Wednesday, June 17, 2015

धेरैपछि खोलिएको पेशागत तथा संस्थागत अनुभूति

                                                                                                                               २०७२ साल असार १ गते
 
२०५९ सालमा काठमाडौंको तिनचुलीमा भएको एचवीसी एफएमबाट जागेको रेडियो पत्रकारिता, रेडियो सगरमाथाको शिकारु अवधी सँगै २०६१ साल एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र (ICDRC) नामक गैरसकारी संस्थाको संस्थापक मध्येको एक जना अगुवाका नाताले जिल्लामै रेडियोको परिकल्पना मार्फत २०६७ सालमा जिल्लाका केही अग्रजसँगको सहकार्यमा औपचारिक लाइसेन्स बाट अघि बढ्दै २०६९ साल जिल्लाका सबै आदरणीय अग्रज, सहकर्मीको अथक प्रयासबाट साकाररुप पाएको रेडियो कर्णाली आवाज आज औपचारिक रुपमा ऐतिहाँसिक तेस्रो वर्ष पार गरी आशलाग्दो चौथो वर्ष प्रवेश गरेको छ ।  

२०६९ साल असार १ गते अपरान्ह १ बजेर १ मिनेटको शुभ साइतलाई आप्mनो प्रस्थान विन्दु बनाएर अघि बढेको रेडियो कर्णाली आवाज एफएम ९४ थोप्लो २ मेघाहर्जको यस अवसरमा थुप्रै अग्रज र सहकर्मीलाई संझी रहेको छु । कारिन्दाको भूमिकामा जुन सजिलो पन छ त्यो व्यस्थापकका रुपमा अत्यान्तै महंगो हुने अनुभव रेडियो कर्णाली आवाजको तीन वर्षे कार्यकालले सिकाएको गतिलो पाठका रुपमा मैले लिएको छु । भौगोलिक विकटता, श्रोतको अप्रर्याप्तता, राजनीतिक तथा अनेकन विषमताका बावजुत रेडियोलाई सञ्चालन गर्नु तीन वर्षेकाल फलामे चिउरा चपाए झै गरी बितेको मात्रै छैन् मेरो नियमित कार्यशैलीलाई केही अराजक बनाएको म आफैले महशुश गरिरहेको छु जुन संस्था सञ्चालनको बाध्यताको परिणाम भै तेर्सीयो । रेडियो स्थापनार्थ जुन जोश र जाँगर सबैमा थियो त्यसलाई निरन्तर प्राप्त गर्न नसक्नुमा मेरो कार्याशैली प्रतिका शंका गर्ने प्रशस्तै ठाउँ होलान तर त्यसमा आ आप्mनो जिम्मेवारीलाई बोध गर्न समेत नसक्नुलाई सबैले मनन गर्नु पर्दछ । आर्थिक रुपमा शुरुवाती देखि नै कुपोषित भएर जन्मेको संस्था गत आर्थिक वर्ष देखि केही तंग्रीएको महशुस संस्थामा जोडिएका केही पूर्वाधारले पनि प्रमाणीत गरेको छ । जसको संकेत जनशक्ती व्यवस्थापनमा त झनै नदेखिने कुरै भएन । मेरो व्यवस्थापकीय क्षेत्रको कखरा, श्रोतको तनाव, पेशागत मार्गनिर्देशको अभाव सहित नियमित कामको तनाव सँग जोडिएका तमाम विषय यो कार्यकालमा मेरालागी सँधै आलोचनाको केन्द्रविन्दु मात्रै बनेन पूर्ववत म माथिको हेराइलाई अपत्यारिलो तवरले परिवर्तन भएको सहजै महशुस गर्ने मौका मैले यस अवधीमा पाएको छु । भनिन्छ स्वर्ग गएपछि मात्रै स्वर्गको थाहा हुन्छ, आमाको प्रशव पिडा बुभ्mन आमै बन्नु पर्दछ नत्र दृश्यवलोकलनले गरेका वर्णन मित्थ्य हुन्छन, भन्ने लोकउक्तीलाई यो अवधीले निकै नै बलियो प्रमाण जुटाएको छ । 

