Friday, June 19, 2015

हुम्लामा २ विशिष्ट श्रेणी सहित ४२ दशमलव १६ प्रतिशत मात्र उतीर्ण

असार ४, सिमकोट । केही वर्ष अघि एलएलसी परिक्षाके परिणाममा मध्य पश्चिम विकास क्षेत्रको प्रथम जिल्ला बनेको  हुम्ला जिल्लाको एस्एल्सी परीक्षाको नतिजा यो वर्ष गत वर्षको भन्दा केही बढेको छ ।
सुक्रबार प्रकाशित नतिजामा परिक्षामा सहभागि नियमित तर्फको परिक्षामा सहभागि छात्रछात्रा मध्ये ४२ दशमलव १६ प्रतिशत मात्र उतीर्ण भएका छन् । हुम्लाबाट २०७१ सालको एस्एल्सी परीक्षामा नियमित समूहबाट ७ सय उनान्साठी जना परीक्षामा समावेश भएपनि २ जना विशिष्ट श्रेणी सहित ३ सय २० जना विद्यार्थी उतीर्ण भएका छन् । विशिष्ट श्रेणीमा उतीर्ण हुनेमा हिमज्योती उच्च माध्यमिक विद्यालयका सिम्बोल नं  ०५९००९३ डब्लु भएका अश्विन थापा र ०५९०१०४ एच् सिम्बोल भएका धनराज फडेरा रहेका छन् । त्यसै गरी प्रथम श्रेणीमा ७२ जना, द्धितीय श्रेणीमा २ सय ३५ र तेस्रो श्रेणीमा जिल्लाका विभिन्न विद्यालयबाट ११ जना परीक्षार्थी उतीर्णका भएका छन्् । जिल्लाका विद्यालयगत परिणामलाई हेर्ने हो भने भने महादेव उच्च माध्यमिक विद्यालयबाट ६ जना प्रथम श्रेणीमा र २२ जना दोस्रो श्रेणीमा उतीर्ण, मानसरोवर १४ जना प्रथम श्रेणीमा र ८ जना दोस्रो श्रेणीमा उतीर्ण भएका छन् ।
इसैगरी हिमज्योती उच्च माध्यमिक विद्यालयबाट ३ जना प्रथम श्रेणीमा ३३ जना दोस्रो श्रेणीमा, सूर्योदय उच्च माध्यमिक विद्यालयबाट १ जना प्रथम श्रेणीमा ३२ जना द्धितीय श्रेणीमा र ६ तेस्रो श्रेणीमा उतीर्ण भएका छन् । उता मालिका उच्च माध्यमिक विद्यालयबाट भने ७ जना विद्यार्थी द्धितीय श्रेणीमा उतीर्ण भएका छन् । सुक्रबार प्काशित गरिएको रिजल्ट अनुशार कर्णाली मावि चौगानफयाबाट १ जना प्रथम श्रेणीमा र ५ जना द्धितीय श्रेणीमा, रल्लिङ्ग मावि बरगाउँबाट ३ जना प्रथम श्रेणीमा र १३ जना द्धितीय श्रेणीमा उतीर्ण भएका छन् । यसैगरी कोट माध्यमिक विद्यालय रोडकोटबाट ६ जना प्रथम श्रेणीमा र २४ जना द्धितीय श्रेणीमा, सरस्वती मावि जैरबाट ३ जना ११ जना द्धितीय श्रेणीमा उतीर्ण छात्र छात्रा उतीर्ण भएका छन् । धर्मोदय मावि मैलाबाट १० जना प्रथम श्रेणीमा २८ जना द्धितीय श्रेणीमा उत्रिर्ण भएका छन् । यसैगरी बालमन्दिर माध्यमिक विद्यालय सिमिकोटबाट ९ जना प्रथम श्रेणीमा र १७ जना द्धितीय श्रेणीमा छात्र छात्रा उतीर्ण भएका छन् ।
इस वर्षकोएसएलसी परिक्षमा उतीर्ण हुनेमा मदानादेव माविको २ जना प्रथम श्रेणीमा र ४ जना द्धितीय श्रेणीमा, सल्लाघारी माविबाट ५ जना द्धितीय श्रेणीमा र ३ जना तृतीय श्रेणीमा, मान्धारा माविबाट ३ जना प्रथम २ जना द्धितीय र १ जना तृतीय श्रेणीमा, हिमालय मावि मेल्छामबाट १३ जना द्धितीय र १ जना तृतीय श्रेणीमा, लालीगुँराँश मावि लिप्नेबाट १ जना प्रथम श्रेणी र २ जना द्धितीय श्रेणीमा छन्  । यसैगरी महाबौद्ध माध्यमिक विद्यालयबाट याल्बाङ्गबाट ९ जना प्रथम श्रेणीमा र १ जना द्धितीय श्रेणीमा, हुम्ला मावि रायाबाट १ जना द्धितीय श्रेणीमा छात्रछात्रा उतीर्ण भएका छन् ।
यसैगरी जानकारी प्राप्त भएको छ । चन्द्रप्रकाश माध्यमिक विद्यालय भदालदिपुबाट १ जना प्रथम र ७ जना द्धितीय श्रेणीमा विद्यार्थी उतीर्ण भएका छन् । यस वर्ष महाबौद्ध मावि याल्बाङ्गबाट परिक्षामा सहभागि भएका सबै परिक्षार्थी उत्रिर्ण भएका छन् भने कर्णाली माध्यमिक विद्यालय डाँडाफया निल भएको छ ।
त्यसैगरी एक्जाम्टेड तर्फ प्रथम श्रेणीमा १ जना, ३३ जना द्धितीय श्रेणी र १ जना तृतीय श्रेणीमा उत्रिर्ण भएका छन् । एक्जाम्टेड तर्फबाट महादेव, हिमज्योती, सूर्योदय र मानसरोवर उच्च माविबाट मात्र विद्यार्थी उतीर्ण भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले प्रकाशित गरेको परिणाममा उल्लखे गरिएको छ । उनुत्रिर्ण भएका विद्यार्थीमा अधिकां)शलाई सामाजिक विषय लागेको देखिएको छ । नतिजामा दुई विषय अनुतिर्ण हुने परीक्षार्थीले भने पूरक परीक्षामा समावेश हुन पाउने विद्यार्थी भने साउन २० गतेबाट विहान ८ बजेदेखी परीक्षामा समावेश हुन पाउने भएका छन् ।

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...