भारी हिमपताले हुम्लामा साढे २ फिट हिउँः जनजीवन प्रभावित
पुष १८÷हुम्ला
मंगलबार देखि हुम्लामा परेको भारी हिमपातले सदरमुकाम सिमकोट लगयतका झण्डै एक दर्जन गाविसमा साढे २ फिट हिउँ जमेपछी जिल्लाको जनजीवन पुरै प्रभावित भएको छ । हिमपातले सिमकोट लगायतका गाविसको तापक्रम माइनस १२ भन्दा माथि पुगेपछि अत्याधिक चिसो बढ्नुका साथै स्थानीय वासिन्दालाई घरबाट आवत जावत गर्नमा समेत समस्या भएको छ ।
बिहिबार बिहान ६ बजे देखि निरन्तर रुपमा परेको भारी हिमपातका कारण जिल्लाको सरकारी कामकाजका लागि सदरमुकाम सिमकोटमा आएका स्थानीय वासिन्दा समेत घर जान नपाएको ४४ कोष दक्षिणको श्रीनगरका मानबहादुर महताराले बताएका छन् । श्रीनगरमा निर्माण भएको सूचना केन्द्रको अन्तिम किस्ताको रकम भुक्तानीका लागि सिमकोट आएका महतारा हिमपातले घर फर्कन नसकेको बताउँछन् । हिमापातले अत्याधिक चिसो बढेको र वनमा समेत हिउँ जमेका कारण गाइवस्तु चराउनमा समेत समशसया भएको छ । हिउँले घरबाट वनमा चराउन लिन नसकेपछि अनफूहरुले घरमै घँस हालेर बस्नु परेको ठेहेका गोरासिंह बोहराले बताए ।
उता जिल्लाका कृषकहरु भने धेरै लामो समय पछि परेको हिमपातले गहुँवाली राम्रो हुने भयो भन्दै खुशी व्यक्र गरेका छन् । कार्तिक र मंसीर महिना बारीमा बिउ छरेपनि खडेरीले डढेर सुकेको गहुँवालीका लागि राहत हुने भएपछि आप्mनालागि खुशीको कुरा भएको खार्पूनाथका चतुरसिंह रोकायाले बताए । उनका अनुशार हिमपातले आवत जावतमा समस्या भएपनि आप्mनो वाली राम्रो हुने भएकाले खासै समस्या मानिएको छैन् । भारी हिमपातले कृषकहरुका लागि राम्रो भएपनि जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका लागि भने कष्टकर भएको छ । बिहान १० बजे देखि लाग्ने जिल्लाका ३३ वटा सरकारी कार्यालय मध्ये अधिकांश कार्यालय चिसोको कारण बन्द भएका छन् भने जिल्लाको उत्तरी तर्फका हिल्सा, मुचु र यारीमा भएका प्रहरी चौकी बिस्थावित भएर जिल्ला प्रहरी कार्यालयमा सरेको जिल्ला प्रहरी प्रहरी प्रमूख कृष्णबहादुर कुँवरले जानकारी दिनु भयो । सिमकोटमा भएका बढी जनसरोकारका सरकारी कार्यालयमा भने आगो बालेर भएपनि सञ्चालनमा रहको जिल्ला प्रशासन कार्यालयका प्रवक्त समेत रहेका सहायक प्मूख जिल्ला अधिकारी बमबहादुर केसीले बताए । जिल्ला प्रशासन कार्यालयको बाहिर हिटरमा आगो बालेर राहदानी तथा खाद्यन्नको सिफरिस गरिरहेका सहायक प्रजिअ केसीले जती चिसो भएपनि आफूले सेवाग्राही आएमा काम गर्नु पर्ने बाध्यता भएकाले आगोमा हात तपाएर भएपनि काम गरेको बताए ।
मंसीर अन्तिम साता देखि सुख्खा मौशमका कारण जिल्लाभरी फैलिएको धुवाँधुलोले अत्याधिक रुपमा प्रभावित भएका बिरामीहरुका लागि यस पटकको हिमपाताले भने केही समस्या गर्ने जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।जिल्ला स्वास्थ्य कार्यालय हुम्ला निमित्त प्रमूख नरेशवावु श्रेष्ठले जानकारी दिए । उनका अनुशार धुवाँधुलोका कारण लामो समय बिरामी परेका वृद्धवृद्धा र वालवालिकाका लागि यस पटकको हिमपातले बढाएको अत्याधिक चिसोले केही समस्या पर्ने देखिन्छ ।
हिमपातले खोलामा आएका पानीका मुहानमा समेत बरफ जम्न थालेपछि हिल्दुम साना जलविद्युत केन्द्रले पानी अपर्याप्त भएको भन्दै नियमित विद्युत आपूर्तिमा बिहान वेलका गरी दैनिक ६ घण्टा बढी लोडसेडिंग गर्न थालेको छ । खोलामा पानी बहाव कम भएकाले विद्युत उत्पादन कम भएको र जिल्लामा चिसोका कारण हिटरको प्रयोग अत्याधिक भउको भन्दै लोडसेडिं गर्नु परेको हिल्दुम वितरण केन्द्रका प्रमूख वृखसिंह दमाईले कताउनु भयो । उहाँका अनुशार लगायतार हिमपातका कारण खोलामा पानी नभएका कारण ५ सय वाडको आयोजनामा १ सय २० वाडको मात्रै पानी आपूर्ति भएका कारण थप लोडसेडिंग हुने छ । हिमपातले विद्युत आपूर्तिमा समेत कटौंती भएपछि जिल्लामा सञ्चालित रेडियोहरुको प्रशारण समेत प्रभावित भएको छ । विद्युत आपूति कतिवेला आउने कतीवेला जाने गरेकाले रेडियो खोल्दै बन्द गर्दै गर्नु परेको रेडियो कर्णाली आवाजका कार्यक्रम उत्पादक नौरते नेपालीले जानकारी दिनु भएको छ । हिमपातले जिल्लाका सिमकोट, ठेहे, खापूृनाथ, राया, लालाी, छिप्रा, स्याँडा, बरगाउँ, डाँडाफया, खागालगाउँ, हेप्का लगायतका गाविस अत्याधिक प्रभमवित भएका छन् ।
