Wednesday, September 27, 2023

एमाले कर्णालीका चुनौती र आगामी कार्यभार



२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणामपछि गएको पुस दोस्रो साता कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुको एक टोली पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिन भन्दै निजी निवास बालकोट पुग्यो । लामो पर्खाइपछि भेट पाएका ती नेताहरुसँग अध्यक्ष ओलीले भन्नुभयो, ‘यो पटक कर्णालीलाई श्रद्धाञ्जलीबाहेक अरु केही भन्न सकिन्न ।

कतै आन्तरिक कलह त कतै कमजोर संगठनका कारण १० जिल्लाका १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको कर्णालीमा एक सीट पनि एमालेले नजितेपछिको रिस अध्यक्ष ओलीले एकै वाक्यमा पोख्नुभएको थियो । निर्वाचनको टिकट वितरणमा आफूले पाए जीत सुनिश्चित भन्दै टिकट हत्याउन मरिहत्ते गरेका ती नेताहरुको अघि पार्टी संगठनभन्दा आफूलाई केन्द्रित गरेको भन्दै अध्यक्ष ओलीको कटाक्ष थियो । सिङ्गो प्रदेश पार्टी संगठनलाई केन्द्रीय सुप्रिमोले श्रद्धाञ्जली दिएको ठीक ९ महिनापछि नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पहिलो अधिवेशन आज सुरु हुँदैछ ।

कमजोर मानव विकास सूचकांक, भौगोलिक विषमता र विकटताको परिणाम मतदाताको परम्परागत सोच, निर्वाचनको पुरानो शैली, नेताहरुको शास्त्रीय व्यवहारको बाहुल्य रहेको कर्णालीमा पछिल्ला निर्वाचनको परिणामले ओरालो लागेको एमालेका लागि यो अधिवेशनले चुन्ने नेतृत्वका अघि थुप्रै चुनौतीका चाङ छन् । साविकको मध्य पचिम विकास क्षेत्रअन्तर्गतका भेरी, राप्ती र कर्णाली अञ्चलका दश जिल्ला मिलेर बनेको कर्णाली प्रदेशको आगामी कार्यकालका लागि नेतृत्वसहित १३५ सदस्यीय कमिटी एमालेको प्रदेश अधिवेशनले चुन्दैछ । १० जिल्ला र मोर्चा संगठनको प्रतिनिधित्वसहित १९५ महिला र ४०७ पुरुष गरेर ६०४ जना प्रतिनिधिले नेतृत्व छनोट गर्दैछन् । कठिन भूगोल, राष्ट्रिय राजनीति, २०७९ वैशाख ३० र मंसिर ४ को निर्वाचन परिणामले प्रतिपक्ष बनाएको एमाले कर्णालीका लागि अब आउने नयाँ नेतृत्वका अघि अवसरभन्दा बढी चुनौती नै देखिन्छन् ।

तीन वटा मनोविज्ञानको संयोजन

कर्णाली भेरी, राप्ती र कर्णाली अञ्चलका तीन वटा मनोविज्ञानले निर्माण भएको प्रदेश हो । सानो जनसंख्या र ठूलो भूगोल भएको कर्णाली अञ्चल हरेक क्षेत्रमा आरक्षणबाट हुर्किंदै आएको छ । जसका लागि खुला प्रतिस्प्रधा संख्या र पहुँच दुवैका आधारले मुस्किल तर अपरिहार्य छ । उता तुलनात्मक रुपमा सानो भूगोल तर ठूलो जनसंख्या भएको भेरी र राप्तीको आफ्नै खाले मनोविज्ञान छ । साविकको मध्य पश्चिम विकास क्षेत्रमा राप्तीको बढी सम्बन्ध, सम्पर्क दाङ र बाँकेसँग थियो । जसका लागि कर्णाली र भेरीको मनोविज्ञान नयाँ हो । प्रदेशको मुकामसमेत रहेको भेरी सूचकांक र संख्याका हिसाबले पनि अघि छ । यिनै मनोविज्ञानलाई मिलाउँदै हुम्लाको लिमीले पनि अपनत्व गर्ने र सुर्खेतको वीरेन्द्रनगरले पनि अपनत्व गर्ने चुनौती कर्णालीको नयाँ नेतृत्वका अघि छ ।

प्रदेशको मुकामसमेत रहेको भेरी सूचकांक र संख्याका हिसाबले पनि अघि छ । यिनै मनोविज्ञानलाई मिलाउँदै हुम्लाको लिमीले पनि अपनत्व गर्ने र सुर्खेतको वीरेन्द्रनगरले पनि अपनत्व गर्ने चुनौती कर्णालीको नयाँ नेतृत्वका अघि छ ।

गुटगत सन्तुलन

दुई लाइन संघर्ष कम्युनिष्ट पार्टीभित्रको संस्थागत समस्या हो । तर, पछिल्लो समय दुई लाइन संघर्षको बहानामा नेतारकार्यकर्ताको मनोगत स्वार्थपूर्ति गर्ने भरपर्दो हतियारमात्रै भएको छैन, नेतालाई घुर्की लगाउने माध्यमसमेत बनेको छ । आफ्नो निहित स्वार्थलाई समेत दुई लाइन संघर्षमा जोड्ने प्रचलन कर्णालीको एमालेमा बढ्दै गएको छ । योजना नपाउँदा, उपभोक्ता समितिमा बस्न नपाउँदा नेताहरुलाई आन्तरिक संघर्षका नाममा विवादित गराउने समस्या विकासोन्मुख देश जस्तै नेपाली कम्युनिष्टभित्रको ठूलो समस्या हो । यसबाट कर्णालीको एमाले पनि अछुतो छैन । हरेक तहको कमिटी र संगठनभित्र आन्तरिक संघर्ष व्याप्त भएको एमाले कर्णालीको नयाँ नेतृत्व छनोटका लागि सुर्खेत आएका प्रतिनिधिहरुसमेत स्पष्ट दुई ध्रुवमा विभाजित भएर आएका छन्, जसबाट प्रदेश अधिवेशन मतदान प्रक्रियासम्म अघि बढ्नेछ ।

