Friday, September 2, 2011

मन

कती महान हँुदो रैछ यो मान्छेको मनपनि
जीवनभन्दा ठुलो हुने रैछ कालो धनपनि ।
हृदयको समुन्द्रमा यो इमानी आत्मलाई
बल्छीलेझै तड्पाई मार्ने कस्तो कठोर तनपनि ।

सेक्सपिएरको वियोगान्त माचन रैछ क्षण भरलाई
नुन चुक घाउमा ननु खुसा्रनी दलेर भएको को मृत्यु भन्दा कठिनछ सहन पनि
आँसु पी वेदना खान्छु इहलिला टुङ्गाउन
दुनीयाँको खित्का सँग ध्यय छैन रहन पनि ।

अभिषाप भो यो जुनीमा नवेभई जन्मलिनु
मुर्ख दैव उप्रान्तमा नहुन कोही जनपनि । ।

कती महान हँुदो रैछ यो मान्छेको मनपनि
जीवनभन्दा ठुलो हुने रैछ कालो धनपनि ।
                                                                      असार ६ गते बबरमहल काठमाडौं फोन सम्पर्कपछि

लोकतन्त्र हराएको सूचना

सुचना ! सूचना ! ! सूचना ! ! !
मेरो लोकतन्त्र हराएको सूचना
१०४ वर्ष गर्भमा बसेको
०७ देखि आमालाई प्रशव िपंडा भोगाएको
०४६ मा कुपोषित जन्म भएको
०६२÷०६३ मा न्वारान सहित १९ दिने जन्मोत्सव मनाएको
सुई खुट्टे मेरो लोकतन्त्र
केही समय यता हराएको छ
कसैले फेला पार्नु भएमा
कृपया
प्रचण्डपथ कोइरालापथ माधवपथ र खनालपथमा
तुरुन्त खवर गर्नु होला
खवर गर्नु भएमा
अँश्रुग्याँस भाला र लाठी जस्ता बहुमुल्य पुरस्कार प्रदान गरिने छ ।

जन्मेको १२ वर्षैभरी हात्ती पाइले लुट
एचआइभी घुषखोरी
हेपाटाइटिस आतंकको व्यथाबाट ग्रसित
१२ बुदें ७ बुदें ६ बुर्दे
र माघ १ राती लगायको अन्तरिम खोपले तग्रीन खोजेकॊ
शारीरिक विकासका लागि
वालुवाटार पेरीस डाँडा सानेपा र बल्खुसम्म
एका विहानै व्यायममा
कुख्यात चार भाई सँग निस्कीएको मेरो लोकतन्त्र
अचानक हराएको छ
कसैले फेला पारेमा
चिङयाङ टोल नैदिल्ली नगर र सेतोघरमा खबर गर्नु होला
खबर गर्नेलाई आइसीटोपी र
युएस कोटको व्यवस्था गरिएको छ ।


असाधारण हुलीया भएको मेरो लोकतन्त्र
८८४८ मिटर अग्लॊ
हातमा मसी सकिएको कलम
काँधमा बिड भाँच्चिएको कोदालो
हरियो पीरो निचोर्दा दुध आउला जस्तो
ढाँका टोपी र दौरा सुरुवालमा ठाँट्टीएको
गहुँ गोरो
आफूलाई कतै ६० वर्ष
कतै २० वर्ष
त कतै ४ वर्ष बताउने
गर्भावस्थाको प्रशवमा प्रजातन्त्र
न्वारानमा लोकतन्त्र
र व्रतवन्धमा गणतन्त्र नाम पाएको
अवोध वृद्ध वालक मेरो लोकतन्त्र हराएको छ
कसैले फेला पार्नु भएमा
कृपया
सिहंदरबार विआई सिसिमा खबर गर्नु होला
असोज १८ माघ १९ र जेठ १९ जस्ता
उचित पुरस्कारको व्यवस्था छ ।
त्यसैले देख्नु हुने महानुभावले
सम्पर्क नम्बर ६ अस्तव्यस्थ छैन अमनचयनमा
व्ाा तीनवटै सुरक्षा निकाय
वाइ सिएल युवा दस्ता र युथ फोस्रमा
तुरुन्त खबर गर्नु होला ।
धन्यवाद ! ! !

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...