Friday, October 20, 2017

दयामूखि लिडको पत्रकारितामा बिम्ब हराएको कर्णाली

अभावी र दयामूखि लिड र यसको शुरुवात  
कुनैपनि विषय वस्तुको रोचक ढंगले उठान गर्ने नाममा छापा
तथा विद्युतीय सञ्चार माध्यमले सबन्धित क्षेत्र वा विषयको अथाहा संभावना र श्रोतको ख्याल नगरी सतही रुपमा प्रस्तुत गर्ने नाममा भविष्यमा आउन सक्ने संवेदनशिलतालाई नबुझेर सामाग्री प्रकाशन वा प्रसारण गरेपछि त्यस क्षेत्रका वासिन्दाले आत्ममहसुस गरेकोे नयाँ विषय हो, सञ्चार माध्यमको दयामूखी र अभावी लिड । सकेजती छोटो, मनछुने र विषयको सार खिच्ने नाममा राज्यको मुल प्रवाहमा समाहित हुन नसकेका वर्ग, क्षेत्र र समुदायका विषयहरुको उठान गर्ने क्रममा सञ्चारकर्मी र सञ्चार माध्यमले प्रयोग गरेका शब्द र उठान गरेका विषयले पाठक, श्रोता र दर्शकमा पारेको बिम्बको कारकका रुपमा यस लिडलाई लिइने गरिएको छ । जसको उदाहरणका रुपमा यस आलेखमा कर्णाली प्रतिको विषयलाई सांकेतिक रुपमा मात्रै उठान गर्न खोजिएको छ ।
परापूर्वको समृद्ध सिञ्जा राज्यको मुख्यालयका रुपमा रहेको कर्णाली वि.सं.१८४६ को एकीकरण पछि विकास, नीतिगत सहभागिता र न्यायका दृष्टिमा नसमेटीएका कारण पछिल्लो अवस्था सृजना भएको भन्ने बारेमा सबै जानकार छन्  । यति हुँदा हुँदैपनि पछिल्लो समय नेपाललाई प्राकृती श्रोतका रुपमा जुन तरिकाले धनीको उपमा दिइने गरिन्छ त्यसको ठूलो हिस्सा (जल, जमीन, जलवायू, वनस्पती, जीव जनावर आदी) हरेक रुपमा कर्णाली अघि छ भन्ने कुरालाई समेत विभिन्न समयमा भएका अध्ययनले देखाएकै छन् । जव नेपालका सञ्चार माध्ययमको नजरमा कर्णाली समाहित भयो त्यस बेला देखि यि सबै विषयवस्तु ओझेल परे । पञ्चायतकालिन समयमा पहिलो पटक रेडियो नेपालको समाचारमा कर्णाली समावेश भएको सुनेका तत्कालिन मन्त्री स्वर्गिय शुरविर शाहीले पहिलो समाचार हुम्लामा चामल नहुँदा भोकमरी भएको प्रसङ्ग समेटिएको बताउनु हुन्थ्यो । जवकी त्यस वेला छिमेकी मुलुक चिनको ताक्लाकोटका लागि सातुको मुख्य श्रोत हुम्ला थियो । उक्त समाचारको विषयप्रति असन्तुष्टि व्यक्त गरेका स्वर्गिय शाहीको एउटै कथन नै थियो “समाचारले कर्णालीको इज्जत लुट्यो”। पुर्वमन्त्री शाही मात्रै होइन् छापा तथा विद्युतीय सञ्चार माध्यममा प्रकाशित तथा प्रशारित सामाग्रीले वालवालिका देखि वृद्धा सम्मका कर्णालीवासिलाई सकेसम्म आप्mनो घर कर्णाली हो भन्न नपाए हुन्थ्यो भन्ने हिनताबोधको शिकार बनाएका छन् । जुन काठमाडौंका प्राय स्कुल, कलेजमा भएका विद्यार्थीलाई मात्रै सोध्ने हो भनेपनि सञ्चार माध्यममा नजानिदो तवरले हावी भएको अभावी र दायमूखी लिड के हो भन्ने बारेमा सजिलै बुभ्mन सकिन्छ ।