नेतृत्वमा आकांक्षीहरुका आधारमा विभाजित भएका कार्यकर्ताहरुले अधिवेशनको समापनसँगै वीरेन्द्रनगरको आन्तरिक गुटलाई प्रतिनिधि छनोट भएको हरेक वडा र पालिकासम्म लिएर फर्किनेछन् । यसले एमालेको वर्तमान संगठनमा थप समस्या पैदा हुनेछ । प्रदेशको नेतृत्वमा बनेका गुटगत समूहहरु आगामी चैतभित्र हुने जिल्ला र स्थानीय तहका निर्वाचनसम्म झाङ्गिँदै जानेछन् । जसका कारण एमालेका वस्ती र टोल कमिटीसम्म प्रस्ट दुई धार नदेखिएलान् भन्न मुस्किल छ । जसको सन्तुलन गर्दै अधिवेशनले सृजना गरेको धारलाई सामञ्जस्य गरेर एकीकृत एमाले निर्माण गर्न नयाँ नेतृत्वको समय र सामर्थ्य खर्चिनु पर्नेछ । यसका अलावा हरेक तहमा बलियो प्रतिपक्षको भूमिका निभाउँदै जनजीविकाका सवाल उठान गर्नु, आन्तरिक बेमेललाई समाधान गर्नु एमाले कर्णालीको अब आउने नयाँ नेतृत्वको अर्को चुनौती हो ।

युवा-विद्यार्थीमा पहुँच विस्तार

कर्णालीका दश वटै जिल्लामा एमालेप्रति नयाँ पुस्ताको आकर्षण उत्साजनक देखिँदैन । ४० वर्षमाथिको उमेर समूहका मतदातको बाहुल्य भएको एमाले कर्णालीमा केन्द्र, प्रदेश र जिल्लास्तरका नेताहरुका सन्तान शहर केन्द्रित छन् अर्थात गाउँमा छैनन् । अध्ययन, रोजगार, व्यवसायका नाममा सकभर विदेश, त्यही नभए काठमाडौं, नेपालगञ्ज र सुर्खेतलगायतका शहरमा छन् । विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, युवा समूहमा एमालेको उपस्थिति आशा गरेभन्दा कमजोर छ । भेरी र राप्तीका तुलनामा कर्णाली अञ्चलमा यो स्थिति अझ भयावह छ । जुन वास्तविकतालाई दुई महिने मिसन ग्रासरुट अभियानले पनि एक्सरे गरेकै छ । अतः आजदेखि सुरु हुने कर्णालीको प्रदेश अधिवेशनले चयन गर्ने नयाँ नेतृत्वका अघि कागजी रुपमा बलियो देखिए पनि विद्यार्थी र युवामा कमजोर बनेको संगठनलाई व्यवहारिक रुपमा स्थापित गराउने अर्को ठूलो चुनौती छ ।

पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशनले प्रदेश अधिवेशनको हकमा १० प्रतिशत युवा ९४० वर्षमुनिका०को सहभागितलाई सुनिश्चित गरे पनि कार्यान्वयनमा यसले खासै प्राथमिकता पाउने देखिँदैन । बढ्दो सामाजिक सञ्जालको पहुँच, राजनीतिक क्षेत्रमा नयाँ शक्तिहरुको उदयका कारण एमालेलगायतका पुराना राजनीतिक शक्तिप्रति घट्दो नयाँ पुस्ताको आकर्षणलाई १० प्रतिशतले कालो बादलमा चाँदीको घेरा त देखाएको छ । तर, नयाँ पुस्ता आकर्षित गर्ने पर्याप्त आधार छैन । पार्टी नेतृत्वमा युवा पुस्ता पुनःस्थापित गर्दै हरेक निर्वाचनमा थपिने नयाँ मतदाता तान्नु अब आउने नेतृत्वको अघि देखिएको नयाँ रणनीतिक चुनौती हो ।

दुई लाइन संघर्ष कम्युनिष्ट पार्टीभित्रको संस्थागत समस्या हो । तर, पछिल्लो समय दुई लाइन संघर्षको बहानामा नेतारकार्यकर्ताको मनोगत स्वार्थपूर्ति गर्ने भरपर्दो हतियारमात्रै भएको छैन, नेतालाई घुर्की लगाउने माध्यमसमेत बनेको छ । आफ्नो निहित स्वार्थलाई समेत दुई लाइन संघर्षमा जोड्ने प्रचलन कर्णालीको एमालेमा बढ्दै गएको छ ।




 

जिम्मेवारी विभाजनमा न्याय स्थापना

पछिल्ला केही वर्षयता निर्वाचनको टिकट वितरण, विभिन्न तहका राजनीतिक नियुक्ति, सांगठनिक जिम्मेवारी वितरणमा पद्धतिगत न्याय हराउँदै गएको आभास स्वयं कर्णालीको एमालेका नेता र कार्यकर्ताले पनि गर्न थालेका छन् । केन्द्र पार्टीले एक व्यक्ति एक पदको नीति अघि सारे पनि एकै व्यक्ति बहुपदमा जाने, निश्चित नेताका घेराभित्र घुम्नेले सांगठनिक र राजनीतिक नियुक्ति प्राप्त गर्ने, आफूले टिकट नपाएको झोकमा आफ्ना मत अन्यत्र डाइभर्ट गर्ने प्रचलन कर्णालीको एमालेमा पनि बढ्दो छ । त्यसले गर्दा बढी मत भएको तह र क्षेत्रमा आन्तरिक कलहले निर्वाचनमा पराजय भोग्नु परेका उदारहण प्रशस्तै छन् । व्यक्तिगत स्वार्थका कारण हुने समूहलाई गुटगत संज्ञा दिने र त्यसकै आधारमा निकटस्थ कार्यकर्ता संरक्षण गर्ने परिपाटीले लामो योगदान गरेका, पार्टीको हितमा काम गर्ने नेता र कार्यकर्ताको एमालेप्रति विकर्षण बढ्न थालेको देखिन्छ । त्यसलाई न्यूनीकरण गर्दै पार्टीभित्र संगठनात्मक न्याय, व्यवस्थित प्रणाली स्थापना गर्दै सग्लो र शुद्ध एमाले बनाउने कार्यभार पनि कर्णाली एमालेको नयाँ नेतृत्वका अघि देखिएको चुनौती हो ।

समाजको माग कि पार्टीको त्याग ?

संगठन सञ्चालनको परम्परागत तरिका र शास्त्रीय पद्धतिमा नेतृत्व निर्माण गर्ने संस्कार एमालेभित्र पनि कायमै छ । संगठनमा लामो समय बिताएको, जेलनेल र संघर्षको इतिहास बोकेको, संगठित सदस्य अगाडि लगेको, कपाल फुलेको व्यक्तिलाई नेतृत्वमा स्थापित गर्ने परम्परागत शैलीलाई कर्णाली एमालेमा पनि स्वाभाविक मानिन्छ । तर, विकसित सूचना र सञ्चारका कारण कर्णालीको समाजले राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति, बदलिँदो समय तथा आवश्यकता, कूटनीतिक पहुँचमा वृद्धिलगायतका विषयको ज्ञान, जनसरोकारका सवालहरुको तार्किक उठान, केन्द्रीय सरकार र पार्टीसँग कर्णालीका मुद्दा स्थापित गर्ने क्षमता, कर्णालीलाई राजनीतिको मूलधारमा जोड्न सक्ने युवा नेतृत्व खोजिरहेको छ । त्यस्ता व्यक्तिलाई प्रदेश, जिल्ला र पालिकामा आवद्ध गराई कमिटीलाई नवीन ढंगबाट हाँक्ने आँट, क्षमता र स्पष्ट कार्यदिशा पनि एमाले कर्णालीको नयाँ नेतृत्वको चुनौती हो । पार्टीमा लामो योगदान गरेका नेता कार्यकर्ताको व्यवस्थापन नगर्दा आन्तरिक असन्तुष्टि बढ्ने, समाजको अपेक्षाअनुरुपको नेतृत्व नदिँदा निर्वाचनको अंक गणित बिग्रने चेपुवाका बीच एमाले कर्णालीको नयाँ नेतृत्व छनोट हुँदैछ । समानुपातिक मत परिणामले पहिलो भए पनि निर्वाचन परिणामको ग्राफ ओरालो लाग्दै गएका बेला यसको सफल व्यवस्थापन गर्नु अब आउने नेतृत्वको ठूलो अग्नि परीक्षा हुनेछ ।

