेरीले डोल्पासमेत काकाकुल बन्दै गएको छ। अधिकांश साना मूल सुकेपछि स्थानीयलाई खानेपानीको जोहो गर्न निकै कष्ट हुँदै गएको छ। सर्मी गाविसका २ सय घरधुरी, त्रिपुराकोट ७ र ८ का १ सय ५७ घरधुरीका बासिन्दाले परम्परादेखि प्रयोग गर्दै आएका पानीका मूल सुकेपछि बाँकी रहेका तिर्तिरे धारामा पानी भर्ने लाम चौबिसै घन्टा लाग्ने गरेको जानकारी स्थानीय वीरभद्र रोकायाले दिए। 
 
उनका अनुसार सर्मीको ओक्त गाउँको चोखापानीको मुहानसमेत सुकेको छ।उक्त मुहान सुकेपछि स्थानीयलाई खानेपानीको निकै समस्या भएको छ। तिर्पुराकोट गाविसमा २ मुहान सुकेका छन्। 
 
रसी गाउँको झ्या र म्याको मुहान सुकेपछि स्थानीयलाई एक गाग्रो पानी थाप्न पनि निकै सास्ती भएको विष्णु बैजीले बताइन्। उनले म्याको पूरै मुहान सुकेपछि माझगाउँ, डाँडागाउँ र गुम्बागाउँका बस्ती नै सार्नुपर्ने अवस्था रहेको बताइन्।
 
लामो समय पानी नपरेपछि त्रिपुराकोटको रसीको सिमखोला सुक्दा १ सय ५३ घरधुरीले समस्या भोग्नुपरेको खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय डोल्पाले जनाएको छ। पानीका मुहान सुक्न थालेपछि मानिस मात्रै नभएर बस्तुलाई समेत निकै समस्या भएको सर्मीका जगबहादुर रोकायाले बताए।
 
डोल्पाका विभिन्न गाउँमा गरेर झन्डै ५० भन्दा बढी खानेपानीका मुहान सुकेको खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय डोल्पाले जनाएको छ।
 
मुगुका मुहान पनि सुके
 
गत मंसिरयता मुगु जिल्लामा मात्रै २ सयभन्दा बढी मुहान सुकेका छन्। लामो समयको चर्को खडेरीले जिल्लाभर भएका पानीका मुहानमा ७० प्रतिशतले पानी कम भएको अनुमान जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय मुगुले गरेको छ। 
 
खडेरीको सबैभन्दा चर्को मार परेको सोरु, खत्याड भेगका अधिकांश पानीका मुहान सुकेको जानकारी मुगु भिईका अंगवीर बुमीले दिए। उनका अनुसार पानीको निकै समस्या भएको भिईमा यस वर्षको खडेरीले बचेका सबै मुहान सुकाएको छ।
 
८ गाउँ भएको भिईका अधिकांश बासिन्दा पशुबस्तु लिएर हुम्ला र मुगु कर्णालीको छेउछाउ बसाइँ सर्न थालेका छन्। जिल्लाको जिमामा पनि पानीका मुहान सुकेर स्थानीयलाई खानेपानीको समस्या भएको छ। स्थानीय पदमबहादुर शाहीका अनुसार वडा नं ५, ६ र ७ का बासिन्दाले प्रयोग गर्दै आएको जिमा गाउँभित्रको मुहान र वडा नं ८ र ९ का बासिन्दाले खाँदै आएको सोरुको बन्जाँको नौमुली मुहानसमेत पूरै सुकेको छ।
 
कालै गाविस ५ को पाँच पोल्याको मुहान सुकेपछि कालै ५ देखि ९ नम्बर वडाका बासिन्दाले २ घन्टाको दूरीमा रहेको खोलाबाट पानी बोकेर खानुपर्ने भएको छ। पुस्तौंदेखि प्रयोग गर्दै आएको मूल सुकेपछि मुगु राराको मुर्माका बासिन्दालाई समेत खानेपानीको चर्को समस्या परेको छ। 
 
झन्डै ७५ धरधुरी भएको उक्त गाउँका बासिन्दालाई खानभन्दा ठूलो पिर पानीले पारेको छ। स्थानीय धनसिंह रोकायाले भने, 'खानेकुरा त बरु सिस्नो र कन्दमूल ल्याएर पेट भरौंला तर पानी नै सुकेपछि अब बाँच्न निकै कठिन हुने भयो।'
 
