Friday, August 29, 2014

घरको काम छोडर क, ख सिक्दै हुलाका आमा

मिस हामीले त १ र १ एघार भन्ने पढेको सुनेका थियौ, यो एक दश एक एघार भन्ने त जात्ती गाह्रो प हुँदो भ छ त, एक र एक एघार भन्या हुन्या होइन त ?

 काखमा १ महिनाको नवजात शिशु अनि दाहिने हातमा सिसाकलम समातेर १ देखि २० सम्मका अंक लेख्दै र अंक भन्दै गरेकी कन्नाली खुला गृहणी विद्यालयको रोल नं. ४० की कक्षा १ मा अध्ययनरत ठेहे २ की दान बोहोराले विद्यालयकी शिक्षिका इसा धामीले कक्षमा पढाइरहेको बेला अचानक यो शब्द मुखबाट फुत्काई हालिन । ३ सन्तानकी आमा ३० वर्षिय बोहराले यसभन्दा अघि आप्mनी कक्षा ३ मा अध्ययरत छोरीले एक र एक एघार भनेको केही सहज मानेकी भएपनि गृहणी विद्यालयकी शिक्षीका धामीले एकदश एक एघार भनेर सिकाउन थाले पछि आफू भन्न अलमलिएर यो वाक्य एकाएक फुत्क्याएको उनले बताईन् । बोहरा मात्रै होइनन् दुर्गम क्षेत्र विकास समितिका बहालवाला उपाध्यक्ष तथा शाहीकालका सहायक राज्यमन्त्री समेत रहेका पूर्व सांसद एवम् एमाओवादी नेता छक्कबहादुर लामाकी श्रीमती ५५ वर्षकी रिग्जी लामाले पनि आफूलाई एकदश एक एघार भनेर अंक सिकाएको गाह्रो मानेपछि विद्यालयका मूख्य शिक्षक भिमप्रसाद पंगालीलाई समेत कुरा लगाइन् “सर हामीले त यसरी कहिल्यै पनि नपढेको र अरुले पनि पढेको नसुनेकाले गाह्रो भयो” हामीले जेसुनेका थियौ त्यहीगरी पढे के हुन्छ ? उनले सोधेपछि शिक्षक पंगालीले तत्कालै जसरी सजिलो लाग्छ त्यसरी नै पढेहुने बताउन नपाँदै कक्षा १ का छत्तिसै जना आमा विद्यार्थीले ठुलो श्वरमा अंक रटीन् । शिक्षक पंगाली कक्षा २ छोडेर कक्षा १ मा भएको समस्या समाधान गर्न गएको देखि पछि कक्षा २ की सबै गृहणी विद्यार्थी सर र मिस दुवैजना मिलेर आफूलाई छोडी कक्षा १ र ३ मा मात्रै गएको भनेर तत्कालै गुनाशो गरेपछि शिक्षक पंगालीले भने “ ल देख्नु भो ! उहाँहरुमा यस्तो पढ्ने इच्छा छ तर के गर्नु मौका नपाएका मात्रै रहेछन्” ।


