Tuesday, September 2, 2014

संस्थागत राष्ट्रिय शिक्षा पुरस्कारमा रेडीयो कर्णाली छनोट

रेडियो कर्णाली आवाज
१७ भदौ / सिमकोट,। सामुदायिक रेडियो कर्णाली आवाज हरेक वर्ष शिक्षा मन्त्रलयले प्रदान गर्ने ‘संस्थागत राष्ट्रिय 
शिक्षा पत्रकारिता पुरस्कार’का लागि छनोट भएको छ ।
नेपाल पत्रकार महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष पुरस्कारमा मध्य पश्चिम विकास क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलो पटक कर्णालीबाट उक्त पुरस्कारका लागि रेडियो कर्णाली आवाज छनोटमा परेको पुरस्कार छनोट समितिका संयोजक तथा नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले जानकारी दिनु भएको छ । उहाँका अनुशार हुम्लाजस्तो दुर्गम हिमाली जिल्लामा स्थापना भएर औपचारिक तथा अनौपचारिक शिक्षाको पुहूँच विस्तार तथा गुणस्तर कायम गर्नका लागि रेडियोले खेलेको भूमिकालाई मुल्यांकन गर्दै क्षेत्रिय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा समितिले उक्त पुरस्कारका लागि कर्णालीमै पहिलो पटक सामुदायिक रेडियो कर्णाली आवाज एफएम ९४ थोप्लो २ मेघाहर्जलाई छनोट गरेको गरिएको हो ।   


काठमाडौंमा आज सम्पन्न शिक्षा पत्रकारिता पुरस्कार छनोट समितिको वैठकले मध्यपश्चिम विकास क्षेत्रमा सबैभन्दा प्रभावकारि रुपमा शिक्षा क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर¥याएको भन्दै विभिन्न पत्रकार र सञ्चार माध्यमलाई राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारका लागि छनोट गरिएको नेपाल पत्रकार महासंघले उल्लेख गरेको छ । समितिले हुम्लामा निरन्तर रेडियो ट्युसन कार्यक्रम एसएलसी मिरर, गृहणी विद्यालय लगायत विभिन्न किसिमका शिक्षा सँग सम्बन्धित कार्यक्रम सञ्चालन गरे बापत मध्यपश्चिमबाट रेडियो कर्णाली आवाज छनोट भएको पत्रकार महासंघा केन्द्रीय सदस्य समेत रहेका  शिक्षा पुरस्कार सिफारिस समितिका मध्यपीश्चम संयोजक भलक गैरेले जानकारी दिनु भएको छ ।  


आज घोषणा गरिएको यसवर्षको ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७०’ यस पटक ३ जना पत्रकारलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । महासंघ र विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा २०७१ भदौ १६ गते बसेको शिक्षा पत्रकारिता पुरस्कार छनोट मूलसमितिको बैठकले नागरिक दैनिकका रुद्र खड्का (बाँके), नयाँ पत्रिका दैनिकका भवानीश्वर गौतम (काठमाडौं) र गोरखापत्र दैनिकका शेषकान्त पण्डित (काठमाडौं) लाई रु. ७५ हजार राशीको यो पुरस्कार संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको हो ।  पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानी ६ क्षेत्रलाई प्रदान गरिने रु २५ हजार राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७० पूर्वाञ्चलबाट धु्रव सुवेदी (नागरिक दैनिक, भोजपुर), मध्यमाञ्चलबाट संयुक्तरुपमा मकवानपुरका ध्रुव अधिकारी (राजधानी) र सुनील खड्का (रेडियो निकास), उपत्यकाबाट कृष्णप्रसाद ज्ञवाली (कान्तिपुर, काठमाडौं) र सूर्यप्रसाद पाण्डे (अन्नपूर्ण दैनिक, काठमाडौं) संयुक्त रुपमा, पश्चिमाञ्चलबाट रेखीराम राना (गोरखापत्र, पाल्पा) र कृष्ण मल्ल (पाठशाला मासिक, रुपन्देही) संयुक्त, मध्यपश्चिमाञ्चलबाट सुरेन्द्र काफ्ले (अन्नपूर्णपोष्ट, बाँके) र सुदूरपश्चिमाञ्चलबाट प्रकाश सिंह (द हिमालयन टाइम्स दैनिक बाजुरा) लाई प्रदान गर्ने निर्णय गरेको छ ।

