Friday, July 18, 2014

'पार्टी सञ्चालन म्याराथुन प्रतियोगिता होइन, टिम स्पिरिट हो'


काठमाडौँ, साउन १

'कमरेडहरूको जत्तिको लामो जीवन मेरासामु छैन, कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि भन्ने सुविधा छैन'
एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूसँग लामो जीवन नभएको र कुनै पनि काम बिस्तारै गर्दै जाउँला भन्ने सुविधा नभएको बताएका छन्।
एमाले अध्यक्षका रुपमा चुनिएपछि पहिलोपटक एमाले मुख्यालय बल्खुमा सम्बोधन गर्दै ओली भने, ‘संभवतः कमरेडहरूको जत्तिको लामो जीवन मेरासामु छैन, त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि त भन्ने सुविधा छैन भन्ने तथ्यप्रति म सजग छु।

उनले आफ्नो स्वास्थ्यलाई लिएर भएका अनेकौं टिकाटिप्पणी आफूले सुनेको र स्वास्थ्यमा केही समस्या भएकामा सजग रहेको बताए। मेरो स्वास्थ्यस्थितिप्रति चिन्ता जाहेर गर्ने, स्वास्थ्यलाभको कामना गर्ने र उपचारमा सहयोग गर्ने सबैप्रति म कृतज्ञ छु,’ उनले भने, ‘पार्टी सञ्चालन म्याराथुन प्रतियोगिता होइन र पार्टी नेता म्याराथुन धावक पनि होइन। यो एउटा टिम स्पिरिट हो र पार्टी नेताले मूलतः वैचारिक, साङ्गठनिक र शैलीगत अगुवाइ गर्दै समग्र पार्टीलाई गतिशील बनाउने हो।
उनले केन्द्रीय कमिटीको नवनिर्वाचित टिम सामूहिक भावनाकासाथ सञ्चालन हुँदा देशैलाई जुरुक्क उचाल्न सामथ्र्यवान् रहेको बताए। म आफ्नो सम्पूर्ण सामथ्र्य, उर्जा र विवेक पार्टी, जनता, देश र मानवताप्रति समर्पित गर्ने विश्वास पुनः दोहोर्याउन चाहन्छु,’ उनले भने।
उनले गरेको सम्बोधनको पूर्ण पाठ
ओलीको मन्तव्यको पूर्णपाठ यस्तो छ
१. नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। सर्वप्रथम, महाधिवेशनबाट मलाई अध्यक्ष पदमा निर्वाचित गर्नुहुने सम्पूर्ण प्रतिनिधि कमरेडहरूप्रति आभार तथा धन्यवाद ज्ञापन गर्दछु।
पदाधिकारी, केन्द्रीय कमिटी सदस्य एवम् विभिन्न आयोगमा निर्वाचित हुनुहुने सम्पूर्ण कमरेडहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। नवौं राष्ट्रिय महाधिवेशनलाई कुशलतापूर्वक सञ्चालन गर्नुहुने अध्यक्ष मण्डल र निर्वाचनको जटिल एवम् कष्टसाध्य प्रक्रियालाई सफलतापूर्वक एवम् विश्वसनीय र निष्पक्षढङ्गले सम्पन्न गर्नुहुने निर्वाचन आयोग तथा त्यसमा सहयोग पुर्‍याउने सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्दछु।
महाधिवेशनलाई व्यवस्थितढङ्गले सम्पन्न गर्न सहयोग पुर्‍याउने स्वयम्सेवक साथीहरू, सुरक्षाकर्मी मित्रहरू तथा महाधिवेशनका गतिविधिलाई व्यापक कभरेज गरेर जनतालाई सुसूचित गर्नुहुने सञ्चारकर्मी साथीहरू सबै धन्यवादका पात्र हुनुहुन्छ।
२. यस अवसरमा म पार्टीका आदरणीय संस्थापक महासचिव कमरेड पुष्पलाल, जबजका प्रणेता जननेता मदन भण्डारी तथा श्रद्धेय अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री कमरेड मनमोहन अधिकारीप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु। हामीले राष्ट्रिय राजनीतिमा हावी निरङ्कुश राजतन्त्र तथा कम्युनिष्ट आन्दोलनमा उत्पन्न दक्षिणपन्थी अवसरवाद, बिखण्डन तथा विभाजनमाथि हस्तक्षेप गर्न झापा विद्रोह सङ्गठित गरेका थियौं, जसको जगमाथि आधारित भएर पुनःगठित हुँदै आजको नेकपा (एमाले) बनेको छ।
