Thursday, April 16, 2015

सरकारको विद्यालय भर्ना अभियानले कर्णालीको शैक्षिक शत्र अन्योल

नवराज महतारा
 वैशाख ३, हुम्ला । नेपाल सरकारले कर्णाली लगायत दुर्गम हिमाली जिल्लाका लागि फागुन १ देखि नयाँ शैक्षिक शत्र शुरुहुने र फागुन १५ गते सम्म विद्यालय भर्ना अभियान सञ्चालन गर्ने यसअघि आफैले व्यवस्था गरेको नीतिलाई वेवास्ता गर्दै यो वर्ष विद्यालय शुरु भएको ३ महिना पछि विद्यालय भर्ना अभियान शुरु गर्न दिएको निर्देशनले कर्णालीमा शैक्षिक शत्र अन्योल भएको छ छ ।
    भारी हिमपात सहित अत्याधिक जाडो र आवतजावतमा समेत समस्या हुने भन्दै सरकारले शैक्षिक शत्र २०५८ देखि कर्णालीका हुम्ला, मुगु, जुम्ला कालिकोट र डोल्पामा  जिल्लामा फागुन १ गते देखि नयाँ शैक्षिक शत्र शुरु हुने र १५ गते सम्म विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरिएको भएपनि यस वर्ष शिक्षा विभाग सानोठिमीले गएको चैत १५ गते जारी गरेको ४६ चलानीको पत्र मार्फत विद्यालय शुरु भएको ३ महिनापछि विद्यालय भर्ना अभियान शुरु गर्न दिएको निर्देशन सँगै कर्णालीमा सरकारले यसअघि लागु गरेको शैक्षिक शत्र बारे अन्लयोल छाएको विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी र अविभावकले गुनाशो गरेका छन् ।
आफूले गएको फागुन १ गते देखि सरकारको पूर्व निधारिता नीति अनुशार २०७२ को शैक्षिक शत्रको विद्यालय खोल्ने काम गरेपनि १५ गते सम्म विद्यालयको क्षेत्रमा भर्ना अभियान सम्पन्न गरेको बताएका मानसरोवर नमुना उच्च माध्यमिक विद्यायलयका प्राचार्य गंगाप्रसाद भट्टले आफ्नो विद्यालयका सबै कक्षमा प्रति विषय ४ पाठ सम्म पढाई अघि बढेको उल्लेख गर्दै शैक्षिक शत्र शुरु भएको ३ महिना पछिको अभियानले सरकार आफैले आप्mना नीतिलाई ख्याल नगरेर विद्यालयका शिक्षक तथा विद्यार्थीलाई अलमल पारेको बताए । नयाँ शैक्षिक शत्र अनुशार फागुन १८ गतेदेखि आप्mनो विद्यालयमा निरन्तर पढाई अघि बढेको बताएका सर्किदेउको कोट प्राविका शिक्षक चेतन फडेराले सरकारको निर्णयले आप्mनो विद्यालयमा पढाई शुरुबाट गर्ने की फेरी नयाँ भर्ना अभियान शुरु गर्ने भन्ने बारेमा अलमल पारेको बताउँछन् । आप्mनो विद्यालयमा शुरुमा विद्यालय जाने उमेरका वालवालिकालाई भर्ना हुन आउनका लागि आफूले औपचारिक रुपमा गरेको आग्रहले विद्यालयमा आउने जती विद्यार्थी भर्ना भइसकेको बताएका फडेरा नआउने वालवालिका सामान्य एकदिने भर्ना अभियानले मात्रै नआउने ठोकुवा गर्छन । उनी विद्यालय बाहिर भएका वालवालिकालाई सतप्रतिशत विद्यालयमा ल्याउने हो भने सरकारले वालवालिका र अविभावको गाँसवासको समेत व्यवस्था गर्नुपर्ने बताएका जनकल्याण निमावीका शिक्षक मानबहादुर महतारा विद्यालय बारिहका असाहय वालवालिकाको लागि आवासिय विद्यालय सञ्चालनमा जोड दिन्छन ।

