Tuesday, March 17, 2015

शैक्षिक शत्रको महिना बित्दा समेत हुम्लाका विद्यार्थीले पुस्तक पाएनन

नवराज महतारा
 चैत ४, हुम्ला । शैक्षिक शत्र शुरु भएको एक महिना बितिसक्दा पनि सदरमुकाम सिमकोट बाहिरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० का विद्यार्थीहरु पाठ्यपुस्कतक विनै विद्यालय जान बाध्य भएका छन् । पहिलो पटक सामुदायिक विद्यालयमा ६ कक्षा देखि १० सम्मको पाठ्यपुस्तक पुर्याउने जिम्मा पाएको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले आप्mनो सजिलोकालागि गएका वर्षहरुमा जिल्लाका तीनवटा क्षेत्रबाट नीजि एजेण्टबाट विक्री वितरण गर्दै आएका पाठ्यपुस्तक यो वर्ष सदरमुका सिमकोटमा डिपो राखेर विक्रिवितरण गरेपछि सिमकोट बाहिरका सयौ विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् ।
भौगोलिक रुपमा छरिएर रहेको हुम्लाका गाउँमा भएका विद्यालयबाट सिमकोटमा राखिएको जनक शिक्षाको अस्थायी पुस्तक विक्रिवितरण डिपोमा पुग्नका लागि २ देखि ६ दिनको समय लाग्ने भएका कारण विद्यार्थीले पुस्तक नपाएको ३ दिनको पैदल हिडेर नातिनिका लागि पुस्तक किन्न सिमकोट पुगेका श्रीनगरका ५९ वर्षिय रामबहादुर दानीले बताए । सँधै फागुनको पहिलो साता आप्mनै गाउँमा पुग्ने किताब यो वर्ष विद्यालयको पढाई शुरु भएको एक महिना बितिसक्दापनि कतैबाट आउने चाल नपाएपछि अन्तिममा आफू सिमकोट आएको उनी बताउँछन् । कक्षा ८ मा अध्ययन गरिरहेकी उनकी नातिनीका लागि ४ सय ९३ रुपैयाँ २० पैशा मुल्यको किताब किन्न सिमकोट पुगेका दानीले बाटोमा आफैले चामल बोकेर पनि १ हजार ३ सय ७५ रुपँया खर्च गरे । सँधै फागुनको दोस्रो साता सम्बन्धि गाविसमै पुस्तक खरिद गर्ने गरेका विद्यार्थीकालागि यो वर्ष एक सेट किताब किन्न ५ दिनको पैदल हिडेर सिमकोट पुग्नु पर्ने बाध्यताले घरमा अविभावक नभएका विद्यार्थीहरुका लागि यो वर्ष पुस्तक विनाको पढाई हुने मदनाका ५४ वर्षिय आउँसे रोकाया बताउँछन् । आप्mना २ सन्तानलाई आवश्यक पर्ने किताब लिन ४ दिनको बाटो काटेर सिमकोट पुगेका रोकाया भन्छन् “यो वर्ष सरकारले गरेको व्यवस्थाले घरमा ठूला पुरुष अविभिावक हुने विद्यार्थीका लागि मात्रै पाठ्यपुस्तकको व्यवस्था गरेको जस्तो लाग्छ, । हैन भने गएका वर्षमा घरकै आँगनबाट सहज रुपमा किताव पाउने व्यवस्थालाई किन यो वर्ष कटौती गरियो ? उनी सरकार सँग प्रश्न गर्छन ।” गाउँमै पुगेका कितावको सरकारी रेड समेत हाल्न नसक्ने विद्यर्थीलाई सिमकोट पुग्नका लागि लाग्ने खर्च नभएकाले पनि कतिपय विद्यार्थी सिमकोटमा गएर पुस्तक लिन नसक्ने ठहर मैलाका सामाजिक कार्यकर्ता हेमबहादुर शाहीको छ । सिमकोट पुग्न लामो बाटो