सर्वस्वीकार्यता

पार्टीको विधान, प्रदेशको नीति, कानून तथा निर्णयबमोजिम हुने प्रदेशको अधिवेशन नयाँ नेतृत्वलाई अनुमोदन गर्ने प्रदेशको सर्वोच्च अंग हो। अधिवेशनबाट चयन हुने नेतृत्व प्रदेशका दश वटै जिल्लाको वैध र सामाजिक रूपमा सर्वस्वीकार्यसमेत हुनुपर्छ। कुनै नेता विशेष वा समूहप्रति नरम भएको र अधिवेशनमा आफूलाई मत दिएका आधारमा मात्रै प्रदेशका नेता, कार्यकर्ताको निकट हुनाले समग्र एमाले संगठनले क्रियाशीलता प्राप्त गर्न सक्दैन । अझ भन्ने हो भने कनिष्ठ वा समग्र स्वीकार्यता न्यून भएका व्यक्तिको छनोटले संगठनमा मात्र होइन, सामाजिक, राजनीतिक र कूटनीतिक स्वीकार्यतासमेत नपाउने अवस्था बन्नसक्छ

प्रदेशको नेतृत्वमा बनेका गुटगत समूहहरु आगामी चैतभित्र हुने जिल्ला र स्थानीय तहका निर्वाचनसम्म झाङ्गिँदै जानेछन् । जसका कारण एमालेका वस्ती र टोल कमिटीसम्म प्रस्ट दुई धार नदेखिएलान् भन्न मुस्किल छ । जसको सन्तुलन गर्दै अधिवेशनले सृजना गरेको धारलाई सामञ्जस्य गरेर एकीकृत एमाले निर्माण गर्न नयाँ नेतृत्वको समय र सामर्थ्य खर्चिनु पर्नेछ ।

यसैले पार्टीको सिंगो संगठन, प्रदेश र मुलुकको समग्र राजनीतिक(सामाजिक, आर्थिक प्रणालीद्वारा बढी स्वीकार्य हुने नेताहरूमध्येबाट पदाधिकारीदेखि प्रदेश सदस्यसम्म निर्वाचित हुने व्यवस्था बन्न सक्नुपर्छ । अर्थात सबै पक्षबाट मेरिटबेस (कार्यदक्षता र उत्कृष्टता) तथा आवश्यकताका आधारमा प्रदेशका नेताहरूको चयन हुन सक्नुपर्छ । जुन समूह र गुटबाट नेतृत्व छनोटका लागि भएको निर्वाचनबाट आए पनि सबैलाई समान नीति र व्यवहारले नेतृत्व गर्नसक्ने सर्वस्वीकार्य नेतृत्व हुन सक्नुपर्छ । यद्यपि, यो कार्य आफैंमा चुनौतीपूर्ण पनि छ

पार्टीको मूलधारमा कर्णाली स्थापित गर्ने

२०७४ साल मंसिर १० गते सम्पन्न प्रदेशसभाको निर्वाचनमा ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमाले एक्लैले २० सीट जितेको थियो । तत्कालीन एमाले र माओवादीबीच कार्यगत एकताका माध्यमबाट प्रदेशमा एकल बहुमत भएको एमाले कर्णालीमा पार्टी केन्द्रकै कारण प्रदेश सरकारको नेतृत्व मृगतृष्णामात्रै बन्यो । माओवादी नेतृत्वमा २०७४ फागुन ३ गते पहिलो पटक प्रदेश सरकार गठन हुँदा आधा आधा कार्यकालको सम्झौताको इमानदारितापूर्वक पालना हुन नसक्दा सुरु भएको विवादले एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनको कारणमात्रै बनेन, एमाले विभाजनको विषवृक्ष कर्णालीमै रोपियो । त्यसयता ओरालो लागेको कर्णाली एमालेका लागि २०७९ मंसिर ४ गतेको निर्वाचन परिणामले पनि साथ नदिए पनि कठिन परिस्थितिका बावजुद पनि प्रदेशसभामा सम्मानजनक मत प्राप्त गर्‍यो ।

निर्वाचनमा दुई विपरीत ध्रुव बनेका एमाले र माओवादीबीच नाटकीय रुपमा बनेको सत्ता गठबन्धनले फेरि कर्णाली प्रदेशको नेतृत्वको जिम्मा पनि केन्द्रले माओवादीलाई प्रदान गर्ने काम गर्‍यो । परिणामस्वरुप २०७९ पुस २७ गते एमालेको समर्थनमा माओवादी नेतृत्वमा प्रदेश सरकार बन्यो । यी परिघटनाले एमाले केन्द्रमा कर्णालीको पहुँच असाध्यै कमजोर छ अर्थात एमाले केन्द्रले कर्णालीलाई महत्व दिँदैन भन्ने निचोड कर्णालीका एमालेजनको देखिन्छ । संविधानसभाबाट संविधान जारी हुनुपूर्व २०७२ असार २३ गते प्रमुख राजनीतिक दलहरूको सहमतिमा राजनीतिक संवाद तथा सहमति समितिद्वारा सार्वजनिक गरिएको ६ प्रदेशको सीमाङ्कनको खाकामा साविकको मध्यपश्चिम विकास क्षेत्रलाई सुदूरपश्चिममा मिलाउनेदेखि २०७४ फागुन ३ गते र २०७९ पुस २७ जस्ता निर्णयले कर्णालीका एमालेजनमा पार्टी केन्द्रप्रति परेको छाप मेट्दै व्यवहारिक रुपमा पार्टी केन्द्रको मूल प्रवाहमा कर्णालीको स्थान सुनिश्चित गर्न पनि नयाँ नेतृत्वका अघि देखिएको ठूलो चुनौती हो ।