पानीको मुहान सुकेपछि एक घरलाई एक गाग्रो भर्न पालो लगाउँदा रातभर नै जाग्राम बस्नुपरेको छ। रुघामा पनि खानेपानीको उस्तै समस्या भएको छ। १ सय ५२ परिवारको दलित बस्ती भएको रुघामा आधा घन्टाको दूरीमा भएको कुवाको मुहान सुकेपछि १ गाग्रो पानी ल्याउन पनि मुस्किल हुन थालेको छ। 
 
सबै परिवारले ज्यालादारी गरेर खानेकुराको जोहो गर्ने आँट भए पनि पानीका मुहान नै सुकेपछि यस वर्ष स्थानीय जउकली कामीलाई जीवनदेखि निकै आस मरेको छ।
 
पानीको मुहान सुकेपछि सोरुकोट गाउँमा १ जर्किन (ग्यालेन) पानी ल्याउन आधा घन्टाको तिर्सेखोलामा जानुपर्ने बाध्यता भएको स्थानीय पुनी मल्लले बताइन्। पानीका मुहान सुकेको जीवनमा पहिलोपटक देखेकी मल्लले भनिन्, 'यो वर्षको खडेरीले त भोकमरीको भन्दा पनि ठूलो पानीको संकट पार्यो।' 
 
उनले थपिन्, 'औल (बेसी) देखि लेकसम्मका सबै पानीका मूल सुक्न थालिसके। अब कर्णालीको छेउमा जानुबाहेक केही विकल्प हुँदैन कि जस्तो लाग्न थाल्यो।'
 
जिमाको ख्याल्चमा पनि पानीको उस्तै समस्या छ। ८० घर भएको उक्त गाउँमा पुरानो पानीको मुहान सुकेपछि हाहाकारै मच्चिएको छ। चर्को खडेरीले गाउँका साना मूल सबै सुकेपछि रुघा गाउँका ७२ वर्षीय धने भण्डारीलाई कलीयुग लागेको महसुस भएको छ। उनले अन्नपूर्णसँग भने, 'कलीयुगमा अत्याचार हुन्छ भन्थे। यही हो कि ? कहिल्यै नसुक्ने पानीका मुहान धमाधम सुक्न थाले।'
 
साउन दोस्रो सातादेखि पानी नपरेपछि मुगुको पर्यटकीय स्थल रारा तालमा मिसिने झन्डै ६५ वटा पानीका मुहान सुकेका छन्। समुद्र सतहदेखि २९ सय मिटरको उचाइमा रहेको रारामा आउने पानीको मुहान सुकेपछि पहिलोपटक रारा तालको पानी आधा मिटर घटेको जानकारी रारा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल खत्रीले दिए।
 
खडेरीले यस वर्ष हिउँदमा राम्रोसँग हिउँ नपरेपछि तालमा जम्मा हुने पानीको मुहान सुक्दा इतिहासमै रारा तालको पानी आधा मिटर घटेको दाबी खत्रीले गरे। तालमा आउने पानी सुकेपछि तालबाट निकास हुने पानीसमेत सुकेको छ। 
 
तालबाट निकास भएको पानी बग्ने खत्याड खोला पनि बिस्तारै सुक्दै गएको छ। तालको पानी सुक्दै गएपछि र कार्कीबाडा गाविसको लेकमा पर्ने झन्डै आधा दर्जनभन्दा बढी पानीका मुहान सुकेपछि स्थानीयलाई खानेपानीको बन्दोबस्त गर्न निकै मुस्किल भएको छ।
 
खलंगामा पनि हाहाकार
 
खानेपानीको स्रोत सुक्दै गएपछि जुम्ला जिल्लाको सदरमुकाम खलंगामा समेत खानेपानीको हाहाकार भएको छ। पानीका मुहान सुकेपछि खलंगाको भण्डारीबाडामा जडान गरिएका धारामा पानी आउनै छोडेको छ। 
 
बजार क्षेत्रको चन्दननाथ नगरपालिका ५ को मालभिर गाउँमा रहेको खानेपानी मुहानको पानी झन्डै २५ प्रतिशतले सुकेपछि बजार क्षेत्रमा यस वर्ष खानेपानीको समस्या भएको हो।
 
खडेरीले जुम्लाको सिँजा र चोधबिस क्षेत्रमा बढी पानीका मुहान सुकेका छन्। कुडाँरी ६ र ७ मा पर्ने ढांग्रेपानीमा खानेपानीको मुहान सुकेपछि गएको वर्ष दिनभर आपूर्ति हुने पानी यस वर्ष दैनिक २ घन्टामा मात्रै सीमित भएको आयोजनाका चौकीदार मानवीर नेपालीले बताए। उनका अनुसार पानीको मुहान सुकेपछि मुस्किलले बिहान १ र बेलुका १ घन्टा पानी दिने गरिएको छ।
 
