Sunday, June 7, 2015

अपिल ।

                                                                                                                          
                             नेपाल पत्रकार महासंघ कर्णाली क्षेत्रिय समन्यव समितीको मिति २०७१ साल साउन ५ गते कालिकोटमा बसेको पहिलो बैठक, २०७१ साल मंसीर २७ गते रारामा बसेको दोस्रो वैठक र रारा सञ्चार सम्मेलन २०७१ ले पारित गरेको १३ बुदें रारा घोषणा पत्रले समेत कर्णालीमा कार्यरत धेरै पत्रकार नेपाल सरकारले जारी गर्ने प्रेस पास लिनबाट बञ्चित भएकोले स्थानीय स्तरमै पास लिने व्यवस्थाका लागि गरेको आग्रहलाई मध्य नजर गर्दै नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभगले आज देखि कर्णाली अञ्चलको कालिकोटबाट शुरु गर्न लागेको प्रेस पास वितरण शिविरको नेपाल पत्रकार महासंघ कर्णाली क्षेत्रिय समन्वय समिति हार्दिक स्वागत गर्दछ ।
   
        आधुनिक पत्रकारिताको प्रारम्भीक चरणमा रहेको कर्णाली क्षेत्रमा कार्यरत सञ्चारकर्मीलाई प्रेस पास प्रदान गर्नका लागि प्रारम्भीक चरणमा शुरु गरिएको यो शिविरलाई उपलब्धी बनाउन सम्पूर्ण सञ्चारकर्मी साथीहरुलाई आव्हान गर्न चाहन्छु । लामो समय देखि राज्यका विभिन्न काममा हातेमालो गर्दै अहोरात्र खट्ने सञ्चरकर्मीको योगदानको कदर गर्दै राष्ट्रिय विपत्तीका वेला समेत सूचना विभग, प्रेस काउन्सील नेपालले नेपाल पत्रकार महासंघ सँगको साझेदारीमा शुरु गरेको शिविरमा कार्यरत पत्रकार नछुट्ने र गैर पत्रकारले पास लिने काम बाट सजग भएर लाग्न कालिकोट, जुम्ला र मुगुका महासंघ शाखालाई सजगता अपनाउन विषेश आग्रह गर्दछु । साथै शिविरको तयारीका लागि जिल्ला शाखाले गरेको परामर्शमा राष्ट्रिय तथा स्थानीय स्रतमा भएका सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई नियुक्ती, परिचय पत्र नदिएको भयवह अवस्था देखिएको छ । यति सम्मकी सरकारी सञ्चार माध्यमले समेत लामो समय देखि कार्यरत पत्रकारलाई सिफारिस दिन नमानेको प्रती महासंघ कर्णाली क्षेत्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । लामो समयको अथक प्रयासका बावजुत कर्णालीका कालिकोट र जुम्लाका लागि आज देखि कालिकोटबाट शुरु हुने शिवर मार्फत कार्यरत सञ्चारकर्मीलाई सहज रुपमा प्रेस पास लिने वातावरण मिलाउनका लागि सबै सञ्चार माध्यमलाई अनुरोध गर्दछु । कथम कदाचित सञ्चार माध्यमले सिफारिस र नियुक्ती नदिएका कारण लामो समय देखि कार्यरत सञ्चारकर्मीले प्रेस पास लिनबाट बञ्चित हुनु पर्ने अवस्था आए महासंघ त्यसको कडा प्रतिकार गर्न बाध्य हुने जानकारी गराउँदै शिविरमा आ–आप्mनो तर्फबाट सक्दो सहयोग गर्न सबै पक्षलाई हार्दिक अपिल गर्दछु ।

 
                                                  (नवराज महतारा)
                                           केस तथा संयोजक
                                            नेपाल पत्रकार महासंघ
  कर्णाली क्षेत्रिय समन्वय समिति


मितिः–२०७२/०२/२४

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...