नेपालले ८ प्रदेश थेग्न नसक्ने हुम्लावासीको सुझाव
संविधानको प्रारम्भीक मस्यौदा माथिको संविधान सचिवालयले सिमकोटमा आयोजना गरेको सुझाव संकलन कार्यक्रमा नेपाल इनजीनियरिङ एशोसियसनका धर्मराज बोहराले देशको आर्थिक अवस्था र भौतिक पूर्वाधारको अस्थालेपनि ८ प्रदेश भन्दा बढीको प्रदेशलाई थेग्न नसक्ने बताए । कार्यक्रममा नेपाली कंग्रेसका महासमिति सदस्य प्यारीलाल शाहीले शिर्षस्थ नेताहरुको स्वार्थका कारण गरिव मुलुकमा ८ वटा प्रदेशको व्यवस्थालाई अघि बढाएको आरोप लगाउँदै त्यसलाई कुनैपनि हालतमा ५ भन्दा बढी राख्न नहुने सुझाव दिए ।
सुझाव संकलनका क्रममा बोल्ने अधिकांश जिल्लाका अगुवाहरुले १८४६ देखि कर्णाली विकासका दृष्टिले सौतेनो व्यवहारमा परेको दावी गर्दै नयाँ नेपालमा समुन्नत बनाउनका लागि संवैधानिक रुपमा कर्णाली विकास आयोगको माग गरेका छन् । कार्यक्रममा दलित अगुवा पर्वत सुनारले नयाँ संविधानमा दलितका अधिकारलाई व्यवहारत कार्यान्वयन गर्ने सुनिश्चितताको माग गरेका छन् । संविधानको प्रारम्भीक मस्यौदाले नेपालको अन्तरिम संविधान २०६३ को प्रस्तावनाले समेत आत्म साथ गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई बिर्सेको आरोप लगाएका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कर्णबहादुर रोकायाले नयाँ संविधानको प्रस्तावना मै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गर्न आग्रह गर्नु भएको छ । नयाँ संििवधानको मस्यौदाले अदालतको अपहेलना लगायतका विभिन्न बहानामा प्रेसमाथि अंकुश लगाउने षडेन्त्र भएको बताएका महतराले मस्यौदामा तत्काल संवोधन नगरिए नेपाली सञ्चालर क्षेत्र आन्दोलनमा उत्रिने बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य अनिता केसी रावलले स्थानीय तह देखि केन्द्र सम्म महिलाको सहभागितालाई ५० प्रतिशत उल्लेख गर्न सुझाव दिएकी छन् । यसैगरी ७२ वार्षिय छिरिङ छिमेल लामाले नयाँ संविधानमा ६० पुगेका जेष्ठ नागरिकका लागि पालन पोषणा र निशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न आग्रह गरे । संविधान कानुनमा अनेक अधिकारका कुरा गरेपनि पुरा पेट खान नपाएको बताएका एमाओवादीका जिल्ला सचिव लालकेश जैशीले नयाँ संविधानमा सम्त्तीको हदबन्दी लागउनु पर्ने माग राख्दै नयाँ संविधान मार्फत राष्ट्रिय जनावर गाईको सट्टा एक सिंगे गैडालाई राख्न सुझाव दिएका छन् ।

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home