यतिबेला म कमरेड रामनाथ दाहाललगायत ती श्रद्धेय सहिदहरूलाई सम्भि्कइरहेको छु, जसलाई तत्कालीन शासकहरूले हाम्रैबीचबाट खोसेर सुखानीमा लगी कायरतापूर्ण हत्या गरेका थिए। नेपाल राष्ट्रको निर्माण तथा रक्षाको सङ्घर्ष, सामाजिक मुक्ति र लोकतन्त्र प्राप्तीको आन्दोलन तथा जनवाद र समाजवाद स्थापनाको सुन्दर लक्षका खातिर जीवन अर्पण गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु। मुलुकले अनावश्यक रूपमा बेहोर्नु परेको एक दशक लामो हिंसात्मक द्वन्द्व र त्यसक्रममा मारिएका निर्दोष नागरिकहरू एवम् द्वन्द्वपीडितहरूप्रति पनि म हार्दिक सम्मान प्रकट गर्न चाहन्छु।
३. स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको एउटा जीवनअङ्ग हो। सकभर सहमति गर्ने, त्यसो हुन नसके जनता या जनताका प्रतिनिधिहरूको अभिमतबाट नीति र नेतृत्व चयन गर्ने लोकतन्त्रको मर्म नेकपा (एमाले)को सैद्धान्तिक मान्यताको अभिन्न अङ्ग बनेको छ। यही मान्यताभित्र रहेर नवौं महाधिवेशनमा हामीले नेतृत्व चयनका लागि प्रतिस्पर्धाको लोकतान्त्रिक विधि अवलम्बन गर्‍यौं। म यस प्रतिस्पर्धामा सहभागी कमरेड माधवकुमार नेपाल तथा अन्य कमरेडहरूप्रति हार्दिक धन्यवाद र सम्मान व्यक्त गर्न चाहन्छु। यो पार्टीभित्रको, कमरेडकमरेडहरूबीचको प्रतिस्पर्धा हो र यसले एकतापहलकदमीप्रतिस्पर्धा र अझ उन्नतस्तरको एकताको मान्यता अबलम्बन गरेको छ भन्ने विश्वास म यहाँ व्यक्त गर्न चाहन्छु।
४. थुप्रै कमरेडहरूले नवौं राष्ट्रिय महाधिवेशनको क्रममा भएका विभिन्न गतिविधि र प्रतिस्पर्धालाई लिएर चिन्ता र चासो प्रकट गर्नुभएको छ। पार्टीको एकता, अग्रगति र भविष्यलाई लिएर प्रकट भएका यी चासोप्रति म निकै गम्भीर र संवेदनशील छु। नेकपा (एमाले)को काँधमा यतिबेला के कस्ता ऐतिहासिक अभिभाराहरू छन् र राष्ट्र तथा जनताले हामीबाट कस्तो अपेक्षा गरेका छन् भन्ने कुराप्रति हामीहरू एकदमै सजग छौं। शान्तिपूर्ण जनक्रान्तिका उपलब्धि संस्थागत गर्ने महाधिवेशनको प्राथमिक कार्यसूची र जबजको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गर्ने सङ्कल्प एकताबद्ध, सुदृढ र गतिशील नेकपा (एमाले)बाट मात्रै पूरा गर्न सकिन्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ। त्यसैले म सिङ्गो पार्टीको तर्फबाट उद्घोष गर्न चाहन्छुआजैका मितिदेखि पार्टीभित्र देखापरेका सबै विचार समूह, धु्रवीकरण र प्रतिस्पर्धाको चरण समाप्त भएको छ र पार्टी अझ उन्नतस्तरबाट एकताबद्ध भएको छ। लोकतन्त्र अभ्यास गर्दै र सिक्दै जाने (लर्निङ बाई डुइङ) प्रक्रिया हो। नवौं महाधिवेशनले हामीलाई पार्टी जीवनको लोकतान्त्रिकरणलाई अझ उन्नत बनाउन थुपै्रै सकारात्मक/नकारात्मक पाठ सिकाएको छ। प्रतिस्पर्धाको क्रममा प्रकट भएका सबै कमीकमजोरीको हामीले गम्भीर आत्मसमिक्षा गर्नेछौं र आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन ठोस व्यवस्था गर्नेछौं। स्वाभाविकै रूपमा, सहमतिका आधारमा नेतृत्व चयन हुनसकेको भए धेरै राम्रो हुन्थ्यो। त्यसका लागि प्रयत्नहरू पनि भए। तर विभिन्न कारणवश त्यसो हुन नसकेपछि हामीले प्रतिस्पर्धाका आधारमा नेतृत्व चयनको विकल्प चयन गर्‍यौं। हामी आफैले रोजेको यो विकल्पलाई नकारात्मकढङ्गले हेर्ने होइन, आत्मसमीक्षाका साथ अझ उन्नत बनाउने प्रयास हुने विश्वास म दिलाउन चाहन्छु।