आधुनिक पत्रकारिताको प्रारम्भ मै कर्णालीले सहभागिता जनाउन नसक्नु, कुनै कारण स्थानीय स्तरमै सहभागि भएका सञ्चारकर्मीमा व्यवसायिकताको ज्ञानको अभाव हुनु र पे्रषित समाचारलाई सञ्चार माध्यमका प्रमूखले आप्mनो तवरले प्रस्तुत गरेका कारण पनि नेपाली पत्रकारितामा कर्णाली अभावी र दयामूखी लिडको प्रयोगशाला बन्न गयो । सरकारी तथा निजि संयन्त्रबाट कर्णालीका जिल्लाको सदरमुकाममा पाइला टेकेका सञ्चारकर्मीले हरेक जिल्लाको सदरमुकामको अनुहारका आधारमा सिङ्गो जिल्ला बुभ्mने र कुनै एक जिल्लाको आधारमा सिङ्गो क्षेत्रलाई जवरजस्त रुपमा प्रतिनिधित्व गराएका कारण पनि यो अभावी र दायमूखी लिडको प्रयोग नेपाली सञ्चार माध्यममा दिन दुगुना रात चौगुनाका हिसाबले वद्धी हुँदै गएको देखिन्छ । हरेक क्षेत्रमा राज्य र सम्बन्धित क्षेत्रका अगुवाहरुको गैर जिम्मेवारीलाई समेत लिएर स्थानीय वासिन्दाको दोषका रुपमा थोपार्ने कामका जिम्मेवार हामी सञ्चारकर्मीले प्रस्तुत गरेका सामाग्री भए । उडुवा चामलको (खाद्य संस्थानले ढुवानी अनुदानमा लिएको) मात्रै भर पर्नु परे हरेक वर्ष हरेक जिल्लामा ३० देखि ५० हजार क्विण्टल चामल आवश्यक पर्ने कर्णालीमा सदरमुकाममा मात्रै केन्द्रित वार्षिक १० देखि १५ हजार क्विण्टल चामलमा लागेको लाइनलाई आधार मानेर सँधै कर्णालीमा खानै पुग्दैन भनेर सञ्चार माध्यमका पाना र स्क्रिनमा कर्णाली पोतियो । तर कहिल्यै खोजि भएन कर्णालीका गाउँमा पनि ठूलो जनसंख्या छ जो आत्म निर्भर भएर बाँचेको भनेर । राज्यले स्वास्थ्यकर्मी नपाएका कारण बिरामी भएका वेला सेता टाटा नपाएका खबर अत्यान्तै ठूला अक्षरले बाहिर आए तर शदियौं देखि स्थानीय जडिवुटीले उपचार गरेका खबरले कहिल्यै प्राथमिकता पाएनन् । परिणामा खबर पढ्ने, हेर्ने र सुन्नेका लागि कर्णाीका मान्छेले खान पाउँदैन्, बिरामीको वेला उपचार पाउँदैन्, पढ्ने किताव पाउँदैनन् भनेर आत्मै देखि गाँसिएको सम्बन्ध समेत चुडाउन बाध्य मात्रै बनाएन सञ्चार क्षेत्रका लागि समेत नयाँ लिडको बहसको विषय बने । 
अभावी र दयामूखि लिडको प्रभाव
वालुवाटारको शिवपुरी कलेजको व्यवस्थापन संकाय तेस्रो वर्षमा अध्ययनरत विक्रम पोखरेललाई कर्णालीको शब्द सुन्ने वित्तिकै झिंगैझिंगाले पोतिएको अनुहार, खाना खान नपाएका कुपोषित ज्यानको मात्रै याद आउँछ । खनद ८ अर्घाखाँचीका स्थायी घर भएका विक्रमलाई वास्तवमा कर्णाली मानव वस्ती हो भनेर अँझैपनि पत्यार लागेको छैन् । गाउँकै विद्यालयमा कक्षा ७ मा पढ्दै गर्दा रेडियो नेपालको वेलुका ७ बजेको समाचारमा कर्णालीमा भोकमरी भएको रिर्पोट सुनेका विक्रमको वाल मानसपटलमा कहिल्यै नमेटिने गरी कर्णाली प्रतिको नकरात्मक तस्बीर कोरियो । कर्णाली दुःखी र गरिवहरुको वसोवास गर्ने क्षेत्रका रुपमा बुझेका उनले ३ वर्ष पछि जव गाउँको एक चिया पसलमा न्यूज २४ ले देखाएको कर्णालीमा स्वास्थ्य सम्बन्धि समाचार हेरे त्यसवेला कर्णालीको बुझाईका बारेमा उनको दिमागमा कोरिएको चित्रले थप सुरक्षित हुने मौका मात्रै पाएन सँधैका लागि कर्णाली मानव वस्ती हैन भन्ने बलियो तत्थ्यले जरा गाड्यो । 
