Saturday, April 14, 2012

सभासद ! ! !

म बिचरा सभासद !
मुख नभएको, बिचार नभएको
अडान नभएको, पढान नभएको
भेडा जस्तो, जता लग्यो उतै जाने
जनताको करबाट भत्ता खाने
नेताको पिछाड जाने म हुँ अजिर्ण प्राणी
आँखामा दलिय पट्टी बाँधीएको
खल्तीमा राष्ट्र घातबाट आएको भक्ता खाँदिएको
माम, पाम र ऐस आरामका लागि पदलाई बोको बनाएको
निकम्मा मानहानिय मान्छे !
सहमती, सहकार्य र नयाँ नेपालको
 सुगाँ रटाईलाई मुल मन्त्र मान्ने
म हुँ ६०१ बथानको निरिह सभासद !
म हँु पार्टीको ताली बढाउने सभासद !
नागरिकको गाली बढाउने सभासद !
 म हुँ संविधान निर्माणको नाममा वैदेशिक ऋण बटुल्ने सभासद !
झण्डा हल्लाउदैं मेरै सवारी मामाको जेल बङ्गालामा
गर्धन हल्लाउदै मेरै सवारी छोराको विवाह मण्डप छोडेर
सरकारी गाडी गुडाउँदैं राजधानीका बरिष्ठ कोठीमा
आँखा छल्दै प्रशासनको हरिया नोटी नोटीमा
जता ततै मेरै चर्चा, मेरै प्रसङ्ग !
व्हा ! क्या मेरो पद ! मेरो मान ! !
अनि प्रत्येक १० नेपालीमा मेरै आकृती
कती भाग्य मानी म !
२ वर्षको कार्यकालमा
मन नलागी ४।४ वर्ष दायित्व पुरा नगरी बस्नु पर्ने
त्यसैले मलाई भन्छन मानहानीया सभासद !
कालु सभासद !
भालु सभासद !
ठालु सभासद !
कति भाग्यमानी म
मेरै जय होस जनम जनम ! ! !

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home