Thursday, August 13, 2015

अँझै रोकीएन अखण्ड कर्णालीको आन्दोलनः शिर्ष नेताले अपमान गरेको अरोप

नवराज महतारा 
 साउन २८, हुम्ला । अखण्ड कर्णालीको माग सहित कर्णालीका पाँचको आन्दोलन झन चर्किदै गएको छ । 
६ प्रदेश सहितको संघियताको खाकाले कर्णालीको अस्थित्व समाप्त पारेको भन्दै जारी आन्दोलनका विषयमा प्रमूख चार राजनीति कदलका शिर्ष नेताहरुले प्राथमिकता नदिएको भन्दै कर्णालीमा अखण्ड आन्दोलन थप चर्कदै गएको हो । 

आज जुम्ला जिल्ला प्रशासन कार्यालय अगाडी भएको आन्दोलनकारी र सरक्षाकर्मी बिच भएको झडपमा केही आन्दोलनकारी घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको एमाले नेता देवीलाल थापाले जानकारी दिए । शुरुका दिनमा भन्दा तुलनात्मक रुपमा केही शान्त देखिएपनि आन्दोलनमा स्थानीय वासिन्दाको सहभागित बढ्दै गएको छ । आन्दोलन शुरु भएको पाँचौ दिन जुम्लामा राजनितिक दल, नागरिक समाज, महिला र बालबालिका संयुक्त रुपमा सडकमा उत्रिएका छन्  । नेकपा माओवादी बैद्यले नेतृत्व गरेको आजको आन्दोलन अन्तरगत खालंगा बजार परिक्रमा गरी बिरिन्न बिरोधका कार्यक्रम गरेको नेकपा माओवादी जुम्लाका सेक्रेटरी नवराज न्यौपानेले जानकारी दिए । अखण्ड कर्णालीको माग गर्दै चौथो दिन देखि अनसन समेत शुरु भएको जुम्लामा गाउँगउँ बाटआएका स्थानीय वासिन्दाले जिल्ला पुरै ठप्प पारेका छन् । सुदुपश्चिम जाँदैनौं, बरु जागिर खादैनौं भन्ने नारा सहित जिल्लाका निमामति कर्मचारी समेत आन्दोलनमा उत्रिएका छन्  । कर्णाली अञ्चलको पहिचान हराउने सडयन्त्र गरेकाले त्यसको विरुद्धमा कार्यालयको काम छोडेर आन्दोलनमा लाग्न बाध्य भएको निजामती कर्मचारी युनियन जुम्लाका अध्यक्ष यमराज कार्कीले बताए । 


गएको पाँच दिन देखि हवाई सेवा सहित ठप्प भएको हुम्लामा समेत आन्दोलन रोकीएको छैन् । जिल्लाका सबै राजनीतिक दल, नागरिक समाजको संलग्नतामा जारी आन्दोलन अन्तरगत नारा जुलुश सहित जिल्लाका विभिन्न ठाउँमा कोणसभा गरिएको एमाले नेता डवल रावलले बताए । आप्mना माग संवधोन नभए जिल्लाका सबै विद्यालय ठप्प पारी सिमकोटमा जनप्रदर्शनको तयारी भैरहेको राप्रपा नेपालका केन्द्रिय सदस्य वृषबहादुर महतले जानकारी दिए । कालिकोट, मुगु र डोल्पामा समेत आन्दोलन जारी छ । 

आन्दोलनका पछिल्ला कार्यक्रम अन्तरगत कर्णालीका सवै राजनीतिक दलका जिल्ला स्तरिय नेताहरुले पार्टी त्याग गर्नु परेपनि पार्टीको केन्द्रिय ह्वीप नमान्ने चेतावनी दिएका छन् ।  आजसम्म केन्द्रका नेताहरुको सबै प्रकारका निर्देशन मान्दाको अवस्था सबैले अधिकार पाउने अवस्थामा आफ्नो अस्थित्व सहिएका कारण अखण्ड कर्णाली नभए सम्म केन्द्रिय नेताको कुनै कुरा नसुन्ने एमाओवादी हुम्लाका नेता विरजंग शाहीले बताए । आन्दोलन पछि आप्mना आवाज सुन्ने आशमा बसेकोमा शिर्ष नेताहरुले थप निराश बनाएकोले आन्दोलन थप चर्काउने चेतावनी नोपली कंग्रेस मुगुका नेता हस्तबहादुर मल्ले दिए । 