बत्तिसपुतलीको गोल्डेन गेट कलेको विज्ञान संकाय तर्फको कक्षा १२ मा अध्ययनरत मुडेगाउँ ३ डोटीका केशव बोगटीले कक्षा ३ मै कर्णालीको बारेमा पढे । कर्णाली विकसीत छैन्, सडक पुगेको छैन्, पुरा पेट खान पाइदैन् भनेर किताबमा लेखेको पढेका बोगटीले कर्णालीमा बस्ने मान्छे कस्ता हुन्छन् ? भनेर आप्mनी आमालाई तत्कालै सोध्नु परेको थियो । आफूले रेडियोमा सुनेको र टेलिभिजनमा देखे अनुशार कर्णालीका मान्छे त दुब्ला, फोहोरी हुन्छन् । आनुहारभरी झिंगाले पोतिएका हुन्छन् भनेर आमाको मुखबाट सुनेका उनको मानसपटलले पनि सदाका लागि कर्णालीलाई मानव वस्तीको अयोग्य स्थानका रुपमा तस्बीर खिच्यो । पछि सामान्य ज्ञानमा बढी रुची भएका बोगटीले पढेका केही कितावका नेपाली भाषाको उद्म स्थल सिञ्जा कर्णालीमै पर्दछ, स्याउ खेतीको प्रचुर संभावना, शंसारकै उच्च स्थानमा फल्ने मार्सीधान देखि यार्चाकुम्बा पाइने ठाउँ, नेपालको सबैभन्दा लामो नदी बग्ने ठाउँ भनेर उल्लेख गरेका कारण कर्णाली प्रतिको हेराईमा आफूले बनाएको पूर्ववत धारणामा केही सुधार आएता पनि अँझै कसैले कर्णाली शब्द उच्चारण गर्दै आफूमा परेको ३ कक्षाको छाप सँगै आउँछ । 
विक्रम र केशव त हाम्रो समाजमा कर्णाली प्रति हेर्ने धारणाका एक नमुना मात्रै हुन् । हाम्रा सञ्चार माध्यमले कर्णालीलाई शुरु देखि नै सहती रुपमा प्रस्तुत गरेको दयामूखि लिडका कारण कर्णाली आज वालवालिका देखि युवा र वृद्धवृद्धा सम्मको जनरमा नराम्ररी गिरेको छ । के छापा ? के विद्युतीय ? वा नयाँ समाजिक सञ्जाल नै किन नहुन सबै माध्यमले कर्णालीको श्रोत साधान र संभावना भन्दा कर्णालीको हसती रुपमा देखिएको अभावलाई दयाका रुपमा प्रस्तुत गरेकै कारण आज कर्णाली सबैको नजरमा कठै बिचराको ! रुपले बाँचेको छ । कुनै पनि विषय वस्तुलाई सँधै आलोचनात्मक रुपमा प्रस्तुत गर्ने सञ्चार माध्यमको विश्वव्यापी मान्यता भएपनि प्रारम्भीक चरण देखि नै सदरमुकामका चामलका लाइन र झिंगा बसेका अनुहारले रङ्गीएका छापा माध्यमका पाना र विद्युतीय माध्यमका क्रिनकै कारण आज हरेकको नजरमा कर्णाली गिरेको छ । जुन रहरफकारले गरेको अध्ययनको निम्न तत्थ्यांकले पनि प्रष्ट पार्दछ । 
कर्णालीको बारेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भएका सञ्चार माध्यमले  कर्णालीलाई यसरी प्रस्तुत गरेका छन की कर्णालीका स्थानीय वासिन्दालाई कर्णाली बाहिर गएको खण्डमा म कर्णालीको हुँ भन्ने हिनताबोधको शिकार बनाएका छन् । 
चन्दनाथ नगरपालिका जुम्लाकी वसन्ती देवकोटा अहिले सिएमा अध्ययनरत छिन् । जुम्लाबाट उच्च शिक्षा अध्ययनका लागि   वर्ष पहिले काठमाडौं छिरेकी वसन्तीले उच्च शिक्षाका लागि व्यवस्थापन संकनय तर्फ पेण्टागन कलेजको कक्षा १२ मा अध्ययन गर्दा कक्षामै जुम्लाका बारेमा हुदैं नभएको कुरा गरेर कर्णाली त खत्तम छ भनेको असह्य भएपछि त्यो सब झुट हो । सरले भनेको मेरै गाउँ हो भन्दा उक्त सरको पिरेड भरी कक्षा बाहिर बस्नु पर्यो । मदन भण्डारी कलेजको आम सञ्चारको स्नातक तह तेस्रो वर्ष परिक्षा दिएर बसेकी जुम्लाकी ममता न्यौपानेलाई पनि धेरै ठाउँमा घरवेटीले शुरुमै कर्णालीका त गरिव हुन्छन् रे ! कोठाभाडा कसरी तिर्न सक्छन् ? फोहोरी हुन्छन रे !  भनेपछि कोठाभाडा लिनका लागि आप्mनो जिल्ला जुम्ला नभनेर सु ! सुर्खेत भन्नु परेको छ । जुन कुरा सञ्चारकर्मी र सञ्चार माध्यममले कहिल्यै सोचनन् ।