अन्तमा

नेपालको राष्ट्रिय राजनीतिमा छोडेको प्रभाव र भूमिकाका हिसाबले एक नम्बर पार्टीका रुपमा स्थापित एमालेले कर्णालीमा पनि लोकप्रिय मत भएको दलका रुपमा रहेको छ । यसलाई प्रदेशका सबै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो वर्चस्व कायम गर्दै केन्द्र पार्टीले अघि सारेको मिशन ८४ को तत्काल कार्यान्वयन गर्दै पछि परिणाम निकाल्ने अभिभारा पनि एमाले कर्णालीको अब बन्ने नेतृत्वका अघि छ । नेतृत्वको क्रियाशीलताका आधारमा चौतर्फी घेराबन्दीका बीच आफूलाई अब्बल पार्टीका रुपमा अघि सारेको एमाले केन्द्रीय नेतृत्वले गरेको बौद्धिकता, वैचारिक, राष्ट्रियता, दूरदर्शिता र प्रतिपक्षसँगको नेतृत्वदायी भूमिका जस्तै कर्णाली प्रदेशसभा, प्रदेशका स्थानीय तहको जनमतलाई आफूतर्फ आकर्षित गर्नु एमाले कर्णालीको अबको एकसूत्रीय कार्यभार हो । एमाले केन्द्रको प्राथमिकतामा पर्न नसकेको एमाले कर्णालीलाई मूलधारमा स्थापित गर्दै प्रदेशका परिणामका हिसाबले पहिलो शक्ति बनाउने आधार तयार गर्नु अब बन्ने नेतृत्वको दीर्घकालीन रणनीति हो ।

एमाले कर्णालीको नेतृत्व लिन चाहनेले बुझ्नैपर्ने यी कुरा – Nepal Press

एमाले कर्णालीका चुनौती र आगामी कार्यभार « Janata Times

(महतारा एमाले कणाली प्रदेश प्रचार तथा प्रकाशन विभागका उपप्रमुख हुन् ।)

 

Saturday, June 26, 2021

बाह्र वर्षमा जुर्यो मुगुको सिंहदरबार प्रवेशको साइत

 मुगु । 'बाह्र वर्षपछि बगेको खोला पनि फर्किन्छ' भन्ने नेपाली भनाई दुर्गम हिमाली जिल्ला मुगुको संघीय सरकारको मन्त्रीको यात्रामा लागु भएको छ ।

मुगुले राज्य मन्त्री पाएको ठिक बाह्र वर्षपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार मन्त्रीमण्डललाई पूर्णता दिने क्रममा मुगुले पहिलो पटक क्याविनेट मन्त्रीका रुपमा विघटित प्रतिनिधिसभा सदस्य मोहन बाँनियालाई नियुक्त गरेपछि उक्त उक्त भनाई चरितार्थ बनेको हो ।

मानव विकास सूचाकांकको पुछारमा रहेको मुगुबाट २०६६ जेठ ११ गते तत्कालिन एमाले महासचिव माधवकुमार नेपाल नेतृत्वको सरकारमा नेकपा मालेबाट मुगुका मानबहादुर शाही भूमिसुधार तथा व्यवस्था राज्यमन्त्रीमा रुपमा नियुक्त पाएको बाह्र वर्षपछि बाँनियाको सिंहदरबार प्रवेश भएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको जिम्मा हेर्ने गरी बाँनियाले पद तथा गोपनियताको सपथ खाएपछि मुगुको क्याविनेट यात्रा प्रारम्भ भएको छ ।

सत्तारुढ दल नेकपा एमालेका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह–इन्चार्ज समेत रहेका नेता बाँनियाले लामो समयको प्रयास पश्चात मन्त्रीको यात्रा सफल भएको छ ।

मुगुको मन्त्री यात्रा

मुगु जिल्लाबाट देशको केन्द्रिय सरकारको मन्त्रीको रुपमा सबैभन्दा पहिलो पटक २०४८ सालमा नेपाली कांग्रेसका नेता हस्तबहादुर मल्ल सहायक राज्य मन्त्रीका रुपमा नियुक्त भएका थिए । मल्लले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला नेतृत्वमा २०४८ साल पुष १५ गते गठन भएको सरकारमा शिक्षा सांस्कृती तथा समाजकल्याण सहायकमन्त्रीको जिम्मेवारी पाएका थिए ।

त्यसपछि पटक–पटक सरकार परिवर्तन भएपनि कर्णाली अञ्चल नैं वहिष्करण् परेपछि मुगु समेटिने कुरै भएन । तत्कालीन नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपालगायतका राजनीतिक दलहरुमा जिल्ला देखि अञ्चल हुँदै केन्द्रमा समेत प्रतिनिधित्व गर्ने नेताहरु भएपनि कसैलेपनि मन्त्रीको जिम्मेवारी पाएका थिएनन् ।

माओवादीको शसस्त्र द्धन्द्धको समयमा जिल्लाको पार्टी जोगाएपनि सरकार निर्माणमा कुनैपनि पार्टीले मुगुलाई कहिल्यै नसम्झैको नेकपा एमाले मुगुका संयोजक डम्बर रावलले जानकारी दिए । पछि एमालेका नेता माधवकुमार नेपाल नेतृत्वमा २०६६ साल जेठ ११ गते गठन भएको सरकारमा नेकपा मालेले पाएको राज्यमन्त्रीको कोटामा केन्द्रिय सदस्य मानबहादुर थापालाई भूमिसुधार तथा व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी दिएपछि मुगुले केन्द्रिय सरकारकार १८ वर्षपछि दोस्रो पटक सहभागिता जनाउने मौका पाएको थियो ।

त्यसपछि गठन भएका सरकारकार पालामा मुगुले इच्छा जाहेर गरेपनि कुनैपनि प्रधानमन्त्रीले त्यस्तो मौका नदिएको गुनाशो मुगुका राजनीतिक अगुवाहरुले गरेका छन् । २०६४ पछि वामपन्तिको बहुमत भएको मुगुमा वामपन्थी दलहरुले सरकार बनाएको समयमा मन्त्रीमा समेट्छन की भन्ने लागेको थियो’ पुर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लले भने, ‘कुनैपनि वामपन्थी सरकारले १८ वर्षसम्म मुगुलाई सरकारमा सहभागिता गराएनन् ।’

नयाँ संविधान निर्माण भएपश्चात तीन तहको संरचनामा ०७४ साल मंसीर १० गते सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई सुन्य बनाएर बिजयी बनेको नेकपाले यसअघी प्रदेश र संघमा कसैलाईपनि मन्त्री हुने मौका दिएको थिएन ।

