Tuesday, October 28, 2014

पत्रकार कुट्नेलाई उन्मुक्ति

एक पत्रकारलाई सांघातिक आक्रमण गर्ने दुई जना महिलालाई कालिकोट जिल्ला प्रशासन कार्यालयले सामान्य कारवाहीमा उन्मुक्ति दिएको छ ।

नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष कालिबहादुर मल्लमाथि सांघातिक आक्रमण गर्ने सदरमुकाम मान्मा स्थित शाही होटलका सञ्चालक टिका शाही र सुनिता मल्ललाई कालिकोट प्रशासनले उन्मुक्ति दिएको हो । उनीहरुलाई जनही १० हजार धरौटीमा छाडिएको जानकारी दिंदै महासंघ कालिकोटका उपाध्यक्ष पवित्र कुमार शाहीले ‘राजनीतिक प्रभावमा प्रशासन परिचालित भएको’ टिप्पणी गरे ।
शाहीले आफन्त सुनितास“ग मिलेर गत साता शनिबार आफ्नै होटलमा बोलाएर अध्यक्ष मल्लमाथि सांघातिक आक्रमण गरेकी थिइन् । त्यसलगत्तै प्रहरी नियन्त्रणमा रहेका उनी दुवैलाई स्थानीय प्रशासनले सार्वजनिक अपराध सम्बन्धी कानुनी प्रक्रिया अगाडी बढाएको थियो ।
‘प्रमुख जिल्ला अधिकारीले पटकपटक हामीहरुस“ग हदैसम्मको कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए’, उपाध्यक्ष शाहीले भने, ‘त्यसको ठिक विपरित आक्रमणकारीलाई सजिलै उन्मुक्ति दिइएको छ ।’ अभियुक्तका पक्षमा सत्तारुढ राजनीतिक दलबाटै निरन्तर दबाब गएपछि प्रजिअ विजय नारायण मानन्धरले सामान्य धरौटीमा छाडेको प्रशासन स्रोतको भनाइ छ । ‘प्रधानमन्त्री कार्यालयबाटै प्रजिअलाई टेलिफोन आएको खुलेको छ’, प्रशासन स्रोतलाई उद्धृत गर्दै कालिकोटका सञ्चारकर्मीहरुले भनेका छन् ।
उपाध्यक्ष शाहीले प्रशासनको निर्णय विरुद्ध कालिकोट महासंघ आन्दोलित हुन बाध्य भएको बताएका छन् । कालिकोटका पत्रकारहरुले महासंघको नेतृत्वलाई नै दिनदहाडै
सांघातिक आक्रमण गर्ने व्यक्तिलाई कारवाही नगरेपछि आफुहरुले पत्रकारिता गर्ने अवस्था नै नरहेको प्रतिक्रिया दिएका छन् । ‘यस्तो अवस्थामा हामी कसरी राम्रो समाचार लेख्न सकौंला’, पत्रकार रमेश रावलले भने, ‘कालिकोटका पत्रकारहरु निरन्तर जोखिमको सामना गर्दै आएका छन् ।’ पत्रकार रावललाई स्थानीय प्रशासन समेतको धम्की आएपछि उनी काठमाडौं विस्थापित हुन पुगेका थिए ।aaa to
नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि मण्डल कालिकोट पुगेर सरोकारवालाहरु बीच लामो प्रयास र पहल पछि पत्रकार सुरक्षाको सुनिश्चितताको प्रतिबद्धता व्यक्त गरिएको थियो । त्यसपछि मात्रै रावल राजधानीबाट कालिकोट फर्किएका हुन् । ‘प्रहरी, प्रशासनले नै आफ्नो प्रतिबद्धता विपरित व्यवहार गरेका छन्’, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरेले भने । संयोजक गैरेको नेतृत्वमा कर्णाली संयोजक नवराज महतरा सहितको केन्द्रीय विशेष टोली पत्रकारको सुरक्षाको विषयमा गत महिना कालिकोट पुगेको थियो ।
शाही होटलमा प्रहरीले छापा मारी सात जना जुवाडेलाई रंगेहात पक्राउ गरेपछि आक्रोशित होटल सञ्चालकले पत्रकारमाथि आक्रमण गरेका थिए । पीडित मल्लको कान,पाखुरा, टाउको ,ढाडमा र टाउकोमा चोट लागेको छ । कानमा दुइवटा टाका लागेको छ ।

कर्णालीका प्रस्तावित सडक र पुल चालु आर्थिक वर्षमा पुरा गर्न संसदिय समितिको निर्देशन

कार्तीक ११ , कर्णाली आवाज सिमकोट हुम्ला । व्यवस्थापिका  संसदको संसदिय विकास समितिले कर्णालीमा प्रस्तावित सम्पूर्ण सडक र पुल यसै आर्थिक वर्षमा पुरा गर्न, नियमन र अनुगमन कार्य गर्न सरकार र सम्बन्धित सरोकारवाला निकायलाई निर्दैशन दिएको छ । समितिको आज बिहान सिंह दरबारमा विकास समितिका सभापति रविन्द्र अधिकारीको सभापतित्वमा बसेको वैठकले त्यस्तो निर्देशन दिएको हो । समितिका सभापति अधिकारीले अवको राजनीति भनेकै विकास भएकोले उक्त निर्देशन जरुरी भएको बताउँदै डोल्पामा आउँदो वर्ष सडक पुग्ने देखियो तर हुम्लामा भने कहिले पुग्ने भन्ने स्थिती रहेकोले यस्तो निर्देशन दिन आवश्यक रहेको बताउनुभयो ।  कार्यक्रममा हुम्ला जिल्लाका सभासद जीवन बहादुर शाहीले घोषणा गरेअनुरुप सरकारले राज्यसँग जोडिने बाटो पुग्नुपर्ने बताउनु भयो ।

हुम्लावासीको जीवन स्तर सुधार्नका लागि बाटो, बिजुली, वन, बिचार र बजार अत्यावश्यक भएकोमा जोड दिनु  भएको छ । मुगु जिल्लाका सभासद मोहन बानीयाले राज्यको नीति निर्माण तहमा कर्णालीको उपस्थिती न्यून भएका कारण विकासको लागि समसइा भएको उल्लेख गर्नु भएको छ । वैठकमा समिति सदस्यहरु  राजकुमार भट्टराई, आङदावा शेर्पा, गणेश पाष्डे, गोमा कुँवर। कर्णबहादुर विक, वैजनाथ चौधरी, महेन्द्र यादवले कर्णालीको विकासमा राज्यका सबै निकायले विषेश ध्यान दिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय योजना आयोगका सदस्य सोनु वाग्ले, भौतिक मन्त्रालयका सचिव सचिव तुलसी प्रसाद सिटौला, कर्णाली विकास आयोगका अध्यक्ष डा कलबहादुर रोकाया राष्ट्रिय योजना आयोगका निमित्त सचिव पुरुषोत्तम घिमिरेल वैठकमो आफ्नो कार्यालयले गरेका कामको विवरण समेत प्रस्तुत गरेको समिति सभापति अधिकारीले बताउनुभएको छ ।

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...