Saturday, August 9, 2014

पत्रकार महासंघ कालिकोट मिशनटोलीले प्रतिवेदन बुझायो

साउन २०/काठमाडौं । पत्रकार रमेश राव विस्थापीत घटना छानविन गर्न बनेको नेपाल पत्रकार महासंघको कालिकोट मिशनले १४ दिन पछि आफ्नो प्रतिवेदन अध्यक्ष डा महेन्द्र विष्टलाई बुझएको छ ।

कारोवार राष्ट्रिय दैनिक र कालिकोटको हाम्रो कर्णाली खबर दैनिक सँग आवद्ध पत्रकार रावलले प्रशासन कार्यालय कालिकोटले वितरण गरेका नागरिकताको प्रमाणपत्रमा भएको त्रुटी, जिल्ला विकास समितिमा भएको रकम दुरुपयोग, महिला तथा वालवालिकाको कार्यालय, स्थानीय शान्ति समिति, गाविसमा भएको रकम अनियमीतता सम्बन्धि समाचार लेखेकै कारण विस्थापित हुनु परेको निष्कर्ष निकालेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय झलक गैरे र नवराज महतारा सम्मीलित दुई सदस्यीय मिशन टोलीले १५ पृष्ठ लामो प्रतिवेदन पेश गरेको टोलीका सदस्य केन्द्रीय सदस्य नवराज महताराले जानकारी दिनुभएको छ । महासंघको कार्यालय सञ्चारग्राममा बुझाइएको प्रतिवेदनमा पत्रकार रावल असार २९ गते अबेर राती मान्म स्थित हाम्रो कर्णाली खबर दैनिकको काम सकेर घर जाने वेला ६//७ जना अज्ञात समुहले रावललाई खौज्दै उनको कोठामा गएको जानकारी आफन्तको टेलिफोनबाट पाए पश्चात विस्थापित भएको ठहर गरेको छ ।

कालिकोटमा ४ दिनको स्थलगत अध्ययन सहित तयार पारिएको प्रतिवेदनमा टोलीले कोलिकोटका प्रमूख जिल्ला अधिकारी, जिल्ला विकास समितिका योजना अधिकृत र केही गाविस सचिव लगायतले पत्रकार रावललाई पटक–पटक धम्की दिने गर्नु, पत्रकारको बारेमा आवाज उठाउने पत्रकार महासंघ जिल्ला शाखा आन्तरिक विवादका कारण दुई धुर्वमा विभाजित हुनु, पत्रकार रावल आफै अखन्तरमूखि स्वभावको भएका कारण सबैसँगको समन्वयलाई व्यवस्थित गर्न नसक्नु, समाचारमा सबैपक्षलाई स्थान नदिनु जस्ता ७ वटा कारणले धम्कीका श्रृंखला बढ्दै गएर अन्तत विस्थापित हुनु परेको उल्लेख गरिएको छ ।

    विस्थापीत पत्रकार रावललाई जिल्लामा फर्केर काम गर्ने अवस्था सम्बन्धि तीन तत्थ्य र तीन सुझाव समावेश गरिएको मिशन टोलीको प्रतिवेदन बुभ्mदै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. विष्टले प्रतिवेदनललाई महासंघले अध्ययन गरेर उल्लेख तत्थ्यका आधारमा आवश्यक कदम चाल्ने बताउनु भएको छ । समाचार लेखेकै कारण पत्रकारमाथी हुने कुनैपनि प्रकारका घटना महासंघका लागि सह्य नहुने भन्दै डा. विष्टले पत्रकारको सुरक्षाबारे सरकारलाई गम्भीर हुन आग्रह गर्नु भएको छ ।
गएको असार ३० गते जिल्लाबाट विस्थापित भएका पत्रकार रावलको घटना समबन्धि अध्ययन गर्न महासंघले साउन ७ गते मिशन टोली गठन गरी कालिकोट पठाएको थियो भने घटनालाई अन्तराष्ट्रिय पत्रकार महासंघ लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायबाट समेत निन्दा गरिएको थियो ।

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...