Tuesday, July 14, 2015

नेपाल पत्रकार महासंघको तत्कालिक प्रतिक्रिया

अर्थमन्त्रीद्वारा आज संसदमा प्रस्तुत आगामी आवको बजेट वक्तब्यमा पत्रकारिता क्षेत्रका सम्बन्धमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टको तत्कालिक प्रतिक्रिया—
१. बजेट वक्तब्यमा श्रमजीवी पत्रकारका प्रमुख सरोकारका क्षेत्रलाई समेटिएन ।
२. महाभूकम्पको पीडामा परेका प्रसारणमाध्यमको नवीकरणमा पुरै र रोयल्टीमा ५० प्रतिशत छुट दिने घोषणा स्वागतयोग्य छ । तर, त्यही भूकम्पबाट प्रताडित श्रमजीवी पत्रकार, कर्मचारी, कामदारका विषयमा एक शब्द पनि नबोलिनु दुःखद कुरा हो । मृतक, घाइते र ठूलोमात्रामा भौतिक क्षति व्यहोरेका तथा उपकरण गुमाएका पत्रकार, भवन भत्किएका महासंघका शाखा भवन पुनर्निर्माण एवं सोही भूकम्पबाट उस्तै क्षति व्यहोरेका छापामाध्यम र अनलाइनप्रति पुरै बेवास्ता गरियो । 
३. पत्रकारको बीमा, द्वन्द्व पीडित पत्रकार कल्याणकोष स्थापना र स्वास्थ्य उपचारको विषयमा वक्तब्य मौन रह्यो । पत्रकारितामा लामो समय योगदान दिएका वरिष्ठ पत्रकारको जीवनवृत्ति र समग्र पत्रकारको सामाजिक सुरक्षाको विषय समेटिएन । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, मिडियामा समावेशीकरणसम्बन्धी प्रतिवेदन र लैंगिक निर्देशिका कार्यान्वयन जस्ता विषय पनि कतै उल्लेखसम्म भएन ।
४. पत्रकारको दक्षता अभिवृद्धिका लागि राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने कुरा नेपाल पत्रकार महासंघको सल्लाह, सुझाव र ब्यापक लबिङमा अघिल्लो वर्षको वजेटमा समावेश भई संसदबाट पारित भएको विषय हो । प्रारम्भिक चरणमा महासंघको भवनमै स्थापना गर्ने गरी महासंघको अवधारणा र कानुनी संरचनाको खाका प्रस्तुत भई थप गृहकार्य गर्न सूचना तथा सञ्चार मन्त्रालयबाट कार्यदल गठन भई त्यसले काम गरिरहेको अवस्थामा हालसम्मका छलफलमा कहीँकतै विषय प्रवेश नै नगरार्ई तथा नेपाल पत्रकार महासंघसँग सामान्य परामर्शसमेत नगरी फेरि नयाँ नाम दिएर त्यसलाई पुनःउल्लेख गरियो । यसले प्रतिष्ठान गठन नगर्दै विवादमा पार्ने काम मात्र हुन पुगेको छ । 
५.अघिल्लो वर्षमै घोषणा भएको सार्वजनिक प्रसारण सेवा स्थापना, सूचना आयोगको प्रवद्र्धन, राससलाई सरकारी निजी साझेदारीमा चलाउने जस्ता कुराको पुनरावृत्ति गरियो तर प्रेस काउन्सिलको पुनर्संरचना र क्षमता अभिवृद्धि, मिडिया क्षेत्रमा स्वनियमनकारी निकायको स्थापना, लोककल्याणकारी विज्ञापनको रकम वृद्धि जस्ता विषय समेटिएन ।  
असार २९, २०७२  

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...