Saturday, July 18, 2015

खुलासा भयो बाणीज्य बैकको हर्कत: रक्षक नै भक्षक भएपछि के गर्ने ?

साउन १, हुम्ला । तपाईले राष्ट्रिय बाणीज्य बैंकमा जम्मा गरेको रकम आप्mनै खातामा जम्मा हुन्छ भन्ने विश्वाश मानिरहनु भएको छ ? यदी त्यस्तो मान्नु भएको छ भने ढुक्क नहुनु होस ! बैंकमा तपाई हामीले खोलेका खातामा जम्मा गरेको रकम बैंकका कर्मचारी आफैले चलाउने गरेको रहस्योद्घटान भएको छ ।  
    गाविसका वृद्धवृद्धा, वालवालिकाको नाममा सरकारले दिएको दोस्रो चौमसि रकम वितरणका लागि गाउँ जान तम्तयार भएका रोकायले भने “आफूले कुनै चेक नकाटेर कसरी रकम झिकियो भनेर झसङ्ग भएँ तर बैकमा सोद्धा कसैले जवाफ दिएनन् । त्यसको २ दिन पछि मात्रै थाहा भयो रकम त नम्बर उल्लेख नभएको चेकबाट बैकका कर्मचारीले नै झिकेर आफूले चलाउने गरेका रहेछन् ” । मदना मात्रै होइन कालिका गाविसको रकम समेत बैकका कर्मचारीको मिलेमतोमा झिकेर अन्यत्रै चलाउने गरेको कालिका गाविस सचिव गोपाल लामाले बताए । गाविसको कुन शिर्षकको रकम बैकका कर्मचारीले चलाएका हुन भन्नेमा केही कुरा उल्लेख नगरेका सचिव लामाले खाताको रकमको खोजि गरेपछि झण्डै एक हप्ता पछि मात्रै पाए ।उता स्याँडाको ठाडो सिंचाई कुलो निर्माण उपभोत्ता समितिका अध्यक्ष ऐटन बहादुर शाहीको नाममा खोलिएको खातामा जम्मा गर्न लिएको जिल्ला विकास विकास समिति प्राविधिक कार्यालयको २ लाख ८५ हजारको चेक समेत बैंकका कर्मचारी हाफैले चलाएको प्रमाणित भएको छ । २०७१ साल असार महिना उपभोक्ता समितिको खातामा एकाउण्ट पे गरिएको उक्त चेक बैकका कर्मचारीले सिधै आप्mनो खातमा जम्मा गरेको उपभोक्ता समितिका अध्यक्ष ऐटन बहादु शाही बताउँछन् । अहिले सम्म बैकबाट उक्त रकम नपाएका समिती अध्यक्ष शाहीले ०७१ साउनमा आप्mनो खातामा भएको रकम कामदारलाई दिन खोज्दा मात्रै हराएको बारेमा जानकारी भयो । मैले रकम भुक्तानी नदिएको भनेर जिल्ला विकास समितिको प्राविधिक कार्यालय सँग झगडा गरे शाही भन्नुहुन्छ “जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालयमा समेत खबरे गरे तर सबैबाट रकम खातमा गएको देखिन्छ हाम्रो खातामा जम्मा भएको देखिदैन ।” झण्डै महिना दिन बैक, जिविस हुम्ला र कोष तथा लेखा नियन्त्रण कार्यालयमा धाएका शाहीले अन्तिममा केही नलागे पछि बैकका सबै चेक र विवरणको माग गर्दै निवेदन दिए । निवेदन अनुशार बैंकले सबै विवरण दिन नमाने पछि शाही केन्द्र पुगे । गएको वर्ष साउनको अन्तमा धेरै दवाव पछि बैकबाट विवरण पाएका शाहीले १ वर्ष बितेपनि उक्त रकम पाएका छैनन् । नयाँ पत्रिकाले एक साता सम्म गरेको अध्ययनले कालिका, मदना र स्याँडाको घटना प्रतिनिधिमुलक मात्रै देखिएको छ । बैंकले आन्तरिक रकम चाहे अनुशार यता र उता गरेका कारण बैंकका ग्राहकको कहिले रकम घट्ने त कहिले बढ्ने गरेरको उदारण धेरैसँग छ । आप्mनो खाताको विवरण तलमाथी आएपछि व्यक्तिगत रुपमा बैकमा झगडा गर्नेको संख्या सय भन्दा बढी छ । मानसरोवर नमुना माध्यमिक विद्यालयमा अंग्रेजी विषय पढाउने शिक्षक अमरबहादुर शाहीको खातामा केही समय अघि ३० हजार थपेर आयो । दुई तिन पटक बैंकको गतिविधिले ससंकित भएका शाहीले आफूले पाउने शिक्षकको तलव बाहेक अन्य कारोबार बाणीज्य बैकमा गर्न छोडेको बताउँछन । निकासा र झिकेको रकमका आधारमा ६ हजार रकम मात्रै आप्mनो खातामा भएको भन्दै ६ हजारको चेक पठाएका शाहीले खातामा हेर्दा ३६ हजार भएको जानकारी पाए । बैंकका कर्मचारी सँग मेरो पैशा कहाँबाट आयो भनेर सोध्दा उनको बैंकका कर्मचारी सँग केही समय विवाद भएको बताएका शाही अन्तमा आफूले काटेको ६ हजारको चेक रद्ध गरेर ३६ हजारै झिकेको बताउँछन् ।
बैकको पहिलो प्रतिवेदन कार्यान्वयन नहुँदा झन समस्या बढ्यो
बैकका कर्मचारीले सर्वसाधारण र बैककै आन्तरिक रकम चलाउने हुम्लाको इतिहाँस आजको मात्रै होइन । नयाँ पत्रिकालाई प्राप्त जानकारी अनुशार धेरै वर्ष पहिले देखि बैकमा जम्मा हुने रकम कर्मचारीले आप्mनो खातामा समेत जम्मा गर्ने गरेको भेटिएको छ । केही वर्ष पहिलो सिमकोटकै एक जना सर्वसाधारणको रकम आप्mनो खातामा जम्मा गरेको थाहा भएपछि बैंकमा कार्यरत दानबहादुर रावतले जागिर बाट समेत हात धुनु परेको थियो । त्यसपछि गएको वर्ष मात्रै विभिन्न १ सय वटा केशमा विभिन्न आताको रकम गरी १ करोड सम्म चलाएको बैकका प्रबन्धक महेन्द्रप्रसाद तिमिल्सीना स्विकार्नु हुन्छ । बैकमा भएको चलखेललाई धेरै पटक आफूले रोक्न खोजे पनि उल्टै धम्की आएको बताएका तिमिल्सीना बैकको केन्द्रिय कार्यालयले समयमा कारबाही प्रक्रिया नचालेका कारण यो वर्ष समस्या झन दोहोरिएको उनको तर्क छ । अनलाई बैकिङ समेत शुरु भएको बाणीज्य बैक सिमकोट शाखामा भएको खातको रकम रकमान्तरलाई नजिक बाट हेरेको केन्द्रिय कार्यालय काठमाडौंले २०७१ साल वैशाख २८ गते देखि छानविन शुरु गरेको थियो । छानविनले सिमकोट शाखामा अनियमितता भएको ठहर गरे पनि आरोपित लामालाई समयमै कारबाही नगरेको बैक श्रोतले जानएको छ ।
प्रतिवेदनका आधारमा लामालाई बयानका लागि केन्द्रिय कार्यालयले काठमाडौं बोलाएपनि प्रभावकारी कारबाही भएन तर बैकका उपमहानिर्देशक विष्णु पौडेल आन्तरिक प्रक्रिया पुरा गर्नु पर्ने भएकाले केही ढिला भएको बताउँछ्न । गतत वर्ष र अहिलेको अनियमितताले गर्दा बैंकले आरोपित लामालाई तीन महिना देखि निलम्बनमा राखेको बताएका पौडेलले तत्काल आवश्य निर्णय गरेर कडा कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।


