असोज ४, हुम्ला । नेपालको संविधान २०७२ घोषणा भएको अवसरमा कर्णालस्वास्लिे समेत खुशीयाली मनाएका छन् । ६५ वर्ष देखि नेपालीले चाहेको आप्mनै प्रतिनिधीबाट बन्ने भनिएको संविधान असोज ३ गते जारी भएको खुशीयालीमा कर्णालीका सबै जिल्लामा भएका कर्णालीवासीले खुशीयाली मनाएका छन् । 
सबैकने आकांक्षा अनुशारको नयाँ संविधान संविधान सभाले निर्माण गरी कार्यान्वयनमा ल्याएको भन्दै सबै जिल्लामा संविधानको स्वागतमा कार्यक्रमको आयोजना गरिएका छन् । जिल्लाका प्रमूख राजनीतिक दलहरुको संयुक्त आयोजनामा हुम्लाको सदरमुकाम सिमकोटमा खुशीयाली सभाको आयोजना गरिएको छ । सिमकोटमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका राजनीतिक दलका नेताहरुले आजको युगको अपेक्षा अनुशार र्न संविधान सभाले नेपालको नयाँ संविधान जारी गरेकोले खुशी मनाउन हुम्लावासी समेत नचुकेका कारण खुशीयाली सभाको आयोजना गरिएको बताएका छन् ।
स्थानीय बाजागाजा सहित सिमकोट बजार परिक्रमा गरि औपाचारिक रुपमा आयोजना गरिएको कार्यक्रमलाई संवोधन गर्दै नेपाली कंग्रेसका जिल्ला सभापति जयपती रोकायाले संविधान पटक पटक बन्ने नभएका कारण असोज ३ गते बनेको संविधन अबको सय वर्ष सम्म परिवर्तन नहुने दावी गर्नु भएको छ । नेपाली कंग्रेसको अथक प्रयासमा नेपालको संविधान २०७२ लागु हुने दिन सम्म आइपुेको दावी गरेको सभापति रोकायाले विकासका रुपमा पछि परेको कर्णालीको विकासको बाटो अव खुल्ने विश्वाश समेत गरेका छन् । कार्यक्रमलाई संवोधन गर्दै एमाले उपाध्यक्ष ज्ञामी बुमीले संविधान जारी हुनुलाई हर्षउल्लासका साथ मनाएका हुम्लावासीलाई विकासका हिसाबले समेत प्राथमिकता दिनेमा विश्वाश व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा हर्षित देखिएका एमाओवादी जिल्ला अध्यक्ष छिरिङ डम्डोल लामाले संविधान सभा मार्फत संविधान जारी गर्ने माओवादीको मुल नारा
असोज ३ गते देखि पुरा भएको बताउँदै देश अव विकासमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।
विभिन्न नाचगान र झाँकी सहित आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष कर्णबहादुर रोकाया, महिला अगुवा रंगमती शाही लगायतका वक्तहरुले बोल्नु भएको थियो ।
उता कर्णाली अञ्चलको सदरमुकाम जुम्लावासीले पनि नयाँ संविधानको खुशीयालीमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
। लामो समयको कसरत पछि नेपाली जनातले नयाँ संविधान पाएको खुसियालीमा विजय जुम्लावासीले जुलुस निकालेका छन् । विजय जुलसको अवसरमा नाराजुलुस गर्दै बजार परिक्रमा गरेर औपचारिक कार्यक्रम गरिएको रेडियो नारी आवाजका कृष्णमाया उपाध्ययले पठाएको खबरमा जनाइएको छ ।
जिल्लाको खेलकुद विकास समिति जुम्लाको कबड हलबाट शुरु गरेको विजय र्याली बजार परिक्रममा गरी जिल्ला प्रशसाशन कार्यालय अगाडी आएर औपचारिक कार्यक्रममा परिणत भएको बताइएको छ । औपचारिक रुपमा आयोजना गरिएको कार्यक्रममा पूर्वराज्यमन्त्री भक्त बहादुर रोकायले लामो समयको त्याग र बलिदानी पछि नेपाली जनताको बहुमतबाट पारित भएको संविधानलाई सबैले स्वागत गरेको बताउनु भयो । संविधान जारी सँगै प्राप्त उपलब्धीको संस्थागत भएको भन्दै यसको दिगो कार्यान्वयन गनुृ जोड दिनु भयो ।
कार्यक्रममा पूर्व सभासद देविलाल थापाले दुइतिहाई बहुमतले पारित गरेर जारी गरेको नयाँ संविधानलाई सबैले स्वागत गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा अन्तरपार्टी महिला संञ्जालका जिल्ला उपाध्यक्ष विष्णुमाया बुढाले नयाँ संविधानको स्वागत गर्दै संघिय प्रदेशको लागी जीवनको बलिदान दिएका सहिदहरुको सपना पुरा गर्न अझै बाँकी रहेको बताउनु भयो । कार्यक्रममा निर्माण व्यवसायी संघ जुम्लामा अध्यक्ष राजबहादुर महतले नयाँ संविधानको स्वाग गरेको भएपनि कर्णाली प्रदेशको राजधानी जुम्लामा हुनुपर्नेमा जोड दिनुभयो । पहिचान र सामथ्र्यको आधारमा कर्णालीलाई अधिकार दिनुपर्ने उहाँको तर्क छ । कार्यक्रम नेकपा माओवादी बाहेक नेपाली कागे्रस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी लगायतका दलहरु र स्थानियको सहभागिता रहेको थियो ।
संविधानको स्वागत गर्दै कालिकोटमा समेत स्वागत गरिएको छ । नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष कालिबहादुर मल्लका अनुशार जिल्लाका राजनीतिक दलको आयोजनामा मान्मा बजारमा दिपावली र खुशीयाली गरिएको छ । उता नयाँ संविधानको खुशीयालीमा मुगुको सदरमुकाम गमगढी बजारमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । कार्यक्रमका वक्ताले नयाँ संविधान जारी सँगै अव सबै क्षेत्रका अधिकार पुरा हुने आशा मुगुवासीले आशा व्यक्त गरेका छन् ।
No comments:
Post a Comment