Friday, December 13, 2013

बीन्ती

उनको बोझ कामको हटाईदेउ न प्रभु
तनाव जती मनको घटाईदेउ न प्रभु 
बिन्ती उनको ग्रह मेरै शिरमा देउ 
राहु केतु सबै डाडा कटाईदेउ न प्रभु
सहयोग गर्थे त्यसै मान्ने होईन उनले
कामदार बनाएर खटाईदेउ न प्रभु

न आमाको काख छ न परीवार संगै
गर्थे सेवा उनैथिम पठाईदेउ न प्रभु
तनाव जती मनको घटाईदेउ न प्रभु
उनको बोझ कामको हटाईदेउ न प्रभु
 

लक्ष्मी पैाड्रयाल 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home