कुँडारीकै जाँती खोलाको खानेपानी मुहानसमेत सुकेको छ। खेतमा सिँचाइ गर्दै आएको उक्त मुहान सुकेपछि कुँडारी, नुवाकोट, साँपुल्ली र रावतबाडाका बासिन्दाले अन्य विकल्प खोज्नुपरेको छ। कुँडारी १, २ र ३ का बासिन्दाले परम्परादेखि उपभोग गर्दै आएको बिरालीखोला खानेपानी आयोजनाको मुहान पूरै सुकेपछि तीनै गाउँले अहिले तिला नदीको पानी खान बाध्य भएको स्थानीय राम गिरीले बताए।
 
जिल्लाभर ८७ वटा खानेपानी आयोजना भएको जुम्लाका झन्डै ४० आयोजनामा पानीका मुहान सुक्दै गएको खानेपानी तथा सब डिभिजन कार्यालयका प्रमुख अर्जुनकुमार बमले भने, 'लामो खडेरीले जुम्लामा सानाठूला गरेर झन्डै १ सय १५ भन्दा बढी पानीका मुहानमा प्रत्यक्ष असर परेको छ।'
 
कालीकोटमा समेत धेरै खानेपानीका मुहान सुकेपछि किसानलाई समस्या भएको छ। कर्णाली कृषि तथा खाद्य सुरक्षा सञ्जाल कालीकोटका संयोजक कालीबहादुर मल्लका अनुसार कालीकोटको पलाता क्षेत्रमा सबैभन्दा धेरै पानीका मुहान सुकेका छन्। पानीको मुहान धमाधम सुक्न थालेपछि स्थानीय बस्ती स्थानान्तरण हुन थालेको संयोजक मल्लले बताए।

बढ्यो लोडसेडिङ 
 
जिल्ला सदरकुकाम सिमकोटलगायत आसपासका ७ गाविसलाई लक्षित गरेर बनाएको ५ सय किलोवाटको हिल्दुम साना जलविद्युत् आयोजनाले पानी नपुगेको भन्दै दैनिक १८ घन्टाभन्दा बढी लोडसेडिङ गर्दै आएको छ। अत्यधिक लोड भएको बेला ५ सय किलोवाट नै खपत हुने हुम्लाको सिमकोटमा हिल्दम खोलाको पानी सुकेर अहिले १ सय ४० किलोवाट मात्रै विद्युत् उत्पादन हुँदै आएको जानकारी वितरण केन्द्रका निमित्त प्रमुख मानबहादुर रावतले दिए। 
 
हिल्दुम खोलाको पानी अनपेक्षित रूपमा घटेकाले चर्को लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण हुम्लाले जनाएको छ। पानी नपुग्ने भएपछि अहिले उक्त आयोजनामा पानीको सञ्चयका लागि ६ करोडको बजेट व्यवस्था गरिएको छ। 
 
विद्युत् उत्पादन गरेको खोलाको पानी घटेपछि जुम्ला जिल्लाको सदरमुकाम खलंगामा समेत अहिले महिनामा १५ दिन लोडसेडिङ हुने गरेको छ। २१ किलोवाटको जुगाड खोलाको पानी आधाभन्दा बढी घटेपछि उत्पादित विद्युत्ले धान्न नसकेर त्यत्रो लोडसेडिङ गर्नुपरेको साना जलविद्युत् उपभोक्ता समिति खलंगाका अध्यक्ष विष्णुबहादुर बुढथापाले बताए।
नवराज महतारा |
२०७३ बैशाख २१ मंगलवार

सरकार गुहार्दै हुम्लाका गाउँले

सिमकोट: 'हरेक गाउँमा बिरामीको संख्या सयभन्दा बढी छ। बिरामीमा पखाला चल्ने, ज्वरो आउने, दिसामा रगत देखिने समस्या छ। स्थानीय स्वास्थ्य संस्थामा न स्वास्थ्यकर्मी छन् न औषधि नै। नयाँ संविधानमै जनतालाई चाइन्या अधिकार गाउँमै पुर्याएको छ भन्ने सुनेका छौं तर हामीले कहिले पाउने हो? '