पुष ५ गतेको प्रतिनिधी सभा विघटनले नेकपामा आएको विवाद पछि प्रधानमन्त्री ओलीको पक्षमा खुलेरै लागेको एमाले नेता बाँनियाले बाह्र वर्षपछि मुगुको उपस्थित मन्त्री परिषदमा जनाउने मौका पाएका छन् । विना विभागिय मन्त्रीका रुपमा अथ्र्याइएका भएपनि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा फूल मन्त्रीका रुपमा यात्रा शुरु गरेपछि केन्द्रिय सरकारमा मुगुले बलियो सहभागिता जनाएको छ ।

लामो समय पछि बानियाँको चाहना पुरा

लामो समयको पर्खाई पश्चात एमाले मुगुका संस्थापक मध्येका एक विघठित प्रतिनिधि सभा सदस्य मोहन बाँनिया अन्तत मन्त्री बनेका छन् । २०५४ सालको स्थानीय तहको निर्वाचनबाट मुगु जिल्लाको सभापतिमा निर्वाचत भएपछि आप्mनो राजकीय यात्रा थालेका बाँनियाले सिधै क्याविनेट मन्त्रीका रुपमा सिंहदरबार छिर्ने मौका पाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद विस्तार गर्दा मुगुका एमाले नेता तथा निवर्तमान सांसद मोहन बानियाँ मन्त्रीमा समेटिएर बिहिबार अपरान्ह ४ बजे शपथ ग्रहण गरेपछि उनको लामो समयदेखिको मन्त्री हुने चाहनाले पूर्णता पाएको हो ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय हेर्ने गरेर मन्त्रीको जिम्मा पाएपछि उनी अहिले देश विदेशमा भएका आप्mना शुभेच्छुक र कार्यकर्ताको बधाई थापिरहेका छन् ।

सांसद भएपछि मैले चौथो पटकसम्मको प्रयासमा बल्ल मन्त्री बन्ने मौका पाएको हुँ’ नवनियुक्त मन्त्री बाँनियाले नेपालवोटसँग भने, ‘एमालेको म त पुरानै सिनियरै मान्छे हो, तर राजकीय जिम्मेवारीका हिसाबले भने बल्ल अहिले पालो आयो ।’ २०७० को दोस्रो संविधान सभाको निर्वाचनबाट मुगु निर्वाचन क्षेत्रबाट निर्वाचित बाँनिया, ०७४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट पिछडिएको क्षेत्रको कोटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । बाँनियाले २०७२ सालमा संविधान निर्माण भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा जान उनले पहल गरेका थिए ।

‘०७४ को निर्वाचनबाट निर्वाचित भएपश्चात पार्टी अध्यक्षको नेतृत्वमा सरकार बनेसँगै म सहभागि हुन पहल गरेको थिएँ तर त्यसपछिका विभिन्न समयमा म मन्त्रीका लागि पहल गरेपनि सफल हुन सकेन । यो पटक सम्माननिय प्रधानमन्त्रीले विश्वाश गरेपछि चौथो पटकको प्रयासमा म मन्त्री हुन सफल भएको हुँ,’ उनले थपे, ‘२०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतिबाट सांसद निर्वाचित भएपछि पनि मन्त्रीका लागि लबिङ गरेका थिए । ‘राज्यमन्त्री दिने कुरा भयो, म हुन्न भन्ने जवाफ फर्काएँ ।’

प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाको प्रचण्ड–माधव पक्षका नेताहरु सरकारबाट बाहिरिएपछि बानियाँले मन्त्री बन्न पहल गरे । प्रधानमन्त्री ओलीले ८ जना मन्त्री र एक राज्यमन्त्री बनाउँदा पनि बानियाँ परेनन् । ‘माओवादीबाट आएका साथीहरुलाई सेटल गर्नुपर्ने भएपछि बाहिर परें,’ उनले भने ।
त्यतिबेला शपथ ग्रहणका लागि तयार भएर बसेका थिए । तर अन्तिम समयमा उनलाई टेलिफोन आएन । आफैंले तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गरेर बुझ्दा सरी भनेको उनले बताएका थिए । ‘दौरा सुरुवालै लगाएर बसेको त होइन, तर त्यस्तै त्यस्तै हो,’ बानियाँले भने ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतितर्फ पिछडिएको क्षेत्रबाट निर्वाचित भएका उनी एमालेमा अध्यक्ष ओली पक्षका पुरानै नेता हुन् । बानियाँले कर्णाली पछाडि परेको ठाउँको प्रतिनिधि हुनाले आफू क्याबिनेट स्तरको मन्त्री हुनुपर्ने माग गर्दै आएका थिए । ‘क्याबिनेट स्तरको मन्त्री कर्णालीले पाउनुपर्छ भन्ने माग हो, समग्र कर्णालीबासीले यो माग गरेका हुन्,’ उनले भने ।

बानियाँले सरकारमा जानका लागि कुनै मन्त्रालय रोजेका थिएनन्, खाली कर्णालीको प्रतिनिधिको हैसियतमा सरकारमा जान पाउनुपर्छ भन्ने उनको माग थियो । अहिले सरकारमा जाने चाहना त पूरा भयो, तर समय उपयुक्त नभएको उनलाई अनुभूति भएको छ । ‘अलिकति काम गर्ने मौका भएको भए हुन्थ्यो । तर चुनावमा जानुपर्ने भयो । आफ्नो भिजन मिसन अनुसार काम गर्ने वातावरण सिर्जना हुँदैन,’ बानियाँले भने, ‘खाली मन्त्री बन्ने धोको त पूरा होला तर देशलाई राम्रो निकास दिने, आफूले सोचेको मिसन पूरा गर्ने सम्भावना कमै हुन्छ ।’

कर्णालीकै तीन आकांक्षी उछिन्दै मन्त्री

वर्तमान सरकारमा सहभागि हुन आकांक्षा राखेको कर्णाली प्रदेशका चारजना नेताहरुलाई पछि पार्दै बाँनया मन्त्री बनेका हुन् ।

सांसद विघटन भएपछि सांसद नभएका व्यक्ति समेत सरकारमा सहभागि हुने भएपछि वर्तमान सरकारमा एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी पनि आकांक्षी थिए । त्यस्तै पार्टीको खनाल–नेपाल पक्षलाई छोडेर ओली पक्षमा लागेका पार्वती बिसुंखे र राजबहादुर बुढाको नाम पनि मन्त्रीका लागि चर्चामा थियो ।

यसभन्दा अघिको सरकारमा भेरी अञ्चलबाट सुर्खेत जिल्लाका सांसद नवराज रावत स्वास्थ्य राज्यमन्त्री भएकाले प्रधानमन्त्री ओलीले यो पटक कर्णाली अञ्चललाई मन्त्री मण्डलमा समेटेको बताइएको छ ।

