Tuesday, August 11, 2015

बढ्यो अखण्ड कर्णालीको आन्दोदनः जुम्लामा चार राजनीतिक दलका कार्यालयमा तोडफोड

नवराज महतारा
साउन २६, काठमाडैा ।  संविभधान सभाका चार राजनीतिक दलहरुले सहमतीमा गरेको संघियताको खाकामा कर्णालीवासीले असहमती जनाएका छन् । ६ प्रदेशको संघियताले कर्णालीको इतिहाँस र स्वामित्वलाई समाप्त पार्ने काम गरेको भन्दै स्वयात्त कर्णाली प्रदेशको माग गर्दै कर्णालीका पाँच वटै जिल्लामा आन्दोलन थप चर्किएको छ । राजनीतिक दलहरुले चुनावमा गरेका बाचा पुरा नगरेका भन्दै जुम्लामा प्रमूख चार राजनीतिक दलका पार्टी कार्यालय तोडफोड भएका छन्  ।
आन्दोलन चर्किएपछि जुम्ला सुर्खेतबाट शसस्त्र प्रहरी थप गरिएको छ भने हिजै देखि सेना परिचालन गरिएको छ । मुगु, हुम्ला, र कालिकोटमा राजनीतिक दलहरुकै संलग्नतामा आन्दोलनका विभिन्न कार्यक्रम गएिको छ ।  नयाँ संविधान मार्फत सदयौ देखि पछाडि परेको कर्णाली क्षेत्रलाई आत्म सम्मान सहितको स्वायत्त कर्णाली प्रदेश हुनेमा आशावादी भएका वेला चारको शिर्षस्त नेताहरुले कर्णालीको नाम नै समाप्त पार्ने खालको भएकाले आन्दोलनको विकल्प नभएको एमाओवादी नेता हुम्लाका नेता विरजङ्ग शाहीले बताए । कर्णाली स्वायत्त प्रदेशको माग सहित शुरु भएको आन्दोलनले अनिश्चित कालका लागि हुम्ला बन्द गरिएको छ । बन्दले हवाई सेवा समेत ठप्प भएको सिमकोट नागरिक उड्यन कार्यालयले जनाएको छ । जिल्लामा भएका राजनीतिक दलहरुले नेतृत्व गरेको आन्दालेन आप्mनो माग पुरा नभए सम्मका लागि जारी रहने राप्रपा नेपालका केन्द्रिय सदस्य वृषबहादुर महतले बताए ।
कर्णाली प्रदेशको माग गर्दै मुगुमा समेत आन्दोलनले चर्को रुप लिएको छ । गएको आइतबार अनिश्चित कालका लागि जिल्ला बन्द गरिएको छ । बन्दले जिल्लाका सबै कार्यालय, पसल र शैक्षिक संस्था पूर्णरुपमा ठप्प भएका छन्  ।
जिल्लामा २३ सदस्यीय सर्वपक्षिय संघर्ष समिति मार्फत आन्दोलनलाई संस्थागत रुपमा अघि बढाइएको नेपाली कंग्रेस नेता तथा संघर्ष समितिका संयोजक हस्तबहादुर मल्लेले बताए । सोमबार देखि शसक्त बनेको आन्दोलनमा आज (मंगलबार) आन्दोलनको नेतृत्व युवाले गरेका छन् । आन्दोलनमा कर्णालीबाट प्रतिनिधित्व गर्ने ११ जना सभासदले उल्लेख्य भूमिका खेल्न नसकेको भन्दै सांकेतीक रुपमा ११ वटा कुर्ची जलाइएको संयुक्त संघर्ष समितिका सदस्य सचिव जर्मन नेपालीले जानकारी दिए । वर्तमान पाँच जिल्लाको कर्णाली स्वायक्त प्रदेश लगायतका तीन सुत्रिय माग सहित मुगु आन्दोलीत छ । राँके जुलुश देखि ज्ञापन पत्र पेश सम्मका सबै शान्तिपूर्ण आन्दोलनका गतिविधि गरिसकेको जनाएको संयुक्त संघर्ष समिति मुगुले अँझैपनि आप्mना माग शिर्षस्थ नेतृत्व र संविधानको मस्यौदा लेखन मै संवोधन नभए आन्दोलन हिंसात्मक हुने चेतावनी संघर्ष समितिका उपसंयोजक तथा पुर्व सभासद सोनामछेजुङ्ग लामाको छ ।
कर्णालीमा शुरु भएको आन्दोलन जुम्लाका गाउँगाउँ सम्म पुगेको छ । बिरोध शुरु गरेको तिन दिन सम्म राज्य र संविधान सभाले कुनै प्रतिधिmया नदिएको प्रति आक्रोसित भएका जुम्लावासीले ३ दिन देखि जुम्लालाई ठप्प पारेका छन् । शुरुमा जुम्ला जिल्लालाई बन्द गर्दै राज्यको ध्यान केन्द्रित गरेको जुम्लाको आन्दालनले सोमबार स्नातक तहका परिक्षा केन्द्रमा गएर परिक्षार्थीको उत्तरपुस्तीका खोसेरपरिक्षा रद्ध गराए । जिल्ला प्रशासन कार्यालयका २ र जिल्ला प्रहरी कार्यालयको १ गरी ३ वटा सवारी साधन तोडफोड गरिएको जुम्लामा आन्दोलन कारीका गतिविधिलाई नियन्त्रर्ण गर्नका लागि सेना परिचालन गरिएको छ । हरेक दिन हरेक राजनीतिक दलले आन्दोलनको नेतृत्व लिने गरिएको जुम्लामा आज जिल्लामा भएका नेपाली कंग्रेस, नेकपा एमाले, एमाओवादी र माओवादीका पार्टी कार्यालयमा भएका सामान तोडफोड गरिएको जुम्लाका प्रमूख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले बताए । नयाँ संविधान मार्फत कर्णालीको अधिकार स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका प्रमूख राजनीतिक दलहरुले आफुले गरेको बाचा पुरा नगरेका कारण पार्टी कार्यालयमा तोडफोड गरेको आन्दोलनकारीले दावी गरेका छन् । पार्टी कार्यालयमा रहेका झ्याल ढोका फोडिएका छन् भने कार्यालय भित्र रहेका कागजात समेतमा आगजनी गरिएको छ ।
आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिनको लागी जिल्ला प्रहरी कार्यालय जुम्लाले १४ ओटा हवाई फायर गरेको छ भने ४ ओटा अश्रु ग्याँस हानेको छ । नागरिकहरुले आन्दोलन दबउन खाजेको भन्दै आन्दोलनकारी थप आक्रेसित भएका छन् । आफुहरुले भोट दिएर पठाएका नेताहरुले कर्णालीको बारेमा नबोर धोका दिएको भन्दै पार्टी कार्यालयमा तोडफोड गरेको आन्दोलनकारीले दावी गरेका छन् ।  कर्णालीलाई टुक््रयाएर सरकारले  राणा शासन तर्फ धकेल्न खोजेको  हुनाले आफुहरुको माग पुरा नभए सम्मको लागी आन्दोलन जारी राख्ने उनिहरुको योजना छ । आन्दोलनकारी र प्रहरी बिच झडप हुँदा निमार्ण व्यवसायी संघका अध्यक्ष राजबहादुर महत घाईते हुनु भएको छ । आन्दोलनमा महिला, बालबालिका, यूवा, राजनितकदल र विभिन्न पार्टीका भातृ संगठनहरुको सहभागिता रहेको छ । विशेष अधिकार सहितको कर्णाली राज्य हुनु पर्ने माग गर्दै  कर्णाली बासीहरुले आन्दोलन गरिरहेका छन् ।  नेताहरुले कर्णाली बेचेर आफ्नो स्वार्थ पुरा गर्न खोजेको भन्दै उनिहरुको विरुद्धमा नाराजुलुस गरेका छन् । दिना नु दिन आन्दोलनले  हिंसात्मक रुप लिन थालेकाले जिल्ला सुरक्षा समितिको निर्णय अनुशार अहिले शसस्त्र प्रहरी बल थप गरिएको छ । भोली बुधबार जिल्लाभरी नै जन प्रर्दशनको तयारी गरिएकोले पनि थप आवश्यक परेको सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रमूख जिल्ला अधिकारी पौडेलको तर्क छ ।
 यसैगरी कालिकोटमा पनि अखण्ड कर्णालीको माग सहितको आन्दोलन चर्किएको छ ।  तिन दिन देखि शुरु भएको आन्दोलनले अनिश्चित कालका लागि कालिकोट बन्द गराएको छ । जिल्लाका शैक्षिक संस्था, कार्यालय सबै ठप्प छन्  । अखण्ड कर्णालीको एकल नाराका साथ आन्दोलन भएको कालिकोटमा आज प्रमूख जिल्ला अधिकारी मार्फत संविधान सभालाई तीन सुत्रिय माग बुझाइएको छ । अखण्डा कर्णाली, आन्दोलनका क्रममा सुखेतमा ज्यान गुमाएकालाई शहित घोषणा र घाइतेको निशुल्क स्वास्थ्य उपचार गराउनु पर्ने कुरालाई जोडदार रुपमा उठाइएको नेपाली कंग्रेस कालिकोटका सभापती कालिबहादुर सहकारीले बताए । आफूले उठाएका मागलाई संवेधान नगरे आन्दोलन हिंसात्मक बाटोतर्फ जान सक्ने उनिहरुले चेतावनी दिएका छन्  ।
अखण्ड कर्णालीको आन्दोलन डोल्पामा भने शान्तीपूर्ण रुपमा गरिएको छ । पनि देखिएपनि संविधान सभाको संवाद समितिको मस्यौदा प्रति असमती जनाएका डोल्पाका राजनीतिक दल र सर्वपक्षिय टोलीले सोमबामर प्रमूख जिल्ला अधिकारी मार्फत ध्यानकर्षण बुझाए पनि अन्य जिल्ला जस्तो हिंसात्मक रुपमा अघि नबढेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । सर्वपक्षिय रुपमा डोल्पा जिलला बन्द गरिएको भएपनि शैक्षिक संस्था र पसल निर्वाध रुपमा सञ्चालनमा आएको नेपाल पत्रकार महासंघ डोल्पा शाखाका अध्यक्ष विष्णुलाल बुढो बताए ।  संविधान सभाको पछिल्लो निर्णय प्रति पूर्ण असहमती रहेको डोल्पाले उठाएका अखण्ड कर्णालीको मागलाई संवोधन नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने आन्दोलनमा सहभागि डोल्पा नागरिक समाजका अध्यक्ष सेरबहादुर बुढाले बतए ।

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...