Wednesday, August 13, 2014

कालीकोटे पत्रकारिताको विवशता

                                                       नियात्रा


टिनिनि ...टिनिनि...मोवाइलको घण्टी बज्यो
हेलो ! तपाईहरू कता हुनुहुन्छ ?
अध्यक्ष ज्यू हामी सुर्खेतमा कालिकोट शाखाको बारे सुर्खेतमा भएका कालिकोटका साथीहरूसँगको छलफलमा छौं ।
त्यसो भए ठिक छ ! तपाइहरूलाई पूर्ण जिम्मेवारी सहित एउटा अर्को महत्वपूर्ण मिशनमा पठाउने निर्णय हामीले गरेका छौं । उहाँको कुराले मनमा धेरै कुराहरू खेलिरहे । के मिशन रहेछ ? कहाँ जानु पर्ने हो ? यसरी आत्मकेन्द्रित सञ्चारद्वन्द्वले प्रश्रय पाएकै वेला उहाँले मिशनमा मध्यपश्चिम संयोजक झलक गैरे सहितको २ सदस्यीय टोली सहभागि रहने थप जानकारी दिनु भयो । अध्यक्ष डा. महेन्द्र विष्टको फोनको जवाफमा महासंघको जुनसुकै जिम्मेवारीपनी आफूले इमान्दारिता पूर्वक बहन गर्न तयार रहेको बताउँदै मिशनको थप विवरण जान्ने प्रत्यन्त गरियो । जुन जिम्मेवारी कालिकोटमा समचार लेखेकै भरमा जिल्लाका अधिकारी र केही जिम्मेवार निकायको धम्कीपछि जिल्ला छोडेर महासंघ केन्द्रमा गुहार्न पुगेका पत्रकार रमेश रावलको सत्यतत्थ्य पत्ता लगाउँदै विस्थापित पत्रकार रावललाई जिल्लामा निर्भयताका साथ पुर्नस्थापना गराउनका लागि सामुहिक पहल समेत गर्नु पर्ने थियो ।
 प्रसंङ्ग गएको असार ७ गतेको हो । बिहानको १० बजेको समय थियो । सिमसिमे पानी सहितको सुर्खेती भूमीमा मध्यपश्चिम इन्चार्ज झलक गैरे र म गत फागुनदेखिको नेपाल पत्रकार महासंघ कालिकोट शाखाको विवाद समाधानकालागि कालिकोट जानेक्रममा काम विषेशले कालिकोटबाट सुर्खेत झरेका महासंघ कालिकोट शाखाका पूर्वअध्यक्ष तुलाराम पाण्डे सहितका केही पत्रकारहरूबिच महासंघ कालिकोट शाखाको विवादलाई कसरी समाधान गर्न सकिन्छ भनेर सुर्खेतको सम्राट होटलमा छलफल गरिरहेको वेला महासंघका अध्यक्ष डा. विष्टसँगको टेलिफोन वार्ताको हो । अध्यक्ष विष्टको टेलिफोनि पछि मध्यपश्चिम संयोजक गैरेसँग बसेर पछिल्लो घटनाका बारेमा केहीवेरको आन्तरिक छलफल समेत भयो । मिशनका दुई सदस्य बिचको छलफलपछि महासंघले दिएको जिम्मेवारी जसरी भएपनि पुरागर्ने कुरामा एकमत हुँदैं कालिकोटका उपलब्ध पत्रकार साथीहरूसँग प्रारम्भीक सूचना संकलन गर्ने सहमतीमा पुगियो । सुर्खेतमा उपलब्ध कालिकोटका पत्रकारहरूसँग बिस्थापित पत्रकार रमेश रावलका बारेमा लगिएको प्रारम्भीक सूचनाले एकाएक झसङ्ग मात्रै बनाएन लोकतान्त्रीक गणतन्त्रको समयमापनी समाज रुपान्तरणका निम्ती मैनबत्तीको भूमिका निर्वाह गरेका पत्रकारहरू आफ्नो पेशामा कतीका सुरक्षीत छन त ? भन्ने प्रश्न मनमा खेलिरह्यो !