उपत्यकासहित ६ क्षेत्रका २÷२ जनालाई प्रदान गरिने शिक्षा लेखनवृत्तिअन्तर्गत पूर्वाञ्चलबाट अन्नपूर्ण दैनिकका छेटु शेर्पा (संखुवासभा) र सुरेन्द्र भण्डारी (पूर्वाञ्चल दैनिक, झापा), मध्यमाञ्चलबाट संयुक्त रुपमा महेशकुमार दास (नागरिक दैनिक, महोत्तरी), चिना थापा (रेडियो सिन्धुलीगढी, सिन्धुली) र रमा दाहाल (कान्तिपुर टेलिभिजन, काभ्रे) प्रदान गरिने छ भने  उपत्यकाबाट स्मृती गिरी (इमेज टेलिभिजन, काठमाडौं), रोशन क्षेत्री गाउँले (एजुकेशनल पेजेज, काठमाडौं) र निर्जना शर्मा (रिपब्लिका दैनिक, काठमाडौं) संयुक्त, पश्चिमाञ्चलबाट अमरराज नहर्की (गोरखापत्र, तनहुँ) र गगनशिला खड्का (नयाँपत्रिका, गुल्मी), मध्यपश्चिमबाट जनक केसी (नागरिक, जाजरकोट) र धनवीर दाहाल (नेपाल समाचारपत्र, रुकुम) एवं टेकराज भण्डारी (रेडियो रामारोशन, अछाम) र हर्कबहादुर विक (एभिन्यूज टेलिभिजन, कैलाली) सुदूरपश्चिमाञ्चललाई प्रदान गर्ने निर्णय गरिएको छ । लेखनवृत्तिको राशी १५ हजार रुपियाँ रहेको छ ।    

यसैगरी पाँच विकास क्षेत्र र उपत्यकालाई एक क्षेत्र मानी ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार’ तर्फ पुर्वाञ्चलबाट त्रियुगा  एफएम (उदयपुर) मध्यमाञ्चल– जनकपुर एफएम (जनकपुर), उपत्यका– नेपाल एफएम (ललितपुर), पश्चिमाञ्चल– रेडियो अन्नपूर्ण (कास्की), मध्यपश्चिमाञ्चल– रेडिया कर्णाली आवाज (जुम्ला) र सुदूरपश्चिमबाट संयुक्त रुपमा रेडियो रामारोशन (अछाम) र सनसेर एफएम (बैतडी) लाई प्रदान गरिएको छ । रु. २००००।– राशीको यो पुरस्कारको लागि महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसबमोजिम नतिजा सार्वजनिक गरेको छ ।
त्यस्तै राष्ट्रिय स्तरका दैनिक पत्रपत्रिकालाई प्रदान गरिने रु. ४००००।– राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार’ राजधानी दैनिकलाई प्रदान गरिएको छ भने राष्ट्रिय स्तरका टेलिभिजनतर्फ प्रदान गरिने रु. ४००००।– राशीकै ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार’  सगरमाथा टेलिभिजनलाई प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो स्थापना काल देखि नै शिक्षालाई विषेश अभियानका साथ सञ्चालन गरेको रेडियो कर्णाली आवाजले पाएको पछिल्लो सफलताले थप वल पुगेको रेडियोका स्टेशन म्यानेजर नवराज महताराले जानकारी दिनु भएको छ । रेडियोले प्रप्त गररेको राष्ट्रिय स्तरको पुरस्कार रेडियो आफैले मात्र नभई जिल्ला शिक्षा कार्यालय सहित जिल्लामा शिक्षा क्षेत्रमा काम सबै निकायको सामुहिक पहलको परिणाम भएको बताउँदै आउँदा दिनहरूमा हुम्ला लगायत समग्रकर्णालीको शिक्षा क्षेत्रमा पत्रकारिताका माध्यमबाट थप रचनात्मक काम गर्ने रेडियो सञ्चालक समितिका अध्यक्ष दल रावलले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...