५. यो पार्टी हाम्रा अनगिन्ती सहिदहरूको बलिदान, हजारौं योद्धाहरूको सौर्य र लाखौंलाख जनताको माया र विश्वासको समष्टिबाट निर्माण भएको हो। यसको अग्रगतिका लागि पार्टीका सबै कमरेडहरूको भावनात्मक एकता, सहयोग र सक्रियता अपरिहार्य छ। म निवर्तमान अध्यक्ष कमरेड झलनाथ खनालले विगत पाँच बर्षसम्म गर्नुभएको पार्टीको सफल नेतृत्वका लागि हार्दिक बधाई र धन्यवाद ज्ञापन गर्दछु। आगामी दिनमा उहाँको निरन्तर अभिभावकीय भूमिकाको अपेक्षा गरेको छु। पार्टीमा लामो समयसम्म सक्रिय नेतृत्व गर्नुहुने कमरेड माधवकुमार नेपालको अनुभव र क्रियाशीलता पार्टीलाई अगाडि बढाउन अत्यन्त महत्वपूर्ण हुने विश्वासकासाथ निरन्तर सहयोगका लागि अनुरोध गर्दछु। हिजोसम्मको प्रतिस्पर्धाको अवस्थालाई बिर्सेर म सबै कमरेडहरूलाई उचित जिम्मेवारी दिन, टिम स्पि्ररिटका साथ पार्टी सञ्चालन गर्न र साँचो अर्थमा पार्टीमा सामूहिक नेतृत्व स्थापित गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु। कमरेडहरूबाट पनि मैले यस्तै रचनात्मक भूमिकाको अपेक्षा गरेको छु। प्रतिस्पर्धाका क्रममा कतिपय महत्वपूर्ण कमरेडहरू नेतृत्वमा समेटिनबाट छुट्नुभएको छ। नेतृत्वमा उहाँहरूको अभाव निकै खटि्कनेछ। पार्टी कामका नयाँ क्षेत्रहरूमा कमरेडहरूलाई समेट्ने प्रतिबद्धता कमरेडहरूसमक्ष व्यक्त गर्न चाहन्छु।
६. नवनिर्वाचित पार्टी नेतृत्वसामु सङ्क्रमणकालीन नेपाली राजनीतिलाई नयाँ संविधानमार्फत् निकास दिनैपर्ने राष्ट्रिय अभिभारा छ। राष्ट्रिय राजनीतिमा सहमति र सहकार्यलाई निरन्तरता दिंदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अभिभारा रहेको छ। बुर्जुवा राजनीतिक शक्तिसँगको प्रतिस्पर्धामा नेकपा (एमाले) को श्रेष्ठता स्थापित गर्ने र आगामी निर्वाचनसम्म नेकपा (एमाले)लाई पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने दायित्व छ। सर्वोपरी रूपमा, राजनीतिक क्रान्तिका उपलब्धिलाई संस्थागत गर्दै सामाजिकआर्थिक रूपान्तरण र समृद्ध नेपालको निर्माण गर्ने युगीन दायित्व छ। केन्द्रीय कमिटीको तर्फबाट म सङ्कल्प गर्दछुहामी मार्क्सवादलेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेकपा (एमाले) बाट राष्ट्र, जनता, लाखौं पार्टी समर्थकशुभचिन्तकहरू र युगले गरेको अपेक्षा पूरा गर्न आफ्नो सम्पूर्ण सामर्थ्य लगाउनेछौं।
७. यस महाधिवेशनमा हामीले नेतृत्व हस्तान्तरणको प्रश्नलाई विशेष जोड दिएका छौं। कम्युनिष्ट आन्दोलनमा हावी हुँदै आएको अलोकतान्त्रिक परम्परा अर्थात् एकचोटी क्रान्ति गरेपछि कम्युुनिष्ट पार्टी सधैभरि सत्तामा रहिरहने र एकचोटी सर्वोच्च पदमा पुगेपछि नेताले कहिल्यै नेतृत्व हस्तान्तरण गर्न तयार नहुने परम्पराको पृष्ठभूमिमा जबजले कम्युनिष्ट पार्टीले आवधिक निर्वाचनमा प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर मात्रै सत्ता सञ्चालन गर्ने र पार्टी नेताहरूले पनि कार्यकर्ताहरूको विश्वास जित्नैपर्ने लोकतान्त्रिकरणको मान्यता विकास गरेको छ। नेतृत्व हस्तान्तरण जबजको यही मान्यताको एउटा अभिन्न अङ्ग हो। हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौंनेतृत्व हस्तान्तरणको यो बिषयलाई हामी पद्धतिका रूपमा स्थापित गर्नेछौं। नेतृत्वको योजनाबद्ध विकास गर्दै छिटोछिटो युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्दै लगिनेछ।
