Friday, March 11, 2016

सयम तिमी अनी म !

ए समय !
झण्डै तिन दशकमा हजारौ पटक
आँखा अमिलो बनायौ,
अाँशूमा खित्का छोड्नेको बिजय
रोदनमा अनुहार चाउरी पार्नेको मौनता
अनी
शारिरिक, मानसिक, भौतिक तड्पन त कतिकति
अन्तरमनको द्धन्द्धले लाखौ सपना शहिद भए
करोडौं आकांक्षाको वलिदानी
आखिर उपलब्धी क्रोध र रोधन नै त भयो ?
त्यसैले त म आज कुर्लेर भन्दै छु,
ए समय !
तेरो र मेरो राशी वर्ग के मिलेन ?
साढे साती लाग्यो भनौ भने
सँधै चन्द्रमा दाहिने थिए
अढली दशा आयो भनौ भने
परिस्थितीको दान, सामिप्यताको भेटी नचढाएको पनि त होइन
तर आज आएर लाग्छ
तिमी समय !
अनी मेरो जिन्दगी !
गन्तव्य हिन यात्रा
लक्ष्य हिन सपनीमा बग्दैछ
बस् मानसरोवर देखि गंगापुत्री सम्मको
कठिन यात्रा !
लक्ष्य हिन सपनीमा बग्दैछ
अविरल ! अविरल ! ! ! अविरल ! ! !
                                                  २०७२ साल फागुन २८ गते सिमकोट 

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...