Thursday, September 11, 2014

चिनिया पक्षसँग दोहोरो वार्ताका लागि आर्थिक संकलन समिति गठन

नवराज महतारा
भाद्र २६/हुम्ला।सिमा जोडिएको छिमेकी देश चिनको ताक्लाकोटको पुराङकण्ट्रीका स्थानीय अधिकारीसँग नेपाली भू–भागमा दुइपक्षिय सिमा सम्बन्धि वार्तामा लाग्ने खर्च जुटाउन हुम्लामा पहिलो पटक ३ सदस्यीय आर्थिक संकलन समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा सिमकोटमा भएको सर्वपक्षिय वैठकले छिमेकी देशको ताक्लाकोट नाका भएको पुराङकष्ट्रीका स्थानीय अधिकारीलाई सिममकोटमा ल्याई वार्ता गर्न लाग्ने व्यवस्थापन तथा यातायात बापतको अनुमानित २० लाख खर्च जुटाउन नेपाल उद्योग बाणीज्य संघको संयोजकत्वमा ३ सदस्यीय आर्थिक संकलन समिति गठन गरिएको हो । समितिमा नागरिक समाजको तर्फबाट सिप नेपालका अंगबहादुर लामालाई उपसंयोजकको जिम्मा दिइएको छ भने ठेकदारहरुको तर्फबाट निर्माण व्यवसायि संगठनलाई सदस्यका रुपमा मनोनित गरिएको छ ।
हरेक जसोवर्ष हुम्ला र पुराङकष्ट्री बिचको सिमा, व्यापार लगायतका विविध विषयका बारेमा दुई देशका स्थानीय अधिकारीहरुको दुई पक्षिय वार्ताका लागि चिनियाँ पक्षले नेपाल तर्फका (हुम्ला जिल्ला) स्थानीय अधिकारी र राजनीतिक दलका प्रतिनिधिलाई बोलाउने गरेको तर नेपाल पक्षले चिनियाँ पक्षलाई कहिल्यै नबोलाएकोले गएको वर्ष देखिको तयारीका आधारमा यो वर्ष आथिृक संकलन समितिले संकलन गरेकोरकमबाट चिनियाँ पक्षलाई नेपाली भू–भागमा आमन्त्रण गर्ने तयारी गरिएको प्रमूख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिनु भयो । उहाँका आनुशार १५ जनाको चिनिया टोलीलाई दुइ देशको सिमा हिल्सादेखि सिमकोट सम्म हेलिकप्टरमा आवत जावत गर्न लाग्ने खर्च र जिल्लामा टोलीलाई व्यवस्थापनका लागि लाग्ने खर्चका लागि प्रारम्भीक इष्टीमेटका आधारमा २० लाख लाग्ने र उक्त रकम कुनैपनि निकाय एक्लैले गर्न नसक्ने भएपछि आर्थिक संकलन समिति मार्फत रकम संकलन गरेरै भएपनि वैठकको आयोजना गर्न लागिएको हो ।

वर्षै पिच्छे हुने दुई पक्षिय वैठकमा नेपाली टोलीलाई चिनियाँ पक्षले व्यवस्थापन गर्ने गरेको र उनीहरुले नेपालमा बोलाए आफ्नै व्यवस्थापनमा भएपनि नेपाली भूमीमा आउन
तयार भएको स्पष्ट प्रस्ताव गरेपछि बाध्य भएर नेपाली पक्षले दुई पक्षिय वैठकको आयोजना गर्नका लागि आर्थिक संकलनको बाटा अख्तियार गर्नु परेको स्थानीय अधिकारीहरुले खुलाशा गरेका छन्  । वैठकका लागि गएको वर्ष भदौ २५ गते जिल्ला प्रशासन हुम्लाले वैठकका लागि गृह मन्त्रालय सँग मागेको लिखित अनुमती सँगै गृहले दिएको १ लाख रकमले नपुग्ने भएपछि स्थगीत भएको वैठक यो वर्ष पुन बस्नका लागि तयारी गरिएको छ । वैठकका लागि जिल्ला विकाससमितिले आन्तरिक कोष मार्फत ३ लाख रकम दिने निधो यसअघी नै गरेपछि हौसिएका स्थानीय अधिकारीले थप रकमका लागि जिल्लाका गाविस, ठेकदार, उद्योगबाणीज्य संघ, गैरसरकारी संस्थासँग गुहार माग्ने भएको हो ।  सरकारले जिल्लाको अवस्था हेरेर रकम नदिने र जिल्लामा एकै निकाय सँग त्यत्रो रकम नभएका कारण बाध्य भएर आर्थिक संकलन समिति मार्फत रकमको जुगाड गर्नु परेको निमित्त स्थानीय विकास अधिकारी थमनारायण शार्माले बताउनु भएको छ ।


