Tuesday, January 19, 2016

दशैं

घरमा कौवा नवास्नु है, आउन पाउने छैन मत
पिडा पर्ला परिवारलाई, मुटु पोल्ला भत भत ।

नआए भो दशैँ तिहार तन मन दुखाउनलाई
फेरी पनि उस्तै गरि एक्लो भई बस्नु छत
पिडा पर्ला परिवारलाई मुटु पोल्ला भत भत ।

बर्षौ देखी औँला भाँचि घर जाने दिन् गन्दानी
दशैँ तिहार भन्नु छैन कस्तो ठुलो नसिहत
पिडा पर्छ आँसु झर्छ मुटु पोल्ला भत भत ।

नहेरे भो बाटो मेरो नराखे भो जमरा नि
घर आउने कानमा लाउने भएन त बरगत
घरमा कौवा नवास्नु है आउन पाउने छैन मत
पिडा पर्ला आँसु झर्ला मुटु पोल्ला भत भत ।

घरजाने

घरजाने मन त थियो सकिएन काम पनि
काम नगरि कहाँ पाउनु, हरे दैव माम पनि
मलाइ सम्झी नरुनु है आमावुवा, साथीसंघी अनी वाल सखापन ि
भाडुल्कीले मरो गला, भैसके छ जामपनि
ड्युटी, तलव, अढाई मेरो सकिएन अँझैपनि
लाग्न थाल्यो जीवन पनि, रहेछ है धामपनि
बााचेभने अर्को साल दशै बनी घर आउँला
होइन भने नियतीमै, जाउँला परधाम पनि
घरजाने मन त थियो सकिएन काम पनि
काम नगरि कहाँ पाउनु, हरे दैव माम पनि

दशैं

घरजाने मन त थियो सकिएन काम पनि
काम नगरि कहाँ पाउनु, हरे दैव माम पनि
मलाइ सम्झी नरुनु है आमावुवा, साथीसंघी अनी वाल सखापन ि
भाडुल्कीले मरो गला, भैसके छ जामपनि
ड्युटी, तलव, अढाई मेरो सकिएन अँझैपनि
लाग्न थाल्यो जीवन पनि, रहेछ है धामपनि
बााचेभने अर्को साल दशै बनी घर आउँला
होइन भने नियतीमै, जाउँला परधाम पनि
घरजाने मन त थियो सकिएन काम पनि
काम नगरि कहाँ पाउनु, हरे दैव माम पनि

आमा

चाउचाउले छाक टार्छु आमा आटो पठाइ दिनु
लाज छोप्नलाई तिम्रै हातको  फाटो पठाइदिनु ।

थला परि राछु आमा किन्नलाई पैँसा छैन
त्यतै बाट सिटामोलको टाटो पठाइदिनु
लाज छोप्नलाई तिम्रै हातको  फाटो पठाइदिनु ।

चोटै चोट रगताम्य सितल के हो थाहा छैन
मनको घाउ निको हुने खाटो पठाइदिनु
लाज छोप्नलाई तिम्रै हातको  फाटो पठाइदिनु ।

महँगो छ जल्न पनि खरानीको मुल्य पर्छ
पवित्र छ मेरै ठाउँको माटो पठाइदिनु
चाउचाउले छाक टार्छु आमा आटो पठाइ दिनु
लाज छोप्नलाई तिम्रै हातको फाटो पठाइदिनु ।

बिरहका बुटा हरु चर्दैछौकी आमा

बिरहका बुटा हरु चर्दैछौकी आमा
जेठको मैना रानमा कोदो छर्दैछौकी आमा
धनुसजस्ता कम्मरमा नसुकेका दाउरा बोकि
लेखबाट बेसितिर झर्दैछौकी आमा
बुढेसकालको गरिबिले खुट्टाथाम्न नसकेर
पर्ती मिनिट दुइचार पाइला सर्दैछौकी आमा
उषा निसा अमिसा ती तिनैछोरी छुटे पछि
पधेरिमा रित्तो गाग्री भर्दैछौकी आमा
फर्कियहुन बालापनका दौतरी पर्देस बा

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...