८. नेपाली कम्युनिष्ट आन्दोलनमा उत्पन्न दक्षिणपन्थी अवसरवाद तथा उग्रवामपन्थी भड्कावका पीडा र तिनले पुर्‍याएको क्षतिलाई हामीले बिर्सेका छैनौं। दश र बीसको दशकमा उत्पन्न दक्षिणपन्थी अवसरवादले नेपाली कम्युनिष्ट आन्दोलनलाई निरङ्कुश राजतन्त्रबिरुद्ध सशक्त प्रतिवाद गर्न नसक्ने गरी कमजोर, दिशाबिहीन र विभाजित बनायो भने ५० को दशकमा उत्पन्न उग्रवामपन्थी अराजकतावादले १७ हजार नेपालीको ज्यान लिंदै नेपालको लोकतन्त्र, शान्ति, विकास र स्थायित्वमा ठूलो आघात पुर्‍यायो। हामीले दुबैखाले अवसरवादविरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएका छौं। यस क्रममा नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको प्रतिपादन भएको छ र वितेका बीस बर्षका राजनीतिक घटनाक्रमलाई यसले मार्गदर्शन गरिरहेको छ। आगामी दिनमा पार्टीलाई यही वैचारिक कार्यदिशाका आधारमा अझ धारिलो र गतिशील बनाउँदै लगिनेछ।
९. विचारमा स्पष्ट, सङ्गठनमा सुदृढ, विधिमा दुरुस्त, नेतृत्वमा सशक्त र राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिकासहितको नेकपा (एमाले) हाम्रो परिकल्पना हो। आगामी दिनमा पार्टीलाई यही दिशामा अगाडि बढाउन हामीले सम्पूर्ण शक्ति लगाउनेछौं। आगामी माघभित्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्ने, सबै जातजाति, भाषाभाषी र संस्कृतिका जनताको पहिचान, आत्मसम्मान, समृद्धि र एकतालाई सुनिश्चित गर्ने गरी राज्यको पुनःसंरचना गर्ने, द्वन्द्वका घाउ मेटाएर समाजमा एकता, मेलमिलाप र सहकार्यको रक्तसञ्चार गर्ने तथा आर्थिक शोषण, सामाजिक उत्पीडन, सांस्कृतिक विभेद तथा कमजोर बन्दै गएको राष्ट्रियताको समस्या समाधान गर्दै छोटो समयभित्र मुुलुकलाई समृद्ध र समुन्नत बनाउने अभिभारा हाम्रो काँधमा छ। हामी संयुक्त सरकारमा छौं र यो समयको आवश्यकता र बाध्यता दुबै हो। संयुक्त सरकारलाई अझ प्रभावकारी, गतिशील र परिवर्तनको संयन्त्रको रूपमा विकास गर्न पार्टीले आगामी दिनमा थप सक्रिय भूमिका खेल्नेछ।
१०. यसबीच, मेरो स्वास्थ्यलाई लिएर अनेकौं टिकाटिप्पणी भएको मैले सुनेको छु। मेरो स्वास्थ्यस्थितिप्रति चिन्ता जाहेर गर्ने, स्वास्थ्यलाभको कामना गर्ने र उपचारमा सहयोग गर्ने सबैप्रति म कृतज्ञ छु। स्वास्थ्यमा केही समस्याहरू छन् भन्ने कुराप्रति म सजग छु र यसप्रति यहाँहरूको चासोप्रति म संवेदनशील छु। पार्टी सञ्चालन म्याराथुन प्रतियोगिता होइन र पार्टी नेता म्याराथुन धावक पनि होइन। यो एउटा टिम स्पि्ररिट हो र पार्टी नेताले मूलतः वैचारिक, साङ्गठनिक र शैलीगत अगुवाई गर्दै समग्र पार्टीलाई गतिशील बनाउने हो। केन्द्रीय कमिटीको यो सक्षम टिम सामूहिक भावनाकासाथ सञ्चालन हुँदा देशैलाई जुरुक्क उचाल्न सामथ्यवान् छ भन्नेमा म पूर्ण विश्वस्त छु। संभवतः कमरेडहरूको जत्तिको लामो जीवन मेरासामु छैन, त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि त भन्ने सुविधा छैन भन्ने तथ्यप्रति म सजग छु। त्यसैले, म आफ्नो सम्पूर्ण सामर्थ्य, उर्जा र विवेक पार्टी, जनता, देश र मानवताप्रति समर्पित गर्ने विश्वास पुनः दोहोर्‍याउन चाहन्छु। अन्त्यमा पुनः एकपल्ट नवौं राष्ट्रिय महाधिवेशनलाई भव्यतापूर्वक र ऐतिहासिक महत्वका साथ सम्पन्न गर्न सघाउनुहुने सबैप्रति धन्यवाद र हामीलाई नेतृत्वमा चयन गर्नुहुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद!