जिल्ला विकास समितिको सभाकक्षामा बिहीबार जम्मा भएका जिल्लाका राजनीतिक दल, सरकारी तथा गैरसकारी कार्यालयका अधिकारी माझ श्रीनगर ४ का गोरख थापाको प्रश्न थियो यो।
लामो समयको खडेरी र फागुनदेखि फैलिएको रुघाखोकीले निकै थलिएको हुम्लाको दक्षिण भेगमा राज्यका कुनै सेवासुविधा नपुगेपछि आफ्ना १२ बुँदे माग लिएर स्थानीय बासिन्दा सदरमुकाम सिमकोट आएका छन्। 'पाखो गह्रामा एक बुटो उम्रेको छैन। केही खेतमा उम्रेका बुटा सुकेर सोत्तर भइसके।
घरका भकारी रित्तै छन्। धारामा गए पानी छैन। घरमा गए खाना छैन। अस्पताल गए औषधि छैन,' टोलीमा संलग्न श्रीनगर गाविसका निवर्तमान अध्यक्ष दीपबहादुर महताराले भने, 'गोठमा घाँस नपाएर गाईगोरु र भेडाबाख्रा कराएका छन्। घरमा भोक लाग्यो भन्दै बालबच्चा रोएका छन्। तपाईंहरूले जिल्लाबाट केही पहल गर्ने होइन भने हामी घरमा मर्नुभन्दा तपाईंहरूकै अगाडि सिमकोटमै मर्छौं।'
श्रीनगर क्षेत्रका पाँच गाविस ( श्रीनगर, मैला, मदना, कालिका र जैर) का स्थानीयको यो अभिव्यक्तिले लामो समयको खडेरीले हुम्लाको जनजीवन कसरी प्रभावित पारेको छ भन्ने प्रस्टै हुन्छ।
खडेरीले बाली सुकेपछि भोकमरीको त्रासमा रहेका स्थानीय असोज अन्तिम सातादेखि फैलिएको पीपीआर रोगले गोठका पशुबस्तुसमेत मरेपछि थप निराश भएको श्रीनगर ८ की अदानकला महताराले बताइन्। फागुनदेखि फैलिएको रुघाखोकीको औषधि नपाएर गाउँका दुईजनाको ज्यान गएपछि आत्तिएर सरकारलाई हारगुहार गर्न सदरमुकाम सिमकोट आएको उनले बताइन्।
एक सय ५० जना विभिन्न क्षेत्रका अगुवा सहभागी कार्यक्रममा गहभरि आँसु लिएर अदानकलाले थपिन्, 'प्रायः घरमा पुरुष छैनन्। मान्छे मरे पनि महिलाले नै बोकेर लानुपर्ने दिन आयो। यस्तो त कहिल्यै भएको थिएन, बिरामी लागे खाउँ भने सेतो टाटो छैन। सबै सरकारी कार्यालयका सेवा केन्द्रमा कोही पनि हुँदैनन्। हामी त सरकारका जनता हैन कि जस्तो लाग्छ। यो वर्ष त अति भयो, हामीलाई बचाउनुपर्यो।'
गत वर्ष भोकमरी र खडेरीमा गोठमा भएको बाख्रो बेचेर चामल किन्ने गरेको बताउँदै उनले यस वर्ष गोठका केही गाईबाख्रा पीपीआर रोगले मरेको र बाँकी घाँसपानी नपाएर मर्न थालेकाले त्यो विकल्प पनि नरहेपछि आत्तिएको बताइन्।
जिल्लाको बहिष्करणमा परेको क्षेत्रका रूपमा चिनिने मनीपरीका पाँचै गाविसमा सामूहिक निर्णय गरेर अचानक सिमकोट आएको ४८ सदस्यीय टोलीको पीडा सुन्दा राजनीतिक दलका नेता तथा सरकारी कार्यालयका प्रमुखसमेत भावुक भए।
हरेक वर्ष जिल्लामा आउने बजेटलाई मात्रै हिसाब गर्ने हो भने प्रतिव्यक्ति पाँच लाखभन्दा बढी पर्ने सुनेको कालिका २ की जयलक्ष्मी हमालले बताइन्। उनले गाउँमा विकास पनि नगएको दाबी गरिन्। स्थानीय शिक्षिका हमालका अनुसार विकासका नाममा जाने रकम उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हिनामिना हुने गरेको छ।
यसमा जिल्लाका नियमनकारी निकायको ध्यान नगएको उल्लेख गर्दै हमालले भनिन्, 'सरकारको एकमात्रै प्रतिनिधि गाविस सचिव समेत गाउँमा परिषद् गर्न र आर्थिक वर्षको मसान्तमा मात्रै जाने गरेका छन्।' गाउँमा सचिव नभएपछि जन्म, मृत्यु, विवाह दर्ता गर्न समस्या भएको कालिकाकै धर्मराज शाहीको दुःखेसो छ।
