Monday, April 9, 2012

एमाओवादी कालीकोटमा वैद्य पक्षको समानान्तर कमिटि

चैत्र २५ । लामो समय देखी एमाओवादी भित्र संस्थापन पक्ष र वरिष्ट उपाध्यक्ष मोहन वैद्य किरण पक्षविच चुलीदै गएको विवादले आप्mनो पकड क्षेत्र मानेको कर्णाली अञ्चलको कालीकोट जिल्लामा पहिलो पटक आफू पक्षिय कार्यकर्ता भेलाको आयोजना गरी पुरानो कमिटिमा भएका संस्थापन पक्षका जिल्ला सचिवलाई जिम्मेवारी वाट मुक्त गर्दै नयाँ ३३५ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ ।
गएको २० गते देखि जिल्ला भरी जनसंविधान निर्माणका निम्ती हस्ताक्षर अभियान समेत सञ्चालन गरिरहेको बैद्य समुहले जिल्लामा गठन भएको पुरानो कमिटिमा संसथापन पक्षका जिल्ला कमिटि सदस्यहरूलाई हटाएर आफू पक्षिय कमिटी गठन गरेको हो । संस्थापन पक्षका जिल्ला सचिवको जिम्मेवारीमा रहेका दुर्गा रावतलाई हटाएर वैद्य पक्षले युद्धकालमा माओवादी द्धारा जनसरकार प्रमुख कर्ण भण्डारीलाई मनोनित गरेको घोषणा गरेको छ । घोषणा गरिएको वैद पक्षिय जिल्ला कमिटिको सह–इन्चार्जमा धनजित शाही, सचिवमा कर्ण भण्डारी र सदस्यमा अधिकांश पहिलाकै अनुहार छन भने केही नयाँलाई समेत मनोनित गरिएको छ । केही दिन अघि सुर्खेत जिल्लाको मैनताडा गाविसमा वैद्य पक्षीय भेरी कर्णाली राज्य समितिको छुट्टै वैठकमा स्थायी समिति सदस्य नेत्रविक्रम चन्द, वाईसिएल इन्चार्ज कुल प्रसाद केसी, पोलीट व्युरो सदस्य हरिभत्त कडेलको उपस्थितीमा छुट्टै कमिटि निर्माण गरिएको  थियो । कार्यक्रममा प्रशिक्षण दिदै संस्थापन पक्षले भेरी कर्णालीमा वैद्य पक्षको जुन प्रकारको र्वचस्व छ त्यसलाई कायम राख्नु पर्ने कुरामा जोड दिनुका साथै कालिकोटबाट आफू पक्षिय कमिटि बनाएर पार्टी सञ्चालन गर्ने निर्णय अनुसार नै कालिकोटको नयाँ कमिटिको घोषणा भएको वैद्य पक्षिय एक नेताले नाम नबताइदिने शर्तमा जानकारी दिए । जनसंविधान निर्मार्ण गर्ने पक्षमा संस्थापन पक्ष अत्यन्तै आत्मसमर्पण बादमा गएकाले आफूहरू उक्त अभियानलाई साहकार पार्नका लागि कर्णालीमा पनि छुट्टै मोर्चाबाट आन्दोलित भएको वैद्य पक्ष जिल्ला इन्चार्ज एटम विसीले जानकारी दिए । चैत २४ लाई राष्ट्रिय प्रतिरोध दिवका रुपमा मनाएको वैद्य पक्षले जनसंविधान निर्माण तथा पार्टीको वास्तविक सिद्धान्तका बारेमा जिल्लाका जनता तथा कार्यकर्तालाई प्रशिक्षित गर्नका लागि आजै देखि ५ ठाउँमा कमान स्तरिय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको जिल्ला इन्चार्ज एटमले बताए । वैद्य पक्षका अनुसार उसले आज (चैत २५) रासकोटबाट शुरु गरेको प्रशिक्षण कार्यक्रमलाई २६ गते सिउँना र जुविथा, २८ गते गेला र कुमाल गाउँ हुदैं २९ गते जिल्ला व्यापी मसाल जुलुसको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।  
उता संस्थापन पक्षले पनि पुरानो कमिटीका जिल्ला पार्टी इन्चार्ज एटम विसीलाई हटाएर अनिपाल शाहीलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिदैं उनको संयोजकत्वमा आन्तरिक हिसाबले अर्कै कमिटि गठन गरेको छ । संस्थापन पक्षिय जिल्ला ईन्चार्ज अनिपाल शाहीले कालिकोटमा एक पत्रकार सम्मेलन गरी आफ्नो आधिकारीक जिल्ला कमिटि घोषणा गरेका छन् वैद्य पक्ष राज्य समिति देखी जिल्ला हुदै गाउँ सम्म समानान्तर कमिटि गठन गर्न सक्रिय भएको र भ्रष्ट नियत भएका व्यक्तिहरू उता लागेकाले उनीहरूलाई जिम्मेवारी तहवाट आफूले हटाएको दावी गरे । उनले बैद्य पक्षले समानान्तर कमिटि घोषणा गरे पनि जिल्ला स्तरका कार्यकर्तालाई स्वीकार नगर्न आग्रह गरेका छन् । उनले जिल्लाबाट प्रतिनिधित्व गर्ने २ जना सभासद, २ जना केन्द्रिय सदस्य, राज्य समिति सदस्य र जिल्लाका जिम्मेवार तहका नेताहरू वैद्य पक्ष भएकाले संस्थापन पक्षलाई केही व्यवस्थापन गर्न समस्या भएको भएपनि आफूहरूको कमिटि नै आधिकारीक कमिटि भएको जिकीर समेत गरेका छन् । उनले कुराकानीमा कालिकोटका ३० वटा गा.वि.स. मध्ये १७ वटामा दुवै पक्ष बराबर भएको भएपनि १३मा आप्mनो (संस्थापन पक्षको) स्पष्ट बहुमत भएकाले पनि आफूहरूमा कुनै प्रकारको बिचलन नआएको बताए ।  जिल्लाका ५ वटा स्थानमा कमान स्तरिय प्रशिक्षण कार्यक्रमको आयोजनामा वैद्य पक्ष लागेको वेला संस्थापन पक्षले भने राज्य समितिको वैठकको आयोजना गरेको छ । सुर्खेतमा २६ गते हुने भनिएको राज्य समिति वैठकको आयोजना भने कालि बहादुर मल्ल लगायतका नेताले गरेको संसथापन पक्षिय जिल्ला इन्चार्ज अनिपाल शाहीले बताए । 

पहिले सङ्गठन अनुसार आप्mना नीतिहरू स्पष्ट रुपमा कार्यान्वयन गर्नका लागि आफूहरू अघि बढेको र कालिकोटमा जनसंविधान विरोधी खेमाको (संस्थापन) कुनै अस्थित्व नभएकोले आप्mनो कमिटि नयाँ तथा समानन्तर नभई पुरानै भएको जिकीर वैद्य पक्षका जिल्ला इन्चार्ज एटमले गरे पनि राज्य समितिको प्रशिक्षणका क्रममा सुर्खेत तर्फ जाँदै गरेका संस्थापन पक्षिय इन्चार्ज अनिपाल शाहीको भनाईलाई आधार मान्ने हो भनेपनि कालिकोटको परिघटनाले माओवादी कालिकोटमा स्पष्ट २ समानान्तर कमिटि भएको पत्रकार महासंघ कालिकोटका अध्यक्ष कालिबहादुर मल्लले बताए ।


No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...