Wednesday, April 22, 2015

सिजनाल फ्लुका कारण ६ जनाको ज्यान गयोः छिप्रामा स्वायन फ्लुको आशंका

नवराज महतारा
 वैशाख १०, हुम्ला । जिल्लामा फैलिएको सिजलन फ्लुका कारण हुम्लामा ६ जनाको ज्यान गएको छ भने २ जनाको मृत्यु भएकोे छिप्रा गाविसलाई स्वायनु फ्लुको आशंका भन्दै जिल्ला स्वास्थ्य कार्यालयले बिरामीको नमुना काठमाडौ पठाउने तयारी गरेको छ ।
चैत पहिलो साता देखि फैलिएको मौशमी फ्लुका कारण जिल्लाको कालिका र डाँडाफयामा १÷१ जना, श्रीनगर र  छिप्रामा २÷२ जना गरी ६ जनाको ज्यान गएपछि जिल्ला स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन जिल्लाका सरोकारवाला निकायलाई आग्रह समेत गरेको छ । दिन प्रतिदिन गाउँमा बिरामीको संख्या बढ्दै गएको सदरमुकाम सिमकोट देखि ७ कोष टाढाको छिप्रामा सिनियर अहेव हरिभक्त शाही नेतृत्वको टोली खटाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमूख डा. अनिककुमार गुप्ताले जानकारी दिनु भएको छ । टोलीले एकै गाउँमा १७ जना साना वालवालिका र अन्य बिरामीको संख्या रहेकाले बताएपछि छिप्रालाई संकाष्पद क्षेत्रका रुपमा आफुले राखेको उल्लेख गर्दै बिरामीको रगत इडिटियुव ट्युवमा राखेर परिक्षणका लागि टेकु अस्पताल पठाउने डा. गुप्ताले बताए । मौशमी रुघाखोकीका कारण बिरामी परेको छिप्रा गाविस लेख गाउँका गोपाल जेठाराको जिल्ला अस्पतालमा ल्याएकै दिन मृत्यु भएपछि झस्कीएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले जिल्लाका सबै स्थानीय स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीको भेला बोलाएर हाइअलर्टमा रहन आग्रह गरेको छ ।
शुरुमा नाक, कान घाँटी दुख्ने, ज्वरो आएर शुरु हुने बिरामीले पछि शरिर गल्दै गएर वालवालिका र वृद्धवृद्धाको ज्यान गएका खबर आएपछि आफूले उच्च सर्तकता अपनाएको डा. गुप्ताले जानकारी दिएका छ् । जिल्लामा स्वयन प्mलु नभएको दावी गरेका प्रमूख गुप्ताले छिप्राबाट आएका बिरामीको लक्षण अली गम्भीर प्रकारको भएका कारण अलिहे खटाएको स्वास्थ्यकर्मीको टोली जिल्लामा पुग्ने बित्तिकै आफै जाने बताए । स्वायन प्mलु र शिजनल प्mलुको लक्षण एकै प्रकारको भएका कारण ल्याव टेष्टको रिर्पोट नआउञ्जेल सम्म केही भन्न नसक्ने बताएका जिल्ला स्वास्थ्य कार्यालय प्रमूख गुप्ताले जिल्लाको अधिकांश क्षेत्रमा मौशमी प्mलुको संक्रमण बढ्दै गएको स्विकार्नु भएको छ । चिसो मौशमबाट गर्मी मौशम शुरु भएसँगै जिल्लाका दर्जन भन्दा बढी गाविस प्रभावित भएका छन् । शुरुमा नाक बुझीएर शुरु हुने उक्त रोगले एक सातामै थलापार्ने गरेको श्रीनगर ८ का असौजे महताराले बताए । हरेक गाउँमा ९ देखि १० जना बिरामी भएको श्रीनगरमा २ जनाको मृत्यु भएको  छ । स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधी नभएका कारण समेत केही कठिनाई भएको कालिका ४ का दिबहादुर रोकायाले बताए । रोगले जिल्लाको दक्षिण क्षेत्रका ५ वटा गाविस सहित दार्मा, साँया, छिप्रा, डाँडाफया, स्याँडा, मुचु लगायत दर्जन भन्दा बढी गाविसलाई प्रभावित पारेको छ । बुधबार (हिजो) जिल्लाको उत्तर तर्फका गाविसमा समेत बिरामीको संख्या बढेको खबर आएपछि जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य कर्मीको टोली उत्तरी क्षेत्रमा पठाएको जिल्ला स्वास्थ्य कार्यालयका सुपरभाईजर समेत रहेका सूचना अधिकारी नरेशवावु श्रेष्ठले बताए । स्थानीय स्तरमा स्वास्थ्यकर्मी खटाएर आफूले हाइ अलर्ट बस्ने भनेको जिल्ला स्वास्थ्य कार्यालयले दावी गरेको भएपनि गाउँमा स्वास्थ्यकर्मी नभएको मैलाका नरद्धीप थापाले जानकारी दिएका छन्  । गाउँमा बिरामीको संख्या बढेको बताएका थापाले जिल्लाबाट गएका स्वास्थ्यकर्मी गाउँमा १ दिन हाजिर गरेर स्वास्थ्य संस्थाबाट बाहिरिएको बताएका छन् ।
गाउँमा प्रतिदिन बिरामीको संख्या बढ्न थालेपछि जिल्ला स्वासथ्य कार्यालयले जिल्लाका ६ स्थानमा एर्ककृत घुम्ती शिविरको आयोजना गर्ने तयारी गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमूख डा. अनिल गुप्ताको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले मौशमी प्mलुबाट बढी प्रभावित भएका क्षेत्रका लागि खार्पुनाथ, लाली, सर्किदेउको लिप्ने, साँयाको सर्केघार्ड, श्रीमष्ठाको सलिसल्ला र श्रीनगरको गल्फागार्डमा १ देखि ३ दिन सम्मको शिविरको आयोजना गर्न लागिएको बताइएको छ ।
कम नहुँदा औषधी ढुवानीमा समस्या
सरकारले जिल्ला स्वास्थ्य कार्यालय देखि गाउँमा रहेका स्थानीय स्वास्थ्य संस्थामा औषधी ढुवानी गर्ने रकम कम पठाएका कारण औषधि ढुवानमा समस्या परेको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ । सरकारले केन्द्रिय नीति अनुशार भन्दै जिल्ला स्वास्थ्य कार्यालय देखि प्रति केजी प्रति कोष २ रुपैयाँ ५० पैशा मात्रै निे गरेको र स्थानीय स्तरको दर बढी भएका कारण औषधी ढुवानीमा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका नरेशवावु श्रेष्ठे गुनाशो गरे । स्थानीय स्तरमा अन्य सामानको ढुवानी रकम बढी दिने गरेकाले सोही अनुुशारको रकम औषधी ढुवानीमा दिन नसएिकोले टाढाका स्वास्थ्य संस्थामा औषधी अभाव भएको स्विका र गरेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमूख डा. अनिक कुमार गुप्ताले आफूले क्षेत्र देखि केन्द्रसम्म आग्रह गरेपनि ढुवानी रकम नबढेका कारण औषधी पठाउन नसकिएको बताए । औषधी पठाउने ढुवानी रकम नभएको भन्दै जिल्लाका टाढाका स्वास्थ्य चौकीमा पठाउने औषधी सिमकोटका होटेलमा समेत भेटिने गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...