Saturday, September 3, 2011

स्थानीय विकासमा चीनको सकि्रयता २ सडकलाई तत्काल ३० लाखको सहयोग सहित १४ बुदें सहमती

नवराज महतारा । सिमकोट हुम्ला
कर्णालीखबर डटकम । पछिल्लो समयमा नेपालमा कुटनीतिक चहलपहल तिब्र पारेको छिमेकी मित्रराष्ट्र चीनले हुम्लाको स्थानीय विकासमा चासो दिदैं दोस्रो पटक जिल्ला विकास समिति र सुरक्षा निकायका प्रतिनिधि सम्मीलित जिल्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधि सहितको १५ सदस्यीय टोलीसँग चीनिया पुराङ कण्ट्रीमा विकास र कुटनीतिक सम्बन्ध सँग सम्बन्धित १४ बुदें संझौतामा हस्ताक्षर गरेको छ ।
चीनिया तर्फबाट स्थानीय पुराङ कण्ट्रीका प्रमूख वी दोङ ९ध्भष् म्यलन० कण्ट्री सहायक लु झिह्वा ९ीग श्लष्जगब० पुराङ कण्ट्रीका अध्यगमन कार्यालयका शाखा अधिकृत लि हुई ९ीष् ज्गष्० लगायत प्रहरी प्रमूख तिब्बत क्षेत्रका विदेश विभाग सचिव सेनाका प्रतिनिधि र साचारकर्मी सहितको १७ सदस्यीय चीनिया टोली र हुम्ला जिल्लाका सभासद कर्णजित बुढाथोकी जिल्ला विकास समिति हुम्लाका निमित्त स्थानीय विकास अधिकारी देवी ऐडी एमाओवादी जिल्ला सचिव बिजय भण्डारी नेपाली कांग्रेस हुम्लाका उप-सभापति पदम लामा एमाले हुम्लाका उपाध्यक्ष डबल रावत लगायत जिल्लाका राजनीतिक दलका प्रतिनिधि सम्मीलित १५ सदस्यीय दुई तर्फका प्रतिनिधि मण्डल बिच भदौं ५ र ६ गते २ दिन सम्म भएको भेटवार्ताले उक्त दुईपक्षिय संझौता गरेको छ ।
नेपालले कुटनीतिक जटिलताका कारण चीनसँग सीमा जोडिएका सीमावर्ति क्षेत्रको विकासका लागि आधिकारीक रुपमा सम्बन्ध विस्तारमा आनाकानी गरेपछि चीनले आपुना सिमाक्षेत्र जोडिएका जिल्लाका राजनीतिक दल तथा जनप्रतिनिधिसँग भएको वार्ताकै आधारमा आपुनो कुटनीतिक सम्बन्ध विस्तार गर्ने पछिल्लो रणनीति अनुसार सबै भन्दा बढी सिमा जोडिएको हिमाली जिल्ला हुम्ला सँग दोस्रो पटक सिमाक्षेत्रको विकासका लागि ३० लाख बराबरको आर्थिक सहयोग सहित अन्य विभिन्न क्षेत्रसँग सम्बन्धित विषयमा सहयोगको संझौता गरेको छ । स्थानीय पुराङ कण्ट्री्रका अधिकारी र हुम्लाका सर्वदलिय प्रतिनिधि मण्डलसँग भएको १४ बुदें संझौताले जिल्लाको भाग्य र भविष्यका रुपमा हेरिएका हिल्सा सिमकोट मोटरबाटोका लागि निर्माण गर्ने भनीएको हिल्सा वेलीब्रीजलाई नेपाल-चीन मैत्री पुलका रुपमा निर्माण गर्ने र उक्त पुल निर्माणका लागि आवश्यक सहयोग गर्न चीनले माथिल्लो निकायबाट अक्तियारी लिने कुरालाई संझौताको पहिलो बुंदाका रुपमा राखिएको छ । यसै गरी सिल्सा-सिमकोट र पछिल्लो समयमा अघि बढाईएको लिमी-लाप्चा मोटरबाटो निर्माणका लागि चीनिया सहयोग बढाउने कुरालाई दोस्रो प्राथमिता िदंदैं उक्त सडक निर्माणका लागि सन २००९ मा चीनले प्रदान गरेको सहयोगलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ । उक्त सहयोग अन्तरगत चीनले हिल्सा-सिमकोट र लिमि-लाप्चा मोटर बाटोका लागि १५।१५ लाख रुपैयाँ बराबरको सहयोग गर्नेकुरा उल्लेख छ । जसमा दुवै बाटोका लागि आवश्यक पर्ने इन्धन ५।५ हजार लिटर तेल र सीमानाका वासिन्दालाई चामल मैदा लगायत खाद्यान्न सहयोग गर्ने कुरा उल्लेख गरिएको छ ।
