Sunday, July 23, 2017

पत्रकारिताले व्यक्तिगत जीवन गुमेको छ:, जुन कहिले फर्केर आउंदैन


नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा रेडियो कर्णाली आवाज सिमकोटका स्टेशन म्यानेजर नवराज महतारा अन्नपूर्ण पोष्ट दैनिकमा पनि आबद्ध छन् । हुमलाको पत्रकारिता अनुभव र चुनौतीका विषयमा चौथो अंगका लागि उनीसंग सन्जु पौडेलले गरेको कुराकानी
 प्रश्नः पत्रकारितामा कसरी आउनुभयो ?
उत्तरः मेरो जन्म हुम्लाको सदरमुकाम सिमकोट देखि निकै टाढा अर्थात ४४ कोष दक्षिणको श्रीनगरमा भएको हो । जहाँ मुष्किकले रेडियो नेपालको मिडिववेव मात्रै लाग्थ्यो । म सानो छँदा वुवाले जहिलेनी रेडियो बजाएको देख्दा त्यसमा बोल्नेले के खान्छन होला रु कस्ता हुन्छन होला भन्ने प्रश्नले जहिलेपनि वालमानसपटललाई खलबल्याउने काम गथ्र्यो । पछि जब म कक्ष ८ मा पुगे त्यहपछि बुवाले बजाउने रेडियोलाई छोड्दै नछोड्ने भएँ यती सम्मकी  राती सुत्दाखेरी रेडियो बज्दै सुतेर कती जोर ब्याट्री सकाएर वुवाको हातबाट पिटाईपनि खानुप¥यो । यसरी नै विद्यालयको पढाई शुरु भएपछि म उच्च शिक्षाको सिलसिलामा २०५८ साल काठमाण्डौ छिरे । त्यसपछि मैले ३ महिने पत्रकारिता तालिम लिएर पत्रकारिता सम्बन्धि साक्षर हुने मौका पाए । पत्रकारिताको आधारभूत ज्ञान पाएपछि २०६० साल तिरको कुरा हो । म आप्mनो पढाई अन्तरगत फिल्डवर्कका लागि ललितपुरको इमाडोलमा काम गर्न गएँ त्यहाँ २ घरधुरी मात्रै दलितलाई पानीको इनारमा छुनपनि नदिएको घटनाले दलित परिवार पानीखानबाट समेत बञ्चित भएको घटनाले निकै पिरोल्यो । जुन घटनालाई जस्ताको तस्तै आप्mनो आलेखमा उतारेर तत्कालिन स्पेष्टाईक दैनिकमा पठाएँ र पछिल्लो दिन उक्त आलेख प्रकाशित भयो । जुन दिनदेखि आजको दिनसम्म म यो पेशामै आवद्ध छु । 

 प्रश्नः चुनौतीहरु कत्तिको खेप्नु परेको छ आजसम्म आइपुग्दा ?
त्तरः अठारौ शताब्दीमा वेलायी संसदमा प्रयोग भएको राज्यको चौथो अङ्ग भनिने पत्रकारिता पेशाका चुनौतीलाई हामीले सहजै अनुमान गर्नसक्छौं राज्यका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई त कती चूनौती सामना गर्नुपर्छ भने तिनवटै निकायका कामलाई आलोचनात्मक ढङ्गले खबरदारी गर्दै सही मार्गमा अघि बढ्न प्रेरित गर्ने काम कम्ती चुनौतीपूर्ण छैन् । जसको म अछुत पनि त हन सक्दीन । वास्तवमा व्यवासायिक र पत्रकारिताको सैद्धान्तिक तथा अन्तरािष्ट्रय मान्यता अनुशार पत्रकारिता पेशालाई अँगाल्ने हो भने धेरै प्रकारका चुनौती र अवसर सहनु पर्ने हुन्छ । 
जुन रुपमा तपाईले राखेको जिज्ञासामा मेरो अहिलेसम्म गरेको पत्रकारिताको अनुभवमा सामना गरेका चुनौतीको कुरा गर्दापनि लामै फेयरिस्त तयार हुन्छ ।  
मैले पत्रकारिताको झण्डै १५ वर्षको अनुभवमा समाचार लेखेकैकारण एक जर्दन भन्दा बढी धम्की र चेतावनी खानु परेको छ भने ५ पटक त म र मैले काम गर्ने सञ्चार संस्थामाथी कुनै कु कुनै तरिकाले भौतीक आक्रमण नै भएको छ । तरपनि म कुनैपनि घटनामा निडर भएर सामना गरेर बसे किनकी म यर्थाततामा अडिक थिए । त्यसैले क्षणीक रुपमा म र मेरो सञ्चार संस्थामाथि जाईलाग्ने मित्रहरुले शिर खुम्च्याएर बस्नु प¥यो भने मे सदाबाहर यो पेसामा निरन्तर छु । पत्रकारिताको चुनौतीका कुरागर्दा कतै यो पेशामा आउन चाहने नयाँ आकांक्षी साथीहरुलाई हतोस्साहित बनाउने काम हुन्छकी भन्नेमा म निके सजक छु । चुनौती मात्रै हैन यदी तपाईले मेरो पत्रकारिताले पाएका सफलता र सममानको कुरापनी सोधेको भए म यसमा झनै ठूलो फेयरिस्त तपार पार्थे । जे हनेस पत्रकारितामा वास्तविक धरातलभन्दा बाहिर बहकिन थालेका थुप्रै चुनौतीको समाना गर्नुपर्छ भने यर्थाततामा आधारित भए त्यसको बदला सम्मान पाइन्छ भन्ने मेरो अहिलेसम्मको भोगाई हो ।   