‘कर्णालीलाई लामो समयदेखि सरकारमा समेट्न नसकेका कारण यो पटक प्रधानमन्त्री ज्यूले कर्णाली अञ्चललाई वर्तमान सरकारमा समेट्नु भएको हो’ वालुवाटार स्रोतले भन्यो, ‘लामो समयदेखि प्रधानमन्त्रीकै पक्षमा रहेका र जिल्लामा राम्रो जनमत भएकाले पनि वालुवाटारको रोजाईमा बाँनिया परेका हुन् ।’

Friday, September 14, 2018

सात बजेपछि मान्छे छिर्न नदिने अनौठो तिल गाउँ

‘साँझका पाउना देउता सरी’ मान्ने हाम्रो नेपाली समाजमा साँझ सात बजेपनि नयाँ पाउनालाई घरमा प्रवेश गर्न प्रतिबन्ध गर्ने गाउँ भन्ने सुन्दै पनि तपाईलाई अचम्म लाग्नसक्छ । तर अचम्म नमान्नुहोस् । यस्तो गाउँ हाम्रै देशमा छ ।

गाउँमा भोगेको वास्तविकतालाई अनुच्छेदमा लिपिबद्ध गर्दै गर्दा प्रत्यक्ष अनुभवीका नाताले आफैलाई त पत्यार लाग्न गाह्रो लागेको छ भने तपाईलाई विश्वाश नलाग्नु स्वभाविक पनि हो । तर कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका अन्तरगतको तिल गाउँ त्यसको ज्वलन्त उदारहण हो ।

तिलगाउँ सबै लामा समुदायको वस्ती भएको गाउँ हो । उत्तर तिरको छिमेकी मुलुक चिनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको यो गाउँमा साँझ सात पछि जो जस्ता पाहुना गएपनि घरमा छिर्न बन्देज छ । यस्तो अनौठो प्रचलन आप्mनै जन्म र कर्मथलो भएको हुम्ला जिल्लामै भएपनि नभोगेको र कतै पढ्न पनि नपाएकोले खासै प्रकाशमा आएको थिएन ।

तर सञ्चारकर्मीका रुपमा नाम्खा गाउँपालिकाले गएको भदौं १९ र २० गते आयोजना गरेको लिमी महोत्सवमा सहभागि हुन हिल्साबाट पैदल हुदैं पर्यटन महोत्सव स्थलतर्फ जाने क्रममा प्रत्यक्ष भोग्दा मात्रै यो अनौठोपन थाहा भयो । तिल गाउँमा त साँच्चीकै साँझ सात बजेपछि नयाँ मान्छेका लागि वास त के घरमा प्रवेश निषेध नै रहेछ ।

लिमी महोत्सवमा सहभागि हुने र आफु नगएको ठाउँ लिमी भ्रमण गर्ने अवसर एक रिर्पोटरका लागि कम्ती उत्साहको विषय होइन् । त्यसबाट हामी अछुत रहने झन कुरै भएन । थोरै जाडो, धेरै उत्साहले सदरमुकाम सिमकोटबाट हेलिकप्टरको यात्रा तय गरेका हामी अपरान्हको एक बजे लिमीको बाटो समात्यौं । हिल्सा देखि करिब २ घण्टाको यात्रा पश्चात टोपी खस्ने ४ हजार ८२ मिटरको खम्बा जस्तै आकार भएकोले कावाला (कावा भनेको खम्बा र ला लेक) नामाकरण गरिएको मुत्छे लेक काटेपछि तीन बजे टुप्पोमा पुगियो । जब यात्रा टुप्पोमा पुग्यो हामीमा उत्साह र चिसो सँगै थकान पनि थपियो ।

मुत्छेको लेकबाट घरी हिड्ने त घरी थकाई मार्दै हामी तिलको यात्रामा लम्कीयौ । हुम्लाको रैथाने भनिएपनि लामो पैदाल यात्राबाट केही समय टाढा भएको नाताले थकान र जोडोले हामीमाथि निकै हस्तक्षेकारी रुपमा डेरा जमाउँदै गएको थियो ।

जब हाम्रा कदम माने प्यामे गुम्बा छेउछाउ पुगे तब सयौको संख्यामा जंगली नावर आप्mना नावालक सहित परेड खेलेको आप्mनै आँखाले अवलोकन गर्ने मौका हाम्रा लागी निकै उत्साह र एतिहाँसिक बन्यो । आफूभन्दा चेतना, उमेर देखि सबै हिसाबले कान्छा नावरका पाठापाठीको परेडले मनमनै हामीलाई निकै डहामात्रै भएन बाँकी बाटो नाप्ने थप हौसला समेत पैदा भयो ।
मन्द भोक, दम्दार थकान अनी सँगै मौलाएको जाडोका बिच सबैले काँधमा बोकेका क्यामरामा पाटन र खोलामा परेड खेल्दै गरेका कान्छा नावरका तस्बीर र दृश्य कैद गर्न खर्च भएका ६० मनेट त सानो छँदा वावाले पसलबाट किनेर दिएका ५ वटा चक्लेट भन्दापनि कम भएको महशुस भयो ।
बाटोका निकै अपरिचित हामी सबैका लागि बाटो र समयलाई सँगसँगै लिनुको बाध्यताका बिच कदम अघि बढाउनुको विकल्प थिएन ।
अनिदो भएको रातको निद्रामा देखेको सपनीको दृश्य झै लाग्ने वातावरण, वरिपरि फुलेका फुल र विजनावरको दृश्यले मोहति हामी आप्mना आँखालाई बाटो बाहिर कुदाउँदै अघि लाग्यौ । लगातारको साढे ४ घण्टाको पैदल यात्रापछि हामी तिल गाउँको आसपास पुग्यौ । दिनभरको थकानसँगैको जाडोले लखतरान परेका हामी गाउँमा पुगेपछि न्यानो वास र तातो गाँस पाउने आशले रमाउदै थप बाटो काट्न उत्साहित भयौं ।

हामी जब तिल गाउँ भएर बग्ने तिल गाण (खोला) देखिने चौर पुग्यौ तब तिलगाउँमा बलेको आगोको गन्ध आयो । रातीको ८ बजेको अँध्यारोमा मोबाइलको लाइट बालेर गएका हामी गाउँको न्यानो घरमा बस्दा दिनभरको थकान बिसाउने आशलाई तिल गाउँको घरभित्र बलेको बत्तीले थप हिड्ने हौसला पैदा गरायो ।

जब रातको सवा आठ बज्यो तब हामी तिल गाउँको गेट चुम्यौ । लाग्थ्यो तिल गाउँको छेवैमा लगाएको गेटले हामीलाई अबिर फलमाला र तातो नाक्ताङ्ग (भोटे चिया) ले पर्खेको छ । मैले थाहा पाएसम्म लामा समुदायले आप्mनो गाउँमा प्रवेश गर्ने विन्दुमा गुम्बा जस्तै कलात्मक गेट बनाउने प्रचलने हुम्लाका लामाहरुको परम्परागत सँस्कार हो ।