सञ्चार माध्यमले शुरु देखि नै कर्णाली क्षेत्रका समाचारलाई कित पाठकलाई अभावी लिडले कर्णालीमा त केहीपनि पाइदो रहेनछ । जे कुराको पनि अभाव मात्रै हुने रहेछ भन्ने कुराको शन्देश प्राप्त गर्ने गरे । कि दायमूखि लिडबाट शुरु गरेर पाठक, दर्शक वा स्रोतालाई कठै कर्णाली भन्ने भावको विकास गराए । यसले सम
ग्रमा कर्णाली बाहिरका वासिन्दालाई कर्णाली त केही होइन्  । त्यस क्षेत्र त मानीसका लागि बस्न योग्य पनि छैन् भन्ने निष्कर्षमा मात्रै पुर्याएनन् स्वयम् कर्णालीका वासिन्दालाई समेत म कर्णालीको भन्न हिनाताबोध गराए ।  हरफकारले कर्णाली प्रतिको बुझाईका बारेमा वि.सं. २०६९ साल देखि हरेक वर्ष कर्णाली क्षेत्रमा नगएका १ सय जना सँग गरेको सर्भेक्षणले समेत उत्त कुरा देखाएको छ । सर्भेक्षणका ९० प्रतिशत उत्तरदाताले कर्णालीको बारेमा पहिलो पटक जानकारी सञ्चार माध्यमबाट मात्रै पाएका छन् । कसैले कर्णालीमा चामल छैन् भन्ने बारेमा पहिलो पटक सञ्चार माध्यमबाट कर्णाली चिने भने, कसैले कर्णालीमा त औषधी नपाएर फलानाको ज्यान गयो भन्ने बारेका समाचार कै कारण कर्णालीलाई चिनेका छन्  । जुन चिनारी पाएको कर्णालीले आप्mनो स्वाभिमान र भएको बिम्ब सबै गुमाएको छ । 
अब के गर्ने  ? 
रोमन सम्राट जुलियन सिजरले आप्mनो सरकार तथा दरबारद्धारा जारी गरिएका महत्वपूर्ण सूचना र सन्देशका बारेमा सर्वसाधारण नागरिकलाई जानकारी दिन इशापुर्व ५९ मा रोमन शहरबाट शुरु गरिएको एकटा डिउर्ना देखि औपचारिक शुरु भएको विश्वको आधुनिक पत्रकारिताले आप्mना पाठक, श्रोता र दर्शको आत्म सम्मान र मर्यादालाई सँधै प्राथमिकतामा राख्नु पर्दछ । समयको रप्mतार सँगै सूचना प्रविधिमा आएको द्रुततर विकासमा हुइृकिएको सञ्चार क्षेत्रलाई थप जिम्मेवार र जवाफदेही बनाउने निपाली पत्रकारिता क्षेत्रको सबैभन्दा खट्केको विषय हो । जो कर्णालीका लागि मात्रै नभएर सिङ्ग सिंहदरबार र सञ्चारग्रामका लागिसमेत उत्तीकै महत्वपूर्ण छ । सञ्चारमैत्री नीति र फितलो नियमनका कारण अत्यधिक रुपमा बढ्दै गएका सञ्चार माध्यमले प्रतिष्प्रर्धाको भिडंमा म प्रथम हुने होडले वास्तविकतामा नगई सतही रुपमा प्रस्तुत गरेका विषय कुनै पक्षका लागि कम्ती पिडांदायी हुदैनन् । हामी सञ्चारकर्मी र हामीले काम गर्ने सञ्चार माध्यमले समाजमा दविएर रहेका क्षेत्र, वर्गलाई न्याय दिन खोजेको की ! थप पिंडा दिन खोजेको यस प्रश्न प्रति आजै देखि हामी विषेश सजग रहनु पर्दछ । यदि हैन भने न्याय र समाहितका नाउँमा हामीले नै अन्याय गर्यौ भने  त्यसको मुल्य एक जना सञ्चारकर्मीले गरेको गल्तीले भोली सिङ्गो नेपाली पत्रकारिताले बेहोर्नु पर्ने निश्चित छ । 