 गएको वर्षदेखि राष्ट्रिय बाणीज्य बैक सिमकोट शाखामा जम्मा भएको व्यक्तिगत तथा संस्थागत रकम बैंकका कर्मचारीले मनोमानी रुपमा आप्mनो व्यापारीक कामका लागि चलाउने गरेको खुलासा भएको छ । सिमकोट माथिल्लो बजारमा रहेको सरकारी स्वामित्वको बाणाीज्य बैंकमा कार्यरत ग्याल्जन लामाले गएको वर्ष देखि बैंकमा खाता भएका अन्य व्यक्तीको पैशा आफैले झिकेर चलाउने गरेको खुलेको छ । गएको वर्ष बैंकको आन्तरिक १ सय वटा हिसावको झण्डै १ करोड रकम लामाले चलाएको बैंकका सिमकोट शाखा प्रबन्धक महेन्द्र प्रसाद तिमिल्सीनाले जानकारी दिए । उहाँका अनुशार यस वर्ष जिल्लाका मदना र कालिका गाविसको खाता र स्याँडाको एक सिंचाई कुलो निर्माण समितिको खाताको १४ लाख ८५ हजार रकम झिकिएको प्रमाणीत भएको छ । जिल्ला विकास समितिले गाविस अनुदानको दास्रो किस्ताको रकम निकासा गरे लगत्तै गाविसको नाममा नम्बर उल्लेख नभएको चेक जारी गरेर ८ लाख ८८ हजार रकम गएको चैत १२ गतेको मितिमा झिकीएको मदना गाविस सचिव भिमबहादुर रोकायाले बताए । गाविसको सामाजिक सुरक्षाको उक्त रकम झिक्न जाँदा बैंकमा पैशा नभएको भन्ने जानकारी पाएपछि निकै झस्कीएका सचिव रोकायाले बैंकमा स्टेटमेण्ट निकाले पछि मात्रै थाहा पाए जुन रकम बैकका कर्मचारीले आपैmले झिकेर चलाउएका रहेछन्  ।


No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...