Saturday, December 13, 2014

कर्णाली प्रतिको बिम्व सुधार गर्न कर्णालीका पत्रकारको आग्रह

रारा संचार सम्मेलन २०७
Rara Media Submit 2014
घोषणा–पत्र

कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित पर्यटकीय स्थल रारामा २०७१मंसिर २५ र २६ गते सम्म प्रेस काउन्सिल नेपाल,न्यूनतम पारिश्रमिक निधारण समिति, नेपाल पत्रकार महासंघ र कर्णाली अञ्चलक्षेत्रिय समन्वय समितिका ेआयोजना र कर्णालीका पाँच वटै जिल्लाका संचारकर्मीको सहभागितामा भएको रारा सञ्चार सम्मेलन नेपाली पत्रकारिताले कर्णाली प्रतिको बिम्ब परिवर्तन सहितको स्वाभिमान कामय गरीहरेक विकासजस्तै पत्रकारिताको विकासलाई पनि दानका रुपमा भन्दा अधिकारका रुपमा स्थापित गर्दै दयामूखि पत्रकारिता भन्दा व्यवसायीक र समुन्नत पत्रकारिताको आग्रह सहित विभिन्न १३ बुदें रारा घोषणा पत्र२०७१ जारीगर्दछ ।

१) नेपालको पत्रकारिताले कर्णालीको सम्पन्नतालाई भन्दा कर्णालीका विषयलाई दयामूखि लिडबाट मात्रै समावेश गर्ने गरेका कारण कर्णालीको वास्तविकता भन्दा दयामूखि विम्बले समग्र कर्णालीवासीलाई हिनताबोध गराएको वास्तविकतालाई आत्म साथगर्दै राष्ट्रिय तथाअन्तराष्ट्रिय सञ्चार माध्यमलाइ कर्णालीको बिम्ब परिवर्तनका समचार सामाग्री प्रकाशन तथा प्रशारण गर्न यो सम्मेलन आग्रहगर्दछ ।

२) नेपालपत्रकार महासंघमा कर्णालीबाट प्रतिनिधित्व गर्ने प्रथम केन्द्रिय सदस्य स्वार्गिय गौरी कठायतको संझना स्वरुप कर्णालीबाट पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गर्ने ध्येयले नेपाल पत्रकार महासंघ कर्णाली अञ्चल क्षेत्रिय समन्वय समितिले तयार पारेको गौरी कठायत राष्ट्रिय पत्रकारिता पुरस्कार सञ्चालन कार्यविधि२०७१ अनुसार सञ्चालनगर्ने गरी रु २,००,०००। (दुईलाख) को अक्षयकोष स्थापनाको घोषणा गर्दछ ।

३)  राज्यका सबै सरकारी सञ्चार संयन्त्रमा कर्णालीको अनिबार्य प्रतिनिधित्वहुने गरी शुरुमा सरकारी सञ्चार माध्यमबाट कर्णाली क्षेत्रको विट (क्षेत्रगत) रिर्पोटिङ तत्काल शुरुगर्न यो सम्मेलन नेपाल सरकार, सूचनातथा सञ्चार मन्त्रालय लगायतका निकायलाई आग्रहगर्दछ ।
   
४) कर्णालीमा कार्यरत पत्रकारहरुका सबै प्रकारका क्षमता विकासका लागी बिशेष कार्यक्रमको व्यवस्था सहित स्रोत सहितको अधिकार सम्पन्न कर्णाली सञ्चार प्रशिक्षण प्रतिष्ठानको गठनको लागी नेपाल सरकार र सम्बद्ध निकाय सँग यो सम्मेलन जोडदार माग गर्दछ ।

५) कर्णाली र विकासका हिसाबले पछि रहेका जिल्लाको पत्रकारिताको विकासलाई जोड दिनका लागि अनुदानमूखि पत्रकारिताको अवधारणा अनुशार राज्यले स्थानीय स्तरका सञ्चार माध्यम र सञ्चारकर्मीको पेशागत दक्षता वृद्धी, उत्थान,विकासतथा संरक्षण सहित पत्रकारिताको व्यवसायीकरणका लागीमिडिया विकास कोषमार्फत प्रदानगर्ने सेवा सुविधामा बढोत्तरी गर्दै विद्यमान१० प्रतिशतब्याजको सहुलियतलाई सतप्रतिशत  बृद्धि गर्न आग्रहगर्दै कर्णालीबाट प्रकासित पत्रिकाहरुले प्रयोग गर्ने न्युजप्रीन्टको खरिदमा ५० प्रतिशततथापेपर खरिदमा लाग्ने भन्सार छुट गर्दै स्थानीय रेडियो तथ पत्र पत्रपकिाको हकमा सुचना बिभागले उपलब्ध गराउने लोक ,पत्र पत्रिकालाई प्रदान गरिने लोक कल्याणकारी बिज्ञापनलाई ५० प्रतिशत बृद्धि गर्नयो सम्मेलन मागगर्दछ ।