करङ्ग भाच्ने कर्णाली राजमार्गको त्रासदी यात्रा

पत्रकार महासंघको साङ्गठनिक कामका सिलसिलामा कालिकोटको बाटो नाप्नु पर्ने मनसायका साथ सुर्खेत पुगेको टोलीकालागि महासंघले पत्रकार बिस्थापित जस्तो संवेशनसिल जिम्मेवारी थपेपछि ढिला नगरी कालिकोट जानुको कुनै विकल्प थिएन र साही अनुशार अघीबढ्ने हामीले निधो ग¥यौ । वर्षाको समय त्यसमा पनि सिमसिम पानी परिरहेको थियो । कर्णाली राजमार्गको नियमीत यातायात बन्द भएर कालिकोटको सेरीघार्ड पुग्नपनि बाटोमा हैरानी व्यहोर्नु पर्ने र त्यहाँबाट मान्मा पुग्न झण्डै ३ घण्टा हिड्नु पर्ने जानकारी हामीलाई आइरहेका थिए तर जस्तोसुकै समस्याको वावजुत पनि कालिकोट गएर महासंघको गहन जिम्मेवारी पुरागर्ने अर्जून दृष्टीकासाथ हामीले जाने नै निधो गरेपछि महासंघ कालिकोटका अध्यक्ष कालिबहादुर मल्ल र पूर्व अध्यक्ष तुलराम पाण्डेसँगको समन्वयमा सुर्खेत स्थित एक ट्राभल्सको गाडीमा जाने निधो भयो । सबै तयारी गर्दै हामीलाई सुर्खेत छोड्नै बिहानको साढे ११ बजिसकेको थियो । मिशन टोलीका हामी दुईजना (झलक गैरे) सहित कालिकोट शाखाका पूर्व अध्यक्ष पाण्डे, पत्रकार खगेन्द्र भट्टराइ र सेभ द चिन्ड्रेनमा काम गर्ने कालिकोटकै प्रमोद न्यौपाने सहित ५ जनाको टोली मनमा डरैडरले सुर्खेत–दैलेख महावुअ मार्गहुदै अघी बढ्यौ ।



 महसंघ कालिकोटको विवादको समाधान, बिस्थापित पत्रकार रावलको अवस्था बुझ्ने कामका बारेमा मनमा अनेक प्रकारका तरङ्गहरू तरङ्गीत भएको वेला दैलेखको सियाकोट जिरोपइन्टमा हामीले चढेको गडीको एक्कासी ब्रेकफेल भएको घटना अहिलेपनि सम्झदा सात्तो जान्छ तर संयोगवश नै मान्नुपर्छ त्यही स्थनामा गाडी मर्मत गर्ने मेकानिक्स अर्को गाडी मर्मत गरिरहेका कारण १०÷१५  मिनेटको पर्खाइ पश्चात हामी तल्लो डुङ्गेश्वरको बाटो लाग्यौ । बाटोको यात्रा सँगै परेको सिमसिम पानीले रमणीय मान्दै प्रफुल्लीत भएको मन जव हामी चढेको गाडी रतीखोलामा पुग्यो तव फेरी झस्कीयो । कारण खोलामा पुल थिएन तर खोलाको पानी बढेकाले गाडी जान नसक्ने भन्दै धेरै गाडी र मोटरबाइकहरू खोलाको दुई कीनारामा रोकिएका थिए । आखिर हामीलाई खोला तर्नुको विकल्प पनि थिएन् । कालिकोट पुग्न ढिला हुने भो भन्ने हतारोपन मनमा जिवन्तै थियो । अब के गरेर जाने होला भनेर गाडीबाट ओर्लीदै खोलाको कीनारा चाहर्दै दृश्य क्यामरामा कैद गरिरहेको वेला हामी चढेको गाडीका ड्राइभरले ल चढ्नु होस भन्दै खोलामा गाडी गुडाय जुन हेर्नेका लागि साहसिक थियो त हामी चढ्नेका लागि अनिश्चित यात्रा .....!


