Wednesday, January 15, 2014

तिम्रो याद !


२०७० माघ १ गते बसुन्धारा काठमाडौं 
किन होला आज मलाई, उनकै याद आयो
मन्द मुष्कान मिजास बोली, गुनकै याद आयो
कसलाई सुनाउँ ? कसलाई कहु ? यो मनको महाभारत
जिवन रुपी सागर तर्ने, तुनकै याद आयो

यति वेला उकुस मुकुस, भएको छ पापी मन त
औशीको यो कालरात्रीमा, जुन कै याद आयो
कती सक्छ तिम्रो मनले,  यो आत्माको श्वास उडाउने
अहिले गहुँको नष्ल ख्याउने, घुनकै याद आयो ।।

कती चढाउँ बिन्तीपनि, बढेकै तीम्रो भाउँ
वैशाख, मंसीर बजार जस्तो, सुनकै याद आयो
जहाँ जाउँ जे गरुनी, लाको दाग नमेटीने
तीम्रो संगत नाक  भैबग्ने, खुनको याद आयो

किन होला आज मलाई, उनकै याद आयो
मन्द मुष्कान मिजास बोली, गुनकै याद आया
जिवन रुपी सागर तर्ने, तुनकै याद आयो
जिवन रुपी सागर तर्ने, तुनकै याद आयो
औशीको यो कालरात्रीमा, जुन कै याद आयो
अहिले गहुँको नष्ल ख्याउने, घुनकै याद आयो ।।
वैशाख, मंसीर बजार जस्तो, सुनकै याद आयो
तीम्रो संगत नाक  भैबग्ने, खुनको याद आयो ।।।

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...