उच्च हिमाली क्षेत्रमा जलवायू परिवर्तनको ठूलो असरः पुषमा साउने झरी
| हिउ संगै परेको पानीका कारण यो वर्षको सिमकोट बजार |
पुष २० । सिमकोट ७ बुराउँसेका ५५ वार्षिय वृद्धा कंग्रीलामालाई गएको बिहिबार देखि हुम्ला सदरमुका सिमकोट लगायतका क्षेत्रमा परेको हिउँ सहितको पानीले अचम्मीत पारेको छ । आफू जन्मेदेखि आजको दिन सम्म असोज, कार्तिक, मंसीर, पुष, माघ र फागुनको महिना पानी परेको नदेखेको बताउने लामालाई यो पटक भारी हिमपात हुनु पर्ने समय साउनको झरी जसरी परेको पानीले झस्काएको छ । परापूर्व काल देखि यो समयमा पर्ने हिउँका कारण पुषको हिउँ सिला, माघको हिउँ विला फागुनको हिउँ टिलाफिला भन्ने स्थानीय उखानलाई समेत यो वर्ष परेको पानीले झुठा सावित गरि दिएकोमा उनी अँझ अत्तालिएका छन् । उनी भन्छन “हामीलाई वुवा वाजेले आना (उखान) झुट्टा हुदैनन् भात्तो (हुड्केले गाउने गीत) साँचो हुदैन भन्थे तर यो वर्षको पानीले आनो (उखान पनि झुठा सावित गरि दिएको छ ।”
सुक्रबार बिहान देखि सिमकोट लगायतका क्षेत्र र कर्णालीका अधिकांश जिल्लामा परेको अविरल वर्षाले बुराउँसेका लामा मात्रै होइनन् कर्णाली क्षेत्रका स्थानीय बुढापाका देखि केही ठालु भलादमीले समेत अनिष्टको संकेतका रुपमा चर्चा गर्न थालेका छन् । विभिन्न क्षेत्रमा जलवायू परिवर्तनको कुरामात्रै सुनेको बताउँने चन्दननाथ नगरपालिका ४ जुम्लाका ६४ वषर््िाय रामकृष्ण बुढथापा यसपटक देखि कर्णाली लगायतका उच्च हिमाली क्षेत्रपनि जलवायू परिवर्तनको चरम प्रभावमा परेको बताउँछन् । उनी भन्छन “ ६७ वर्षको उमेर सम्म मैले पुषमा कहिल्यै पानी परेको देखेको थिएन तर यो वर्ष हिउँ आउने समयमा साउने भरी देख्न पाइयो, यसले साँच्चे अनिष्टको संकेत गरेको छ ।” यो वर्ष गएको असार साउन देखि पानी पर्दापनी आफूलाई संका लागेको बताउने बुढथापाले वास्तवमै जलवायू परिवर्तनको असरले अतिवृष्टी र अनावृष्टीको संकेत देखाएको बताए । कार्तिकपछिका महिना हिउँले पुरै सेताम्य हुने वेला हावाहुरी सहित साउने झरी जस्तो लाग्ने हिउँ सहितको पानीले हुम्ला लगायतका कर्णाली क्षेत्रमा जलवायू परिवर्तनको प्रत्यक्ष असर देखिएको छ ।
| यो वर्ष कम हिउ परेपछी खानेकुरा खोज्दै सिक्मोटका कुकुर |
साधारणतया मंसीर देखि फागुन महिनामा हिउँ पर्ने सोही हिउँको चिस्यानका कारण जेठमा पाक्ने गहुँ वाली र कार्तिकमा पाक्ने कार्तिके वालीका लागि समेत चिस्यानका लागि काम गर्ने हिउँ यसवर्ष कम पर्नु र परेको हिउँपनि साउनेझरी जसरी परेको पानीले पग्लाएर लिएपछि जिल्लाका कृषकलाई अचम्मीत पारेको छ । पुषमा परेको हिउँले वर्षभरीको वालीनालीको अनुमान लगाउने उच्च हिमाली क्षेत्रमा यो पटक परेको हिउँ सहितको पानीले अनिष्टको संकेत देखाएको अनुमान जैर ४ हुम्लाकी ७१ वार्षिय वृद्धा दुधीसिला धामीले लगाउँछिन । पछिल्ला केही वर्ष सरकारी तथा गैर सरकारी संघसंस्थाले सञ्चालन गरेका कार्यक्रमले सानो कुरामा पनि जलवायू परिवर्तनको हवाला दिइरहेको अवस्थामा पुष महिना परेको हिउँ सहितको पानीलाई सिमकोट विमानस्थलका प्रमूख कैलास शर्माले समेत अनौठो मानेका छन् । २०५९ साल देखि ०६३ सम्म सिमकोट विमानस्थलमा बसेका उनले त्यो वेला हुम्लामा परेको पानीले अनौठो संकेत देखाएको बताए । पहिला मंसीर देखि फागुन सम्म एकनाशको हिउँ परेको देखेका उनले साउनको जस्तो झरी पर्नुपछिको कारण जलवायू परिवर्तन नै हुनुपर्ने अनुमान उनको छ ।
प्रकृतीले जितेका कारण हुम्लामा यो वर्ष नयाँ रेकर्ड कायम भएको वरिष्ठ वातारण पत्रकार भैरव रिसाल बताउँ छन् । भूमण्डलीकरण तापेका कारण कहिल्यै नभएको घटना उच्च पहाडि क्षेत्रमा यस वर्ष देखि समेत देखा पर्न थालेको उनको दावी छ । मानव सृजित विभिन्न क्रियाकलापका कारण प्रकृती माथि भएको अत्याचारले पनी प्रकृतीले आप्mनो मार्ग पहिल्याउनका लागि यस प्रकारका घटना भएको पत्रकार रिसालको अनुमान छ । हिउँ पर्ने पुषको महिनामा पानी पर्ने कुरा अचम्म भएपनि विस्तृत अध्ययन अनुसन्धान नगरि जलवायू परिवर्तनकै असर हो भनेर ठोकुवा गर्न नमिल्ने मौशमवीद् शान्ति कँडेलको छ ।
| जलवायु परिबर्तन का कारणअचानक बढी पनि परेपछि सिम्कोत्को स्यापनेमा गएको बढीले पुर्याएकोक्षेती |