दैलेखको तल्लो डुङ्गेश्वरको पुल पारगरे पछि मात्रै कर्णाली राजमार्गको औपचारिक यात्रा शुरु भएको बाटोको गतिले आफै प्रष्ट पार्दथ्यो । तल्लो डुङ्गेश्वर देखि कालिकोट र दैलेख जिल्लाको सिमाना ................सम्म मात्रै ६३ स्थानमा बाटो पुरै क्षतविक्षत भएको देख्दा सुर्खेत नेपालगञ्ज, दैलेख र कालिकोट बिचको अन्तरलाई एकपटक फेरी बुझ्ने मौका मिल्यो । बाटोको कुनै स्थानमा ओर्लीनु पर्ने त कुनै स्थानमा गाडीलाई धकेल्नु पर्ने हाम्रो यात्राको सामान्य विषेशता नै थियो भने गाडी र यात्रुको शरिर बिचको साँढे जुधाई यात्राको नियती जस्तै थियो । जव हामी दैलेखको सिमाना काटेर कालिकोटको सिमानामा पुग्यौ तव रोडको अवस्था झन बिजोग देख्दा सञ्चार माध्यममा कर्णाली राजमार्गका बारेमा टिप्पणी गरेर भनिएको कर्णालीवासी मारमार्गले पुष्ट्याई पाएजस्तो अनुभव भयो । यात्राको क्रममा महासंघ मध्यपश्चिम संयोजक गैरेले कर्णालीको यात्राले त हाम्रा करङ्ग भाँच्चिने डर प लागेर आयो भन्दै यात्रालाई केही रोचक बनाउँदै हुनुहुन्थ्यो ।

कालिकोट प्रवेश गरिसकेपछि नामधारी कर्णाली राजमार्ग पुरै कंकर मात्रै थिएन वास्तवमै ज्यानको आश मारेर यात्रा गर्नुपर्ने हामी कर्णालीवासीको बाध्यताले सबै यात्रुको तनमनमा ढक्ढक्याएको भान हुन्थ्यो । यसले कर्णाली राजमार्ग बनाएको नाममा राज्यको मानव विकास सुचाकांकलाई बढेको देखाउने सरकारी तथा गैरसरकारी प्रतिवेदन र तत्थ्यांकलाई ठाडौ चुनौती दिदै, कर्णाली राजमार्गको अवस्था सुधार गर्ने होइन भने राजको नाममा मारमार्ग बाहेक केही हुदैंन भन्ने प्रष्ट शन्देश प्रबाह गरेको सहजै आभाष हुन्थ्यो । हुन त कर्णाली राजमार्ग शुचारु भएदेखी पछिल्लो अवस्था सम्म ...वटा दुर्घटना भई ...जनाको ज्यान गएको र ..जना घाइते भएको तत्थ्यले पनी यो वास्तविकता पुष्टी हुन्छ । हाम्रो बस जतिजति कालिकोट तर्फ हुइकीदै थियो त्यती नै बाटो झनझन डरलाग्दो आउँदै थियो । माथिबाट पुरै पहिरो बग्ने भिर, तलहेर्दा पुरै कर्णालीको बिच भाग देखिने र चढेको गाडी ३ फिट सम्मको कवाज खेल्ने गर्नाले कुनैवेला मुटुले त ठाउँ नै छोड्थ्यो । त्यसैबिच काले खोला नजिकै पुग्दा २ ठाउँमा चढेको गाडी र माथिबाटको सानो पहिरोको झण्डै भेट भएको तर अली हामी केही सेकेण्ड मात्रै ढिला भएकोले पहिरोले ल्याएका ढुङ्गा हटाएर अघि बढ्यौ । कतीवेला पहिरोका ढुङ्गा हटाउदै त कतिखेर शरिर सुमसुमउद अघी बढेको पिडादायिक यात्रा एस मोडको भिरमा गएर साँच्चीकै पिडादायी बन्यो । एस मोडको बिचमा अत्यान्तै ठूलो पहिरो गएको थियो । माथि हे¥यो भने पुरै बगेर आउला जस्तो लाग्ने तल हे¥यो भने कथमकदाचित खसिहाले पनि कर्णालीको बिच भागमा पुगिएला भन्ने त्रासले सायद महासंघको जिम्मेवारी विर्साउँदै घर परिवारको संझना आयो । कतै जीवनको यात्रा यही सम्मको त हैन ? भनेर आफैले आफैलाई प्रश्न तेस्र्याउनु पर्ने अवस्था अहिले संझीदा पनि कम्तीको पिडादायी छैन् । भत्केको बाटोमा चढेको गाडीसँगको ठोकाइले छेउमा बसेको मलाई धेरै पटक नराम्ररी चोट लागेको थियो । पुरै शरिर दुखेको थियो तर कामको मानसिक तनाव अनी बाटोको दुरावस्थाले कुनै मतलव भएन । यसरी वेलुका साढे ६ बजे मात्रै हामी एस मोड काटेर सुनार खोला पुग्यौ । त्यहाँ पनि बाटो पुरै हिलाम्य थियो । आधा घण्टको मान्म पुग्ने बाटोमा झण्डै १० स्थानमा गाडीको टायर भाँस्सीदै रातीको साढे १० मात्रै आफ्नो गन्तब्य भनिएको कालिकोट सदरमुकाम मान्न पुगियो । लामो यात्रा अनी गाडीका भित्तासँगको पौठे जुधाइले शरिर पुरै दुखेको थियो । पछि काठमाडौ फर्केर चेकअप गराएपछि मात्रै थाहा भयो नभन्दै मेरो देर्बेतिरको एक करङ्ग नै भाँच्चीएको रहेछ ।