गाउँको छेउमै लगाएको गुम्बा शैलीको स्वागत गेट प्रवेश गरेर हामी गाउँको सबैभन्दा छेउको घर पुग्यौं । छेउको घर भित्र अञ्दाजी ६५ वर्षे बुढी आमा देखेपछि उहाँसँग बोल्न हामीले सँगैका नेपाल पत्रकार महासंघका हुम्ला अध्यक्ष अर्जुन बोहरालाई अघि साह्रयौ । लामा भाषामा अली जानकार भएका बोहराले ति बुढी आमालाई अजी (दिदी).... ! आँ..ओ.. (आमा) ! भनेर कराए । बोहराको आवाज सुनेपछि ति बुढी आमाले छिनभरमै हामी पट्टी भएको भ्mयाल खोल्नु भयो । एकछिन हामीलाई हेर्नु भयो तर बिडम्बना कुनै शब्द नबोलेरै भ्mवाप्प भ्mयालै बन्द गर्नुभयो । अनी हाम्रो न्यानो घरमा वासबस्ने बलियो आश छिन भरमै ‘पहिलो गाँसमै ढुङ्गामा’ परिणत भयो ।

पहिलो घरमै वास्ता नपाएका हामीले एकआपसमा मुखामुख गर्यौ । तर वासको खोजी गर्ने हाम्रो क्रम भने जारी रह्यो ।

झण्डै ६० घर भएको तिल गाउँलाई राती साढे आठ बजेको समयमा पनि वास माग्ने निहुँमा हामीले छिचोल्न छोडेनौं । जुन घरमा बत्ती बलेको प्रकाश र मान्छे बोलेको आवाज आउँछ त्यही घरको दैलोमा गएर चर्को श्वरमा अजी (दिदी) ! आँ..ओ.. (आमा) ! आया.. (वुवा) ... ! आजु..... (दाई) ! भनेर सबै जनाले पालैपालो करायौ ।

हामीले आप्mनो वासस्थानका लागि लिमीका लामा जातीले स्दरमुकाम सिमकोटका वासिन्दालाई संबोधन गर्ने टाम्सो (सिमकोटी), टेवा (ठेहेवासी) जस्ता अनेक शब्दको उच्चारहण समेत गर्यौ । तर हामी कराएको आवाज सुन्ने बित्तिकै सबै घरमा झ्याल ढोका खोलेर छिनभरमै बन्द भए । हामीलाई वास दिने त कुरै छोडौ, घरभित्रको बलेको सोलारले हाम्रै कारण आफ्नो शक्ती प्रदर्शन गर्नबाट बञ्चित हुनु पर्यो ।

हामीले लगातार गाउँका ६ घरका ढोका ढकढक्यायौ । परिणाम, सबै घरमा ढोका खोल्नु भन्दा उल्टै सोलारबाट जन्म भएको उज्यालोको घाँटी निमोठियो । घरका ढोका चिहाउँदा चिहाउँदै थाकेका हामीलाई रातीको १० बजाउन बाध्य भयौ । रातको समयलाई आप्mनो उर्भर भूमिका रुपमा प्रयोग गर्दै गएको तिल गाउँको जाडो निकै लक्का जवान भयो ।

कहरिलो रात 
दिनभरको थकान, भोकमाथि जाडोको जवानीले ग्रसित हामी घरका ढोका चिहाउने कामबाट आजित भयौ । रातको १० बजे आफूले स्वप्न लड्डुका रुपमा दिनभर स्वपान गरेको घर भित्र बस्ने आशलाई तिलाञ्जली दिदैं हामी गाउँको बिचमा भएको एक घरको घाँस राख्ने र तरकारी सुकाउने स्थललाई आप्mनो वासस्थानका रुपमा लिन बाध्य भयौ ।

जिल्लाका नाम चलेका पत्रकार भनिने हामीले रिर्पोटिङ्गका क्रममा न कुनै ठाउँमा वास नपाएर बाहिर बस्नु परेको थियो । नत खाना नपाएर भोकै सुत्नु परेको अनुभव गर्नु परेको थियो । तर अपरचित गाउँमा आफूत ठुलै नाम चलेका हौ भन्ने अहंकारीता पलाएका हामी बबुरा रिर्पोटरका लागि यो निकै नौलो र अनौठो अनुभव थियो ।

कुनै विकल्प नभएपछि तरकारी सुकाएको प्लाष्टिकको पाललाई बिछ्यौनाका रुपमा प्रयोग गरेर आधा घण्टा समय बितायौ । तिलखोलाको शुसाहट सङ्गितमा हाम्रो ज्यानलाई रङ्गमञ्चका रुपमा प्रयोग गर्दै जब तिलको जाडो बहुतै सक्रिय भयो । तब कारोबारमा काम गर्ने साथी रेशमको पेटमा मुशा दौडिन थालेछन् । सिमकोट देखि बोकेका १० वटा रोटीलाई हामीले हिल्सा देखि तिल पुगुञ्जेलसम्म पेटमा हुलि सकेका थियौ । खाने कुराको नाममा हामीसँग थियो त केवल छाउचाउ र बिस्कुट मात्र । भोगलागे टन्न रोटी र भात खाएको हाम्रो भाते बानीमा लागेको भोगलाई चाउचाउ र बिष्कुटले त टसकोमस गर्न सकेन ।

पेटमा लागेको भोक, हातको घडिका सुई र तिल खोलाबाट चलेको हावाबाट जन्मीएको जाडोमा को प्रथम हुने भनेर निकै ठूलो प्रतिष्पर्धा थियो । घडिको सुईले १२ को रेखामा के मात्रै छुन पुगेको थियो । चिसोले सबैलाई उछिन्यो । शुरुमा सामान्य तवरले पालमा पल्टेका हामीलाई छिनभरमै आयल कायल बनायो । जाडोले निकै सताएपछि झोलामा बोकेका सबै कपडा शरिरमा थोपर्दा समेत जाडो दुईको एक भएन ।

जुन वेला सिमकोट छोड्दै गर्दा बोकेको सिलिपिङ्ग ब्यागको झल्झल्ती याद मात्रै आएन कुनै ठाउँको रिर्पोटिङ्गमा जाँदा जो कसैले पनि एकसरो सबै कपडा बोक्नु पर्छ भन्ने अनुभव जीवन भरलाई गरायो ।

रातको साढे १२ बजे चिसो झन जोडतोडका साथ शरिरमा आक्रमण गर्दै थियो । तर हामी सबैले मुख खोल्न लाज मानेर जाडो नभए झै गरेका थियौं । त्यही वेला मित्र रेशमराज रोकायाले अब त अतिभयो भनेर उठे पछि गोरखा पत्र दैनिकका राजन रावतले सहनै नसकेर चिसो छिचोल्दै खित्का छोडे । चिसोले दाह्रा किड्केर भएपनि एक छिन हाँस्यौ ।