अत्याधिक चिसो र बाटोमा लाग्ने खर्च जोहो गर्न आप्mनो स्रोेत नभएका कारण आप्mनो छोरालाई पुराना पुस्तक पाएमा त्यही प्रयोग गर्न लागउने सोच जैर ८ की  विष्णुकला बुढाको छ । कक्षा ८ पढ्ने छोरा भएकी बुढाको घरमा लोक्ने मान्छे नभएको र छोरालाई सिमकोटमा पठाउन आफूसँग बाटो खर्च नभएपछि गाउँका कक्षा ९ मा गएका विद्यार्थीसँग पुराना किताबको अनुरोध गरेपनि यो वर्ष देखि कक्षा ७ को
पाठ्यपुस्तक परिवर्तन भएका कारण फेरिएको विषय विनै आफूले छोरालाई पढ्न दवाव दिएको उनी बताउँछिन ।

    जिल्लाको भौगोलिक अवस्थाका बारेमा केही जनाकार भएपनि शिक्षा मन्त्रालयको नीतिगत दवावका कारण जनक शिक्षाले बाध्य भएर सदरुमुकाम सिमकोटमा गोदाम राखी पुस्तक विक्रिवितरण शुरु गरेको सिमकोट पुस्तक वितरण केन्द्रका प्रमूख खुलस्तबहादुर डाँगीको पुष्ट्याँई छ । जिल्लाको कठिन भू–बनोका कारण विद्यार्थीले अहिले सम्म पुस्तक प्राप्त गर्न नसकेको स्विकार गरेका जनक शिक्षाका स्टोर किपर समेत रहेका प्रमूख डाँगी अबको १५ दिन पछि जनक शिक्षाको पुस्तक विक्रकेन्द्र समेत नरहने बताउँछन्  । सिमकोटमा शिक्षा कार्यालय सँगको परामर्शमा लामो समय बसेको बताएका डाँगीले सिमकोट आसपासका र केही टाढाका अविभावकले गर्दा विक्रि केन्द्रबाट जिल्लाभरी गरेर कक्षा ६ का ३ सय सेट, ७ का ३ सय, ८ का ४ सय २५, ९ का २ सय २५ र १० का १ सय ५० सेट मात्रै विक्री भएको तत्थ्यांक उनीसँग छ । जिल्ला शिक्षा कार्यालयको रेकर्ड अनुशार क्रमश कक्षा ६ मा १ हजार १ सय ४७, कक्षा ७ मा १ हजार ९७, कक्षा ८ मा १ हजार १ सय ३६, कक्षा ९ मा १ हजार ५० र कक्षा १० मा ८ सय १ जना विद्यार्थी भएको हुम्लामा हाल सम्म जनक शिक्षाले तिरण गरेको पुस्तकको आँकडाले पनि जिल्लाका सयौ विद्याथीले अँझै पाठ्यपुस्तक पाएका छैन्न भन्ने देखाउँ छ । जिल्लाको ठूलो विद्यार्थी संख्या भएको क्षेत्र सिमकोट भन्दा तल रहेको र उक्त क्षेत्रका विद्यार्थी पुस्तक लिन सिमकोट आउन सक्ने अवस्था नहरेकोले जनक शिक्षाले आफू घाटामा जाने डरले जिल्लामा भएका विद्यार्थी संख्याको ४३ दशमलव ९६ प्रतिशत पाठ्यपूस्तक मात्रै सिमकोट पुर्याएको तर्क जनक शिक्षाका प्रतिनिधि डाँगीको छ । उनका अनुशार केन्द्रले अहिले सिंगो जिल्लाका लागी कक्षा ६ का ६ सय, कक्षा ७ का ५ सय ५०, कक्षा ८ का ७ सय, कक्षा ९ का २ सय ५० र कक्षा १० का २ सय सेट मात्रै सिमकोट पुर्याएको छ ।
