Tuesday, January 20, 2015

मध्यरातमा विपक्षीद्वारा संबिधानसभामा तोडफोड (फोटोफिचर)

काठमाडौ, माघ ६ - संविधानसभाको सोमबार मध्यराति सुरु बैठकमा बहुमतीय प्रक्रिया प्रारम्भ भएलगत्तै एमाओवादी नेतृत्वको प्रतिपक्षी मोर्चाका सभासदहरूले व्यापक तोडफोड र आक्रमण गरेका छन् । तोडफोड र होहल्लाले बैठक अवरुद्ध भएपछि सभाध्यक्ष सुवास नेम्वाङले मंगलबार दिउँसोसम्मका लागि सभा स्थगन गरेका छन् ।
सभाध्यक्ष नेम्वाङ र एमाले अध्यक्ष केपी ओली लक्षित आक्रमणमा उनीहरूलाई रोक्न खोज्ने केही मर्यादापालकसमेत घाइते भएका छन् । एमाले उपाध्यक्ष विद्या भण्डारीका साथै ऋषिकेश पोखरेललगायत सभासद सामान्य घाइते भएका छन् । बैठक कक्षका अधिकांश कुर्सी र माइक फोरिएका छन् । बैठक स्थगनको घोषणापछि पनि एमाओवादी सभासदले माइक तथा कुर्सी-टेबल तोडफोड र मर्यादापालकसँग घम्साघम्सी जारी राखेका थिए । सभाकक्ष बाहिरसमेत केही तोडफोडपछि नाराबाजी गर्दै प्रतिपक्षी सभासद हिँडेका थिए । त्यसपछि मात्रै सत्तापक्षका सभासद बाहिरिएका थिए । तस्विरहरूः भास्वर ओझा/ईकान्तिपुर

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...