१ साउन २०७१ 

प्रकाशित मिति: बिहिबार, श्रावण १, २०७१ १८:५१:२३

नवनिर्वाचित एमाले अध्यक्ष केपी ओलीको नखुलेको पाटो

झापा विद्रोहमा के थियो उनको भूमिका कसरी बाँचे उनी सुखानीका सहीद बन्नबाट १४ वर्षे जेलजीवनलाई कसरी सम्झनछन् उनका सहयात्री गण्डकीलुम्बिनीमा किन छ उनको चर्को प्रभाव उनले आफ्ना कुन दुई बानी सुधार्नुपर्छ अब सफल हुन 

नवौं महाधिवेशनबाट प्रभावशाली नेता केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका छन् । पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्वमहासचिव माधवकुमार नेपाललाई ४४ मत अन्तरले पछि पार्दै ओली अध्यक्ष भएपछि राष्ट्रिय/अन्तराष्ट्रिय क्षेत्रबाट बधाई थापिरहेका छन् । 
एमाले अध्यक्षमा ओलीको विजयसँगै राजनीतिक रंगमञ्चमा सरकारको आयु र संविधान निर्माणजस्ता विषयमा अनेक चर्चा/परिचर्चा मात्र सुरू भएका छैननउनको पारिवारिक पृष्ठभूमिराजनीतिक आवद्धतात्यागप्रजातान्त्रिक छवी आदि बारे पुनः एक पटक स्मरण सुरू भएको छ । यी यावत पक्षहरूमा ओलीको तस्विर के हो त ?
०२८ साल जेठ २ गतेबाट सुरू भएको झापा बिद्रोहका प्रमुख योजनाकार तथा तत्कालिन सचिव राधाकृष्ण मैनालीका अनुसार झापा बिद्रोह सुरू हुँदाओली त्यस बिद्रोहका सर्मथक थिएपूर्णकालिक भइसकेका थिएनन् । झापा बिद्रोह सुरू गर्न विरेन राजवंशीको नेतृत्वमा स्क्वायड बनाइएको २३ औं दिन जेठ २ गते ज्यामिरगढीका कर्णबहादुर गौतम विरुद्ध पहिलो धावा बोलेर बिद्रोह सुरू भएको थियो । त्यसबेला घैलाडुवा माध्यामिक विद्यालयबाट एसएलसी दिएर बसेका ओली रामनाथ दाहालसँगै बिद्रोहको प्रचारमा खटेका थिए । 
ओली हाल तेह्रथुम जिल्लाको आठराई क्षेत्र अन्र्तगत पर्ने युआ गाविसमा २००८ सँल माघमा जन्मिएका हुन् । संयोग के भने झापा बिद्रोहका अर्का चर्चित पात्र सीपी मैनाली र ओली एकै सालका हुन् । यस हिसावले झापा बिद्रोह सुरू हुँदाभर्खर उनीहरूको जुगाको रेखी बस्दै थियो अर्थात् २० वर्ष मात्र टेक्दै थिए । 
०१२ सालतिर ओलीका बुवाले झापास्थित कन्काइ नदी किनारमा तीन बिगाह जमिन खरिद गरेर तेह्रथुमबाट बसाई सरेका थिए । तर०१४ सालसम्म आईपुग्दा कन्काईको बाढीले सबै जमिन बगाएर सुकुम्वासी बनाई दियो । यसरी एकातिर बसाइ सरेको दुई/तीन वर्ष नपुग्दै ओली परिवार सुकुम्वासी बन्न पुगेको थियो भने अर्कातिर झापा बसाई सर्दासम्म ओलीले आमाको माया गुमाईसकेका थिए । डेढ वर्ष पुग्दा नपुग्दै ओली मातृमाया बञ्चित भएका थिए । यसर्थ ओलीको लालनपालनको जिम्मा हजुरआमा र बडाबाले लिए । आमा बितेको केही समयपछि नै बाबुले अर्को विवाह त गरे नैबाढीले जग्गा बगाई दिएपछि अन्यत्रै सरे । 
कन्काईले बडाबाको जग्गा भने बगाएको थिएन । त्यसैले ओलीलाई बडाबाले आफूसँगै राखे । मैनाली ओलीको अतित स्मरण गर्दै भन्छन्, ‘ओली बडाबाको घरमा हजुरआमाको काखमा हुर्किएका हुन् । सानैदेखि उनी खरो बोल्थे र चलाख थिए ।