नेपालको व्यापारिक बजारका रुपमा विकास हुँदै गएको चीन बजार र नेपाली बजारमा चीनिया मुद्रा सुकुर र नेपाली रुपैयाको समेत कारोवार गर्न सकिने कुरालाई स्थानीय स्तरमै सहजिकरण गर्न दुवै पक्ष सहमत भएका छन् । सीमावर्ति क्षेत्रको विकासका लागि आफू हदैसम्म सहयोग गर्नचाहेको बताउने चीनिया पक्षले हुम्ला र चीनबिचका टाँक्या र दोजामको चाङ्गला नाकालाई आधिकारीक नाका बनाउनका लागि चीनले चीनिया सरकार सँग र हुम्लाले नेपाल सरकारसँग आधिकारीक पहल गर्नेमा दुवै पक्ष सहमत भएकाछन् । दुई देशबिचको सीमा सुरक्षालाई अलि मजबुत होस भन्ने आकांक्षा राखेको चीनले दुवै देशमा सीमा सुरक्षा लगायतका विषयलाई स्थानीय स्तरबाटै गम्भीरताका साथ अनुगमन गर्ने र कुनै समस्या आई परेमा स्थानीय स्तरमै समाधान गर्ने विषयमा समेत दुई देश बीच सहमती भएको छ । वर्षेनी झण्डै दशकरोड बराबरको सामान चीनबाट हुम्लामा आयात गरिएको भएपनि हुम्लाबाट उतपादित वस्तु चीनमा निर्यात नभएको विषयलाई नेपाली पक्षले चर्को रुपमा उठाएपछि हुम्लाका उत्पादनलाई समेत चीनिया बजारको व्यवस्थापन गर्न उक्त संझौता मार्फत चीनिया पक्ष तयार भएको नेपाली पक्षको नेतृत्व गरेका एमाओवादी हुम्लाका सभासद कर्णजित बुढाथोकी सुशीलले जानकारी दिए । उनका अनुसार दुई पक्षिय संझौताले नेपाल तर्फबाट चीनिया जेलमा परेका हुम्लाका ७ जना बन्दीलाई उनका आफन्तले भेट्न चाहेको खण्डमा सहजै भेटघाट गर्ने बतावरण चीनिया पक्षले मिलाई दिने कुरा समेत सपष्ट रुपमा उल्लेख गरिएको छ ।
नेपालले आपुनो देशको विकास निर्माण लगायतका हरेक क्षेत्रमा स्वस्फूर्त रुपमा निर्णय गर्न पाउनु पर्छ भन्नेकुरालाई पटक-पटक उठाउदै आएको चीनले आपुनो भू-भागबाट ल्याईने हिल्सा-सिमकोट र लिमि लाप्चा सडक बाटो निमार्णका क्रममा आवश्यक पर्ने मेशीनरी सहयोग जस्तै एक्साभेटर रक कटिङ्ग मेशीन जस्ता सामाग्रीको सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ । यस भन्दा अघि पनि हिल्सा-सिमकोट मोटरबाटोका लागि स्थानीय गुम्बा मार्फत एक गाडी समेत उपहार दिएको चीनले स्थानीय पुराङ कण्ट्रीको पहुँच भन्दामाथिको सहयोगका लागि केन्द्रिय सरकारसँग समन्वय गरेर भएपनि सहयोग गर्ने आश्वासन दिएको जिल्ला विकास समिति हुम्लाका निमित्त स्थानीय विकास अधिकारी देवी ऐडीले बताए ।
यही भदौ ५ देखि ६ गते सम्म स्थानीय पुराङ कण्ट्रीमा सरकारी भवनमा दुई पक्षिय वार्ता पछि भएको उक्त संझौताले हुम्ला र चीन बिचका विभिन्न विकास निर्माण पर्यटन विकासका लागि सहयोग आदान प्रदान सीमा सुरक्षा र व्यापारिक सम्बन्धहरुका विषयलाई उच्च प्राथमितामा राखेको छ । हुम्लाको विकासको मेरुडण्डका रुपमा हेरीएको एक दशक देखि निर्माणकार्य शुरुगरिए पनि खासै उल्लेख्य प्रगती नभएको ९० किलो मिटरको हिल्सा सिमकोटको मोटर बाटो निर्माणका विषयमा चीनीया पक्षले वार्तामा पटक-पटक निकै चासो दिएको नेपाल पक्षबाट वार्तामा सहभागि नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष डबल रोकायाले बताए । उनका अनुसार चीनले हुम्लाको विकासमा नीकै ठूलो सहयोग गर्ने इच्छा जाहेर गरेको भएपनि हुम्लामा काम गर्ने दातृ निकायका गतिविधि र ने किन सहयोग गर्न चाहन्छ चीन ?