    उता जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुर्याउने पुरानो संरचनालाई छोडेर नयाँ तरिकाले सिमकोटबाट सबै विद्यार्थीलाई पुस्तक विक्रीगर्ने जनक शिक्षाको कार्यशैली जिल्ला शिक्षा कार्यालय हुम्लालाई समेत उचित लागेको छैन् । सरकारले निशुल्क भनेको पाठ्यपुस्तक खरिद गर्न थप ऋणकाटने परिस्थिती सृजना गरेको भन्दै जनक शिक्षाले क्षेत्रगत रुपमा पुस्तक पुर्याउनु पर्ने तर्क शिक्षा अधिकारी धर्मजित शाहीको छ । शैक्षिक शत्र शुरु हुनु पूर्व आफूले जिल्लाको भौगोलिक अवस्थाका बारेमा मन्त्रालय र विभागमा समेत खबर गरेको भएपनि उक्त सूचनालाई माथिल्लो निकायले वेवास्ता गरेका कारण अहिले सम्म विद्यार्थीको हातमा पुस्तक नपुगेको शिक्षा अधिकारी शाही बताउँछन्  ।  जिल्लाका विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुगेका बारेमा कुनै जानकार नपाएको बताएका शिक्षा विभागका महानिर्देशक डिल्ली रिमाल भने पाठ्यपुस्तक विद्यालयमा पुर्याउने जिम्मा जनक शिक्षाको भएकोले त्यसका बारेमा आफूले जनक शिक्षा सँगै परामर्श गर्ने बताए । हुम्लाको भौगोलिक अवस्थाका बारेमा थाहा नपाएझै गरेका महानिर्देशक रिमालले शिक्षा अधिकारी शाहीले आफूलाई जानकारी नगराएको भन्दै पञ्छिए तर हुम्ला जिल्लाका शिक्षा अधिकारी धर्मजित शाही भने महानिर्देशक रिमालको कुरा मान्न तयार छैनन् ।उनी भन्छन् “पाठ्य पुस्तकको बारेमा जिल्लाको तीनवटा क्षेत्रमा केन्द्र बनाएर लिनु पर्छ भनेर समिक्षा वैठक देखि छुटटाछुट्रटै कुरा राखेपनि सुनुवाई भएन ।”
दोहोरो आर्थिक भार
सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्याउने जिम्मा पाएको जनक शिक्षा सामाग्रीको हेलचक्र्याइका कारण सरकार, जनक शिक्षा सामाग्री र विद्यार्थीलाई दोहोरो आर्थिक भार परेको छ । यस अघिका शैक्षिक शत्रमा जिल्लाको तीन क्षेत्रमा पुस्तक ढुवानी तथा विक्रिवितरण गर्दै आएको हुम्लाले यस वर्ष गरेको चतुर्याइका कारण मिकोट देखि नै वितरण गर्ने व्यवस्था गरेपछि दोहोरो आर्थिक भार परेको हो । यसभन्दा अघिका वर्षमा साझाले जिल्लाको श्रीनगर क्षेत्रमा रहेका ५ गाविसका विद्यालयका लागि अछामको नेपालगञ्ज देखि साँफेबगर, बाजुर हुँदै स्थलमार्गमा ढुवानी र विक्रिवितरण सहित पुस्तकको मुल्यको ८१ प्रतिशतमा, जिल्लाको मध्येभागका १२ गाविस भएको सर्केघार्ड क्षेत्र र सिमकोट क्षेत्रमा नेपालगञ्ज देखि जुम्ला, मुगु हुँदै ९० प्रतिशतमा सबै काम सकिने र समयमै विद्यार्थीको हातमा पुस्तक पुग्ने गरेकोमा यस वर्ष जनक शिक्षाले सुर्खेतबाट सिमकोट प्रति केजि १ सय ढुवानी, कर्मचारीको दोहोरो भाडा, गोदाम लगयत अन्य थुप्रे अदृश्य खर्च गर्दापनि समयमा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन् । एकतिर दोहोरो राज्यकोष खर्चहनु अर्को तर्फ समयमा पुस्तक नपुग्दा पनि सरोकारवाल निकाय वेखबर देखिन्छन ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home