Sunday, August 10, 2014

सतीले सरापेको नेपाल

हो यो साँच्चीकै सतिले सरापेको देश हो !
काजी भीम मल्लको घाँटी रेटाउनेहरुको देश हो
भीमसेन थापालाई आत्महत्या गराउनेहरुको देश
हो
मदन भण्डारीको हत्या भएको देश हो
राजा बीरेन्द्रको बंसजको रगतमाथि होली खेल्नेहरुको हो!
कालापानी सुस्ता र दशगजा बेच्ने
नेताहरुको हो,
गण्डकी कोशी कर्णाली र काली बेचेर
महान नेता बन्ने गिरिजाहरुको हो
सत्र हजार निमुखा गरीब जनताको रगत पिएर
प्रधानमन्त्री बन्ने बाबुराम र
प्रचन्डेहरुको हो,
यो देश जेलबाट छुटेपछि जिन्दाबाद हुने
खुमबहादुरहरुको हो
सर्बोच्चले दोषी ठहर्याएका सभासद
हुनेहरुको देश हो !
खरेलहरुको खैरियत नहुने र बामेहरुले बमन्डर
मचाउने देश हो
दिपक मनाङ्गे, कुमार घैटे र चक्रे मिलनको हो
डा. चित्रप्रसाद वाग्लेहरू उपचार खर्च नपाई
मर्ने देश हो
हाछ्यँु
आउँदा पनि ऊपचारमा अमेरिका थाईल्यान्ड र
जापान जाने नेताहरुको हो !
हो यो साँच्चीकै सतिले सरापेको देश हो !
हिराबहादुर महर्जनको जिन्दाबाद र
डा.गोबिन्द केसीको मुर्दाबाद हुने देश हो
सुनकोशी सखाप हुँदा डिनरमा मस्त हुने र
एउटा गुण्डा मर्दा सरकार हल्लाउने
केपीहरुको देश हो !
धिक्कार छ नेपालमाता तिमीलाई पनि
भो अब येस्ता कपुतहरु नजन्माउ
आफ्नी माताको अस्मिता बेचेर मालामाल् हुने
कपुतहरु पनि चाहिएन
अब मलाई म नै चाहिएन !!

.............................................................. साभार ..................................................

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...