बडाबाको घरमा बसेर पाँच/छ कक्षा पढदै गर्दा ओलीलाई रामनाथ दाहाल (०२९ साल फागुन २१ गते सुखानीको जंगलमा हत्या गरिएका सहिद)ले थप पढाउने गरी झापाको चारपानेस्थित आफ्नो घरमा ल्याए । सानै भए पनि चलाख र तेजिलो देखेर रामनाथले उनलाई जिम्मा लिएका थिए । यसपछि रामनाथले ओलीलाई आफ्नो घर नजिकैको घैलाडुब्बा माध्यामिक विद्यालयमा भर्ना गरिदिए । तेह्रथुममा पनि उनीहरूको घर वल्लो/पल्लो गाउमा पर्दथ्यो । रामनाथको संरक्षणमा पुगेपछि नै ओलीको मस्तिष्कमा राजनीतिक रङ पोतिएको थियो । तेह्रथुमबाट झापा नझर्दै रामनाथ स्थानीय शिक्षक वल्लभमणि दाहालमार्फत् कम्युनिष्ट प्रभावमा पुगिसकेका थिए । झापा झरेपछि पनि सुवेदारका छोरा र प्रशस्तै जग्गा भएकाले रामनाथको हाईदुहाई ठूलै थियो । तिनै रामनाथले आफ्नो संरक्षणमा बसेका ओलीलाई कम्युनिष्ट राजनीति र झापा बिद्रोहप्रति आर्कषित गराएका थिए । उनीबारे जानकार झापाका एक नेता भन्छन्, ‘रामनाथ दाहालकै प्रभावले ओली कम्युनिष्ट राजनीतिमा आएका हुन् । यदि रामनाथको प्रभावमा पुग्दैनथे भने उनी के हुन्थे भन्न सकिन्न ।
संयोग के भने आफू पक्राउ परेको दिन रामनाथले नै ओलीलाई प्रहरीको गिरफ्तारीबाट जोगाएका थिए । रामनाथ र ओली दुवैसँगै पक्राउ परेका हुन्थे भने उनीसँगै ओलीलाई पनि तत्कालिन सत्ताले हत्या गर्न सक्थ्यो । जानकारहरूका अनुसार झापा बिद्रोहको राप र ताप चर्कदै गएपछि प्रहरीले रामनाथ दाहालराधाकृष्ण मैनालीसिपी मैनालीविरेन राजवंशीनेत्र कुँइकेलजिवन घिमिरेहरूलाई खोजिरहेको थियो । रामनाथ पूर्णकालिन भइसकेका थिएनन । प्रहरी आएको बेला ओल्टोकोल्टो लागेर गिरफ्तारीबाट जोगिदै थिए । पक्राउ पर्ने दुइ/चार दिन अघिदेखि भने रामनाथले नजिकैका प्रेम ओलीको घरमा सेल्टर लिएका थिए । जहा“ उनले ओलीलाई पनि सँगै राखेका थिए । 
०२९ साल मंसीर दोस्रो साताको दिन थियो । दुई/चार दिनदेखि बाहिरै भएकाले त्यस दिन रामनाथ घर जान चाहे । आफूसँगै रहेका ओलीलाई साथै लिएर उनी घर गए । तरअलिवरैबाट घरमा प्रहरी बसिराखेको देखे । त्यो देख्नासाथ तर्किएका हुन्थे भने त्यस दिन पक्राउ पर्नबाट जोगिन सक्थे । तररामनाथले ओलीलाई तिमी भाग । प्रहरी किन आएको रहेछ । म बुझेर आउँछु’ भन्दै घरमा गए । रामनाथकै खोजीमा रहेको प्रहरीले उनलाई तुरुन्तै गिरफ्तार गर्यो । रामनाथले नै भगाएका कारण ओली भने पक्राउ पर्नबाट जोगिए । 
रामनाथ पक्राउ परेकै दिनबाट ओली पूर्णकालिन कार्यकर्ताका रूपमा भूमिगत भए । भूमिगत हुनुअघि नै रामनाथ मातहत रहेर घैलाडुबा एरिया कमिटी तथा विद्यार्थी फाँटमा काम गर्ने गरी ओलीलाई सदस्यता र जिम्मेवारी दिइएको थियो । भूमिगत भएलगत्तै झापा बिद्रोहको नेतृत्व परिवर्तन गरेर ओलीलाई सचिव बनाइयो । 

उनलाई सचिव बनाउनुभित्र रमाइलो संयोग छ । त्यसबेला राधाकृष्ण मैनालीलाई क्षयरोगले सताएको थियो । रातभर हिँडेर तोकिएको स्थानमा बैठक राख्न पुग्दा उनी खोकी र ज्वरोले थला परिसकेका हुन्थे । अरुका कुरा सुन्न र आफ्ना कुरा राख्न पनि नसक्ने अवस्थामा पुगेका हुन्थे । यसपछि मैनालीले आफूलाई आराम चाहिएकोले अर्को सचिव चुन्न प्रस्ताव राखें । त्यस प्रस्तावलाई सबैले स्वीकार गरे । बैठक बस्यो । बैठकमा सिपीविरेननेत्रनरेश खरेलहर्क खड्कालगायतले ओलीलाई सचिव प्रस्ताव गरे ।