हल्का रुपमा दातृ निकायले भनेको भरमा हल्ला गर्ने ढंगले ३ महिनापछि हुम्लामा शुरु भएको सप्ताहव्यापी भर्ना अभियानलाई नौटंकीको संज्ञा दिएका गुरु मावि भिई मुगुका शिक्षक लक्ष्मण शाही सरकारको पछिल्लो निर्णयले विद्यालयको पढाईमा समेत अन्योलता कायम गरेको बताउँछन् । उनी भन्छन् “जाडो यामका कारण शिक्षक नबस्ने, विद्यार्थी समेत नआउने भएपछि पटक पटकको स्थानीय आग्रहमा शैक्षिक शत्र फागुन १ गते देखि शुरु गर्ने आप्mनै व्यवस्थालाई उल्ट्याएर शिक्षा विभागले जिल्ला शिक्षा कार्यालय मार्फत कर्णालीका जिल्लामा समेत ३ महिना पछि भर्ना अभियान शुरु गर भन्नुले पनि कर्णाली प्रति सरकारको नजर कस्तो छ भन्ने प्रष्ट भएको छ ।” ३ महिना पछि दातृ निकायलाई रिजाउन कर्णालीमा समेत आज (वैशाख ३ गते देखि) शूरु गरिएको विद्यालय भर्ना अभियानमा कोहीपनि भर्ना हुन नआउने ठोकुवा गरेका कालिकोटका शिक्षक देउलासिंह सरकारको पछिल्लो निर्णय कर्णालीका विद्यालयमा थप कम पढाई हुने प्रपञ्चका रुपमा लिएका छन्  ।  फागुन १ देखि जिल्लाभरी सबै विद्यालयले कुनै न कुनै ढंगले विद्यालय भर्ना अभियान शुरु गरेको बताएका श्रीनगर श्रोत केन्द्रका श्रोत व्यक्ति घनश्यम खनाल सरकारले ३ महिना पछि आएर सुगम जिल्लाझै विद्यालय भर्ना अभियान शुरु गर्ने परिपत्र बाहिर देखाउने नौटंकीको संज्ञा दिनुहुन्छ । विद्यालय शुरु भएको ३ महिना पश्चात पुन भर्ना अभियन शुरु गर भन्ने सरकारी निर्णयले दुर्गम हिमाली जिल्लालाई सरकारले हेर्ने दृष्टिकोण समेत उदांगिएको ठहर श्रीनगरको जनकल्याण निम्न माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य वर्ष महताराको छ ।
    हुम्ला लगायत कर्णालीका लागि यो अभियान वास्तवमै मेल नखाएपनि विभागको परिपत्र सँगै अभियान सञ्चालन गर्नका लागि २० हजार रकम समेत आएको बताएका जिल्ला शिक्षा कार्यालय हुम्ला निमित्त शिक्षा अधिकारी विष्णुबहादुर शाही आफूले अभियान सञ्चालन नगरे आप्mनो कार्य सम्पादनमा कमजोरी देखिएने भएकाले बाध्य भएर सञ्चालन गर्नु परेको बताउँछन्  । सबै विद्यालयमा कोर्षको पढाई धेरै अघि बढेकने आफूलाई पनि थाहाभएको स्विकारेका शाहीले सरकारको नीतिगत निकायमा बसेकाले आफैले गरेका विगतका निर्णयमा ध्यान नदिएका कारण यो समस्या आएको बताउँछन्  । अभियान सञ्चालन गर्ने परिपत्र सँग जिल्लभरीका विद्यालयले आफूलाई शैक्षिक शत्र कहिले देखि शुरु हुन्छ भनेर सोधेको बताएका शाहीले अहिले सम्म शैक्षिक शत्र परिवर्तनको कुनै आधिकारीक पत्र कार्यालयमा नआएको बताउँछन्  ।

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...