 प्रश्नः यस क्षेत्रमा आएपछि के पाउनु भयो के गुमाउनु भयो ?
त्तरः वास्तवमा तपाई मार्फत मेरा आदरणीय स्रोत र पाठक महानुभावलाई नडाँटेर भन्ने हो भने मैले यो पेशामा लागेर मूख्यतः दुई चिज गुमाए तर तीन चिज पाएको छु । 
गुमाएका चिज 
 १. आफन्त 
मैले पत्रकारितामा सबैभन्दा बढी गुमाएको चिज भनेकै आफन्त हो । चाहे त्यो घर परिवार होस् वा अन्य बाहिरका सङ्गती नै किन नहोस् । जतीवेला नी समाचारको खोजि, तयारी र पठाउने देखि अपडेट भन्दा जीवनमा कहिल्यै आमावुवा, दाजुभाई, दिदीबहिनी देखि इष्टमित्र कसैलाई समय दिन सकिएन  जसले आफन्तीबाट यो त निकै ठूलो भएछ भनेर बिस्तारै टाढिने क्रम बढेको छ भने पेशामा सत्य तत्थ्य र वास्तविक समाचारको खोजवीन र प्रकाशन तथा प्रसारण गर्दा आजको आफन्त तथा दोस्ती भोली निकै दुश्मन भएर निस्कन्छ । 
 २. व्यक्तीगत जीवन
 पत्रकारिता पेशाले लाग्छ मैले व्यक्तीगत जीवन नै गुमाएको छु । मेरो कहिल्यै प्यक्तीगत जीवन आएन र आउँदैन होलापनि । पत्रकारिता पेशामा संलग्न भएको दिन देखि बिहान साँझ, दिन र रातको समय जतीखेरपनि कहिले समाचारले मेरो खोजि ग¥यो त कहिले आफैले समाचारको खोजी गदैृमा समय बित्यो । कयौ समय खाना  त कयौ समय निद्रा छोडेर समाचारकको खोजिमा जानु परेका दृष्टान्तले लाग्छ यो पेशामा संलग्न भएदेखि मैले मेरो व्यक्तीगत जीवन समेत गुमाएको छु । 

