Sunday, August 16, 2015

कर्णालीको आन्दोलन नियन्त्रर्ण बाहिर

प्रहरीको गोलीबाट १३ जना घाईते, ३ जनाको अवस्था गम्भिर

 भोली बिहान ६ बजे सम्म कप्mयू

कृष्णमाया उपाध्यय
साउन ३१, हुम्ला । अखण्ड कर्णालीको माग ८ दिन देखि जारी जुम्लाको आन्दालन नियन्त्रण बाहरि जान थालेपछि प्रहरीले चलाएको गोली लागी १३ जना आन्दोलनकारी घाइते भएका छन्  । गोली लागेका ३ जनाको अवस्था गम्भीर छ । 





प्रहरीको गोलीले घाईते भएका सन्तोष बुढाथापा, हरिबहादुर कुँवर र पदमप्रसाद तिमिल्सेनाको अवस्था गम्भिर रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उदृत गर्दै एमाले सचिव रतननाथ योगीले जनाएका छन् । प्रहरीको गोली लागेर घाइते भएका अन्य १० जनाको अहिले प्रतिष्ठानमै उपचार भैरहेको छ ।  

आठौ दिन सम्म चलेको आन्दोलनका मागका बारेमा सरकार र संविधान सभाले संवोधन गर्ने कुनै संकेत नदेखाएपछि दोस्रो चरणका आन्दोलनका कार्यक्रम अन्तरगत आन्दोदनकारीले सरकारी कार्यालयका साइनबोर्ड हटाएर प्रहरीलाई समेत हातपात गर्न थाले पछि दोहोरो झडप भएको थियो । झडपमापरी २ जना नेपाल प्रहरी र २ जना सशस्त्र प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

६ प्रदेशको संघिय नेपालको नयाँ संरचनामा कर्णालीको अस्थित्व नै समाप्त पार्ने काम भएको भन्दै अखण्ड कर्णालीको माग सहितको आन्दोलन गरिरहेका कर्णालीवासीका मागलाई वेवास्ता गरेको भन्दै थप आक्रोसित बनेका आन्दोलनकारीले गोर्खाली सरकारको कार्यालय चाहिदैन भन्दै नाराबाजी सहित सरकारी साईन बोर्ड हटाएका थिए । जिल्ला स्थित सबै कार्यालयका बोर्ड हटाएका आन्दोलनकारीले वेलुका अबेर जिल्ला प्रशासन र जिल्ला प्रहरीका कार्यालयको बोर्ड समेत हटाए पछि प्रहरी सँग दोहोरो झडप भएको थियो । साइन बोर्ड झिक्न गएका आन्दोलनकारीलाई प्रहरीले धरपकड गरेपछि थप आक्रोसित बनेका आन्दोलनकारीले प्रहरीमाथि जाई लागेका थिए । आन्दोलनकारीले प्रहरीलाई जहाँ देख्यो तेतै लखेड्न थाले पछि आत्म रक्षाका लागि समेत तर्साउन गोली चलेको स्थानीय प्रशासन जुम्लाले स्विकारेको छ । 

वैद्य नेतृत्वको नेकपा माओवादीले नेतृत्व गरेको आजको आन्दोलन गएका दिनहरु भन्दा केही चर्को थियो । शान्पिूर्ण आन्दोलनका सबै चरण पारे गरेपनि कतैबाट कुनै जवाफ नआएपछि हाव आफैले स्थानीय सत्ता चलाउने तयारीका साथ कार्यालयका साइन बोर्ड हटाइएको एमाले सचिव रतनानाथ योगीले जानकारी दिए । शान्तिपूर्ण तवरले कार्यालयका बोर्ड हटाउन गएका बेला वल प्रयोग गरेको प्रहरीले सिधै गोली चलाएको आरोप आन्दोलनकारीले लगाएका छन् । आन्दोलनकै बिचमा सिधैं गोली चल्यो एमाले नेता देवीलाल थापाले भने “जनताका लागि प्रति व्यक्ति एक किलो चामलमा ढुवानी  नदिने सरकारले प्रहरी बोकेर गोली चलायो ।” उनका अनुशार जुम्लाको ताम्ती गाविस वडा नम्बर १ का  हरि कुँवर, चन्दननाथ नगरपालिका ४ का पदमप्रसाद  तिम्ल्सिेनाको माथिल्लो पेटमा प्रहरीले चलाएको गोलि लागेको छ ।

 यस्तै चन्दनाथ नगरपालिका ३ का  सन्तोष बुढाथापाको दायाँ काँधमा, पाण्डगुफा १ का छक्कबहादुर कार्कीको खुट्टामा देपालगाउँ ३ का  गोविन्द नेपालीको बायाँ कानमा गोली लागेको छ । यसैगरी चन्दननाथ नगरपालिका १५ का मन्जुल बुढा, मालिकाबोता १ का  कलबहादुर रावत, चन्दननाथ नगरपालिका ११ का राजन रोकायाको टाउकोमा, डिल्लीचौर १ का  पविता बोहोरा, चन्दननाथ नगारपालिका १ का मणिकृष्ण देवकोटा, कालिकोट जिल्लाको राम्नाकोट १ का कलराज सेजुवाल, चन्दननाथ नगरपालि ६ का लालसेन सुनार, चन्दननाथ १५ का विष्णुबहादुर भट्राई घाईते भएका छन् । 

भोली बिहान ६ बजे सम्म कफ्यू 


आन्दोलन थप हिंसात्मक तर्फ जान थालेपछि स्थानीय प्रशासनले आज अपरान्ह ५ बजे देखि भोली बिहान ६ बजे सम्मका लागि कप्mयू आदेश जारी गरेको छ । आजको आन्दोलनले आजको आन्दोलनमा प्रहरी सँग दोहोरो झडपमा १३ जना घाईते भएपछि थप आक्रोसित बनेका आन्दोकारीले थप हिंसात्मक गतिविधी गर्न सक्ने भन्दै कफ्यू आदेश जारी गरिएको जुम्ला जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएाके छ । 

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...