होली !
तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली
लडो बढ्यो देउता छोड्यो, उखान गर्थे बाले
हाम्रो मिठो सामीप्यता, कस्ले लियो खोली ?
आँखिर गलत मनै रैछु, मौका पाएँ हिरा फोरे
यताउता नहेरे रै, लिएँछु न तोली
नसके जीवनको भारी, म पनि त बिसाई दिन्छु
तर पनि तिर्ने मन छ, बचनको त्यो गोली
गन्तव्य फेरियो की ! भदौरै भेल आयो ?
सँगै तर्न नसकिने, यो जीवनको खोली
आँखिरमा हिक्मतीलो, म पनि रहेन छु
फेर्न पनि सकिएन, तिम्रो फाटो चोली ।
Labels: Holly, Humla, Karnali, Nabaraj Mahatara, Nepal, Simkot
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home