नेपालका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २४ औं राष्ट्रिय महाधिवेशन मार्फत सबै भन्दा बढी मतान्तरले मलाई बिजयी भएपछि मलाई बिजयी बनाउनका लागि परोक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबै कर्णालीका दारणीय अग्रज नेता ज्यू तथा महानुभावहरुको माया पाएपछिको एक अविष्मरणीय क्षेण ।

पत्रकार महासंघ प्रवेशको विषय
एक त कर्णालीमा भएका कार्यपालिका, व्यवास्थापिक र न्यापालिका कै अवस्था प्रति दया मान्ने स्थान रहेको सन्दर्भमा चौथो अंग भनिने पत्रकारिताले पछिल्लो समयमा देखाएको व्यावसायिकताको संकेतनलाई प्रभावकारी बनाउनु कर्णालीका अभाव, हेय, अज्ञानता भित्रको संघर्षरत आदरणीय सञ्चारकर्मी साथीहरुको प्रमूख दायित्व हो । सल्लाको झरोमा लेखिएका समाचार हुलाकबाट १० रुपैयाँको टिकट काटेर पठाएको खाम भित्रका अथप प्रयासका अव्यवस्थित समाचारमका लाइनबाट शुरु भएको कर्णालीको पत्रकारिताले आजको दिन सम्म आउँदा केही आप्mना नमुना योग्य काम कर्णाली इतरलाई समेत मार्ग निर्देश गर्ने जमर्को गरेको छ । चाहे प्रत्यक्ष रुपमा मात्रै पठन पाठन गराउन सकिन्छ भन्ने पुरातनवादी सञ्चारक शैलीलाई चुनौती दिदैं रेडियोको तरङ्गबाट समेत घरमा बसेर दोहोरो पठन पाठन गर्न सकिन्छ भन्ने प्रमाण होस वा विकास र जवाफदेही पत्रकारिताको शुरुवात नै किन नहोस हरेक क्षेत्रमा कर्णालीको पत्रकारिता अहिले आमाको अन्तिम प्रशव पिडां झै औधी संघार्षमा छ । खुट, नगारा, नोरे अर्थात सेराला देखि शुरु भएको पत्रकारिताको परम्परागत शैलीको दस्तावेजिकरण होस वा ५ जिल्लामा भएका ९ वटा सामुदायिक रेडियोमा काम गर्ने रेडियोकर्मीको भविष्य सँग जोडिएका सवाल होस् वा रेडियो र दुर दराजका सञ्चार माध्ययममा राज्य र गैर राज्यका निकायको साझेदारी वा अपनत्व सम्मका सवाललाई संस्थागत गर्दै कर्णालीले सँधै कुनै काम गर्नका लागि अन्य क्षेत्रको मुख ताक्नै पर्छ भन्ने सँस्कारको अन्त्य गर्न र कर्णालीको पत्रकारितालाई वास्तवमै संस्थागत गर्ने सन्दर्भमा नेपाल पत्रकार महासंघको यही वैशाख २० र२१ गते काठमाडौंमा हुने अधिवेशनका लागि पत्रकार महासंघको कर्णाली क्षेत्रको केन्द्रिय सदस्य पलदका लागि मेरो उम्मेरदारी तय भएको छ । आशा छ व्यावसायिक दक्षता सहितको इमान्दारिता र आत्मनिर्भरता, संस्थागत विकास सहितको कर्णाली पत्रकारितालाई सवलिभुत पार्नका लागि कर्णालीबाट पत्रकारको प्रतिनिधित्व गर्ने आदराणीय अग्रज तथा सहकर्मी साथीहरुको भोट सहितको निर्देशनात्मक अपिल गर्द छु ।
नवराज महतारा
नेपाल पत्रकार महासंघ कर्णाली क्षेत्रको केन्द्रिय सदस्यको उम्मेरदार
सम्पर्कः ९८५११२४६१०
2071-01-18