
कार्तीक ११ , कर्णाली आवाज सिमकोट हुम्ला । व्यवस्थापिका संसदको संसदिय विकास समितिले कर्णालीमा प्रस्तावित सम्पूर्ण सडक र पुल यसै आर्थिक वर्षमा पुरा गर्न, नियमन र अनुगमन कार्य गर्न सरकार र सम्बन्धित सरोकारवाला निकायलाई निर्दैशन दिएको छ । समितिको आज बिहान सिंह दरबारमा विकास समितिका सभापति रविन्द्र अधिकारीको सभापतित्वमा बसेको वैठकले त्यस्तो निर्देशन दिएको हो । समितिका सभापति अधिकारीले अवको राजनीति भनेकै विकास भएकोले उक्त निर्देशन जरुरी भएको बताउँदै डोल्पामा आउँदो वर्ष सडक पुग्ने देखियो तर हुम्लामा भने कहिले पुग्ने भन्ने स्थिती रहेकोले यस्तो निर्देशन दिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा हुम्ला जिल्लाका सभासद जीवन बहादुर शाहीले घोषणा गरेअनुरुप सरकारले राज्यसँग जोडिने बाटो पुग्नुपर्ने बताउनु भयो ।
हुम्लावासीको जीवन स्तर सुधार्नका लागि बाटो, बिजुली, वन, बिचार र बजार अत्यावश्यक भएकोमा जोड दिनु भएको छ । मुगु जिल्लाका सभासद मोहन बानीयाले राज्यको नीति निर्माण तहमा कर्णालीको उपस्थिती न्यून भएका कारण विकासको लागि समसइा भएको उल्लेख गर्नु भएको छ । वैठकमा समिति सदस्यहरु राजकुमार भट्टराई, आङदावा शेर्पा, गणेश पाष्डे, गोमा कुँवर। कर्णबहादुर विक, वैजनाथ चौधरी, महेन्द्र यादवले कर्णालीको विकासमा राज्यका सबै निकायले विषेश ध्यान दिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय योजना आयोगका सदस्य सोनु वाग्ले, भौतिक मन्त्रालयका सचिव सचिव तुलसी प्रसाद सिटौला, कर्णाली विकास आयोगका अध्यक्ष डा कलबहादुर रोकाया राष्ट्रिय योजना आयोगका निमित्त सचिव पुरुषोत्तम घिमिरेल वैठकमो आफ्नो कार्यालयले गरेका कामको विवरण समेत प्रस्तुत गरेको समिति सभापति अधिकारीले बताउनुभएको छ ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home