यो रोमान्चकारी चटारोसँगै हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा महिला गृहणीलाई अनौपचारिक माध्यमबाट औपचारिक शिक्षा प्रदान गर्न भर्खरै स्थापना भएको कन्नाली खुला गृहणी विद्यालयको स्थपनाले वास्तवमै सिमकोटमा आमाहरुको आजकाल दैनिकी वदलिएको छ । सानो कोठा अनी कोही काखमा बच्चा समातेका त कोही सेतै कपाल फुलेका देखी भर्खरका महिलाहरु भूईमा बिछ्याएको हरियो प्पाष्टिक माथि खचाखच भएर बसेका अनी लजाउँदै कत्तिखेर क, ख, ग  त कतीखेर ब्,द्य, ऋ, म् देखि १,२,३,४ त कतिखेर अ, आ, इ, ई चिच्याएर शस्वर बाचन देखि घरबाट आप्mना वालवालिकाले फालेको शिसाकलमले कपीमा लेख्नु र विद्यायका शिक्षक शिक्षिकालाई देखाउनु सदरमुकाम सिमकोटका महिलाको आजभोली दैनिकी जस्तै भएको छ । सँधै साँझ परेपछि घरमा चुलोचौको देखि घरको विभिन्न काममा व्यस्त हुने आमाहरु अहिले सबै कामलाई व्यवस्थापन गर्दै औपचारिक शिक्षा आर्जन तर्फ आकर्षित भएका छन् । दिनहुँ अनउत्पादक काममा समय खर्चिनु पर्ने आफ्नोको दैनिकीलाई विद्यालयले पूर्णरुपमा परिवर्तन गरेको सिमकोट माथिल्लो बजारको बिजय होटेलकी साउनी कक्षा २ की  ३३ वार्षिय याêी लामाको अनुभव छ ।
आफु सानो छँदा विद्यालयमा पढ्न नपाएका विभिन्न ठाउँमा घर भएपनि सिमकोटमा आ–आफ्नो कामका सिलसिलामा बस्दै आएका महिलाहरुको औपचारिक शिक्षा प्रतिको मोहलाई पुरागर्न जिल्लामा पहिलो पटक गृहणीका लागि २०७० साल असार १ गते देखि विद्यालयको स्थापनाले सिमकोटका महिलाको दैनिकी पुरै बलिएको छ । हरेक दिन घरमा चुलो चौको, वालवालिकाको स्याहार सुसार देखि फुर्सदको समयमा पसल भएका महिलाले पसलमा बस्ने र पसल नभएका महिलाले विभिन्न कुरा काट्दै बस्ने गरेका सिमकोटका महिलालाई अहिले हरेक दिन थोरै समय पनि फुर्सद हुने बित्तिकै आफ्नो गृहकार्य गर्ने लोभ लाग्न थालेको छ । घरको काम देखि विद्यालय गएका छोराछोरीको रेखदेख समेत भ्याएर शनिबार बोहक सबै दिन अपरान्ह साढे ४ बज्ने बित्तिकै किताब, कपि, सिसाकलम सहितका सरसामान भएको प्लाष्टिकको झोला हातमा बोकेर विद्यालयमा हाजिर हुन्छन । पहिला आप्mा छोराछोरीलाई कपी कलमको जोहो गर्ने आमा अहिले छोराछोरीले फालेका सिसाकलम र कपी आफैलाई लेख्न हुन्छ भन्दै थप किफायती गर्ने भएका छन् ।

