Saturday, January 17, 2015

कालीकोटमा पत्रकारितामा पछिल्लो विकास

रुपेन्द्र ऐडी
संचारको दुनियामा विकासले गति लिइरहेको अवस्थामा कर्णालिमा पत्रकारिताको विकासका लागि अग्रज पत्रकारहरुले रचेको ईतिहासमा अहिलेका यस पुस्ताका पत्रकारहरुले जान्न चाहेको तर गर्न नसकेको पाइएको मलाई महसुस भएको छ । सिंगो कर्णालिमा रहेका पत्रकारहरुले विगत देखि अहिले सम्म गरेको त्यागले कर्णालि अंचल पनि पत्रकारिता क्षेत्रमा विकासको खुट्किलोमा अघि बढ्ने तरखरमा रहेको छ । वास्तवमा कर्णालि अंचलको कालीकोट जिल्लामा पत्रकारिताका क्षेत्रमा ठुला मिडिया स्थापना गरेर सम्भव पनि भएन र गर्ने आंटमा नगरेको अवस्था पाईन्छ हुंदा पनि त्यहि हो । आम्दानिको मुख्य श्रोत नै भै दिएको भए अहिले सम्म उद्योगको रुपमा मिडियाको विकास हुने सम्भव नै थियो होला । वास्तवमा पत्रकारिताबाट कमाई भन्दा पनि पत्रकारिताको धर्मलाई आत्मसाथ गरेर नै होला कालीकोट जिल्ला जस्तो विकट मानिएको क्षेत्रमा नवराज शर्मले कर्णालिको पहिलो साप्ताहिक पत्रिका निकाल्नु भयो यो नै ठुलो देन हो र कसैले पनि नकार्न पनि सक्दैन । कालीकोट जिल्लाबाट राष्ट्रिय मिडियामा समाचार लेख्ने तर संचार उद्यमीका रुपमा कालीकोटमा स्थापित गर्नका लागि गरेको अथक प्रयासको प्रशंसा गर्नै पर्छ । 

