Monday, March 3, 2014

मन बिगार्नु छैन

कसैलाई सम्झिएर, मन बिगार्नु छैन
त्यसै त दिल दुखेको छ, झन बिगार्नु छैन 

कुभलो होस् भन्दीन म, शिखर चुम्नु तिम्ले
नबोल अब, मेरो एक्लो पन बिगार्नु छैन

गाह्रो होला तिमिलाई, मैले हालचाल सोध्दा
भो मलाई तिम्रो, जिवन बिगार्नु छैन

तिम्रा लागी अस्मिता म दाउमा किन राखुँ
सम्पती यो, ईज्जतको धन बिगार्नु छैन

त्यसै त दिल दुखेको छ, झन बिगार्नु छैन
कसैलाई सम्झिएर, मन बिगार्नु छैन


लक्ष्मी पैाढ्यालबाट साभार 

1 Comments:

At March 4, 2014 at 3:13 AM , Blogger Unknown said...

धेरै मिठो गजल प्यारी बहिनी लक्ष्मी को !

 

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home