उनका अनुसार सबै सरकारी विद्यालयमा अहिले बालबालिका भर्ना गर्न जन्मदर्ता अनिवार्य गरेपछि एक जन्मदर्ताका लागि आठ दिन लगाएर सिमकोट आउनुपरेको छ। एउटा जन्मदर्ता लिन १० हजार रकम खर्च हुने गरेको शाहीको दाबी छ।
आफूलाई नागरिकतादेखि सबै काम नजिकै गराइदिन हात जोडेकी जैर १ की हदेली कार्कीले सरकारी काम गर्न सिमकोट आए घरमा कसैलाई गुमाइहाल्छौं कि भन्ने ठूलो चिन्ता हुने सुनाइन्।
उक्त क्षेत्रका स्वास्थ्य चौकीमा समेत स्वास्थ्यकर्मी नबसेको गुनासो गरेकी जैर ६ की प्याउका बुढाले केही बिरामी भए आफूहरू घरेलु औषधिमै निर्भर हुने गरेको बताइन्।उनका अनुसार स्थानीय स्वास्थ्य संस्थामा कहिल्यै औषधि छ भनेर स्वास्थ्यकर्मीले सहज रूपमा दिने गरेका छैनन्।
प्रायः स्वास्थ्यकर्मी जिल्लाबाट नियुक्ति बुझेर गाउँ जान्छौं भनेर हिँड्ने गरेको तर नेपालगन्ज, काठमाडौंलगायतका स्थानमा पढ्न जाने गरेकाले स्थानीयको स्वास्थ्य थप जटिल बन्दै गएको मदनाका कुम्भ बुढाले बताए।
श्रीनगर ६ का रग थापाले सदरमुकामदेखि टाढाका जनतालाई सेवा पुर्याउन श्रीनगर क्षेत्रमा तत्काल इलाका प्रशासन कार्यालय स्थापना गरिदिन पहल गर्न जिल्लाका अगुवासँग आग्रह गरे। इलाका प्रशासन भएमा धेरै सरकारी कार्यालयको समेत नियमन हुने र सानो कामका लागि दुःख नपाइने थापाले बताए।
स्थानीयका १२ बँदे ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले जिल्लाको ठूलो जनघनत्व भएको श्रीनगर क्षेत्रको जनजीवनप्रति आफू संवेदनशील भएको बताए।सरकारले प्रदान गरेको सेवा नपुगेको कुरा उठाउन सेवाग्राही आफैं तीन दिन पैदल हिँडेर सदरमुकाम आउनुलाई चेतनाको स्तर बढेको ठहर घिमिरेले गरेका छन्। 
उनले टोलीले राखेका सबै माग जायज भएको प्रतिक्रिया पनि दिए।उनले भने, 'यी माग पूरा गर्न जिल्लाको तालुकदार निकायको प्रमुखका हैसियतले म तत्काल प्रक्रिया अगाडि बढाउँछु। त्यस क्षेत्रमा खाद्य वितरण प्रणाली व्यवस्थित गर्न सम्बन्धित निकायलाई समेत निर्देशन दिन्छु।' त्यो कार्यान्वयन नभए कारबाही गर्ने आश्वासन दिएका घिमिरेले जिल्लाका राजनीतिक दलका कारण तल्लो भेगमा विकासे काम सोचेअनुरूप नभएको स्वीकार गरे।
स्थानीयका पीडा र माग प्रत्यक्ष रूपमा अवलोकन गरेका नेपाली कांग्रेसका जिल्ला सभापति जयपति रोकायाले श्रीनगर क्षेत्र सिमकोटदेखि भौगोलिक रूपमा टाढा भएकाले पनि अनेक प्रकारका सेवासुविधाबाट वञ्चित भएको उल्लेख गर्दै अबका निर्णयमा आफ्नो पार्टीले हदैसम्मको पहल गर्ने वचन दिए।
खडेरीको चर्को मारमा परेको उक्तः क्षेत्रमा तत्काल चामलको कोटा थप गर्न जिल्लाका सांसदमार्फत आफूले पहल गर्ने सभापति रोकायाले बताए। उनले सरकारी सेवा तत्काल पुर्याउन सम्बन्धित कार्यालयलाई आग्रह गरे।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष दल रावलले श्रीनगर क्षेत्रको तात्कालिक र दीर्घकालीन विकासका लागि आफूले केन्द्रसम्म पहल गरेको जानकारी दिए।खडेरीका कारण आइपरेको भोकमरीबाट बच्न सरकारले हुम्लालगायत कर्णालीमा ३० हजार क्विन्टल चामलको व्यवस्था गरेको रावलले बताए।
२०७३ बैशाख २५

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...