Sunday, December 29, 2013

मनोनित 26 सभासदका लागि सूचना

सूचना ! सूचना ! ! सूचना ! ! !

२६ मनोनित हुने सभासदहरुका लागि सूचना 
६ सय १ जम्बो, भ्रष्टहरुको खम्बो
राज्य लुट्ने,
इमान कुट्ने,
सज्जन भुट्ने
व्यक्ती धनी देश गरिव बनाउने
महामहीम मनोनित सभासद पदका लागि सूनचा
तीन तियाँ छत्ततीस धन्दामा अब्बल
भगतसिंह, चरी मुन्द्रे र चुल्ठेमा दख्खल
पार्टीगत सिद्धान्त नामेट पार्ने असली धन्दा गरेको
लोकतन्त्रलाई ठाडै चुनौती दिने
सके लोकतान्त्रिक आन्दोलनमा
मन्त्री तथा कुनैपदमा भेटी चढाएको
पार्टीमा बिचलन आउँदा
पानीले भिजेको बिरालो झै ओत लागेको
भ्रष्टचारी, व्यवीचारी जस्ता
विश्व विख्यात महान पदवीको खोट लागेका
यौग्य कुशल व्यक्तीको आवश्यक परेको सूचना

जनताले नपत्तयाएको
संगठन र गाउँले लत्याएको
शक्तिीकेन्द्रको पैतला छिर्न सक्ने,
गएको निर्वाचनमा सकभर
आप्नै पार्टीलाई अन्तरघात गरेको
त्यति नभए
पार्टीको प्रचारमा भन्दा शहर बजारमा सरेको
वुवा ए, आम वी, छोरा, सी त छोरी डी पार्टीको लिष्टमा परेको
गाउँका नाममा गएको योजना
घरखर्चमा लगाएकोः
जनताको ध्वाँस देखिउँदै काठामाडौ केन्द्रित हने
विलक्षण प्रतिभा भएको 


मारेपनि भ्या नगर्ने
एकलकाँटे भेडा स्वभावको
माननिय सभासद पदका लागि
२६ सिट रिक्त रहेकाले योग्यता हुनु हने महानु भावलाई
प्रोत्साहित गरिन्छ ।
यदी तपनाई सँग भारत, नेपाल र चिनको नागरिकता छ भने
त्यस्ता व्यक्तिका लागि २५ नम्बरको ग्राहयताको व्यवस्था
यदी तर्पाइमा यस्तो प्रतिभा छ भने
कृपया
छ केपी छैन भलनाथ
शुसिल भन्दा माधव फलनाथ
तथा नेपालका मुख्य वटै राष्ट्रि अस्थित्व लुटाउ केन्द्र
महाराजगञ्ज, डल्लु, कोटेश्वर, वालकोटमा तुरुन्त खबर गर्नू होला
तपाइका लागि २६ सिट को अग्रीम बुकिङ समेत गरिने छ ।।

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...