Sunday, September 22, 2013

धेरै पछीके नेपाल यात्रा


धेरै दिनको अन्तरालमा म आएँ नेपाल,
धेरै फरक देखेपछि कन्याए कपाल,
मेरो ज्ञान त बाजे भछ, बाटाघाटा फरक पनि 
एरपोर्ट देखि कोठा पुग्दै कस्तो भो बेहाल 
समय त गैसके छ, म मात्रै जहाँको तही 
अव मेरै यथास्थितीलाई दुनीया नियाल 
धेरै दिनको अन्तरालमा म आएँ नेपाल,
धेरै फरक देखेपछि कन्याए कपाल,

म अनी कम्प्युटर


घरबार, वावा आमा, भयो कम्प्युटर
घरपरिवार नभएनी, रह्यो कम्प्युटर
जीवन, दिन, काम कम्प्युटर एक सिक्काका दुइपाटा
बिस घण्टे दैनीक चाप नी, सह्यो कम्प्युटर
तरो दर्शन नगरी त, खानाई पच्दैन मेरो
तेरोपनी स्वतन्त्रता, गयो कम्प्युटर
तलाई अक्सीजन हैन्, एसी डिसी चाहीने रे
जीवनलाई ओह्रालो तीर, लयो कम्प्युटर
घरपरिवार नभएनी, रह्यो कम्प्युटर
बिस घण्टे दैनीक चाप नी, सह्यो कम्प्युटर
तेरोपनी स्वतन्त्रता, गयो कम्प्युटर



                                                   भाद्र २९ गते ०७०