पाएका विषय

  १. पहिचान
पत्रकारिताले मलाई दिएको सबैभन्दा ठूलो सम्पत्ती भनेकै पहिचान हो । यदी म पत्रकारिता पेशामा संलग्न हुदैन थिए भने म दुर्गम हुम्लाको गाउँमा बस्ने हुम्लीमै सिमित हुन्थे होला । म आज ति हजारौ हुम्ली युवा जो आज कुनै समाजको अघी वास्तकि गाउँले (हुम्ली) अनुहार लिंदा अरुले नाक खुम्च्याउनु पर्ने अवस्थाभन्दा पृथक हुदैन थिए होला । तर आज पत्रकारिता पेशामा लागेकै कारण कर्णालीको, हुम्लाको नवराज नभएर मेरो परिचय पत्रकार नवराजमा परिणत भएको छ । आज नेपालको कुनै गाउँ र ठाउँमा गएँ भने तपाईको नाम त मैले धेरै सुनेको थिए, पढेको थिएँ भन्ने शब्दले निकै उत्साहित मात्रै बनाउँदैन लाग्छ यो पेशामा मैले कमाएको सबैभन्दा ठूलौ सम्पत्ती नै यही हो ।   
 २. सामुहिक हुने अवसर 
यो पेशामा संलग्न भएर मैले प्राप्त गरेको अर्को महत्वपूर्ण चिज भनेको अवसर हो । शैशारमा धेरै  व्यक्तीलाई समयको परवर्तनले सार्वजनिक जीवनबाट नितान्त व्यक्तीगत जीवनमा परणत गरीदिएको छ तर यो पेशाले मलाई हिजोको नितान्त एक व्यक्तीबाट सामाजिक व्यक्तीका रुपमा परिणत हुने अवसर प्रदान गरेको छ । यो पेशामा संलग्न हुनुभन्दा अघी कसैको छोरा वा नातेदार नवराज आज हाम्रो जिल्ला, अञ्चलको पत्रकार भएको छ । वास्तवमा तपाई आफै भन्नुहोस् एउटा व्यक्ती पाउने उपलब्धी यसभन्दा बढ्ता अरु के नै हुन सक्छ ?
 ३. विश्वाश
झण्डै एक दशक बढीको समय पत्रकारितामा बिताउँदा मैले पाएको अर्को महत्वपूर्ण पक्ष भनेको विश्वाश हो । यदी म नवराज मात्रै हुन्थे भने म कसैको छोरा। कसैको भान्ज त कसैको कार्यकर्ताको पगरीभन्दा बाहिर निस्कन सक्दिन थिएँ होला । जसले मेरो भनाईप्रति केही सिमित नातेदारले मात्रै सहमत हुन्थे होलान तर आज पत्रकारिताले मलाई समाज र राष्ट्रदेखि विश्व समुदायको विश्वासिलो पात्रका रुपमा प्रस्तुत गरिदिएको छ । आज मैले बोलेका र लेखेका विषयमा राज्यले आप्mनो नीतिमा परिमार्जन गरेको छ । आज मैले उठाएका सवाल सामाजिक दवाव सृजना गर्ने विषय देखि संसदको छलफलको विषय बनेको छ । मैले लेखेका र बोलेका कुरामा आज मेरो समाज, जिल्ला, देश देखि सिङ्गो विश्व समुदायले ऐक्येवद्धता प्रकट मात्रै गरेको छैन् म प्रति निकै ठूलो विश्वश समेत बढेको देख्छु । 

 प्रश्नः पत्रकारिता गर्न चाहानेहरुलाई के सुझाव दिनुहुन्छ पत्रकारको नाताले ?
उत्तरः प्रथम त यो पेशामा आउन चाहने साथीहरुलाई हृदयदेखि नै स्वागत गर्ने देखि एक व्यक्तीबाट सामाजिक बन्नु भएकोमा हार्दिक बधाई समेत दिन चाहन्छु । वास्तवमा हामीले आधुनिक रामराज्य कायम गर्न हरेक नागरिक पत्रकार नबनी म संभव देख्दीन र हुन्नपनि । अनी विषेश त हाम्रो जस्तो समाज र देशमालागी यो अँझ अपरिहार्य नै छ भनेर म ठोकुवा गर्न चाहन्छु । यो भन्दैमा तपाई लगायत धेरैलाई मनमनै कसरी भन्ने प्रश्नपनि उब्जीन सक्छ । हेर्नु आज घरमा आमाले, दीदीले, बजैले भाउजुले, धारामा सार्की दाईले, योजनामा कामदारले, कार्यालयमा सेवाग्राहीले, पसलमा ग्राहकले सास्ती नपाएको ठाउँ कतै देख्नु भएको छ । यदी हामीले घरदेखि समाजहुँदै सिङ्ग देशलाई पारदर्सि र जवाफदेही बनायौं भने हामीले रामराज्यका लागि त्रेतायुगमै जप्नुपर्छ जस्तो लाग्दैन् । वास्तवमा पत्रकारले नबोले, नलेखे कुनचाही ठाउँमा भएको बेथिती बाहिर आउँछ रु कुनचाही शासकले आमनागरिकलाई सबै विषयको जानकारी जस्ताको तस्तै दिन्छ रु मलाई लाग्दैन पत्रकारिता पेशाबिना यि सबै विषयमा आम नागरिकको पहुँच हुन्छ भन्ने कुरा । यति महत्वपूर्ण क्षेत्रमा प्रवेश गर्नु नव आगन्तुक साथीहरुलाई कम्तीको ठूलो अवसर होइन । अन्य पेशामा संलग्न हुँदा कुनै व्यत्ती विषेशको उन्नती होला तर समग्रताको उन्नती रप्रगती चाहने हो भने पत्रकारिता विना संभव छैन् । यो भन्दैमा पत्रकरितामा प्रवेश मात्रैपनि कुनै अर्थ राख्दैन । आफूर्ला लगनसिल, कटिबद्ध, प्रतिवद्ध र जिम्मेवार बनाउन भने पत्रकार कहीपनि चुक्न हुदैन । तपाइृ यो पेशामा संलग्न भएर कुनै व्यक्ती, समुह, पार्टी, भेग, वर्ग, जातीको पक्षपाती भन्नु भयो भने त्यसको उल्टो भयानक प्रलय ल्याउनमा समेत ठूलो हात रहन्छ । 