हाम्रा कानुनले दायरा नाघेको खण्डमा त्यसलाई नसियत दिने स्पष्ट व्यवस्था गरेको छ । जुन सञ्चार क्षेत्रमा होस् वा अन्य कुनै क्षेत्रमा नै किन नहोस् । तर कानुन कार्यान्वयनको उदासिनताले पनि सञ्चार क्षेत्रको दादागिरी बढ्दै जाने र कर्णाली जस्ता थुप्रै निकायले आप्mनो बिम्ब गुमाउनु विवशता जस्तै बनेको छ । यसको सदा अन्त्यका लागि नीति कार्यान्वयन निकाय तथा नियमनकारी निकायहरुले तदारुकता देखाउँदै पर्दछ । सञ्चार क्षेत्रको सबै विषयको अध्ययन तथा नियमनको जिम्मा पाएको प्रेस काउन्सील नेपाल देखि अन्य विविध निकायले आप्mनो भूमिकालाई सञ्चारग्राम देखि बाहिर निकाल्ने मात्रै होइन केही परिणाम निकाल्न सकेको खण्डामा पनी थुप्रै सुधार हुने ठाउँ छन् । यती मात्रै होइन सञ्चारकर्मी तथा सञ्चार माध्यमको क्षमता विकास तथा अनुशिक्षणलाई न्यायसंगत रुपमा परिणाममूखी बनाउन सक्न्नु पर्दछ । भने अहिले सम्म सञ्चार क्षेत्रले प्रस्तुत गरेका विषयवस्तुका कारण विम्ब हराएको कर्णालीका लागि तपसिलका विषयलाई कार्यान्वयनमा ल्याउन जरुरी छः 
क. कर्णालीका बारेमा विवेचनात्मक धारणा निर्माण 
  हाम्रो पत्रकारिताले आजको दिन सम्म कर्णालीलाई भोकमरी, विकटता, पछौटेपन, पिंडा, अभावको प्रायका रुपमा मात्रै चित्रित गरायो । वास्तवमा कर्णाली के हो ? कर्णालीसँग के छ ? त्यसका लागि कसले के गर्नु पर्दछ ? जस्ता विषयमा स्वयम् कर्णाली क्षेत्रका र कर्णाली बाहिरका सञ्चारकर्मी देखि सञ्चार माध्यमलाई समेत बिवेचनात्मक धारण निर्माणका लागि जोडदिनु पर्दछ । कर्णालीको बारेमा गहिरो अध्ययन सहित कर्णाली क्षेत्रका संभावना र चुनौती अनी यसका कारकका बारेमा पनी हामी जानकार भएपछिका सामाग्रीले कर्णालीलाई पिंडा भन्दा न्याय दिलाउन उद्यत हुने देखिन्छ । यसरी कर्णालीलाई बिवेचनात्मक रुपमा हेर्ने हो भने कर्णालीका भोमरीका समस्या औपचारिक समाचारको भूमिकामा समस्याकै रुपले मात्रै उठान हुनुको सट्टा त्यसको समाधानात्मक उपाय सहितका संभावनाको समेत खोजि हुने देखिन्छ । जसले कर्णाली समस्या मात्रै होइन समाधानको उर्भर भूमिपनि हो भन्ने जानकारी आम पाठक, श्रोता र दर्शकले  पाउने छन् । 
ख. कर्णाली मिसन पत्रकारिताको शुरुवात 
२१ औं शताब्दीको सञ्चार र प्रविधिको डिजिटल युगमा कर्णालीको पत्रकारिता औपचारिकता र सञ्चारगृहको निर्देशनमै केन्द्रित छ । हिउँ परेमा, कुनै दैविक घटना घटेमा, काठमाडौंबाट कुनै मन्त्री तथा नेता आएमा, केही राष्ट्रिय अभियान सञ्चालन भएको खण्डमा सञ्चारगृहलाई दर्शक, श्रोता र पाठकलाई आप्mनो दायरा फराकीलो देखाउनका लागि कुनै तोकिएका प्रतिनिधि वा पत्रकारलाई निर्देशित रिर्पोटिङ गर्न लगाउने वा दोस्रो स्रोतको प्रयोग मार्फत कर्णालीको विषयवस्तु समेटेको जस्तो बहाना गर्ने पत्रकारिताको वर्तमान कार्यशैलीले वास्तवमै कर्णालीको पत्रकारिताको विकास सुस्ताएको हो । पत्रकारिता कै भरमा जीविको निर्वाह नहुनाले वैकल्पीक काम गर्नु पर्ने बाध्यता र पत्रकारितामा क्रियासिल भएजस्तो मै देखिनु पर्ने हामी कर्णालीका पत्रकारको महत्वकांक्षले औपाचारिक तथा मौशमी पत्रकारिता गर्ने गरेका कारण सञ्चार माध्यममा कर्णालीको उपस्थिती नगण्य मात्रामा छ । रहफकारले नेपालका प्रख्यात भनिएका ५ वटा दैनिक पत्रिकामा प्रकाशित समाचारको निरन्तर ५ महिना समम गरेको अध्धयन अनुशार कुल समाचारको १.