Friday, July 31, 2015

नयाँ संविधानमा आफ्नो कुरा संवोधन हुनेमा कर्नालीवासी आशंकित

रेडियो कर्णाली आवाज
काठमाडौँ, १४ साउन
कर्नालीवासीले नयाँ संविधानमा आफ्ना हक र अधिकार सुरक्षित हुने कुरामा ढुक्क नभएको बताएका छन् । तर उनीहरुले आफ्ना जनप्रतिनिधिहरुले पहल गर्न छोड्न नहुनेमा जोड दिदै संवाद डवलीमा भनेका छन्, ‘अखण्ड र क्षतिपुर्तिसहितको कर्नाली राज्य बनोस् ।’ उनीहरुले उठाएको आवाज परम्परा बन्दै आएको पीडाका कारण छुट्टै राज्यको माग गर्ने स्थानमा पुगेको पनि बताएका हुन् ।


समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले कर्नालीलाई पिछडिएको क्षेत्र, सिमान्तकृत समुदायको हक, अधिकार सुरक्षा समावेशी राष्ट्रिय आयोग बन्ने आशा गरेको बताए ।
एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागाईले कर्नालीमा प्राकृतिक स्रोत रहेकाले कर्नाली विशेष क्षेत्र हुन सक्ने र त्यसका लागि पहल गर्न पर्ने बताए । उनले यसका साथै राज्यका निर्देशक सिद्धान्तमा पनि कर्नाली परोस् भन्नेमा ध्यान दिन पर्ने बेला आएको पनि दावी गरे ।

एमाओवादीका केन्द्रिय सदस्य तथा कालिकोटका सभाषद महेन्द्रबहादुर शाहीले अब आउने नयाँ  संविधान हुनेखाने वर्गकै आउने र आफुहरु ल्याप्चे ठोक्न बाध्य भएको बताए । ‘यो अहिले हामीले सोचेजस्तो नभएपनि यथास्थितिभन्दा अघि बढ्न यसो नगरी नहुने भयो’ उनले भने ।
नेमकिपाका केन्द्रिय नेता तथा जुम्लाका सभाषद डिल्ली काफ्लेले पनि नयाँ संविधान हुनेखाने वर्गकै हितमा आउन लागेको बताउँदै आफुहरु निम्न वर्गलाई उठाउनेमा जोड दिइरहेको तर कमजोर रहेको दावी गरे ।

मुगुका सभाषद मोहन बानियाँले आफुहरु विद्यमान कर्नाली एक राज्य बनाउन क्रियाशील रहेको तर त्यसो गर्न गाहे भईरहेको बताए । बाजुराका सभाषद बसुन्धरा रोकाया र जुम्लाका सभाषद बलबहादुर महतले अब पनि पछि परेको क्षेत्र पछि नपरोस् भन्नेमा सचेत हुने बला आएको बताए । सभाषद तुलाराज बिष्टले कर्नालीलाई अधिकार दिनकुनै पनि पार्टी स्पष्ट नभएको स्वीकार गरे ।

संवाद डबलीका अध्यक्ष दीपेन्द्र रोकायाले कर्नाली राज्यका कारण पछि पारिएको दावी गर्दै त्यहाँका जनताका भावना संवोधन नभए जनमत संकलनका क्रममा देखिएको ‘साइलेन्ट बिद्रोह’ जस्तै अर्को विद्रोह हुनसक्ने बताए ।  उनका अनुसार संविधान सक्दो जनपक्षीय हुनपर्ने र त्यसले यथास्थिति चिर्न सके पनि नयाँ अध्याय शुरु हुन सक्छ ।



डबली र कर्नाली कृषि तथा खाद्य सरोकार समुहले आयोजना गरेको सोही अन्तरक्रियामा हुम्ला विकास पहलका अंगबहादुर लामा, पत्रकार महासंघका केन्द्रिय सदस्य नवराज महतरा, पत्रकार प्रकाश रोकाया, विद्यार्थीहरु अखिल महतरा, दन्ता नेपाली, एमाले हुम्लाका सचिव तीर्थराज रोकाया, किसना नेता कलबहादुर हमाल, कर्मचारी नामाकार न्यौपाने, महिला नेतृ विजया विष्ट लगायतले ठुला दलका पार्टीहरुले कर्नालीलाई नचिनेको र त्यसैले कुनै अधिकार दिन नचाहेकोमा आक्रोश पनि पोखेका थिए ।

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...