महासंघको आन्तरिक कलह र सरकारी अधिकारीको वेवास्था

समाचार लेखेकै भरमा विभिन्न स्थानबाट आएको औपचारिक र अनौपचारिक धम्कीको सामना गर्न नसकी विस्थापित भएका कालिकोटको एकमात्र दैनिक पत्रिका हाम्रो कर्णाली खबर र कारोबार राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार रावलको यर्थात विवरण संकलन गर्दै स्थानीय वातावरण सहज बनाउने र महासंघ कालिकोट शाखाको आन्तरिक विवदालाई समेत निमिट्यान्न पार्ने दुइटा उद्देश्यकासाथ टोलीले ८ गते देखि आफ्नो काम थालनी ग¥यो । महासंघ जिल्ला शाखाको औपचारिक वैठक मार्फत शुरु गरिएको अभियान केन्द्रिकृत र विकेन्द्रित छलफल बाट अघि बढ्यो । पत्रकार रावलले लेखेका समचारसँग नाम जोडिएका विभिन्न व्यक्ति र निकाय सँगको छलफलबाटै हामीले सुइको पाएका थियौ । कालिकोटको शुरुवाती पत्रकारिता प्रतिको स्थानीयको विश्वाश अन्त्यात्नै कम छ भनेर । पत्रकार आफै आन्तरिक कलहमा अल्झीन्छन् अनी समाजका बारेमा के गर्लान र ? भन्ने प्रश्न प्राय हामीले भेट्ने व्यक्तीको मुखैमा हुन्थ्यो । यो सुनेर मलाई सन १७३१ देखि १७९१ को दशमा वेलाइतको इतिहाँसमा संसदको तानाशाही एकाधिकारलाई जनताप्रति संसदलाई समाप्त पार्दै शासकलाई जनताप्रति उत्तरदायी बनाउन प्रेसले गरेको सफलताका कारण राजनीतिक विष्लेषक एडमन्ड बर्गले संवोधन गरेको राज्यको चौथो अङ्ग पत्रकारिता प्रतिको जनविश्वाश कसरी कम हुँदैछ ? अनी घरको खाएर समाजको कुरागर्ने पत्रकारिता पेशालाई अनवरत रुपमा अघी बढाउने स्वयम पत्रकारहरूले यस्तो स्थानमा कसरी काम गर्दैछन् ? भनेर एक पटक समिक्षा गर्नुपर्ने जस्तो लाग्यो तर कामको चाप र समयको अभावले निर्धारित कार्यतालिकामा जुट्नुको विकल्प पनि थिएन ।