१२ प्रतिशत मात्रै कर्णालीका विषयवस्तुले प्राथमिकता पाएको छ । यस प्रकारको निराशाजनक उपस्थितीलाई मध्येजनर गर्दै अब कर्णालीका विषयवस्तुलाई संख्यामक तथा गुणात्मक उपस्थितीमा वृद्धी गर्न राज्य स्तरबाटै कर्णाली मिशन पत्रकारिताको अभियान शुरु गर्नु पर्दछ । 
सार्वजनिक सञ्चार सेवाको सिद्धान्त अनुशार स्थापना भएका रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समितिबाट उक्त अभियानको शुरुवात गर्दै कर्णाली एक, क्षेत्र अनेक  नामक विषेश कार्यक्रमलाई विस्तारै अन्य सञ्चार माध्यममा समेत फैलाउँदै राष्ट्र व्यापी रुपमा सञ्चालन गरिनु पर्दछ । कर्णालीबाट सञ्चारगृहको टेलिफोनिक प्रतिनिधिका रुपमा काम गर्ने कर्णालीका ५ वटै जिल्लाका जल्ला प्रतिनिधि पत्रकारले पनि कर्णालीको औपचारिक समाचारलाई भन्दा खोजमुलक समाचारलाई प्राथमीकता प्रदान गरिनु पर्दछ । नेपालको कर्णाली घृणाको नभई समुन्न र सम्पदाको खानी हो भन्ने कुरालाई स्थापित गराउन तर्फ आप्mनो रिर्पोटिङलाई केन्द्रित गर्नु पर्दछ । यसले कर्णालीको पत्रकारिताको समग्र विकास सँगसँगै कर्णालीको वमस्तविक पहिचान सहितको न्याय हुने छ ।
ग) अनुदानमूखि पत्रकारिताको व्यावहारिक कार्यान्वयन 
सरकारदेखि राज्यका हरेक निकायले भन्ने गरेका छन् “पत्रकारिता राज्यको चौथो अङ्गमात्रै होइन समाजको तेस्रो आँखा पनि हो ।” हरेक क्षेत्रका खबरलाई नसमेट्दा आलोचनाको विषय बन्ने पत्रकारिताको विकास र आन्तरित व्यवस्थापनका पिंडाका बारेमा भने कसैले कतैपनि उठान नगरेको नेपाली पत्रकारिताको राष्ट्रिय बिडम्बनाका बिच भौगोलिक विषमताको कर्णालीको पत्रकारिता कसरी अघि बढेको छ भन्ने बारेमा हामी सहजै अनुमान लगाउन सक्छौं । छिनभरमै हरेक क्षेत्रका खबरलाई विश्व्भरी फैलाउनु पर्ने कर्णालीको पकारिताका लागि आजको डिजिटल यूगमा समेत १ देखि ९ दिन सम्मको पैदल गएर ०६१ साल तिरको प्रहरीको आवासेटमा खबर टिपाउनु पर्ने कर्णालीको पत्रकारिताले कसरी व्यावसायिक रुपमा धारण गर्न सक्छ भन्ने बारेमा नेपाली पत्रकारिताको आजको अर्को छलफलको विषय बनेको छ । सञ्चार माध्यमको समाचार कोठामा अत्याधुनिक सञ्चार सामाग्रीको भौतिक रुवरुपलाई नियाल्दै कर्णालीबाट समेत सोही प्रकारको प्रक्रिया र माध्यमबाट समाचारको अपेक्षा गर्ने सञ्चार माध्यमका लागि औपचारिकतामा सिमित गरिएका कर्णाली क्षेत्रका सञ्चारकर्मीले प्रषित गर्ने समाचारले कहिल्यै आप्mनो मर्म र वस्तविकतालाई प्रदर्शन गर्न सकेन्न । यसको ठाउँमा यदि कर्णालीका सञ्चारकर्मीले पनि अत्याधुनिक सञ्चार सामाग्री मार्फत समाचार संकलन गर्ने र सोही अनुशारको समयमा सञ्चार माध्यमलाई पठाउन सक्ने माध्यमको पहुँचमा