पेशाको परम्परागत संस्कार परिवर्तन, स्थापीत मान्यता सँगको प्रतिष्प्रर्धा, विविध बुझाइको एकरुपता कायम गर्ने काम वास्तवमै कम्ती चुनौतीपूर्ण थिएन जुन कुरालाई जसले जसरी बुझ्नु भयो उहाँहरुप्रति म सादुवाद बोहक के नै दिन सक्छु र ? जसले जे सुकै भनेपनि आप्mनो पुर्खा तयार गर्न नसक्नु को दोष आफैलाई लगाउनमा म कुनै कञ्जुस्याई गर्दिन यसको मतलव मेरो कार्यशैली तानाशाह थियो वा वाकतन्त्र थियो भन्ने समिक्षा म आफैले गरि रहेको छु । जसको तुलनात्मक मूल्यांकनका लागि संस्थाको शुरुवातीपूर्व र त्यसपछिको मेरो संलग्नता तथा कार्य शैलीलाई समेत बौद्धीक विष्लेषण गर्न म सबैमा नमन गर्द छु । संस्थाको शुरुवातमा प्राविधिक सहयोग बाहेकका सबै काममा राती १ घण्टाको विश्राम लिएरै भएपनि एक सिष्टममा ल्याउनु कम्ती चुनौतीपूर्ण थिएन जुन अहिले जस्तो छैन् र भोली पनि हुँदैन । भूमिकामा देखिदा जस्तो लोभ लाग्छ त्यस्तै पिंडा व्यवस्थापन र सञ्चालनमा हुन्छ भन्ने सत्यातालाई म सदैम मुल मान्त्र मान्न आग्रह गर्दछु । म भोली रहुँला वा नरहुँला तर मैले लामो मन्थनका साथ शुरु गरेको रेडियोको श्लोगन अर्थात “निकटको रेडियो विकटको आवाज”  कसैको नक्कल वा लहडमा तय गरिएको होइन । यसको वास्तविकता म जस्ता हजारौ व्यक्ती फेरिएपनि यसको सार्थकता नफेरिने वास्तविकताले पनि संस्था प्रतिको लगावलाई सबैले मनन गर्नै पर्दछ । 

गएको वर्ष एक अन्तराष्ट्रिय अध्ययनलै पत्रकारिता विश्वकै चुनौपूर्ण पेशाका रुपमा रहेको निष्कर्ष निकाले सँगै म प्रतिका धेरैका धेरैथरी असन्तुष्टि र आलोचनालाई मैले अन्यथा मानेको छैन् । किन की म एक व्यवस्थापक मात्रै भएको भए उक्त असन्तेष्टि मेरालागि सबै भन्दा घातक हुन्थ्यो होला तर म एक क्रियासिल सञ्चारकर्मीको भूमिकामा दिनमा १४ घण्टा बिताउनु पर्ने भएका कारण पनि मेरो प्रस्तुतीमा नसमेटिएका असन्तुष्टि व्यवस्थापनमा आएका हुन भन्ने मेरो निष्कर्ष छ । यसको मतलव व्यवस्थापनमा कतै खोट छैन भनेको होईन । तर अचम्मको पक्ष के छ भने मेरो अघी कुनै कुरा उल्लेख नहुने तर पछि पछि जिम्मेवार निकायबाट अनेक तरङ्ग फैलाउने अभिव्यत्तीले भने केही मन अमिलो बनाएको छ । जसले पूर्ववत आप्mनै निर्णयमा कतै सोच्नु पर्ने त हैन भन्ने आन्तरिक द्धन्द्धले म आफै रुमालिएको छु ? हुन त संस्थाको कारिन्दा मात्रै होइन यसको संस्थापक र योजनाकार तथा लगानी कर्ताको एक मूख्य पात्र हुनाका नाताले म कुनैपनी हालतमा भूमिकामा परिवर्तन भएपनि जिम्मेवारीमा डगमगाउनु हुदैन भन्नेमा म सजग छु तर यसलाई पनि कमजोरी ठानियो भने पनि अन्याय होला ।

अहिले समिक्षा गर्दै जाँदा प्रारम्भीक चरणमा आफैले लिएका महत्वपूर्ण निर्णयलाई अहिले आफै युवावस्थाको लहडमा  आउने इमोशनलाई नियन्त्रण गर्न नसक्दाको परिणाम पनि हो भन्ने निष्कर्षमा समेत म पुगेको छु । तर जे सुकै होस्, अनेकन समस्याका वाजुत आर्थिक रुपमा थला परेको सार्वजनिक सञ्चार संस्थालाई सार्वजनिक प्रशारण संस्थाका रुपमा रुपान्तरण गर्ने योजना जिम्मेवारीमा रहे पनि नरहेपनि जारी राख्ने प्रतिवद्धता सहित यो तेस्रो वर्ष पार गरी आश लाग्दो चौथो वर्ष प्रवेशको सुखद अवसरमा सम्पूर्ण अग्रज, सहकर्मी र सबै सहयोगी निकायको योगदालार्य सँधै स्मरण गरि रहेको मात्रै छैन् साथको अपेक्षा समेत गरिरहेको छु । विगतका बाध्यता सुधारको मार्गमा मेरो अभियान जारी छ ।

तेस्रो वार्षिक उत्सव कार्यक्रम तर्जुमाको क्रममा गरिएका अनुभूति नितान्त व्यक्तिगत हो  ।


No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...