६) कर्णालीबाट सरकारी तथा निजीस्तरमा रहेका सञ्चार गृहमा कामगर्ने सञ्चारकर्मीले पाउने गरेकोे पारिश्रमिक अन्त्यन्तै कम हुनुका साथै कर्णाली जस्ता हिमाली जिल्लाका लागि औपचारिकतामा मात्रै समावेश गर्ने स्ट्रिन्जरले कर्णालीको पत्रकारिताको व्यवसायिक विकास हुन नसक्ने अवस्थालाई मध्यजनर गर्दै स्ट्रिन्जरको सट्टा पूर्णकालिन रिर्पोटरको रुपमानियुत्त गरी उनीहरुले प्राप्तगर्ने पारिश्रमीक वृद्धिका लागि पहल गर्न जोडदार माग गर्दछ ।

७) कर्णालीलाई कार्यक्षेत्र बनार्इ कामगर्ने सञ्चारकर्मीको व्यवसायीक पहुँच वृद्धी गर्नका लागि अनुदानमूखि पत्रकारिताको सिद्धान्त अनुशार पत्रकारका लागि आवश्यक पर्ने सञ्चार सुविधाः इमेल इन्टरनेट, फोन, प्mयाक्स, यातायात सुविधा(हवाई र यातायात) माकम्तीमा ५० प्रतिशतको सहुलियत प्रदान गरिनुका साथै स्वास्थ्य उपचारका लागि निजी तथा सरकारी अस्पतालमा उपचार गर्दा५० प्रतिशतले सहुलियतका ेउपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रहगर्दछौं ।

८) कर्णालीमा स्थापित भएका सञ्चार माध्यममा प्रयोग हुने सञ्चार सामग्री (प्रेस, ट्रान्स मिटर, मिक्स्चर, क्यामरा, रेकर्डर, कम्प्युटर, टावर जस्ता सामाग्री)को खरिदमा शतप्रतिशत भंसार छुट तथा खरिदमा समेत पत्रकार महासंघको सिफारिसमा ५० प्रतिशत सहुलियतको व्यवस्थालाई नीतिगत रुपमाव्यवस्थागर्न यो सम्मेलनआग्रहगर्दछ ।

९) आउँदो आर्थिक वर्षमानिर्माण कार्य सम्पन्नहुने गरि कर्णालीकापाँच वटैजिल्लामापत्रकार महासंघ जिल्लाशाखाकाभवन निमार्णकालागी सरकारी तवरबाटआबश्यक बजेट बिनियोजनकालागि सम्बन्धितनिकायलाई यो सम्मेलनआग्रहगर्दछ ।

१०)  सुचना बिभागबाट प्रदानगरिने प्रेस पास, पत्रपत्रिका दर्ता तथा स्थानान्तानान्तरण, रेडियो लाइसेन्स नविकरण, रोयल्टी बुझाउने कार्यलाई अब देखि सम्बन्धित जिल्लाबाटै सहज रुपमा गर्न कानुनी व्यवस्थाका लागि जोडदार मागगर्दछ ।

११) नेपालको सञ्चार क्षेत्रका विभिन्न निकाय (सूचना विभाग, प्रेस काउन्सील, राष्ट्रिय सूचना आयोग लगायत कानिकाय) का क्षेत्रिय कार्यालय कर्णालीमा स्थापना गर्दै कर्णाली मैत्री सञ्चार नीतिका लागि नेपाल सरकार र सम्वद्ध निकायलाई आग्रहगर्दछौं ।

१२) कर्णालीको समुन्नतीको आधारका रुपमा रहेको रारा जस्ता पर्यटकीय संभावना बाकेका ऐतिहाँसिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि राज्यले दिर्घकालिन पर्यटन गुरु योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्दै मुगुको ताल्चा विमान स्थललाई यथासक्य कालोपत्र गर्न, स्थलगत मार्गबाट रारा आउने आन्तरिक तथा बाह्य पर्यटकको सहज पहुँचका लागी कर्णाली राजमार्गलाई समेत कालोपत्रे गर्न नेपाल सरकार लगायत दातृ निकायलाई यो सम्मेलन हार्दिक आग्रहगर्दछ ।

१३) कर्णालीको पत्रकारिताको समिक्षात्मक बहस सहितको व्यवसायिक पत्रकारिताका संभावनाको खोजि गर्नका लागि नेपालपत्रकार महासंघ कर्णाली अञ्चल क्षेत्रिय समन्वय समितिको आयोजनामा सम्पन्न भएको रारा सञ्चार सम्मेलन –२०७१ ९ Rara Media Submit 2014 मागौरवमय सहभागिता जनाउनु हुने नेपाल सरकारका प्रवत्तामा. सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल, प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्की, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष खेम भण्डारी, प्रेस काउन्सिल नेपालका सदस्य किशोर श्रेष्ठ, सुर्दशन आचार्य,मनऋषी धिताल, सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला प्रति आभार व्यक्तगर्दै कार्यक्रमको आयोजनाका लागि सहयोग गर्ने मुगु जिल्ला विकास समिति, सम्पूर्ण राजनीतिकदल, सरकारी तथा गैरसरकारी कार्यालय, डाँफे होटेल रारा, गोमा यएर, रारा राष्ट्रिय निकुञ्ज, दुर्गा भञ्जन.गुल्म रारा सहित कार्यक्रमलाई सहयोग गर्ने सम्पूर्ण निकाय सहित नेपाल पत्रकार महासंघका पाँच वटै जिल्लाका जिल्ला शाखा र कार्यक्रमको सफल व्यवस्थापन गर्ने मुगु शाखालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं  ।


Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...