 ओलीले सचिवको प्रस्ताव स्वीकार गरे । मैनालीका भनाईमा सचिव भएपछि उनले वैठक बोलाउन खासै पहल गरेनन । ओलीले बैठक नबोलाएपछि सिपीहर्कनरेश खरेलहरूले अगुवाई गरेर बैठक बोलाए । उनलाई उपस्थितिका लागि जानकारी दिन खोजियो । कहीँ पनि भेटिएनन् । ओलीको अनुपस्थितिमै फागुन १६ र १७ गते बुधबारे होक्सेमा वैठक बस्यो । त्यही बैठकबाट सिपी झापा विद्रोहको तेस्रो सचिव बने’ आरके मैनालीको कथन छ सायद ओली नै सचिव रहिरहेका हुन्थे भने कोअर्डिनेशन केन्द्रमालेको संस्थापक महासचिव उनै हुन सक्थे ।
सिपी तेस्रो सचिव निर्वाचित भएको साता नबित्दै तत्कालिन शासकहरूले रामनाथनेत्रविरेनलगायतलाई जेल सार्ने बहानामा सुखानी जंगलमा पुर्याएर हत्या गर्यो । ओलीले ०२७ सालमा एसएलसी दिएका थिए । ०२८ सालमा नतिजा प्रकाशित भयो र उत्तीर्ण भए । यसपछि उनले केही समय चारपानेस्थित स्थानीय विद्यालयमा पढाए पनि । तरतत्कालिन सत्ताले झापा बिद्रोहको सर्मथक भन्दै दमन गर्न थालेपछि शिक्षण पेशा त्यागेर रामनाथसँगै बिद्रोहको पक्षमा होमिएका थिए ।
०३० साल साउन २० गते राधाकृष्ण मैनालीनरेश खरेलहर्क खड्कालगायत झापा बिद्रोहका अगुवा नरियावाडीबाट पक्राउ परे । उनीहरू पक्राउ परेपछि झापा बिद्रोह चिलविल जस्तै भयो । यसपछि ओली आन्दोलनलाई कसरी मजबुत बनाउने भन्नेबारे बिद्रोहका एक योजनाकार मोहनचन्द्र अधिकारीसँग सल्लाह गर्न विराटनगर आए । विराटनगर आएपछि ओलीले अधिकारी भारतस्थित बनारस पुगेको पत्तो पाए । उनी पनि त्यतै लागे । बनारस पुगेर सोधखोज गर्दा ओलीले अधिकारी भारतकै कानपुरमा रहेको जानकारी पाए । यसपछि ओली अधिकारीलाई खोज्दै कानपुर नै पुगे । त्यहाँबाट अधिकारीलाई सम्झाई बुझाई लिएर नेपाल फर्किए । तरफर्कने क्रममै अधिकारी र ओली ०३० साल मंसिरमा रौतहटमा पक्राउ परे । त्यसपछि ओली एकै पटक उनी ०४४ साल भदौमा जेलबाट रिहा भए ।  
जेलबाट रिहा भएपछि पार्टीले उनलाई लुम्बिनीगण्डकी क्षेत्रमा संगठन गर्न खटायो । लुम्बिनीगण्डकीमा अहिले पनि ओलीको प्रभाव त्यसैको परिणाम हो । ०३५ साल पुसमा सिपी मैनालीमाधवकुमार नेपालमुकुन्द न्यौपानेइश्वर पोखरेलसहितले माले घोषणा गरेपछि जेलमा रहेका मोहनचन्द्र अधिकारीराधाकृष्ण मैनाली र ओलीलाई पनि मालेका संस्थापक र केन्द्रीय सदस्यको मान्यता दिइएको थियो । सिपीले जेलमै चिठी पठाएर उनीहरूलाई यस कुराको जानकारी दिएका थिए । 
नेपाली राजनीतिमा सक्रिय रहेका समकालिन नेताहरूमध्ये गोलघरको यातना दिइएका नेता ओली मात्र हुन् । ओलीसँगै अधिकारीमैनाली र यज्ञबहादुर थापा तथा भिमनारायण श्रेष्ठलाई तत्कालिन सत्ताले गोलघरमा राखेर यातना दिएको थियो । जसमध्ये थापा र श्रेष्ठको हत्या नै गर्यो । ओलीसँगै गोलघरको यातना खाने अधिकारी र मैनाली भने सक्रिय राजनीतिबाट किनारामा छन् । 