जिल्लाका धेरै निकायका प्रतिनिधि र व्यक्तीसँगको भेटघाटपछि हामी ९ गतेको बिहान जिल्लाका प्रशासकिय प्रमूख अर्थात प्रमूख जिल्ला अधिकारीलाई भेट्ने कुरा गर्दै थियौं नभन्दै प्रजिअ किशोरकुमार चौधरीले फोन गरेर बिहान ९ बजे कार्यालय आउन आग्रह गर्नुभयो । प्रमूख जिल्ला अधिकारीले बोलाएको कुरा मैले टोलीमा सुनाएँ । मेरो कुराले सबै जिल्ला प्रशासन तर्फ प्रजिअलाई भेट्न गयौ । पजिअ चौधरी सँग प्रत्यक्ष भेट नभएको भएपनि महासंघ कै प्रसङ्गमा धेरै पटक मेरो कुराकानी भएको थियो र कालिकोट आएको समेत उहाँलाई जानकारी थियो । प्रजिअ कार्यकक्षमा हाम्रो टीम पुगेपनि कुनै वास्ता नगरेका चौधरीले उल्टै पत्रकारहरू कुरै नबुझी मेरो बदनाम गर्ने भन्दै कड्कीय जुनकुरा कालिकोटको मात्रै नभएर सिङ्गो पत्रकारिता माथिको एक स्थानीय अधिकारीको ठाडो चुनौती मात्रै थिएन स्थानीय पत्रकारलाई वास्वमै काम गर्न गाह्रो छ भन्ने बलियो प्रमाणपनि थियो । रमेश रावलले लेखेका पत्रिकाको कटीङ र अनलाइनको प्रीन्ट हातमा लिएर पुर्व तयारीमा बसेका प्रजिअ चौधरीको व्यवहार प्रति निकै रिस्सीएका मध्यपश्चिम संयोजक गैरेले त मुखै खोलेर रमेशले लेखेको “नागरिकता वितरणमा प्रशासनको लापरबाही” शिर्षकको समाचारकै कारण प्रशासनमा बोलाएर पत्रिका समेत बन्द गरिदिन्छु भनेर धम्की दिने कुनै  हैसियत प्रशासन सँग नभएको र पत्रकारले पनि त्यस्तो गल्ती नगरेको भन्दै कड्कीय पछि केही मत्थर हुदैं आफ्नो सार्वजनिक वेइजत भएको गुनासो गर्नमा झरे । समाचार लेखेकै कारण जिल्लाका प्रमूखले कार्यकक्षमै बोलाएर एकजना काम गर्ने पत्रकारलाई पत्रिका समेत बन्ध गरिदिन्छु भन्दे दिएको धम्की र समाचार लेखे बापत गल्ती सुधार गर्न लगाएकै कारण रावल बिस्थापित भएको भन्दै उसको सुरक्षा र जिल्लामा काम गर्ने वातावरण तयार गर्न गरेको हम्रो आग्रह पछि प्रतिवद्धता व्यक्त गरेका प्रजिअ चौधरीले रावललाई जिल्ला फर्काउन महासंघ सँग औपचारिक आग्रह समेत गरे ।  जिल्ला प्रशासन कार्यालयमा प्रजिअ सँगको भेटले जिल्लाको पत्रकारिताको चुनौतीलाई व्यहारक रुपमै बुझेको मिशनले प्रहरी प्रमूख लक्ष्मण गुरङलाई पनी भेट्न गएको थियो । प्रहरी प्मूखको कार्यकक्षमा पुगेको झण्डै ७ मिनेट पछि आएका गुरुङले समेत प्रजिअको व्यवहार मात्रै दोहो¥यनन् रमेशलाई आफुले नचिनेको र घटनाका बारेमा केही थाहा नभएको भन्दै कुरा टारे ।

