Wednesday, October 8, 2025

चम्फा नाच Champha Dance (नृत्यको भिडियोसहित)

कर्णाली सभ्यातामा चम्फा एक अनौठो र लोपउन्मुख नृत्य हो । कुनै पनि शुभ कार्यमा मात्र यो नृत्य प्रस्तुत गर्ने प्रचलन छ । यसमा डोकोलाई बाहिरी आवरणका रुपमा प्रयोग गरिन्छ । 

'चम्फा' महिलाको नाम भएकाले यो नृत्यका लागि घोप्टो पारेर राखेको डोकोको बाहिरी आवरणमा महिलाको आकृती बनाउने गरिन्छ । डोकोलाई अविवाहित महिलाको आकृती बनाएर सजिसजाउ गरिन्छ । परम्परागत रुपमा कर्णालीका केटिहरुले लगाउने गरेको आँगो (कतै यसलाई दौडा पनि भन्ने चलन छ) लगाइदिने र सबै केटिले लगाउने गरगहना, पोते लगाउने गरिन्छ । 'चम्फा' नाच्न जान्ने एकजना महिला वा पुरुषलाई डोको भित्र राखिन्छ । जसले नैं गीत अनुसार चम्फाको नृत्य प्रस्तुत गर्ने गर्छन् । 



डोकोलाई चम्फाको आकृतीमा सजाएर नृत्य गर्ने व्यक्ती डोका भित्र चम्फा नृत्यका लागि तयारी अवस्थामा रहनु पुर्व चम्फाको गीत गाउन जान्ने महिला र पुरुषको समुह तयार पारिन्छ । अन्य देउडा गीतमा एक घरका दाजुभाई, दिदिबहिनीले लाज मान्ने भएपनि चम्फाको गीत गाउनलाई खासै लाज मानिदैन् । एकातर्फ महिला र एकातर्फ पुरुषको समुहमा बसेपछि देउडाको लयमा आप्mनै छुट्टै भाका र गीतमा चम्फाको गीत गाइन्छ । 'चम्फा'को गीतमा कुनै बाजा हुदैन् । तरपनि डोकाको आकृतीमा सजिएको 'चम्फा'को नृत्य वास्तवमै अनौठो हुन्छ । 

अक्सर गरेर यो नृत्य राती वा बिहान सबेरै प्रस्तुत गर्ने चलन रही आएको छ । 


0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home