भेक र चिसो खप्नेमा अली कमजोर देखिएका रेशमले हिल्साबाट ल्याएको सलाई कोर्न छेउछाउका घरबाट दाउरा चोर्न भ्याय । १८ वटा काँटी खर्चिएर बल्ल आगो बाल्न सफल रेशमले बोलाएपछि साढे १ बजे हामी र आगो बिच भेट भयो । तिन वर्ष घरको चुल्होमा आगोले हात पोलेपछि नजहिले पनि आगो र धुँवादेखि तर्सिने मेरा लागि रातीको त्यो आगो आमाको दुध भन्दा अमृत लाग्यो ।

आगोको रापले एक छेउ तात्ने फेरी अर्को छेउ फ्रीजमा राखेजस्तै हुन थालेपछि फेरीफर्काई गरेर आगो ताप्दा चिसो र निदको फेरी प्रतिष्पर्धा भएछ । संभवत चिसोमाथि निदको बिजय भएछ क्यारे साढे २ पछि अगेनोको वरिपरी सेलरोड झै पल्टीएका हामी निदाए छों ।

बालेको आगो निभेर राप समेत सकिएपछि पुन बिजय यात्रामा चिसोले उछिनेपछि बिहानको ४ बजे हामी फेरी दाह्रा कड्कीदैं ब्यूझियौ । फेरी आगो जगाएर चिसो हटाउने धाउन्यामा लाग्दा लाग्दै बिहानको साढे ६ भयो । ६ बजे पुरै उल्यालो भैसकेको थियो । तिल खोलको पानीको आवाजमा डाँफे अन्य चराचुरुङ्गीका आवाजले राज गर्दै थिए । हामी बिहानको जाडोमा डाँफे र अन्य जीव जनावरा कराएको आवाजको मलम लगाउँदै थियौ । त्यसै बखत हामीले ओत लिएको घरकी घरबेटीले ढोका खोल्नु भयो ।
२ छोरा २ छोरीकी आमा ५० वर्षिय निमा तामाङ्गले घर बाहिर निस्कीए पछि हामीलाई देखेपछि आश्चार्य मान्दै जिब्रो टोक्नु भयो । लामो समय काठमाडौंको सेतोगुम्बामा भएको आप्mनै घरमा बस्ने तामाङ्गले हामीलाई बाहिर प्लाष्टीकको पालमा रात बिताएको थाहापाएपछि निकै प्रयश्चित गरिन ।

तामाङ्गको त्यस्तो प्रायश्चितले हामीलाई अघिल्लो रात ढोका नखोलेको घटनालाई ओझेल पार्यो । हामीले कराएको कसैले थाहा पाएन छन् के रे भने सामान्य अड्कल काड्दै न्यानो घरभित्र छिर्न पाएपछि मख्ख भयौ ।

घरमा छिरेको झण्डै आधा घण्टासम्म तामाङ्गले नाम्ताङ्ग र सातु दिएर हाम्रो रातभरको जाडो हटाउने उपाय निकालिन । रातको जाडो र अघिल्लो दिनदेखिको भोगले सिथिल बनेका हामीले जब शरिरमा केही राहात महशुश गरेपछि मात्रै थाहा पायौ । तिलमा साँझ सात पछि जस्तो मान्छे आएपछि ढोका नखोल्ने चलन रहेछ ।

उनले अमिलो मन गर्दै हामीलाई भनिन के गर्नु सर ! गाउँले बनाएको नियम हो यस्तै छ । गाउँका सबैले नियम पालनना गर्नु पर्छ । वर्षाको समयमा सबै पुरुष ताक्लोकोटमा हुने भएकाले घरमा बुढाबुढी र महिला मात्रै भएपछि आप्mनो आत्म र घरको धनमालको सुरक्षाका लागि परम्परागत रुपमा गाउँलले बनाएको नियमका कारण तिल गाउँका स्थानीयले सामुहिक नियम नै बनाएर साँझ ७ बजे पछि जस्तो मान्छे भएपनि ढोका नखोल्ने नियम बनाएको तामाङ्गले खुलासा गरिन । अनी हामी सबैले एकै श्वरमा भन्यौ “नियम थाहा नपाए हामीले त कहरपुर्ण रात बितायौ अब कसैले यस्तो अवस्था रात बिताउन नपरोस् । ”

Tuesday, June 5, 2018

योग्य मन्त्री पदको सूचना !

सूचना ! सूचना ! ! सूचना ! ! !
मन्त्री पदपूर्तिका लागि जरुरी सूचना
संघियताले देश छिन्न भिन्न भएको
राष्ट्रिय ढुकुटी ऋणात्मक तिर गएको
पद व्याएको 
राजकाज अन्यायको
अपहेलना न्यायको
मन्त्री पद व्याएको
विकासोन्मूख नेपालमा
करोडपतिको इन्ट्रान्स परिक्षा पास गरेको
एक कुसल मन्त्रीको आवश्यक्ता परेकोले
योग्य दुई देशका नागरिकले तुरुन्त सम्पर्क गर्नु होला ।


सूचना ! सूचना ! ! सूचना ! ! !
योग्य मन्त्रीको लागि सूचना
सुन, खुन र छुन (रकम छिन्ने) मैत्री पाठशाला पढेको
ठेकदार, एनजिओ, व्यापार र लुटवादको युद्ध लडेको
राती एक, बिहान अर्कैपार्टीमा योगदान दिएको
दुइलाइन सर्घषमा
कतै हस्ताक्षर त, कतै आँशु छोडेर
विश्वाशको मत लिएको
सके सबैतिर, नभए मुख्य केन्द्रमा घर भएको
खुवाउन र रुवाउन सक्ने
अर्थयोग्य,
चाकडी र चिप्लेशास्त्रमा विज्ञ
कुसल मन्त्रीको आवश्यक्ता परेकोले
इच्छुक महानुभावले
नेपाल, भारतका बाणीज्य बैंकका खाता केन्द्र
नगदे झोला र महंगा हेटलमा
तुरुन्त सम्पर्क गर्नुहोला
मनग्यलाई योग्य मन्त्रीको पगरी तयार छ
विकासोन्मूख देशको विालसी नागरिक बन्ने
बस ......
विकासोन्मूख देशको विालसी नागरिक बन्ने
सकै पाउण्ड नसकै क्रमैश युएस, युआन, आइसी
त्यो पनि नभए नेरुमै सम्पर्क गर्नु होला
तत्कालै मन्त्रीको नियुत्ती पत्र थामाइने छ ।

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...