Saturday, August 19, 2017

नेपाल पत्रकार महासंघको कार्यकाललाई आफैले तौलिदा


आजभन्दा झण्डै ठिक ३ वर्ष चार महिना अघि जब म नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्यको उम्मेरदारको तयारी गर्दैगर्दा बोलेका कुरलाई आप्mनो कार्यकाल सकाएर छोड्दै गर्दाको समयमा एक पटक पुन स्मरण गर्न मन लाग्यो । आदरणीय अग्रह, सहकर्मी साथीहरु र आम मतदाता मित्रहरुको बिचमा मैले त्यो दिन २ सय ५७ शब्दमा कर्णालीको पत्रकारिताको विगतलाई प्रष्ट्याउँदै केही प्रतिवद्धता गरेको आजै हो जस्तो लाग्छ । 
खासमा मैले त्यस वेला पत्रकार महासंघ जस्तो गरिमामय संगठनमा प्रवेश गर्दा जस्ताको तस्तै के लेखेको थिए भन्ने कुरा यो लिंकhttp://nabarajmahatara.blogspot.com/2014/05/blog-post.html मा हेर्न सक्नु हुन्छ । जसलाई आफै स्वमुल्यांकन गर्दा तिन वर्ष चार महिनाको अन्तरालमा खासै कार्यकारी पद नभएपनि मेरो कर्मभूमि र जभूमी रहेको विकट भनिने कर्णालीको पत्रकारिताको क्षेत्रमा मुख्य त निम्न उपब्धी भएको अनुरोध गर्न चाहन्छु । 
१) १ लाख ५० हजारको गौरी कठायत पत्रकारिता पुरस्कारको स्थापना 
मेरो कार्यकालको सबैभन्दा पहिलो उपलब्धी भनेकै गौरी कठायत पत्रकारिता पुरस्कार हो । महासंघ जस्तो व्यवसायिक संस्थामा प्रवेशद्धार जे सुकै भएपनि इतिहाँसलाई सम्मान गर्नु पर्छ भन्ने मेरो मान्यता हिजो, आज र भोली जहिलेपनि हुन्छ । त्यसैलाई देखाउने मौका मैले यस पुरस्कारको स्थापनालार्य लिएको छु । हुन म प्रेस चौतारिबाट प्रतिनिधित्व गर्दै पत्रकार महासंघमा प्रवेश गरेको हुँ ।
जुन बाहिर शास्त्रीय राजनीतिका नाममा कुरा आउँछ त्यस अनुशार भएको भए स्वर्गि गौरी दिदीको नाममा पुरस्कार स्थापना नगर्दा पनि अन्यथा हुन्न थियो होला तर कर्णालीबाट पहिलो पटक प्रतिनिधित्व गर्ने अनी उहाँको स्वर्गारोहण दर्घटनाबाट भएकाले मैले कर्णालीको पत्रकारपनि जुनीजुनीसम्म देशभर हरेक वर्ष चर्चामा आवस भन्ने ध्येयले पहल गरे र सफल पनि भयो । यो हाल महासंघ केन्द्रिय कमिथि अन्तरगत रहेपनि १ लाख ५० हजारको अक्षय कोष स्थापना भएकाले जस्तो सुकै बिचार गरेको आएपनि संस्थागत भएको छ भन्ने मेरो ज्वलन्त प्रमाण मात्रै होइन भोलीको नेतृत्वमा आउने मित्रहरुलाई पनि गतिलो पाठ हो भन्ने लाग्छ ।
 