हुम्ला लगायत सीमावर्ति क्षेत्रमा सहयोग गर्न उत्साहित देखिएको चीन पछिल्लो समय हालै त्यहाँ भएको बम विष्फोटमा संलगन अतिवादीहरु नेपालको भूमि प्रयोग गर्दै पाकिस्थानी भूमिमा तालिम प्राप्त रहेको खुलासा हुनु र हुम्ला जल्लामा कार्यरत केही अन्तराष्ट्रिय गैर सरकारी संस्थाका गतिविधि देखि श-सङ्कीत भएको मानसरोवर बहुमूखि क्याम्पसका सहायक क्याम्पस प्रमूख नन्दबहादुर रोकाया बताउनु हुन्छ । उनका अनुशार हुम्लाको विकास गर्ने भन्दै केही अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले सीमावर्ति क्षेत्रमा आपुना गतिविधि तिब्र पारेपछि चीनले आपुनो कुटनीतिक नीतिमा केही लचिलो भएर स्थानीय पहलमै सहयोगको हात बढाएको हो ।
हाम्रो देशमा बढ्दो जातीय एवम् क्षेत्रीय बेमेलले थप अस्थिरता सिर्जना नहोस भन्नेमा चनाखो हुन थालेको चीनले विषेशगरी पछिल्लो समयमा भारतमा मूख्यलय भएको प्रज्ञा नेपाल र अमेरीकन जनताको सहयोगमा साचालित अमेरीकन अन्तराष्ट्रिय विकास नियोग युएसएआडी नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाले साचालन गरेका गतिविधि देखि पनि चीन अत्यान्तै सशङ्कीत देखिएको एक विष्लेषक बताउँछन् । उनका अनुसार चीन सँग सिमाना जोडिएका नेपालका उच्च हिमाली क्षेत्रका जिल्लाहरुमा मात्र काम गर्ने लक्ष्यका नेपाल आएको प्रज्ञा नेपालले हुम्लामा पनि चीनसँग सीमाना जोडिएका सीमावर्ति मुचु लीमी हेप्का खगालगाउँ लगायत १० वटा गा।वि।स।लाई कार्यक्षेत्रका रुपमा लिनुले पनि हुम्लामा चीनको चासो बढेको हो । उक्त क्षेत्रमा सामान्य काम गरिरहेको प्रज्ञा नेपालले स्थानीय संस्था किर्डाक नेपाल मार्फत शुरुमा अधिकारमूखि कार्यपद्दती मार्फत हिमाली वासिन्दाको अधिकारका बारेमा कुरा उठाउँदै पछि उक्त क्षेत्रका वासिन्दाको अग्रसरतामा उच्च हिमाली जनअधिकार फोरम गठन गर्ने लक्ष्य लिएर काम थालेको थियो । उक्त संस्थाले नेपाल भुटान श्रीलङ्का र संभव भएमा चीनका उच्च हिमाली क्षेत्रमा समेत उच्च हिमाली जनअधिकार फोरम गठन गरी उच्च हिमाली क्षेत्रका वासिन्दाको अधिकारका बारेमा व्यापक वकालत गर्ने उसको रणनीतिका बारेमा चीनीया पक्षले थाहा पाएपछि नेपालका उच्च अधिकारीमाथि चीनिया पक्षले दिएको दवावका कारण नेपाल सरकारले उक्त फोरम गठन गर्ने अनुमती नदिए पछि अन्तिममा आएर प्रज्ञा नेपालले आपुनो पूर्व निर्धारित उच्च हिमाली जनअधिकार फोरम गठन गर्ने कार्यक्रम तत्कालका लागि रोकेको छ। प्रत्येक हिमाली जिल्लामा फोरम गठन गरेर सबै हिमाली जिल्लालाई समेटेर राष्ट्रिय स्तरको फोरम गठन गर्ने र त्यसै मार्फत उक्त क्षेत्रका वासिन्दाको अधिकारलाई स्थापीत गर्ने तर उक्त फोरमका लागि सम्पूर्ण आर्थिक सहयोग संस्थाले नै गर्ने लक्ष्य रहेको उक्त प्रज्ञा नेपालका गतिविधिमा रोक लगाएपछि हौसीएको चीनका लागि सहयोगको वातावरण बनेको जिल्लाका जानकार बताउँछन् ।
