Saturday, January 3, 2015

रेडियो कर्णाली आवाजले आजबाट रेडियोद्धारा रेडियो ट्युसन शुरु

नौरते नेपाली
पुष १९ हुम्ला । निकटको रेडियो, विकटको आवाज, सामुदायिक रेडियो कर्णाली आवाजले आज देखि एसएलसी परिक्षा दिने विद्यार्थीका लागि ट्युसन कक्षा सञ्चालन गरेको छ । हरेक वर्ष रेडियोबाट ट्युसन पढाउँदै आएको सामुदायिक रेडियो कर्णाली आवाज हुम्लाले यस वर्षको रेडियो ट्युसन आज देखि शुरु गरेको हो ।

 रेडियो बाट समेत औपचारिक शिक्षा संभव हुने कुरालाई गत ३ वर्ष देखि प्रमाणीत गरेको रेडियोले यस वर्षपनि अनिवार्य अंग्रेजि, गणीत र विज्ञान बिषयको ट्युशन सञ्चालन गर्ने रेडियोका स्टेशन म्यानेजर नवराज महताराले जानकारी दिनु भएको छ । संयक्त राष्ट्र संघिय वाल कोष युनिसेफको आर्थिक सहयोग र जिल्ला शिक्षा कार्यालय हुम्लाको समन्वयमा रेडियोले आज देखि हरेक दिन अपरान्ह साढे ४ बजे देखि साढे ५ बजे सम्म एक घण्टा सम्म रेडियो ट्युसन कक्षा सञ्चालन गरेको हो । जिल्लाका आर्थिक अवस्था कमजोर भएका तथा शिक्षक अभावका कारण एसएलसी परिक्षाको तयारी गर्न समस्यामा परेका विद्यार्थीलाई सहयोग पुर्याउनका लागि रेडियो ट्युसन कक्षा सञ्चालन गर्न लागिएको हो । रेडियोबाट प्रशारण हुने ट्युसन कक्षाले घरमै बसेर रेडियोका माध्यमबाट सहयोग होस भन्नका लागी ट्युसन शुरु गर्न लागेको बताइएको छ ।



 रेडियोले शुरु गरेको ट्युसनमा सहभागि भएक विद्यार्थी मध्ये २०६९ सालकोे परिक्षामा ८१ दशमलव ५६ प्रतिशत निमित र २०७० सलाको परिक्षामा ५१ दशमलव ४ प्रतिशत उत्रिण भएपछि रेडियो ट्युसन प्रभावकारी भएको भन्दै युनिसेफको सहयोगमा शिक्षा मनत्रालयले सम्बन्धित शिक्षा कार्यालय मार्फत अहिले मध्य तथा सुदुरपश्चिमका सबै जिल्लामा लागु गरेको युनिसेफ क्षेत्रीय शिक्षा संयोजक राधिका तुम्बाहाम्फेले जानकारी दिनु भएको छ । आजदेखि शुरु भएको ट्युसनका लागि यस वर्ष अंग्रेजी विषय मानसरोवरका अमारबहादुर शाही, गणीतमा शिक्षक धनबहादुर ऐडी र विज्ञान विषयमा मानसरोवरका शिक्षक गणेसराज गीरीले सहजिकरण गर्ने भएका भएका छन्  । रेडियोमा नमुना कक्षा मार्फत सञ्चालन गर्ने ट्युसनका सहभागिका लागि रेडियो यस अघि नै सूचना जारी गरेको जनाएको छ । जिल्लामा एसएलसी परिक्षाको तयारी गरिरहेका जिल्लाका विद्यार्थीका लागि ट्युसन कक्षाले सहयोग पुग्ने रेडियोले विश्वास लिएको छ ।

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...