भएको भए वास्तवमा कर्णालीको पत्रकारिता समेत आजको दिनमा व्यावासायिक हुन सक्थ्यो होला । त्यसैले कर्णालीका एक जना नागरिकका लागि प्राप्त हुने ५ केजि चामलमा पचासौ हजार रकमको अनुदान दिने राज्यले कर्णालीको पत्रकारिताको व्यावसायिक विकासका लागि पत्रकारितामा व्यावहारिक अनुदान दिने व्यवस्था मिलाइनु पर्दछ । कर्णालीमा कार्यरत पत्रकारहरुले गर्ने पत्रकारिताका लागि आवश्यक सञचार सामाग्री देखि कर्णालीमा स्गापित भएका छापा तथा विद्युतीय सञ्चार माध्यमको स्थापनाका लागि राज्यले विशेष हिुलियतको व्यवस्थाको नीतिअख्तियार गर्नु पर्दछ । कर्णालीमा कार्यरत पत्रकारहरुका लागि व्यावसायिक सिप तथा दक्षता हाँसिल गर्ने कुनै शैक्षिक संस्था वा तालिम केन्द्रको समेत अभाव छ त्यसलाई समधानका लागि हरेक जिल्लामा कम्तीमा एक जिल्लाको एक उच्च माध्यमिक विद्यालयमा पत्रकारिता विषयको अध्ययनको व्यवस्था समेत गर्न सकेको खण्डमा मात्रै कर्णालीको पत्रकारिता गुणस्तर र व्यावसायिक हुने देखिन्छ । अनुत्पादक एवम् विभिन्न क्षेत्र र निकायमा विभिन्न प्रकारका विकृतीजन्य क्षेत्रमा अनुदान दिएको सरकारले व्यावासयिक पत्रकारिता जस्तो क्षेत्रमा समेत अनुदानको अर्थपूर्ण व्यवस्थालाई नीतिगत तथा व्यावहारिक रुपमा कार्यान्वयन गर्नु वास्तमै कर्णाली जस्ता मोफसलको पत्रकारिताका लागि अपरिहार्य देखिन्छ । 
ग) विट (कर्णाली) रिर्पोटिङको व्यवस्था
पछिल्लो समयमा नेपाली पत्रकारितामा पनि कुनै निर्धारित विषय र क्षेत्रका बारेमा विषेश प्रकारको रिर्पोटिङ गर्न र लुकेका विषयहरुको खोजविन गरी प्रकाशमा ल्याउनका लागि (क्षेत्र विषेश) विट रिर्पोटिङको शुरुवात भएको छ । अहिले राष्ट्रिय स्तरका अधिकांश ठूला सञ्चार गृहले विभिन्न विषयगत क्षेत्रहरुको रिर्पोटिङका लागि विट छुट्याएरै सम्बन्धित विषयवस्तुको उठान गरिरहेका छन् । सम्बन्धित क्षेत्रका बारेमा भएका हरेक गतिविधि देखि आगामी बाटोका बारेमा समेत देखिएका संभवना र चुनौतिका विषयलाई यर्थाततामा आधारित रहेर गरिएको विष्लेषणात्मक विषयवस्तु समेत प्रस्तुत गर्ने गरिएको छ । हाल सम्म नेपालका ठूला सञ्चार गृहले राजनीतिक दलहरु, स्थानीय विकास, अर्थ–बाणीज्य, अपराध–अनुसन्धान, वन तथा वातावरण, जलवायू परिवर्तन, विज्ञान तथा प्रविधि, खेलकुद, महिला जस्ता विषयगत क्षेत्रलाई विट रिर्पोटिङका क्षेत्रका रुपमा स्थापित गरिसकेका छन् । वास्तवमा १८४६ को नेपाल एकिकरण देखि नेपालका सञ्चार माध्यमले निर्माण गरेको कर्णालीको नकरात्मक बिम्बमा सुधार गर्नका लागि ग्राणीण विकास सँग जोडेर कर्णाली विटको स्थापना गर्न जरुरी छ । केन्द्रिय डेक्समा कर्णाली क्षेत्र हेर्ने कुनै एक जना कर्णा बुझेका वा यस सम्बन्धि अनुभव भएका व्यक्तिहरुको व्यवस्था गरेर कर्णालीका समाचारलाई विषेश प्राथमिकता पूर्वक उठान गर्ने हो भने मात्रै वास्तवमै अहिले सम्म कर्णाली माथि भएको अन्यायमाथि न्याय गरेको अनुभव हुनेछ । पहिलो चरणमा राज्यद्धारा सञ्चालन गरेका सञ्चार माध्यममा कर्णाली विटलाई संस्थागत रुपमा अघि बढएर अन्य सञ्चार माध्यमलाई समेत बाध्यकारी जस्तै बनाइने हो भने मात्रै कर्णालीका विषयवस्तु राष्ट्रिय स्तरका सञ्चार माध्यममा न्यायचित रुपमा स्थान पाउने छन् भने अर्कोतर्फ कर्णाली क्षेत्रको सिंगो पत्रकारिताले समेत व्यावसायिकताको रुप धारण गर्ने देखिन्छ । 