 प्रश्नः यहाँले पत्रकारिता गर्न शुरु गरेदेखिको अबिष्मरणीय क्षण ?
उत्तरः यो पेशामा आवद्ध भएदेखिको समयदेखि भन्ने हो भने मैले हजारो क्षेणहरु अबिष्मरणीय हिसाबले बिताएको छु । तर यहाँले एउट मात्रै क्षेणको कुरा गर्नु भएकोले मैले गरेको सुखत क्षेणलाई यहाँ समक्ष प्रस्तुत गर्न चाहन्छु । 
जब म ५ वर्ष राजधानीको पत्रकारिता गरेर मेरो गृहजिल्ला हुम्ला फर्के त्यहाँ थुप्रै विषयमा पैरवी र खबरदारी गर्नुपर्ने स्थान देखेको थिए र गर्दैपनि गएँ । कुरा २०६८ सालको हो । म आप्mनो नियमित रिर्पोटिङ्गका क्रममा जिल्ला शिक्षा कार्यालय पुगे मैले एक अचममको प्रतिवेदन पाएँ । जुन प्रतिवेदनले हुम्ला लगायत नेपालका ८ दुर्गम हिमाली जिल्लाको साक्षरता दर ९८ प्रतिशत भन्दा माथि पुगेको देखायो । यो विषयलाई तत्कालिन शिक्षा अधिकारीलाई सोधे उहाँले बढो गज्जवले हो हामी अब पूर्ण साक्षर जिल्लाका रुपमा घोषणाको तयारीमा छौं । त्यसैले यो वर्षदेखि हाम्रो (हुम्ला) जिल्लामा साक्षरता कक्षामा कटौती भएको छ । यो विषयले मलाई नीकै पोल्यो । मलाई यसको गहिराईमा जान मन लाग्यो । मैले निकै मेहनत पश्चात जिल्लाकरीका झण्डै २५ हजार निराक्षर भएकाहरु साक्षर भएको नाम र ठेगाना भएको तत्कालिन २७ वटै गाविसको सूची फेला पारे । सूची फेला पारेपछि मैले आप्mनै वार्ड श्रीनगर ८ बाट रुजु गरे । बडिम्बना सरकारले तयार पारेको सूचिमा मेरो वडामा नभएका नाम र थरलाई कागजी साक्षर बनाइएको रहेछ । त्यस्तै ८ गाविसका अध्ययन र रुजुपश्चात म के निचोडमा पुगे भने यो कागजी प्रमाण हुम्लाको शिक्षाको ठूलो बाधक हो भनने लाग्यो । म तत्कालिन समयमा नयाँ पत्रिका दैनिकमा कार्यरत थिए । सबै विषयको विवरण तयार परेर फिचर समाचार प्रकासित गरे । समाचारले सरकारी र गैरसरकारी वृतमा निकै हलचल ल्यायो । शिक्षा कार्यालयमा स्पष्टिकरण आयो । छानविन भयो । त्यसको एक सातामै तत्कालिन शिक्षा मन्त्री स्तरिय निर्णयले हुम्लाको साक्षरता दल ९८ प्रतिशतबाट झारेर ४७ प्रतिशतमा मात्रै पु¥याएन अनौपचारिक शिक्षाका कार्यक्रम समेत सूचारु भए । 

