Tuesday, January 19, 2016

घरजाने

घरजाने मन त थियो सकिएन काम पनि
काम नगरि कहाँ पाउनु, हरे दैव माम पनि
मलाइ सम्झी नरुनु है आमावुवा, साथीसंघी अनी वाल सखापन ि
भाडुल्कीले मरो गला, भैसके छ जामपनि
ड्युटी, तलव, अढाई मेरो सकिएन अँझैपनि
लाग्न थाल्यो जीवन पनि, रहेछ है धामपनि
बााचेभने अर्को साल दशै बनी घर आउँला
होइन भने नियतीमै, जाउँला परधाम पनि
घरजाने मन त थियो सकिएन काम पनि
काम नगरि कहाँ पाउनु, हरे दैव माम पनि

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...