२) रारा मिडया समित 
३ वर्ष ४ महिनाको कायकालको अर्काे उपलब्धी भनेको रारा मिडिया समिट हो । तत्कालिन सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल र नेपालको पत्रकारिता सँग सम्बन्धित (सरकारी, व्यवसायिक र अन्य) सबै निकायमा प्रमूख र प्रतिनिधि सहित २०७१ म्ंसीर २५ र २६ स्वर्गकी अप्सराको बक्क्षस्थल रारामा रारा मिडियो समितिको आयोजना भयो । प्रेस काउन्सील, पत्रकार महासंघ सहि आयोजित कार्यक्रममा नेपाली पत्रकारिताले कर्णालीको बिम्ब बिगारेकाले हरेक सञ्चार माध्यममा (सरकारीबाट हशुरु गर्ने) क्षेत्रमा कर्णाली विटको स्थापना गर्न प्रतिविद्धा र कर्णाली लगायतका दुर्गम जिल्लामाको पत्रकारिताको विकासलाई अनुदानमूखी पत्रकारिताको अभ्यास शुरु गर्ने कुरामा व्यापक छलफल भएर १४ बुधें रारा घोषणा पत्र जारी भयो (http://nabarajmahatara.blogspot.com/search… यो लिंकमा हेर्न सक्नुहुन्छ ) भलै प्रेस काउन्सीलले कर्णालीका मिडिया अध्ययनका लागि समित गठन गर्यो तर काम केही भएन । 
३) सूचना विभागको पास पलिहो पटक दैलोमा
ज्हिलेपनि कर्णालीका पत्रकारसँग नत परिचय पत्र नत नियुत्ती केही पनि हुदैन थियो । जसबाट म आफैपनि प्रताडित थिए । अर्को अर्थमा भन्ने हो कर्णालीमा बाउरे पत्रकारिता व्यप्त थियो । अहिलेपनि त्यसको प्रभाव निकै छ । त्यसलाई कसरी हटाउन सकिन्छ भन्ने समाधानको खोजि महासंघको केन्द्रिय सदस्य पुग्दै निकै सोच बिचारको विषय मेरो थियो । त्यसैले जब सूचना विभागको पासको पहल हुन्छ तब पत्रकारले केही नभएपनि नियुक्ती त पाउँछ भन्ने हिसावले सूचना विभागका तत्कालिन महानिर्देशक लक्ष्मी विलास कोइराला ज्यूसँगको पटक पटकको आग्रहमा दैलेख, कालिकाट हुँदै जुम्लासम्म विभागको प्रेस पास शिविर स१चालन गरियो । अन्य जिल्लामा गर्ने योजना हुँदाहुँदै कार्यकालभरीमा सफल हुन सकिएन । यसभन्दा पछि पनि यसको फलोअप गर्ने नै छु । 
४) क्षत्रिय समितिको नियमित बैठक
हुन त कर्णाली भौगोलिक रुपमा निकै समस्या छ क्षत्रिय समितिको बैठकका सन्दर्भमा । जस अनुशार मैलै जानकारी पाएसम्म अघिल्ला क्षेत्रिय समितिका बैठक बस्दैन थियो भन्ने कुरा जहिलेपनि आउने । नियमित बैठक प्रजातान्त्रीक संगठनको मुटु हो भन्ने केही लिट्रेचर पनी हेर्ने मौका पाएको नाताले मेरो कार्यकालभरीमा ३ वटा क्षेत्रिय समितिका बैठक बसेर कर्णालीको पत्रकारिताका बारेमा केही महत्वपूर्ण निर्णय र पहल समेत भएका छन् । एवम् रितले माताहतका जिल्लाका बैठक, भेला अधिवेशन सम्पन्न गर्न जिल्ला शाखाका साथीहरुले समेत निकै सहयोग गर्नुभयो । 
यी लगायत महासंघ केन्द्रले अघि सारेका दुर्घटना विमा, जेष्ठ पत्रकार सम्मान वृतीमा पाि कर्णालीले सहभागिता जनाएको छ । 
हुन त यि कामले मात्रै मेरो कार्यकाल पूर्णरुपमा सफल भयो भन्ने दावी मेरो हैन तर जुन दिन मैले प्रतिवद्धता गरेछु त्यही लाइनमा केही न केही पहल गरेर पदबाट बाहिरिन लाग्दा तपाई सबैलाई जानकारी गराउनु मेरो कर्तब्य हो । यहाँहरुको शुभेक्षा, सहयोग र सद्भावका लागि हार्दिक आभार व्यक्त गर्दै म पूर्णकालिन पत्रकार मात्रै होइन पत्रकारिताको व्यावसायिक विकास र अवधारणको अभियान्ता समेत हुने प्रण गर्दछु धन्यवाद । 
नवराज महतारा 
केन्द्रिय सदस्य तथा कर्णाली संयोजक 
नेपाल पत्रकार महासंघ 
२०७४ भाद्र ३ काठमाडौं

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...