प्रश्नः बिशेष कुन बिटमा कलम चलाउन मन पराउनु हुन्छ  ?
उत्तरः पत्रकारितामा मेरो प्रवेशको चरणमा मैले प्राय सबै विटमा कलम चलाएको हो । तर जब म मेरो समाजका बारेमा केही सिक्दै र जान्दै गए । त्यतीमात्रै होइन कर्णालीका बारेमा किन मान्छेको नजरमा विकट, दुर्गम र अभावमात्रै झल्कीनछ भन्ने बारेमा मैले अनुसन्धान समेत गरे । त्यसपछि मात्रै मैले थाहा पाए त्यसमा पत्रकारिताले कर्णालीप्रति गरेको दयामुखि लिडका कारण अवस्था आजको सोचसम्म पुगेको हो । 
फलस्वरुप म पत्रकारितामै आवद्ध हुने अठोटले गृहजिल्ला फर्के । जहाँबाट अहिले निरन्तर सबैक्षेत्रमा समुन्नती, पारदर्सिता र जवाफदेहितासँग सम्बन्धित विषयमा अलीक बढी नै रिर्पोटिङ्ग गरेको छु । तर खासमा भन्ने हो भने आगामी दिनमा राज्यको नीति निर्माण देखि राज्य व्यवस्था सम्बन्धि बिटमा संलग्न हुने सोच मेरो छ । 

 प्रश्नः अन्त्यमा यहांलाई भन्न मन लागेको अरु केही ?
उत्तरः प्रथम त यो पेशामा संलग्न भएर गरेको अनभव साँट्ने मौका दिनु भएकोमा तपाई लगायत  सबल नेपाल साप्ताहिक  टिमप्रति कृतज्ञ छु । पत्रकारिता बाहिरबाट हेर्दा हल्का लाग्नेलाई निकै जटिल र निकै जटिक सोच्नेलाई निकै सहज पेशा पनि हो । अठारौ शताब्दीमा वेलायती संसदमा संवोधन गरिएको राज्यको चौथो अङ्गका रुपमा स्विकारिने यो पेशाको बैधानिक लेखोट विश्वका कुनै देशका सरकारी दस्तावेजमा छैन् तर पत्रकारिता एकअर्थले भन्ने हो भने आज नुन जत्तीकै अपरिहार्य विषय भएको छ । 
जहाँ पूगदैन रवी त्यहाँ पुग्दछन कवी भन्ने महाकवी लक्ष्मीप्रसाद देवकोटाको भनाई आज पत्रकारिताले व्यवहारिक रुपमा उतार्नु पर्नेछ । राज्य र नागरिक संघसंस्था नपुगेका, नागरिक नपुगेका स्थानमा पत्रकार पुग्नु पर्छ । सरकार विज्ञ भन्दा बौद्धीक र जानकारी त्यो कोही छ भने आजको जमना पत्रकार मात्रै छ । त्यसैले आजको पत्रकार हल्का र सतही रुपमा प्रस्तुत हुने हो भने त्यसले यात यो पेशाबाट अलग्गीनु पर्छ हैन भने निटक भविष्यमा ठूलो दुर्घटनामा पर्ने निश्चित हुन्छ । हुन त हाम्रो देश र समाजमा पत्रकारिताप्रति हेर्ने नज।पनि केही विभेदकारी र नकरात्मक छ तर यदी पत्रकार हुने हैनभने आली देखि थालीसम्म र गोठ देखि ओठसम्मको सम्बन्ध स्थापित हुन पनि सक्दैन थियो भन्ने वास्तविकता पनि त प्रमाणीत भएको छ । यसको महत्व विकसित सामाजिक सञ्जाल र न्यू मिडिया प्रविधिले हरेक नागरिकलाई मान्दीन भन्दापनि उम्कनै नसक्ने बनाएको छ । 
Copyfrom 
http://sabalnepalnews.com/%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a5%87-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%97%e0%a4%a4-%e0%a4%9c/

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...