चीनका लागि हुम्लामा सहयोगको सम्बन्ध विस्तार गर्ने अर्काॆ विषय अमेरीकन जनताको सहयोगमा साचालित युएसएआइडिले हुम्लामा काम थाल्नु पनि हो । स्थानीय किर्डाक नेपालसँग सामाजिक परिचालनको पाटोमा साझेदारी गरेको उक्त अन्तराष्ट्रिय गैरसरकारी संस्थाले पनि चिनसँग सीमा जोडिएका हुम्लाका ५ वटा गा।वि।स।मा आय आर्जनका लागि शिक्षा कार्यक्रम साचालन गरिरहेको छ । कार्यक्रम अन्र्तगत कार्यक्षेत्रमा कृषि व्यवसाय अन्य सिपमुलक व्यवसाय सँग सम्बन्धित चार चरणका कार्यक्रम साचालन गरेको युएसएआइडिले प्रत्येक सहभागिलाई अमेरीकन जनताको सहयोग भन्ने नारालाई कण्ठै गर्न लगाएको छ । सानो गतिविधिमा समेत आपुनो लोगो र नारालाई प्रमूखताका साथ हेर्ने युएसएआइडिले हाल सम्म हुम्लाका १२ सय जनालाई अमेरीकन जनताको सहयोग भन्ने नारा कण्ठ गराईसकेको श्रोतको दावी छ । यसै गरि युएसएआइडिकै आर्थिक सहयेागमा स्थापना गरिएको क्यामोनिक्स नामक संस्थाको आर्थिक सहयोगमा स्थानीय स्नोल्याण्ड एकीकृत विकास केन्द्र एसआईडिसीले साचालन गरेको ५० वार्डको सामुदायिक रेडियो कैलास साचालनमा आउनु र रेडियोले प्रशारण गर्ने प्रत्येक समाचारमा कुनै न कुनै रुपमा चीनबाट आयातित सामाग्रीको बारेमा विभिन्न प्रकारका टिकाटिप्पणी गरिनुले पनि चीनले हुम्लासँगको सामरिक सम्बन्ध प्रगाढ बनाउन खोजेको स्थानीय प्रशासनसँग सम्बन्धित एक अधिकारीले बताएका छन् ।
हुम्लासँग जोडिएका झण्डै ५ वटा नाका मध्ये आधिकारीक रुपमा २ नाकाबाट व्यापारिक तथा अन्य सम्बन्ध भएको भएपनि प्रत्यक्ष रुपमा सीमाक्षेत्रका वासिन्दासँग आपुनो सम्बन्ध नभएकोमा आत्मग्लानी महशुस गरिरहेको चीन रणनीतिक रुपमा सीमाक्षेका जिल्लासँग स्थानीय पहलमै सहयोग आदन प्रदान गर्न तम्सीएको देखिन्छ । पटक-पटक उच्चस्तरिय भेटघाट तथा भ्रमणमा समेत आव्हान गरेको खण्डमा नेपाललाई ठूलो सहयोग गर्ने कुरा दाहोर्याइ रहेको चीनले आपुनो सहयोग लिनका लागि नेपाललाई १९५० को सुगौली सन्धी जस्ता विभिन्न प्रकार सन्धी र संझौताले गाँझेको कुराबाट स्पष्ट भएपछि स्थानीय पहलमा समेत सहयोग गर्न तत्पर देखिएको हो ।
विश्वशक्ति बन्ने चरणमा रहेको चीन दूई तीन वर्ष यता छरछिमेकका राजनीतिक प्रभाव बढाउनका लागि परेको मात्रै छैन उसले केन्द्रिय सरकार र राजनीतिक दलहरुसँग मिलेर स्थानीय विकास निमार्णमा सहयोग गरेर चीन विरोधी गतिविधि कम गराउनका लागि घुमाउरो रणनीति अत्तियार गरेको देखिन्छ । यस सँगै उसले आर्थिक र व्यापारको क्षेत्रमा आक्रामक गएको छ । जसले सही ढङ्गले उपयोग गर्न सकेको खण्डमा नेपाल-चीन बिचका आर्थिक गतिविधिमा हित गर्ने छ । यसरी केन्द्रिय सरकार र दलहरुसँग स्पष्ट रुपमा आपुनो तर्फबाट कुरा नबढाई स्थानीय स्तरमा भएका दलका प्रतिनिधि र अधिकारी सँगको सहयोग आदान प्रदानको दोहोरो वार्ता गर्ने र थोरै मात्रामा सहयोग गर्ने चीन सरकारले आपुनो उद्देश्यका बारेमा समेत समयमै स्पष्ट हुन जरुरी छ ।

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...