Tuesday, January 19, 2016

दशैं

घरमा कौवा नवास्नु है, आउन पाउने छैन मत
पिडा पर्ला परिवारलाई, मुटु पोल्ला भत भत ।

नआए भो दशैँ तिहार तन मन दुखाउनलाई
फेरी पनि उस्तै गरि एक्लो भई बस्नु छत
पिडा पर्ला परिवारलाई मुटु पोल्ला भत भत ।

बर्षौ देखी औँला भाँचि घर जाने दिन् गन्दानी
दशैँ तिहार भन्नु छैन कस्तो ठुलो नसिहत
पिडा पर्छ आँसु झर्छ मुटु पोल्ला भत भत ।

नहेरे भो बाटो मेरो नराखे भो जमरा नि
घर आउने कानमा लाउने भएन त बरगत
घरमा कौवा नवास्नु है आउन पाउने छैन मत
पिडा पर्ला आँसु झर्ला मुटु पोल्ला भत भत ।

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...