०४४ सालमा जेलबाट छुटेपछि पार्टीले नै पहलकदमी लिएर ०४५ सालमा ओलीको विवाह पाटनकी राधिका शाक्यसँग गरिदियो । ओली बाहिरबाट जति कट्टर देखिन्छन् भित्रबाट उनी उत्तिकै लोकतान्त्रिक छन् । किनकी ०३० साल मंसिरमा पक्राउ पर्नुअघि नै उनले व्यक्तिहत्याको राजनीति त्याग्नु पर्ने प्रस्ताव राखिसकेका थिए । जेलबाट पनि उनले निरन्तर यसै पक्षमा वकालत गरे । सायद ओलीकै प्रस्तावका कारण बिद्रोह सुरू गरेको दुई वर्ष पुग्दा नपुग्दै झापाली समूहले व्यक्तिहत्याको राजनीति परित्याग गर्यो । ०४७ सालमा प्रजातन्त्र उदाएपछि ओली एमालेले स्थापना गरेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष भए । ०४६ साल भदौमा भएको पार्टीको पाचौं महाधिवेशनदेखि नै उनी लोकतान्त्रिक प्रतिस्पर्धाको पक्षमा उभिए जसले गर्दा मदन भण्डारीलाई जनताको बहुदलीय जनवाद ल्याउन सहज भएको थियो ।
पार्टीको सातौं महाधिवेनमा ओलीले बहुपदीय पद्धतिको प्रस्ताव राखेका थिए । महासचिव माधव नेपाललगायत नेताले त्यसलाई स्वीकार गरेनन । यसपछि पार्टीलाई विभाजनबाट जोगाउने भन्दै ओलीले उक्त प्रस्ताव फिर्ता लिए । आठौं महाधिवशेनले उनले सातौमा राखेको प्रस्ताव नै पारित गर्यो । तरओली अध्यक्षको प्रतिस्पर्धामा झलनाथ खनालसँग पराजित भए । ओली एमालेभित्र माओवादीका खरो आलोचकमध्ये नेतामा पर्छन् । यद्यपि माओवादीलाई तह लगाउने नाममा कांग्रेसको पिछलग्गु बनेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । ओलीको सबैभन्दा सबल पक्ष के देखिन्छ भने उनले आफ्नो पछि लागेका नेताकार्यकर्ताहरूको मजबुत संरक्षण गर्छन । त्यसैले पनि हुनसक्छउनलाई स्थायी गुटको राजनीति गरेको आरोप पनि लाग्छ । 
०२७ सालदेखि सक्रिय राजनीतिमा रहेका ओली ०४८ सालदेखि निरन्तर स्थायी समितिमा छन् । ०४८ को संसदीय निर्वाचनमा उनी झापाबाट विजयी भएका थिए । ०५१ मा पनि उनी झापाबाटै विजयी भए र मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको अल्पमतको सरकारमा गृहमन्त्रालय सम्हाले । ०५६ को निर्वाचनमा पनि ओली झापाबाटै निर्वाचित भए । ०६२/०६३ को लोकतान्त्रिक आन्दोलन सफल भएपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा ओली उपप्रधान तथा परराष्ट्रमन्त्री बने । ०६४ को संविधानसभा निर्वाचन भने उनलाई फापेन । माओवादीका सामान्य कार्यकर्तासँग पराजित भए ।
०७०/०७१ भने ओलीका लागि भाग्यशाली’ वर्ष बनेको छ । ०७० मा भएको संविधानसभा निर्वाचनमा भारी मत ल्याएर ओली विजयी बने भने अध्यक्ष झलनाथ खनाललाई पराजित पर्दै संसदीय दलको नेता चुनिए । यता महाधिवेशनमा पनि माधव नेपालजस्ता सक्रिय नेतालाई पछि पार्दै अध्यक्ष निर्वाचित भएका छन् । 
ओलीलाई नजिकबाट नियालिरहेका विश्लेषकहरूका भनाईमा सुझबुझ र सावधानीपूर्वक निर्णय गरेनन् भने ओलीका लागि स्वास्थ्य र आनीबानी चुनौती बन्न सक्छ । तरउनले सावधानीका साथ निर्णय गरेर चुनौती पार लगाउनेमा शुभचिन्तकहरू विस्वस्त छन् । जेलमा १४ वर्ष ओलीसँग संगत गरेका राधाकृष्ण मैनाली ओलीले सुझबुझपुर्ण निर्णय गरुन् भन्ने चाहन्छन् । ओलीको ठूलो चुनौती भनेकै उनको स्वास्थ्य र आफ्ना कुरामा अडान राख्ने बानी हो,’ जेलमा ओली टिबी र अल्सरले सिकिस्त हुँदादिसापिसाव सोर्नेदेखि नुहाउनेसम्मको सहयोग गर्ने मैनाली भन्छन्, ‘यी दुई कुरालाई सन्तुलनमा राखेर व्यवहार गरे ओली सफल राजनीतिज्ञ बन्छन् ।’ 

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...