घ) पत्रकारिता प्रशिक्षण प्रतिष्ठानको व्यवस्था 
बढ्दो सञ्चारको विकास सगै कर्णालीमा समेत सञ्चार संस्थाको विकासक्रम तिब्र तगिमा अघि बढि रहेको छ  ।  जिल्लामा अन्य कुनै पेशामा संलग्न नभएको वेला स्थानीय रेडियो र पत्रपत्रिकामा काम शुरु गर्दे पछि राष्ट्रिय स्तरका कुनै मिडिया सँग संलग्न हुने कर्णालीका पत्रकारको यर्थात चित्र हो । पत्रकारिता सम्बन्धि आधारभुत ज्ञान समेत नभइ गर्दै सिक्दैको सिद्धान्तले चलेको कर्णाली क्षेत्रका पत्रकारको यही अवस्थामा खासै नयाँ आयाम आउनेमा त्यती विश्वाश गर्ने ठाउँ देखिदैन् । जबसम्म कर्णालीमा कार्यरत सबै पत्रकार र नव प्रवेशीहरुलाई पत्रकारिता सम्बन्धित आधारभूत सैद्धान्तिक तथा व्यवहारिक दक्षता अभिवृद्धी गर्न सकिदैन तव सम्म नत कर्णालीको पत्रकारिताको आयाम उचो रहन्छ न त कर्णालीका विषयवस्तुले सञ्चार माध्ययमको स्थानलाई ओगट्न सक्छन । यदी साँच्चीकै कर्णाली क्षेत्रको पत्रकारिता जिम्मेवार बनाउँदै कर्णालीका समग्र विषयवस्तको उठान गर्न सक्ने पत्रकार जन्माउनका लागि कर्णालीका हरेक जिल्लामा कम्तीमा  एक शैक्षिक संस्थामा पत्रकारिता सम्बन्धि उच्च शिक्षाको पढ्ने वातावरण निर्माण गरिनु पर्दछ । औपचारिक रुपमा पत्रकारितालाई नै आप्mनो अध्ययनको विषयका रुपमा अघि बढाउन नसक्ने पत्रकारका लगि संवैधानिक कर्णाली विकास आयोगको मातहतकमा रहने गरी पत्रकारिता प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्नु गर्दछ । यसो गएिको खण्डमा मात्र कर्णालीका कार्यरत पत्रकारको क्षमता विकास गराउदैं नव प्रवेशीहरुलाई समेत उक्त प्रतिष्ठनको आधारभूत तालिमलाई अनिवार्य गराउने हो भने मात्रै सोच अनुरुप कर्णालीको पत्रकारिता क्षेत्रले आप्mनो उचाई व्यवस्थित गर्ने देखिन्छ । 
 यदी हामीले उल्लेखित विषयलाई ख्याल गरेनौ भने १८ औं शताब्दीमा वेलायती राजनीतिक विष्लेषक भ्मmगल द्यचगप ले ूच्भाभिअतष्यल यल तजभ च्भखयगिबतष्यल ष्ल ँचबलअभू  नामक आप्mनो पुस्तक मार्फत फ्रान्सेली दार्शनिक मण्टेस्क्यूको पूर्ववत राज्यका तीन वटा अंग (कार्यपालिका, व्यवस्थापिका र न्याय पालिका) सम्बन्धि परिभाषामा थप्दै ूराज्यका तीन अंग कार्यापालिका, व्यवस्थापिका र न्यायपालिका मात्रै थिए, तर दर्शक दिर्घामा राज्यको चौथो अंग पत्रकारिता जगत बसेको छ, जो अन्य तीन अंग भन्दा महत्वर्पूण छू, भन्ने भनाइले पत्रकारितालाई आधिकारिक रुपमा राज्यको चौथो अंगका रुपमा गरेको स्विकार कार्यान्वयमा “कागलाई वेल पाक्यो हर्ष न विष्मात” हुने निश्चित छ । 

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...