बन्दले जनजीवन कष्टकर बन्दै  


पाँच दिन देखि अखण्ड कर्णालीको माग गर्दै जारी आन्दोलन बढ्न थालेपछि कर्णालीको जनजीवन कष्टकर बन्दै जान थालेको छ । 
आन्दोलनले एक मात्र हवाई सेवा समेत ठप्प भएपछि जिल्लाबाट रिफर गरिएका बिरामीलाई उपचार गर्न समेत समस्या भएको छ । बन्दले हवाई सेवा बन्द भएपछि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको इन्ट्रान्स परिक्षा लगायतका अन्य कामका लागि जिल्ला बाहीर जाने विद्यार्थीलाई समेत मर्का परेको  छ । आफूले काठमाण्डौबाट फराम भरेको भएपनि ३० गते हुने परिक्षामा सामेल हुन नपाउने समस्या भएको श्रीनगर ८ का दिपक महताराले बताए । जिल्लाको सबै क्षेत्र ठप्प भएपछि नेपालगञ्ज, सुर्खेत देखि जहाजबाट ढुवानी हुन नसके पछि सामानको समेत हाकार हुन थालेको आदित्य जनरल स्टोरका आनन्द महतले जानकारी दिए । बन्दले जिल्लाका सबै विद्यालय बन्द भएपछि आर्ध वार्षिक परिक्षाको तयारी गरेका विद्यार्थीको परिक्षा समेत रोकीएको भिइ मुगु ४ का रामु कार्कीले बताए । विभिन्न समयमा भएको बन्दले यस वर्ष विद्यालयमा भएको न्यून पढाइका कारण विद्यार्थीको पढाईमा थप गुणस्तर खस्कनेमा भिइ २ का सम्पती बुमीको चिन्ता छ । 
अखण्ड कर्णालीको माग सहितको आन्दोलनले जुम्ला जिल्लाको अवस्था पनि कष्टकर बन्दै गएको छ । जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय तथा यातायात समेत ठप्प भएकाले स्थानीय जनजीवन प्रभावित बन्दै गएको छ । जुम्लामा रहेका ४६ ओटा सरकारी कार्यालय, १ सय ६५ ओटा विद्यालय र हवाई तथा सडक यातायात समेत अहिले ठप्प छन् । जिल्लाका ९२ ओटा प्राथामिक विद्यालय, २६ ओटा निमावि र ४७ ओटा माध्यामिक विद्यालय समेत बन्द गरेर विद्यार्थी तथा शिक्षकहरु आन्दोलनमा लागेका छन् ।  विशेष अधिकार सहितको  स्वायत्त कर्णाली प्रदेशको माग  गर्दै आन्दोलनमा लागे पछि केही विद्यालयको अर्धवार्षिक परिक्षा समेत रोकिएको चन्दननाथ उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक राजुसरण न्यौपानेले गरिरहेका छन् । 
सडक देखि हवाई यातायात ठप्प हुँदा परिक्षा दिनको लागी सुर्खेत नेपागंजको लागी जाने  जुम्लाका विद्यार्थी समेत यतिबेला मर्कामा परेका छन् । लगातार रुपमा ५ दिन सम्म बन्द हुँदा आफुहरु मर्कामा परेका उनिहरुले बताएका हुन् । बन्दले कालिकोटको जन जीवन प्रभावित बन्दै गएको छ । कालिकोटको सदरमुकाम मान्ममा सरकारी कामका लागि गाउँ देखि आएका स्थानीय वासिन्दाले होटेलमा बस्नु पर्दा ठूलो आथिृक भार परेको उनीहरुले प्रतिक्रिया दिएका छन् । संविधान सभाका प्रमूख चार दलका नेताहरुको पछिल्लो वक्तव्यले कर्णालीका वासिन्दाले आन्दोलन स्थगनको साँटो थप चर्काउने संकेत गरेका छन्  ।

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...