हरेक वर्ष चिनसँग सिमा जोडिएका गाविसहरुको विकासका लागि नेपाली ३० लाख वस्तुगत सहियोग गरिरहेको चिनसँग हुम्लाका लागि चिनबाट आयात हुने इन्धन –तेल), व्यापािरिक सामान, सिमा समस्या लगायतका बारेमा दुई देशिय वार्ताले हुम्लाको विकासमा समेत राम्रो प्रभाव पर्ने दावी सहित उक्त वैठकको आयोजना गन लागिएको नेपाली कंग्रेसका जिलला सभापति जयपति रोकायाले बताए । आज गठन गरेको आर्थिक समितिले पाएको एक साताको समय सिमामा संकलिन गरेको अािर्थक अवस्थाका आधारमा वैठकको मिति र एजेण्डाका बारेमा थप छलफल गर्ने प्रमूख जिल्ला अधिकारी आचार्यले बताए ।

भ्रमण टोलीका लागि गाविसमा समेत साझेदार बनाइने

दुई देशिय सिमा तथा विकास निर्माण देखि व्यापार व्यवसायका लागि नेपाली पक्षले पहिलो पटक नेपाली भूमिमा आयोजना गर्ने लक्ष्य लिएको वार्ताका लागि जिल्लाका २७ वटै गाविसलाई समेत आर्थिक ंलंलग्नता गराउने सैद्धान्तीक सहमती भएको छ । माथिल्लो मध्ये र तल्लो गरी तीन भेगमा विभाजित भएका जिल्लाका २७ वटा गाविस मध्ये नेपाली चिन बिचको स्थानीय वार्ताका लागि आवश्यक पर्ने २० लाख रकम संकलन गर्नका लागि गाविसलाई ३ वर्गमा विभाजन गरेर आर्थिक संलग्नता गराउने सहमती भएको माओवादी जिल्ला सेक्रेटरी बिजय भण्डारी प्रतिरोधले जानकारी दिनु भएको छ । चिनको स्थानीय पुराङकण्ट्रीसँग सिमाना जोडिएका र चिनले गएका वर्षमा वस्तुगत सहायता प्रदान गरेका गाविसका लागि एक–एक लाख र अन्य बाँकी गाविसका लागि कम्तीमा २० देखि बढीमा ३० हजार सम्मको सहयोग मान्गे सैद्धान्तीक निर्णय भएको वैठकमा सहभगि एमाओवादी नेता तथा पूर्व जिविस सभापति विरजंग शाहीले बताउनु भयो । उहाँका अनुशार सर्वपक्षिय भेलाले गरेको सहमतीमा काम भएमा सहजै चिनिया टोली सँगको वार्ता आयोजना गर्न सजिलो हुने छ ।  स्थानीय सरकारका रुपमा र्भका जिविस र गाविसले उठाएको रकममा केही अपुग रकम जिल्लाका
ठेकदार, हिल्सादेखि गाडी चलाएका गनडीका मालिक, चिनको सिमाना हिल्सामा व्यापार गरी बसेका व्यापारि देखि अन्य सरोकारवाला निकायले समेत हाल्ने एमाले उपाध्यक्ष ज्ञामी वुमीले बताए । चिनिया पक्षले भारतीय सौकालाई गर्ने व्यवहार र नेपाली त्यसमा पनि हुम्लाका स्थानीय वासिन्दालाई गर्ने व्यवहारमा आकाश पातलको फरक भएकोले पनि एकपटक जुनसुकै मुल्य चुकाएर पनि चिनिया सरकारी टोलीलाई नेपालमा ल्याई दुईपक्षिय वैठक बस्न आवश्यक रहेको आर्थिक संकलन समितिका सहसंयोजक तथा लामासाँस्कृतीक मञ्चका अध्यक्ष अंगबहादुर लामाले बताउनु भएको छ ।  उहाँका अनुशार चिनिया पक्षलाई नेपालमा ल्याएर धेरैकुरामा ध्यानआकर्षण गराउने हो भने सबैक्षेत्रले आर्थिक र भौतिक सहयोग गर्ने बताउँदै यो अभियानलाई नछोडन सबैलाई आग्रह गर्नु भएको छ ।

सहयोग जुटे चिनिया टोलीलाई रारा पु¥याइने 
नेपाली पक्षले स्टमेट गरेको २० लाख रकम जुटेमा निम्ता गरिने १५ सदस्यीय चिनिया टोलीलाई पर्यटकिय स्थल रारमा समेत पु¥याइने प्रारम्भीक योजना बनेको छ । नेपाली पष चिनको ताक्लाकोट जाने बित्तिकै चिनियाँ पक्षले कैलास मानसरोवरको दर्शन गराउनुका साथै सबै व्यवस्था गराएको स्मरण गर्दै नेपाली अधिकारीहरुले चिनिया टोलीलाई आर्थिक संकलन भए रारामा अनिवार्य रुपमा भ्रमण गराउने प्रमूख जिल्ला अधिकारी आचार्यले बताउनु भ एको छ । उहाँका अनुशार चिनिया टोलीलाई रााको भैमण गराएको खण्डमा समग्र कर्णालीकै पर्यटकिय क्षेको संभावनाको खोजि हुने र त्यसका लागि विकासका अन्य ढोका समेत खुल्ने भएकाले पनि टोलीलाई रारा सम्म लैजाने प्रारम्भीक योजना बनेको दावी गनु भएको छ ।


Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...