हामी जस्ता युवा पुस्तामा केही गरौं र गर्न सकिन्छ भन्ने आंट भएका हरु जस्तै नवराज शर्मालाई लिन सकिन्छ । जिल्लामा पत्रकारिताको क्षेत्रबाट आफ्ना दर्ज गराउन सफल अग्रज पत्रकारलाई अहिले भोलि पनि सलाम गर्नै पर्छ । नेपाल पत्रकार महासंघको पहिलो जिल्ला अधिवेशन कालीकोट जिल्लाको प्रतिमाचोकमा उद्घाटन गरियो ।जुन कार्यक्रममा तत्कालिन सहयाक प्रमुख जिल्ला अधिकारी मणि कुमार पोख्रेलले आफ्नो मन्तव्यको क्रममा कालीकोटको पत्रकारिताको अवस्था सदरमुकाम मान्मा बजार देखि ताडिी सम्म भैरहेको भन्ने मन्तव्य राखि रहंदा मलाई कस्तो कस्तो अर्कै महसुस भैरहेको थियो किन होला ?तर मैले बुझ्दै कुरा त्यसो पो रहेछ । शसस्त्र द्धन्द्ध ताका संचारको विकास भएको थिएन । त्यस पछि भएको संचारको विकासले धेरै ढोका खुलाएको थियो र हो पनि । तर जिल्लाको पत्रकारिताको विकास सदरमुकाममा नै कायम रहन गयो जहां ग्रामिण वस्तिमा वास्तविक पिडा र कथा व्यथाहरु आउन भने सकेनन् अहिले पनि आउन सकेको छैनन् । जिल्ला सदरमुकाम केन्द्रित पत्रकारिताको विकास दुर्त गतिमा भएको छ । सो को विस्तार हुन नितान्तै आवश्यक रहन गएको छ । कसै कसैले भन्ने गर्लान कस्ले गरेको छ ग्रामिण पत्रकारिता र कस्ले गरेको छैन गांउका समाचारहरु । तर मलाई के लाग्छ भने कालीकोट जिल्ला आफैमा सानो जिल्ला हो ।त्यसैमा पनि पत्रकारिताका क्षेत्र तथा मिडियाको विकास हुने क्रम जारी छ । कालीकोट जिल्लामा चार चार वटा सामुदायिक एफ एमको विकास होला भन्ने कसैले सोचेको पनि थिएन होला तर भएर छाडे अझै हुने क्रममा रहेका छन । पत्रकारिताका लागि जिल्ला सदरमुकाम केन्द्रित हुने अवस्थाका कारण जुन आवाजहरु आउनु पर्ने हो त्यो भने आउन सक्ने अवस्था देखिदैन । कालीकोटमा अहिले तिन वटा साप्ताहिक,एक दैनिक पत्रिका,दुई वटा सामुदायिक रेडियो र भर्खर शुरु भएको कर्णालि संचार अनलाईन पत्रिका संचालनमा रहेका छन । जिल्लाको समग्र विकास संगै संचारको विकास एक पछि अर्काे गतिमा गएको पाइए पनि पत्रकारितामा गुणस्तरियताको आवश्याक रहेको छ । पत्रकारिताको क्षेत्रमा विकास संगै पत्रकारहरुको विकास गर्न पनि त्यतिकै जरुरी देखिएको छ । पत्रकार संगै हिंड्दैमा पत्रकार भनि हाल्नु पर्ने र पत्रिका बांडदैमा पत्रकारको फुलि लगाएको महसुस गरेर नाक फुलाउदै जानु पनि ठिक होईन । एक जमानामा पत्रकार महासंघको क्रियासिल पत्रकार र श्रमजिवि पत्रकार भनेर धेरै चर्चा पनि आयो के त्यो सहि थियो भने पत्रकारिताका लागि कस्ले ज्यान त्यागेर पारिश्रमीक विना नै  काम गरेका छन । अवस्या पनि छैनन् । अहिले व्यवसायिक पत्रकारिताको विकास नै पहिलो हुन आंउछ र आउनु पर्ने पनि हो । संचारको विकासले विश्व नै एक गांउको रुपमा विकास भएको पाइएका कारण कालीकोट जिल्ला पनि कर्णालिको मुख्य क्षेत्र तथा नाकामा रहेकाले मुल गेटमा पत्रकारिताको क्षेत्रमा यसले फड्को मार्न पनि त्यतिकै खांचो रहेका छ । पत्रकारिताका क्षेत्रमा कर्णालिको जुम्लाले गरेको विकासको तुलनामा कालीकोट पछि मानिएको भए पनि कालीकोटको विकासका लागि कालीकोटका पत्रकारहरु र संचार माध्यमहरुल विकास गर्न जरुरी रहेको छ । कालीकोटमा एक पछि अर्काे मिडिया संचालनमा आउनुले पनि पत्रकारिताको क्षेत्रमा विकासको क्रम बढ्दै गएको मानिन थालिएको छ । 

जिल्लामा पत्रकार महासंघले थालेका हरेक क्रियाकलाप र गरेको कार्यक्रममा जिल्लाका राजनैतिक दल,्विभिन्न पेशामा संलग्न सरोकारवाला निकायहरुले खेलेका भुमिकाको उच्च कदरका साथ व्यवसायिक पत्रकारिताका लागि महासंघले थालनि गर्ने क्रियाकलापमा भर पर्नु पर्ने हन्छ । कालीकोट जस्तो सानो जिल्लामा मिडियाको स्थापना संग गुणस्तरमा जोड दिनु टड्कारो आवश्याक रहेको छ । कालीकोट जिल्लामा अनलाईन पत्रिका समेत सुचारु हुनु आफैमा सौभाग्य मानिनु पर्छ । जहां दुई वर्ष पुग्न लागि सक्दा पनि विद्युत नवन्नु , कयौं स्थानमा सडक यातायातको काम शुरु गरे पनि अधुरै रहनु लगाएतका साधनको अभाव झेलि रहेको भए पनि संचारमा विकास भएको छ । यस्लाई विकास र दिर्घकालिन रुपमा लिन र राख्न सक्नु ठुलो कुरा हुन आंउछ । कालीकोटमा पत्रकारिताको विकास कहां र कसरी भयो भन्ने बारेमा अंश गत रुपमा खोजि गरेर आगामी दिनमा अनलाईन मार्फत अघि बढ्ने छु भन्ने विश्वासका साथ कर्णालि संचार डट कम पत्रिकाको स्थापना गरिएको छ यसमा यहांहरुको रचनात्मक आबश्यक सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि अनुरोध गर्दछु ।
साभार

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...