राष्ट्रिय तथा अन्तरतिष्ट्रय स्तरमा चर्चा भएको घटनालाई जिल्लाको शान्ति सुरक्षाको जिम्मालिएको प्रहरीले विनाहिचकिचाहट थाहा नपाएको भनेपछि जिल्लाको प्रहरी प्रशासनको व्यवहार र पत्रकारमाथि हेर्ने नजर देखि प्रष्टिएका हामी रमेशलाई समाचार लेखेकै कारण धम्कीदिनेलाई कारबाही गर्नुपर्छ फेरीपनि यस्तो भयोभने महासंघको निर्णय चर्चो हुने बताएपछि किटानी दिनुहोला म कारबाही गर्न तयार छु भन्दै प्रहरी प्रमूख गुरुङको ओठे जवाफ पाइयो । यसरी जिल्लाका अधिकारीसँगको भेटले जिल्लामा काम गर्ने पत्रकारको चुनौती मात्रै थाहा भएन यसले पत्रकार रावलको बिस्थापनको कारण समेत एकीन गर्न मिशनलाई कुनै कठिाई भएन । त्यसपछि केही आन्तरिक छलफलपछि कालिकोट शाखाको समस्या समेत सहज समाधान भयो । नेपाल पत्रकार महासंघ केन्द्रले मिशनलाई दिएका दुइटा कार्यादेश सहज रुपमा सम्पन्न भएपछि महासंघ कालिकोट शाखाको सामुहिक वैठक बसेर बिस्थापित पत्रकार रावलका बारेमा साुमहिक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय भयो । साउन १० गते शनिबारको दिन थियो । जिल्लाको समग्र पत्रकारिता क्षेत्र र पत्रकार प्रति जिल्लाका प्रमूखहरूले देखाएको व्यावहारप्रति स्थानीय सञ्चार माध्यम मार्फत र जिल्ला विकास समितिको रातो घरमा आयोजना गरिएको “पत्रकार रावलको विस्थापन र पुर्नस्थापनाका पहल विषयक अन्तरक्रिया कार्यक्रम” मा समेत मिशनले सार्वजनिक आप्पत्ती प्रकट गरेपछि जिल्लाका सबै निकयका प्रमूख, राजनीतिक दलदेखि नागरिक अगुवाले समेत त्रुटीको स्विकार गर्दै रावललाई जिल्लामा सहज काममा फर्कनका लागि प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा मिशनले उठाएको माइटनको भाषका विषयमा केही घोरिएका प्रजिअ चौधरी अन्तत रावल बिस्थापित भएको र उनलाई काममा सहज रुपमा फर्किने वातावरणका लागि आफूले सामुहिक कार्यक्रम गरी सहयोग गर्ने लिखित र मौखिक प्रतिवद्धता जनाउँदै समग्र पत्रकारिता प्रतिको आफ्नो धरणा समेत परिवर्तन गर्ने जनाए तर हेरौ उहाँहरूको प्रतिवद्धता वास्तवमै कार्यान्वयन हुने हो वा बोली र माइनटमै थन्कीने हो त्यो भने भोलीको दिनले जनाउने छ ।


मिशनले एक साता लामो अध्ययन बाट पत्रकार रावलको बिस्थापनको कारण र पुर्नस्थापना सम्बन्धि आवश्यक पहल सहितको प्रतिवेदन समेत तयार पारेर महासंघ अधयक्ष डा. महेन्द्र विष्टलाई बुझाएको मात्रै छैन् पत्रकार रावललाई जिल्ला फर्कनका लागि विभिन्न पहल समेत गरेकै कारण अहिले बिस्थापित पत्रकार रावल कालिकोट फर्केर आफ्नो पूर्ववत काममा लागिसक्नु भएको छ । मशिन टोली माथि बोकाएर कालिकोट पठाएको भारीलाई सहज रुपमा बिसाउदै जिल्लाको पत्रकारिता प्रति स्थानीय प्रशासान देखि जिम्मेवार निकायले हेर्ने दृष्टिकोण र कर्णाली राजमार्गलाई हेर्ने राज्यको नजरलाई परवर्तन गर्ने अर्को अभिाराका साथ कालिकोटको यात्रा त सकियो तर कर्णाली रामार्गको यात्राले भाँच्चीएको करङ्गको दुखाइ सायद मरणेप्रान्त रहीरहने छ जुन मिशनको दिर्घ स्मरण हो ।

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...