छोरीलाई विद्यालय पढाउन हुदैन भन्ने मान्यताका कारण आफूसानोमा छँदा आमावुवाले विद्यालय नपठाए पनि विद्यालय पढ्ने ठूलो इच्छा भएकी डाँडाफया धारापोरिकी २० वर्षिय रञ्जना शाही देखि शाहीकालका सहायक राज्य मन्त्री तथा वर्तमान दुर्गम क्षेत्र विकास समितिका उपाध्यक्ष छक्कबहादुर लामाकी ५५ वर्षिया रिग्जी लामा सम्मको उमेरका १ सय २० जना आमाहरु कम्मर कसेर पढाई पुरा गर्न लागेका छन् । शुरुका दिनमा पढ्न सकिन्छ कि सकिदैन भनेर दोधार भएका सबै अमाहरु शुरुकै वर्षको ४ महिनाकै पढाइले धेरै पढ्न सिकाएकोले आफ्नो आत्म विश्वास बढेको पतिक्रिया दिन थालेका छन् । उनीहरु एक वर्षको पढाइले एसएलसी परिक्षा समेत दिने अठोट व्यक्त गर्न थालेका छन्  । शुरुमा सबैले बुढेसकालमा पढेर के हुन्छ भनेर जिस्क्याउँदा निरास भएकी कक्षा २ रोल्ल नं १६ की ५ सन्तानकी आमा ४० वाषर््िाय जुनुदेवी सुनारलाई पनि अहिले जसले जेसुकै भने पनि आफू पढेरै छोड्ने आत्म विश्वाश जागेको छ । सिमकोट माथिल्लो बजारमा किराना पसल चलाएर गुजारा चलाइरहेकी सुनारलाई ग्राहकले विल बनाई दिनु भन्दा आफूलाई विल लेख्न नआउने भनेर खाली विल लिएर जानु भनेपछि विल नै बनाउन नआउनेले किन पसलमा बस्नु भनेर ग्राहकले गरेको अमिलो मुखले आत्मै देखि पढ्ने इच्छा जागेर आएको छ । सिमकोटमै सुनको गहना पहल गरेर बसेका जुनुदेविका पतिले मर्नेबेला हरियो कांक्रो भन्दै किन पढेको होला ? के तँलाई खान पुगेको छैन् र जागिर खानलाई पढ्न थालेकी ? भनेर हरेक दिन घरमा गरेको किचकिचलाई समेत प्रवाह नगरे की उनले आत्मै देखि पढ्ने इच्छाका कारण विद्यालयमा भर्ना भएको बताईन । समयले साथ दिएमा र विद्यालय बन्द नभए आफूले एसएलसी पास गर्ने अठोट उनले बोककी छन् ।
 यसैगरी सिमकोटमा भएको एकमात्रै पत्रिका पसल रोकाया सपिङ सेन्टरकी साउनी तारादेवी रोकाया रावतलाई पनि नपढेकोमा कम्ती आत्मग्लानी भएको छैन् । ३ सन्तानकी आमा समेत रहेकी वालमन्दीर माध्यामीक विद्यालयका शिक्षक लालबहादुर रावतकी श्रीमती तारादेवीलाई पसलमा सबै प्रकारका ग्राहक आएर पत्रिका पढेको र पत्रिकामा लेखिएका समाचारका बारेमा गरिएको छलफल सुन्दा अत्यान्तै पत्रिका पढ्ने मन जाग्छ तर पढ्न नआएकोले उनलाई पढ्न नपाएको पिंडाले मनमनै भतभती पोलेको छ । यति मात्रै होईन जिल्लामा भएका विभिन्न कार्यालयले विल बनाइ दिन भन्ने बित्तिकै उनलाई मनमनै ज्वरो आउने गरेको घटनाले गृहणी विद्यालयमा पढ्न थप प्रोत्साहित बनाएको छ । विल बनाउनका लागि कसैले भनेमा यात स्कुलबाट श्रीमान कुर्नु पर्ने या त पसलमा आएका कोही ग्रहकलाई गुहार्नु परेको पिडा उनका लागि कम्ती दुखदायी छैन् । सिमकोटकी स्थायी वासिन्दा भएपनि सिमकोटको मुख्य बजारमा ठूलै पसल चलाएर बसेकी तारादेवीको पसल नै काठमाडौमा वालबच्चा पढाउने र आप्mनो गुजार चलाउने भरपर्दो पेशा भएकोले उनलाई जसरीपनी पढ्नै पर्ने बाध्यता ठानेकी छन् उनले । दिउँसो पसलमा बसेर गाहक सँग भलाकुसारी गर्ने र साँझ बिहान घरमा सामान्य कखरा, सिकेकी तारादेवीलाई अहिले गृहणी विद्यालय अत्यान्तै रोजाईको विषय बनेको छ । विद्यालयको कक्षा २ को रोल नं.२ कि उनी आजकाल पसलमा समेत कपी किताब राखेर गृहकार्य गर्नमा निकै व्यस्त देखिन्छन् । उनलाई अव जसरी भएपनि पसलमा बिला बनाउने पत्रिका पढ्ने काठमाडौमा भएका छोराछोरीसँग इमेलमा कुराकानी गर्ने जिवनकै सबैभन्दा ठूलो धोको छ ।
 यसैगरी सिमकोटमा भएको बिजय होटेलकी साउनी याङकी लामालाई पनि आफू बढी होटेको काउण्टरमै बस्ने गरेको तर बिल बनाउन नआएको पिडा र काठमाडौ लगायतका स्थानमा घुम्न गएको बेला उक्त ठाउँको नाम र अन्य स्थानमा जाने बाटो समेत बोर्डमा लेखेको हुने गरेकोले पनि आफूलाई आत्मै देखि पढ्ने जाँगर आएको बताउँछिन् । (हेर्नुहोस बक्स)

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...